प्रकाश डोटेल
स्याङ्जा–१३, कारतिक
हिमाली भेगतिर मात्र पाईने भेडा अहिले पहाडी जिल्लामा समेत आयआर्जनको गतिलो श्रोत बनेको छ । यसको उदाहरण हुन स्याङ्जा स्थित चापाकोटका स्थानिय बासिन्दा ।
भेडापालन अन्य व्यवसायभन्दा सजिलो र बढि आम्दानी हुने कारण चापकोटका बासिन्दा भेडापालन बढि आर्कर्षित बनेका हुन् । स्थानियवासीले भने, ‘यस्को उन पनि बेच्न पाईन्छ ।’ भेडा पालेर नै कृषकहरुले पक्की घर बनाएका छन् । छोराछोरी पाल्ने, पढाउने पनि भेडा बेचेर नै गरेका छन् । चापाकोटमा भेडाको मोल राम्रो पर्छ ।
स्थानिय भेडा पालक कृषकहरु भेडा पालेर घरघडेरी जोडेका छन् । स्थानिय भेडा पालक कृषक प्रेमनारायण गैह्रेले भने ‘मेरो सवै खर्च भेडाले नै पु¥याउछ ।’ उनले विगत २५ वर्षदेखि भेडा पाल्दै आएका छन् । चापाकोटमा एउटै परिवारले ६० वटासम्म भेडा पाल्ने गरेका छन् ।
स्थानिय मगर र ठकुरीले कुलाईनको पुजाको लागी भेडा नै खोज्ने गर्छन् । खोजेको बेला भेडा नपाईनुले उनीहरुले महङगोमा भेडा लैजाने गर्छन् । चार धार्नी भेडाको १० हजारसम्म पर्ने गर्छ ।
बाख्रा र खसीभन्दा भेडाको मोल बढि हुने गर्छ । भेडा पाल्नको लागी सजिलो र महङगोमा विक्ने कारण त्यस क्षेत्रमा भेडा पाल्ने क्रम बढेको छ । धेरै घा“स नचाहिने हु‘दा भेडा पाल्न सवैले रुचाउ‘छन् । गॉउमा समथर जमिन भएको कारण चरणको राम्रो व्यवस्था छ ।
२३ वटा भेडा पालेका स्थानिय सुर्य भट्राईले भने, मेरो पेशै यहि‘ हो । भट्टराईले भेडा बेचेर नै घर खर्च मात्र हैन छोराछोरी नै पढाएका छन् । गाविसमा मात्र करीव २५ घरले भेडा पाल्ने गरेका छन् । बर्षमा दुई पटक गर्भधारण गर्ने भेडाको पाठो हुर्कनै नपाई विक्ने गर्छ । भट्टराईले अगाडी थपे, गएको दशैमा भेडा खोज्ने धेरै थिए तर भेडा थोरै भयो ।
ग्राहकको माग पुरा गर्न नसकेको कृषकहरुले बताए । अहिले भेडा हुने हो भने दैनिक २५ वटासम्म विक्ने कृषकहरु बताउछन् । भेडा नभएकै कारण खोज्न आउने ग्राहक पनि फर्कने गरेका छन् ।
हुर्कन नपाउदै किन्न आउने र बेच्न पाउने कारण धेरै भेडा हुन पाएको छैन् । बच्चादेखि बृद्धसम्मले समथर चरण क्षेत्र चउरमा चराएर पाल्न सकिने र भनेका बेला विक्ने कारण यो सजिलो पेशा बनेको छ ।