Showing posts with label वातावरण. Show all posts
Showing posts with label वातावरण. Show all posts

Friday, November 12, 2010

पञ्चासे आउने पर्यटको सङ्ख्यामा बृद्धि


स्याङ्गजा लि डट कम रिपोर्टर 
जैविक विविधताले भरिपूर्ण पञ्चासे क्षेत्रमा यस वर्ष पर्यटकको सङ्ख्या उल्लेख्य बढेको छ।
पञ्चासेमा पदयात्राका लागि आउने पर्यटकको सङ्ख्या गत वर्षको तुलनामा दुर्इ तिहाइले  वृद्धि भएको छ।
दृश्यावलोकन, जैविक विविधता र स्थानीय संस्कृतिको धनी मानिएको पञ्चासेमा पोखरा हुँदै दृश्यावलोकनका लागि पर्यटकहरू आउन थालेका हुन्।
पञ्चासे क्षेत्रमा पर्यटकका लागि थप पूर्वाधारसमेत निर्माण भएपछि नयाँ गन्तव्य बन्दै गएको छ। ‘गत वर्षको तुलनामा दुर्इ तिहाइ पर्यटक बढेका छन्’-पञ्चासे भ्यू होटलका सञ्चालक लोकबहादुर गुरुङले भन्नुभयो।
पर्वत, कास्की र स्याङ्जा जिल्लाको सिमानामा रहेको यस क्षेत्र ८०० देखि दुर्इ हजार ५०० मिटरसम्म उचाइ रहेको छ। यस ठाउँबाट विभिन्न हिमशृङ्खलाका साथै फेवाताललगायत पोखरा, स्याङ्जा, पर्वत, बाग्लुङका साथै विभिन्न मनोरम प्राकृतिक सौर्न्दर्यको अवलोकन गर्न सकिन्छ।
पञ्चासेमा नेपालमा सबैभन्दा बढी १०७ थरीका सुनगाभा पाइन्छ। अन्नपूर्ण पदयात्रा मार्ग सडक यातायातका कारण छोटिएकाले पञ्चासेलाई नयाँ गन्तव्य बनाउने अभियान  सुरु गरिएको हो।
पोखराबाट कास्कीको भदौरे हुँदै पञ्चासेबाट वीरेठाँटीबाट अन्नपूर्ण पदयात्राका लागि पर्यटक आउने गरेका छन्। पोखरानजिक रहेकी अनदूडाँडास्थित गुम्बाबाट पनि पञ्चासे हुँदै पर्यटक आउने गरेका छन्।
जङ्गलको बीचमा रहेको यस ताल विनामूलको भएको र हिउँद, वर्षा समानरूपमा पानी रहने साथै तालमा रहेको पानीमा रूखको पात परेमा चराले टिपेर फाल्ने हुँदा यस तालको धार्मिक तथा ऐतिहासिक महत्त्वसमेत भिन्न रहेको छ।
पाँच सय हेक्टरभन्दा बढी क्षेत्रमा फैलिएको धार्मिक, ऐतिहांसिक, सांस्कृतिक, पर्यटकीय तथा जैविक विविधताको धरोहर मानिने यस पञ्चासेलाई पर्यटन, जैविक विविधता र ग्रामीण पर्यटनको मोडेलका रूपमा विकास गर्ने काम भइरहेको माछापुच्छे्र विकास सङ्घका कार्यक्रम संयोजक रामशरण सेर्ढाईंले बताउनुभयो। 

Thursday, November 4, 2010

पन्चासेमा होमस्टे को सुबिधा !

