जानु पंगेनी को रिपोर्ट !
काठमाडौ, अषाढ ३ -
स्याङ्जाको तीनदोबाटे, करादीका ज्ञानप्रसाद र कमला उपाध्यायका माइला छोरा मिलन तथा पुतलीबजार, बाडखोलाका केशव र केमनादेवी मरासिनीकी कान्छी छोरी विनाबीच मागीबिहे भएको छ । स्याङ्जाको नवरत्न सहकारी संस्थाकी जागिरे २३ वषर्ीया विना र करादीस्थित एउटा निजी स्कुलका २५ वषर्ीय पि्रन्सिपल मिलनको जेठ १७ गते धार्मिक विधिअनुसार बिहे भयो । मिलन करिब डेढ सय जन्तीसाथ ४० किलोमिटर टाढा रहेकी विनालाई लिन पुगेका थिए ।
बिहेको निर्णयमा पुग्नुअघि उनीहरू तीन महिना प्रेमसम्बन्धमा थिए । २०६७ माघको एक दिन मिलनले बाडखोलामा भान्जीदिदीको घरमा विनालाई पहिलोपटक भेटेका थिए । उनकी भान्जी दिदी रिता मरासिनी विनाकी कान्छीआमा पर्छिन् । उनकै घरमा उनीहरूबीच चिनजान भयो । विनाको रूपबाट मिलन त्यसैबेला आकषिर्त भइसकेका थिए ।
'किन किन उनीप्रति माया जाग्यो,' मिलनले पहिलो भेट सम्भि“mदै भने । त्यसैबेला विनाले पनि मिलनलाई मन पराइसकेकी रहिछन् । पहिलो भेटको करिब ३० दिनपछि मिलन विनालाई भेट्ने अभिलाषा लिई दोस्रोपटक भान्जीदिदीको घर पुगे । त्यही भेटमा उनले विनाको मोबाइल न्ाम्बर पनि लिए । गजल लेख्न रुचाउने मिलनले प्रेमप्रस्ताव राख्नुअघि विनाको सम्झनामा धेरै गजल लेखे । तर कहिल्यै सुनाउन पाएनन् । फोनसंवादमा भने उनी नजिकिँदै भावना व्यक्त गर्थे । उनको भाव विनाले बुझसिकेकी थिइनन् । दुवैको मोबाइलमा दिनहँुजसो कुराकानी भइरहन्थ्यो । विना पनि मिलनतिर नजिक भइसकेकी थिइन् । तर, दुवैले व्यक्त गर्न सकेका थिएनन् । 'प्रस्ताव राखिहाल्छन् कि लागिरहेको थियो,' विनाले भनिन् ।
यही वैशाखको एक दिन मोबाइलमा कुरा चल्दै गर्दा मिलनले प्रस्ताव राखे, 'एकले अर्कालाई बुझेका छौं, जीवनसाथी बन्दा फरक पर्छ र ? तपाइर्ंको विचार के छ ?' प्रस्ताव प्रतीक्षा गरिरहेकी विना मनमनै खुसी भए पनि त्यसबेला उनले अप्ठ््यारो महसुस गरिन्् । त्यस दिन उनले 'विचार गरुँला' मात्रै भनिन्् । उनले परिवारजनलाई यसबारे जानकारी नदिई भोलिप्ाल्ट मिलनलाई फोन गरेर हुन्छ भनिदिइन्् ।
तीनमहिने प्रेमसम्बन्धमा डेटिङ जान नभ्याएको बताउने उनीहरूले धेरैपटक डेटिङ जाने सल्लाह पनि गरेका थिए । तर दुवै जागिरे भएकाले शनिबार मात्र बिदा हुन्थ्यो । 'नजिकै जाँदा आफन्तजनले सुइँको पाउलान्' भन्ने भयले उनीहरूले प्रायः तीन महिनाको प्रेमसम्बन्धमा 'मोबाइल-डेटिङ' मात्रै गर्न पाएको विनाले बताइन्् ।
यी दुईबीच बिहेप्रस्ताव भइसक्दा दुवै परिवारले उनीहरूको बिहेयोजनाबारे भेउ पाइसकेका थिएनन् । उता विनाको घरमा बिहेबारे बेस्सरी चर्चा चलिरहेको थियो । अभिभावकलाई जनाउन मुस्किल परिरहेका बेला मिलनकी भान्जीदिदीले जेठ ८ मा 'विनासँग बिहेको कुरा चलाउ“m' भनिन्् । मिलनले सहमति जनाए । उनी अभिभावकका साथ विनाको घर बाडखोला पुगे । उनका बुबाले 'दुई/तीन केटाका प्रस्ताव छन्, कुनसँग बिहे गर्ने, निर्णय गर' भनेपछि विनाले मिलनलाई रोजिन् । सुरुमा उनकी आमाले 'पोइलीघर टाढा भएको' जनाउँदै मानेकी थिइनन्् । सम्झाइबुझाई गरेपछि दुवै परिवारले ९ गते विवाह निश्चय गरे । त्यही दिन बिहेको तिथि निधो गरियो ।
बिहेमा विनाका लागि बनारसी सारी किन्न मिलन भिनाजु दीपक पौडेलसाथ भारतको नौतनवा पुगे । बिहेका दिन उनले खैरो सुट र ढाका टोपी लगाए । विनाले नौतनवाको बनारसी सारीमा छड्के तिलहरी, हार, सिक्री, चुरा लगाइन् । घरको आँगनमै भएको बिहेमा मासु, पुलाउलगायतका खान्की राखिए । मिलनको परिवारले बिहेमा करिब ४ लाख खर्च गर्यो । बिहेको सात दिनपछि उनीहरू एकहप्ते हनिमुनका लागि पोखरा र पर्वत पुगे ।
मिलन गल्याङ बहुमुखी क्याम्पसमा एमएड पहिलो वर्षमा अध्ययनरत छन्, विना स्याङ्जाकै त्रिभुवन बहुमुखी क्याम्पसमा बिएड तेस्रो वर्षमा । जागिरका कारण उनी माइतीमा बस्दै आएकी छन् । मिलन करादीमै छन् । नवदम्पतीले तत्काल आमाबुबा बन्ने सोच बनाएका छैनन् । 'तीन/चार वर्षपछि मात्र बच्चा जन्माउने योजना छ,' दुवैले लजाउँदै भने
जानु पंगेनी (स्यांग्जा सम्बाददाता ) को रिपोर्ट

No comments:
Post a Comment