प्रकाश डोटेल
स्याङ्जा–२५, बैशाख ।
मौसमी तथा बेमौसमी तरकारी खेतिको उत्पादन र आम्दानी वृद्धिमा मात्रै ध्यान दिदै आएका जिल्लाका कृषकहरु त्यसको संरक्षण र व्यवस्थापनमा जुट्न थालेका छन् । जिल्लामा अन्य खेतिको तुलनामा वढि मात्रामा उत्पादन हुदै आएको गोलभेडा खेतिको व्यवस्थापन र संरक्षण लागि आरुखर्क गाविसका कृषकहरुले गाउँमा अभियान सञ्चालन गर्दै संरक्षण र व्यवस्थापनमा जुटेका हुन् ।
विगत दूई वर्षदेखि गोलभेडा खेतिलाई व्यवस्थित बनाउनको लागि प्रत्येक कृषकले अनिवार्य रुपमा प्लाष्टिक घरमा गोलभेडा लगाउने गरेका छन् । आरुखर्क गाविसलाईृ केन्द्रित गरि तरकारी उपज संकलन केन्द्र स्थापना भएपछि तरकारी जन्य बस्तुको सहज विक्रीवितरण हुने गरेकाले कृषकहरु व्यवसायीक गोलभेडा खेतिलाई जोड दिन थालेका छन् ।
आन्तरिक खपतको तुलनामा जिल्ला बाहिर वढि मात्रामा खपत हुदै आएको छ । स्थानिय कृषकहरुले भने, जिल्ला बाहिर माग बढ्दो भएपछि गोलभेडा खेतिलाई आम्दानीको तुलनामा व्यवसायीक रुपमा लामो समयसम्म टिकाउ हुनेगरि प्लाष्टिक घरभित्र खेती गर्न सुरुवात गरेका हौं ।
खुला ठाउँमा गोलभेडा खेति गर्दा कृषकहरुको मेहनत अनुसारको फल नदिन सक्छ । कृषकहरुले पुर्ण रुपमा उत्पादन लिनको लागि प्लाष्टिक घर आवश्यक रहेको छ । जिल्ला कृषि विकास कार्यालयका प्रमुख चेतनाथ अधिकारीले भने, कृषकहरुले प्लाष्टिक घरमात्र होईन् अहिले गोलभेडा खेतिमा रसायनिक विषादीको प्रयोगमा समेत न्युनिकरण गरेका छन् ।
रसायनिक विषादीको प्रयोगको कृषकहरुमा पर्याप्त प्राविधीक ज्ञानको अभाव छ । उत्पादित वस्तुको गुणस्तर राम्रो हुदैन् । प्रमुख अधिकारीले भने, विषादीको प्रयोगले विभिन्न प्रकारका रोग लाग्ने सम्भावनालाई नर्कान सकिदैन् । विषादीको बढि प्रयोगले खेति नै नष्ट गर्नुपर्ने अवस्था आउन सक्छ । उत्पादन एकनासले नहुने जस्ता समस्या देखिएपछि रसायनिक विषादीको सट्टामा वानस्पति मल प्रयोगमा ल्याएका हुन् ।
वानस्पति मलको प्रयोगले रसायनिक मल तथा विषादी किन्न लाग्ने खर्च समेत बचत भएको छ । स्थानिय कृषक नारायण पौडेलले भने, वानस्पति तथा जैविक सुक्ष्म खाधतत्वको लागि कृषकहरुले घरेलु प्रविधिको प्रयोग गरेका छन् । घरमा मल तयार गर्न थालेपछि कृषकहरुलाई खेति लगाउन सहज भएको छ ।
कृषकहरुले खिर्राे, असुरो, तितोपाति जस्ता वनस्पतिहरु विषादीको रुपमा उपयोग गर्ने गर्दछन् । यसरी खेति गर्दा रोगहरु पनि नलागेको र उत्पादन राम्रोसंग भएको बताउछन् कृषक राम्जीप्रसाद पौडेल । व्यवस्थित गोलभेडा खेति गर्न थालेपछि कृषकहरुको उत्पादन र आम्दाीमा वृद्धि भएको छ ।
स्थानिय कृषकहरुले वार्षिक ४० देखी ६० क्विटल गोलभेडा उत्पादन गर्दै आएका छन् । बेमौसमी तरकारी खेति भएकोले अन्य खेतिको तुलनामा गोलभेडा खेति आम्दानीको राम्रो माध्यम बनेको छ । स्थानिय स्तरमा उत्पादित गोलभेडा विशेष गरि पोखरा, वुटवल, भैरहवा सहित देशका ठूला शहरमा खपत हुने गरेको छ ।
गोलभेडा खेतीलाई व्यवसायीक बनाउनको लागि संरक्षण र व्यवस्थापनमा ध्यान दिनुपर्छ भन्ने आरुखर्कका कृषकहरुले देखाएका छन् । जिल्लाका पुतलीबजार नगरपालिका, गाविस तर्फ छाङ्छाङ्दी, जगतभञ्ज्याङ्, स्वरेक, सेखाम, रत्नपुर, चापाकोट क्षेत्रका कृषकहरुले गोलभेडा खेति गर्दै आएका छन् ।