पर्यटकीय क्षेत्र आसपासका गाउँमा होम स्टे सुविधा उपलब्ध भएपछि पर्यटक आवागमनमा वृद्धि भएको छ ।

कास्की, पर्वत र स्याङ्जाको सिमानामा पर्ने पन्चासे, पर्वतको चित्रे र कास्कीको भदौरेका बासिन्दाले होमस्टे सेवा सञ्चालन गरेपछि पर्यटक बढेका हुन् ।

पन्चासे घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटक स्वागतका लागि 'होम स्टे' सुविधासहित स्वागत सत्कार हुन्छ ।

पहिले सेवासुविधा उपलब्ध नगराउँदा पन्चासेमा पर्यटक संख्यामा वृद्धि हुन नसकेपछि अहिले प्रभावित क्षेत्रका बासिन्दा पर्यटक आकर्षण गर्ने होडमा लागिपरेका छन् । स्थानीयको प्रयासपछि पर्वत, कास्की र स्याङ्जा गरी ३ जिल्लाको संगममा २५ सय १७ मिटर उचाइमा रहेको पन्चासे क्षेत्र ग्रामीण पर्यटनको नमुना बन्न थालेको छ । होम स्टे सञ्चालन भएपछि दैनिक २ दर्जनभन्दा बढी आन्तरिक र बाह्य पर्यटक आउने गरेको स्थानीयले बताएका छन् ।

पन्चासे र वरपरका गाउँमा ग्रामीण पर्यटनका लागि पूर्वाधार विकास गरिएकाले नयाँ गन्तव्य बन्न लागेको हो । पदयात्राका लागि ख्याति कमाएको प्राकृतिक र जैविक विविधताले भरिपूर्ण पन्चासे क्षेत्रमा पर्ने पर्वतको आर्थर र चित्रे गाविस तथा कास्कीको भदौरे गाविसमा पर्यटकका लागि 'होमस्टे' सुविधा सुरु भएको छ ।

पन्चासेको विकासमा क्रियाशील माछापुच्छ्र्रे विकास संघ र पन्चासे धार्मिक एवम् पर्यटकीय क्षेत्र विकास समितिको पहलमा स्थानीय गुरुङ समुदाय बाहुल्य बस्तीमा आन्तरिक तथा बाह्य पर्यटकका लागि घरमै बसेर खाने, सांस्कृतिक र मौलिक पहिचान झल्कने लोकसंस्कृति देखाउने व्यवस्था मिलाइएको छ ।

पन्चासे अवलोकनका लागि आउने पाहुनालाई आवश्यकताअनुसार मनोरञ्जन दिएर खुसी पार्ने गरेको पन्चासे पशुपालन समूहकी सचिव हितमाया गुरुङ बताउँछिन् ।

चित्रेका १ दर्जन, भदौरेका २ दर्जन र आर्थर गाविसमा त्यति नै संख्यामा घरमा आन्तरिक तथा बाह्य पर्यटकका लागि सुविधायुक्त वातावरण तयार गरिएको छ ।

पन्चासे क्षेत्रको १ गाउँमा बास बसेपछि दिनभर पन्चासेको पदयात्रा सकेर साँझ अर्को गाउँमा पुगेर विश्राम लिन सक्ने व्यवस्था मिलाइएको पन्चासे क्षेत्र विकास समितिका अध्यक्ष गोपाल गुरुङले बताए । रासस

Tuesday, November 2, 2010

आलमदेवी मन्दिरको संरक्षण र सर्म्वर्द्धनका लागि आमभेला गरियो


गल्याङ, १४ कात्तिक।स्याङ्जा जिल्ला तुलसीभञ्ज्याङ गाविस वाड नं ६ स्थित आलमदेवी मन्दिरको संरक्षण र सर्म्वर्द्धन पुर्‍याउने उद्देश्यले  आलमदेवी मन्दिर संरक्षण उपभोक्ता समितिको आयोजनामा आमभेला सम्पन्न भयो।
मन्दिर करिब तीन सय वर्ष पुरानो भएको र त्यसको संरक्षण र सर्म्वर्द्धनमा कसैको चासो जान नसकेका कारण स्थानीयवासीकै पहलमा मन्दिरको जगेर्ना गर्नुपर्ने पुर्खादेखि नै पूजाआजा गर्दै आहिरहेका मन्दिर पुरानो र जीर्ण भएका कारण त्यसलाई बचाइराख्नुपर्ने जिम्मेबारी युवा पुस्ताको काँधमा आएकोले त्यसलाई लामो समयसम्म जोगाइराख्नुपर्ने भन्दै आमभेलाको आयोजना गरिएको हो।
कार्यक्रममा वक्ताहरुले राजा महाराजाका कुलदेवताका रूपमा स्थापित भएको भए पनि हाल आएर त्यसको संरक्षण तथा सर्म्वर्द्धनमा हाम्रो जिम्मेवारी बढेकोले त्यस मन्दिरको निर्माणका लागि स्वतफूर्तरूपमा चन्दा सङ्कलन गरी करिब दुर्इ किलोमिटर कच्ची मोटरको बाटो एक लाख ५०हजारको लगानीमा निर्माण गरिएको रनिर्माण कार्यमा सामग्री ओसार पसारका लागि बाटो आवश्यक पर्ने भएकाले सो कार्य पूरा गरिएको हुलाक आलमदेवी ग्रामीण सडक निर्माण समितिका अध्यक्ष विश्वनाथ अर्यालले जानकारी गराउनुभएको थियो।
आमभेलामा हरिकीर्तन समितिका अध्यक्ष ओमप्रकाश अर्याल, आलमदेवी मुल पूजा व्यवस्थापन समितिका अध्यक्ष क्याप्टेन नैनासिंह थापा, सदस्य सु. कुविर गाहामगर, शेबहादुर बराल, शिव पार्वती आमा समूहकी अध्यक्ष पर्ण्र्ााला अर्याल, समाजसेवी उमाकान्त अर्याल, लिलाबल्लभ अर्याल लगायतले आलमदेवी मन्दिर धार्मिक तथा ऐतिहासिक, पर्यटकीय दृष्टिले समेत महत्त्वपूर्ण स्थान भएकाले त्यसको संरक्षणमा सबै  मिलेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभएको थियो।
स्थानीयवासीको वृहत सहभागिता रहेको कार्यक्रममा आलम देवी संरक्षणमा कुनै पनि निकायले चासो नदेखाएको गुनासो गर्दै सरोकारवालाले चासो देखाउनुपर्ने बताएका थिए।
कार्यक्रमको अध्यक्षता आलमदेवी संरक्षण उपभोक्ता समितिका उपाध्यक्ष विश्वनाथ अर्यालले गर्नुभएको थियो भने सञ्चालन सचिव टीकाराम अधिकारीले गर्नुभएको थियो

Monday, November 1, 2010

धार्मिक पर्यटकिय स्थल आलमदेवी मन्दिर संरक्षणमा युवाहरु

लोकनाथ मरासिनी कार्तिक १५, स्याङ्जा
स्याङ्जाको धार्मिक पर्यटकिय स्थल अर्न्तगत पर्ने आलमदेवी मन्दीर जिर्ण भइसक्दा समेत सरोकारवालाहरुले बेवस्ता गरेको भन्दै स्थानिय युवाहरु संरक्षण र संबर्द्धनमा लागि परेका छन्। तुलसी भन्ज्याङ् गाँउ विकास समिति ६ मा रहेको करिब ३ सय वर्ष पुरानो मन्दीरको संरक्षण र प्रर्वद्धन गर्ने जिम्मा युवाहरुको काधमा आएको भन्दै जिम्मेवारी पुरा गर्न युवाहरु लागि परेका हुन्। मन्दीरको जिर्णद्धारका लागि आवश्यक पर्ने सामाग्रिहरु ओसार पसार गर्न तथा त्यहँ पुग्ने भत्तजनहरुका लागि सहजताका लागि स्थानियवासि हरुबाटनै १ लाख ५० हजार रुपैया चन्दा संकलन गरी २ किलोमिटर कच्ची मटोरबाटो निर्माण कार्य समेत सम्पन्न भइसकेको छ।
स्याङ्जा जिल्लाकै चिनारीका रुपमा रहेको आलमदेवी मन्दीर संरक्षण र प्रर्वद्धनका लागि स्थानिय युवाहरुको सक्रियतामा आइतबार एक भेला समेत सम्पन्न भएको छ।
सम्पन्न भेलाले आलम देवी संरक्षणमा कुनै पनि निकायले चासो नदेखाएको गुनासो गर्दै सरोकारवालाले चासो देखाउनु पर्नेमा जोड दिएका थिए।

Wednesday, October 27, 2010

कालीगण्डकीमा -याफ्टिङ गर्नेको घुइँचो


वर्षा रोकिएलगत्तै नदीमा पानीको बहाव घटेपछि कालीगण्डकीमा ¥याफ्टिङ गर्ने पर्यटकको संख्या बढेको छ । विश्वका विभिन्न देशबाट पर्यटकहरू (याफ्टिङ गर्न कालीगण्डकी आउने क्रम पछिल्ला वर्षमा बढ्दै गएको छ ।
कात्तिकको अन्तिम सातादेखि मंसिरको अन्तिम सातासम्म पर्यटकहरूको घुइँचो लाग्छ । यो समयमा -याफ्टिङका लागि सहज हुने भएकोले पर्यटकको संख्या बढ्ने
गर्छ ।


हरेक वर्ष यसै समयमा पर्यटकहरू याफ्टिङका लागि आउने गरे पनि पर्यटन वर्ष २०११ को घोषणासँगै यस वर्ष विगतभन्दा पर्यटकको संख्या बढेको व्यवसायीहरूको अनुभव छ । केही वर्षअघिसम्म  प्रतिपर्यटक एक डलर लिने गरे पनि अहिले त्यो रकमसमेत लिन छाडेपछि पर्यटकको तथ्यांक यकिन हुन सकेको छैन ।
कालीगण्डकीमा विशेषगरी इजराइल, जर्मनी, अमेरिका, बेलायत, स्कटल्यान्ड, इंगल्यान्ड, पोल्यान्डलगायतका देशबाट ¥याफ्टिङका लागि पर्यटक आउने गर्छन् । नेपालमा ¥याफ्टिङ गराउने कम्पनीहरू थुप्रै भए पनि कालीगण्डकीमा दर्जनभन्दा बढी कम्पनी कार्यरत छन् । पर्यटकहरू स्विसा, लोटस, होलिडे, प्याडल नेपाल, साई रिभरलगायतका कम्पनीमार्फत ¥याफ्टिङका यहाँ आउने गर्छन् ।
नयाँपुल र मालढुंगादेखि स्याङ्जाको मिर्मिसम्म ६२ किलोमिटरको ¥याफ्टिङ पूरा गर्न तीन दिन लाग्नेगर्छ । नयाँ पुलबाट सुरु भएको ¥याफ्टिङ यात्रामा मोदीबेनी र पुर्तीघाटमा एक÷एक रात बिताउने गरिएको पर्यटकहरू बताउँछन् ।
¥याफ्टिङका लागि उपयुक्त बहाव, मनोरम प्राकृतिक दृश्यलगायत विशेषताका कारण पर्यटकहरू बढी यहीँ आउने गरेको पर्यटक गाइड राम पाण्डेले बताए । पर्यटन वर्ष मनाउँदै गर्दा विगतभन्दा पर्यटकको संख्यामा दोब्बरले वृद्धि हुने आशा उनको छ ।
नेपालका तमोर, अरुण, कर्णाली, त्रिशुली र भोटेकोसीलगायतका नदीहरूमा ¥याफ्टिङ गरिँदै आएको छ । 
¥याफ्टिङलाई व्यवस्थित गर्न र पर्वत जिल्लाका पर्यटकीयस्थलमा पर्यटक भिœयाउने कार्यमा पर्यटन केन्द्र पर्वत लागिपरिरहेको संयोजक शिव शर्मा पौडेलले बताए । जिविसका सूचना अधिकृत तुलसी शर्माले ०५८ सालअघि जिविसले प्रतिपर्यटक एक डलर कर लिने गरेको भए पनि अहिले नेपाल सरकारले नै लिने गरेको जानकारी दिए । यस क्षेत्रमा उपयुक्त होटलहरू नहुँदा पर्यटकहरू धेरै आउन नसकेको उनले बताए

Sunday, October 24, 2010

सिर्सेकोट नमुना पर्यटकीय गाउँ बन्दै


By Prakash Dotel.


गाउँलाई ग्रामीण पर्यटकीय स्थलका रूपमा विकसित गराउँदै स्थानीय वासीहरू विश्वका पर्यटकलाई नेपाल भित्र्याउने उद्देश्यले विभिन्न कार्यक्रम गरिरहेका हुन्छन् । नेपाल भ्रमण वर्ष १९९८ मा स्याङ्जाको दरौं सिरुवारीलाई नेपालकै पहिलो नमुना ग्रामीण पर्यटकीय गाउँका रूपमा विकास गरेपछि हौसिएका जिल्लाका ग्रामीण भेगका बासिन्दाहरू गाउँलाई पर्यटकीयस्थल बनाउन एकजुट भएर लागेका छन् ।
स्याङ्जा सदरमुकामबाट दक्षिणतर्फ सिद्धार्थ राजमार्गको करिब ४० किलोमिटर पार गर्दा आउने तीनदोबाटे गाबिसको बायाँटारीबाट पश्चिमतर्फको कच्ची सडकबाट करिब २० किलोमिटरको यात्रापछि पुगिने गाउँ सिर्सेकोट–३ मैदान नमुना पर्यटकीय क्षेत्र उन्मुख गरुङ गाउँ हो । गुरुङको बाहुल्यता रहेको सिरुवारी गाउँ पर्यटकीय गाउँ बनेपछि सिर्सेकोटका गृहिणीहरू आफ्नो गाउँलाई पर्यटकीय क्षेत्र बनाउन कम्मर कसेर लागेका थिए । गरे के हुँदैन भन्ने सन्देशसमेत गृहिणीहरूले दिएका छन् । 
पछिल्लो तीन वर्षमा स्थानीय गृहिणीहरूको सक्रियतामा गृहिणी समूह गठन गरी महिलाहरूको सहकार्यले अहिले मैदानको गुरुङ गाउँ नमुना पर्यटकीय क्षेत्र उन्मुख छ । गृहिणीहरूको सक्रियतामा होमस्टे तालिमबाट प्राप्त ज्ञान र सीपलाई गाउँका घर–घरमा प्रयोगमा ल्याइएको छ । 
सिर्सेकोट अवलोकनका लागि आउने पर्यटकको सख्यामा समेत वृद्धि भएको छ । विगतका वर्षमा एकादुई आउने पर्यटकको संख्या वृद्धि भएर अहिले सयौको संख्यामा पुगेको स्थानीय गृहिणीहरू बताउँछन् ।
स्थानीय गृहिणीहरूको अगुवाइमा स–साना बालबालिकादेखि वृद्ध–वृद्धासम्मले गर्नेे बाजा–गाजासहितको गुरुङ संस्कृति झल्काउने घाटु नाच, सालैजोजस्ता गीतमार्फत गरिने स्वागतले पर्यटकहरू मख्ख पर्छन् । स्थानीय गृहिणीहरूको स्वागत र सम्मानले त्यहाँ पुग्ने पर्यटकहरूले आफ्नो बसाइलाई केही दिन लम्ब्याउने गरेको समेत बताइन्छ । 
नमुना पर्यटकीय क्षेत्र उन्मुख त्यहाँ न कुनै होटल छ, न कुनै रेस्टुराँ नै छ, अवलोकनका लागि गाउँमा आउने पर्यटकलाई घर–घरमा भाग लगाएर स्थानीय स्तरमा उत्पादित वस्तुबाट तयार पारिएको खानेकुरा खुवाई पर्यटकलाई सम्मान र सत्कार गर्ने प्रचलन रहेको जिल्ला पर्यटन विकास समितिका उपाध्यक्ष अनन्तकुमार श्रेष्ठले बताए ।
अवलोकनका लागि नमुना पर्यटकीय क्षेत्र उन्मुख गाउँ सिर्सेकोट–३, मैदान पुग्ने पर्यटकहरू आफ्नो मनोभावना पूरा होस् भनेर त्यहाँको प्रख्यात अकलादेवीको मन्दिरमा पुुग्छन् । धार्मिक रूपले पनि निकै महत्वपर्ण मानिएको उक्त मन्दिरमा भगवानको रूप धारण गरेकी महिला एक्लै सुत्केरी भएको किंवदन्तीमा उल्लेख छ । किंवदन्तीका उल्लेख भएअनुरूप उक्त स्थललाई धार्मिक पर्यटकीय स्थलका रूपमा समेत विकास गर्न सकिने विश्वास स्थानियवासीको छ । 
मनोभावना पूरा हुने अपेक्षासहित मन्दिर दर्शनका लागि स्याङ्जा, पर्वत र गुल्मी जिल्लाबाट आउने दर्शनार्थीहरूको दिनहँुजसो ठूलो भीड लाग्ने गर्छ । देशका विभिन्न मठमन्दिरमा पुग्दा कसैले नसुन्ने गरी आशीर्वाद दिने र लिने प्रचलन रहिआए पनि अकला मन्दिरमा पुग्दा त्यहाँका पुजारीले चर्को स्वरमा आशीर्वाद लिने चलनसमेत रहेको छ ।
गृहिणीहरूले आफ्नो गाउँलाई सधैं सफा राख्न गरेको प्रयास उदारणीय र अनुकरणीय रहेको छ । सिर्सेकोट पर्यटन विकास तथा व्यवस्थापन समिति मार्फत स्थानीयवासी गृहिणी तथा पुरुषहरूको सक्रियतामा विभिन्न रचनात्मक कार्य गर्दै आइरहेका छन् ।
पर्यटकलाई आर्कषण गर्नका लागि तयार पारिएको कुडुले घरमा राखिएको परम्परा झल्कने वस्तुहरूले पर्यटकहरू पुर्खा सम्झन बाध्य हुन्छन् । कुडुले घरको अवलोकन गर्दा आधुनिकताको नाउँमा पुर्खाले गरेका रचनात्मक काम भुलिएको अनुभूति गर्ने गरेको स्थानीयवासी बताउँछन् ।
निकै अग्लो पाहाडको चुचुरोमा रहेको सिर्सेकोटलाई नेपालकै नमुना गाउँ बनाउन खानेपानी बाधक बनेको छ । उच्च भागमा रहेको क्षेत्रमा पानीको स्थायी स्रोत नभएका कारण पानीको व्यवस्था मिलाउन निकै खर्चिलो रहेको स्थानीय गृहिणी दुर्गा गुरुङले बताइन् । उनी भन्छिन्, “पानीका समस्याले पर्यटक आकर्षणका थप काम गर्न सकिएको छैन ।”
सिर्सेकोटलाई ग्रामीण पयटकीय क्षेत्रका रूपमा उचित विकास गराउन नेपाल पर्यटनबोर्ड तथा जिल्लास्थित संघ–संस्थाहरूले विभिन्न समयमा महत्वपूर्ण सहयोग गरेको स्थानीय युवा समाजसेवी श्याम गुरुङले बताए । नेपाल पर्यटन वर्ष २०११ लाई अवसरका रूपमा सदुपयोग गर्दै सिर्सेकोटलाई विश्वका पर्यटकसामु परिचित बनाउने अभियानमा यतिबेला गृहिणीहरूले थप सक्रियता देखाएका छन् !




http://tinyurl.com/2vf927n

Saturday, October 2, 2010

Tamekot festival on Oct 13


SYANGJA: With a view to promote tourism, Tamkekot festival is going to be held in Pindikhola, a western part of Syangja district.

The nine-day festival will be organised by Janamukti Youth Club beginning Oct. 13.

According to the organiser, the fest aims at popularising cultural, religious and tourism importance of the village ahead of Nepal Tourism Year 2011.


Friday, September 3, 2010

खिलुङ्–देउरालीको भाने–ओढार नेपालकै नमुना प्याराग्लाईडिङ् क्षेत्र !

प्रकाश डोटेल स्याङ्जा–१८, भदौं
विश्वमा प्राकृतिक स्रोत र साधनले भरपुर उत्कृष्ट देश मध्ये नेपाल एक हो। प्राकृतिकले दिएको उपहारलाई नजिकबाट नियाल्न र मनोरञ्जन गर्ने उद्देश्यका साथ विश्वका प्राकृतिक प्रेमी नागरिकहरु वर्षेनी नेपाल आउने क्रममा तिव्रता आएको छ। त्यहि तिव्रतालाई निरन्तरता दिनका लागि थप प्राकृतिक आकर्षक क्षेत्रको पहिचानमा लाग्नुपर्ने आम नेपालीको आवश्यकता भएको छ।
विकसित र धनी राष्ट्रका नागरिकहरु खास गरि अमेरिकन तथा युरोपेली नागरिकहरु प्याराग्लाईडिङ खेल्नमा विशेष रुची राख्ने गर्दछन्। प्राकृतिक स्रोत र साधन भरपुर भएपनि नेपालमा हालसम्म प्याराग्लाईडिङका लागि कास्कीको सराङ्कोट क्षेत्रले मात्रै मान्यता पाएको छ। प्याराग्लाईडिङ खेल्ने क्षेत्रको सम्भाव्यता अध्ययन गर्नु जरुरी पनि भएको छ। नेपाल सरकारले समयमै ध्यान दिनसक्ने हो भने पर्यटकका लागि स्याङ्जा जिल्लाको खिलुङ्–देउराली गाउं विकास समितिको भाने–ओढार प्याराग्लाईडिङको लागि सम्भावित क्षेत्र बनेको छ।
प्याराग्लाईडिङमा उडेकै ठाँउमा आएर ल्याण्डिङ गर्न सकिने भाने–ओढार नेपालकै पहिलो र नमुना क्षेत्र हो। नेपालमा रहेका प्याराग्लाईडिङका अनुयायीहरुले गरेको परिक्षणमा यो ठाँउमा नयाँ रेर्कड बनेको हो। केहि समय अघि परीक्षणकै वेला प्याराग्लाईडिङ पाइलट सानोबावु सुनुवारले पटक–पटक उडेकै ठाँउमा ल्याण्डिङ गरेका थिए। उठेको १५ मिनेटमा सुनुवार सोहि ठाँउमा ल्याण्डिङ गरेका हुन्।
विना कुनै अवरोध उडेका पाइलट सुनुवारले आफ्नो पहिलो अनुभव सुनाउँदै भने, प्याराग्लाईडिङ लागि भाने–ओढार उत्तम ठाँउ भएकाले नयाँ रेर्कड बनेको हो। नेपालमा गरिएका सयौ परिक्षणमा यसभन्दा पहिला उडेकै ठाँउमा आएर ल्याण्डिङ गर्न सकिएको थिएन्। आकाशमा उडेपछि घुमेर आएर उडेकै ठाँउमा ल्याण्डिङ गरिएकोले भौगोलिक बनावट र हावाको चाप मिल्ने त्यस ठाउँमा नयाँ रेर्कड बनेको पाइलट सुनुवारले दावी गरे।
पर्यटकीय क्षेत्र भाने–ओढारमा गरिएको पहिलो परिक्षणको एकैदिनमा पाइलट सुनुवारले जिल्लाका पत्रकार र पर्यटकसंग तीन पटक उडान गर्न सफल भएका थिए। दुई पटक उडेकै ठाँउमा ल्याण्डिङ गरेका पाइलट सुनुवार एकपटक पर्यटक लिएर पोखरा गए। खिलुङबाट सुनुवार स्विजरल्याण्डका पर्यटक लिएर दुई घण्टाको समय लगाएर पोखरा पुग्न सफल भए।
ग्रामिण पर्यटन प्रर्बद्धन गर्ने उदेश्यले आयोजना गरीएको ‘खिलुङग–लामडाँडाँ हनि–वल टुरको चार दिने कार्यक्रम अर्न्तगत प्याराग्लाईडिङ परीक्षण गरीएको कार्यक्रमका संयोजक दिपक रोकाहाले बताउदै भने, यो प्याराग्लाईडिङ पर्यटनको एउटा नमूना उदाहरण हो। रोकाहाले थपे, पर्यटकका लागि खिलुङ् मह उत्पादनको अर्को आक्रर्षक थलो हो।
पाइलट सुनुवारले भने, समुन्द्रि सतहबाट १ हजार ६ सय ४० मिटर उचाइमा रहेको भाने–ओढारबाट तलको समथर भुमि र गाउ निकै रमणीय देखिने बताए। स्याङ्जाका पत्रकार गिरीधारी पोखरेलले उनीसँगै करीव एक घण्टा प्याराग्लाईडिङ गरेका थिए। हावाको कारण पनि उडानमा कुनै समस्या नदेखिएपछि यो ठाँउ प्याराग्लाईडिङका लागी राम्रो मानिएको हो।
भाने–ओढार प्याराग्लाईडिङको लागी नेपालकै उत्तम ठाँउ सावित भएपछि यसलाई कानुनी मान्यता दिएर योजना बनाउनु पर्ने पर्यटनविद पदमबहादुर केसीले बताए। केसीले भने, …यो राजमार्गबाट नजिक र पर्यटनका लागि आवश्यक पुर्वाधार रहेको ठाँउ रहेछ।
नेपाल पर्यटन वर्ष २०११ लाई सफल बनाउनका लागि नयाँ–नयाँ आक्रर्षक पर्यटन केन्द्रको खोजीमा सबैले साथ दिनुपर्छ, संविधानसभाका सदस्य धनराज गुरुङ्ले भने, यो परिक्षणलाई मान्यता दिनका लागि पर्यटन मन्त्रालयसँग समन्वय गरिने छ। नेपाल कै नमुना भाने–ओढारमा प्याराग्लाईडिङलाई मान्यता दिलाउनुले यस भेगकै विकास हुन्छ।
खिलुङ पुग्न पोखरादेखि बसमा एक घण्टा ३० मिनेटको यात्रापछि हेल्लुबजारबाट दुई घण्टाको पैदल मार्ग यात्रामा पुग्न सकिन्छ। पोखरा र सिद्धार्थ राजमार्गबाट नजिक भएको कारण यो ठाउँ प्याराग्लाईडिङका लागि उत्तम छ। अधिकांश गुरुङ बस्ती भएको सो ठा‘उ रीतिरिवाज र सांस्कृतीकरुपमा पनि धनी छ। ऐतिहासिक दृष्टिकोणले पनि त्यस क्षेत्र महत्वपुर्ण भएकाले पर्यटनमा प्याराग्लाईडिङसगै अरु धेरै सम्भावना देखिन्छ।
विभिन्न मठ मन्दिर र डाँडाँबाट माछापुच्छ्रे अन्नपुर्ण लगायतका उत्तरका सवै हिमाल देखिनाले सो डाँडाँमा भिउ टावर बनाएर दृश्यअवलोकन सहित प्याराग्लाईडिङ मज्जा लिन सकिन्छ ।

Thursday, August 5, 2010

वृक्षरोपण

वृक्षरोपण

स्याङ्जा - वन उपभोक्ता समितिको सक्रियतामा खाली रहेको ८ सय रोपनी जमिनमा वृक्षरोपण गरिएको छ । खाल्टे सालघारी पाटल सामुदायिक वन अर्जुनचौपारीका उपभोक्ताको सक्रियतामा १५ हजार ५० ओटा बिरुवा रोपिएको छ । जिल्ला वन कार्यालयको बीउ तथा आर्थिक सहयोगमा अर्जुनचौपारी- ६ र ७ मा फैलिएको वन क्षेत्रमा वृक्षरोपण भएको हो । वनमा खयर २ हजार ५ सय, सिमल १ हजार ५ सय, सिरिस ८ सय, यपिलिपि १ हजार ५ सय, सजीवन ८ हजार ५ सय, बाँस १ सय ५० र बकाइनोको चार सय गरी १५ हजार ५० बिरुवा रोपण गरिएको उक्त वनका अध्यक्ष रुद्रबहादुर खत्रिले बताए ।
(e kantipur support )