Saturday, August 21, 2010

सिडनीमा रहेका युवाहरुको सक्रियतामा नेपाली लिंक प्रकाशन!

अस्ट्रेलियाको सिडनीमा रहेका नेपाली युवाहरुको सक्रियतामा नेपाली लिंक मासिक पत्रिकाको प्रकाशन हुन थालेको छ ।नेपाल पर्यटन वर्ष२०११ का अवसरमा अस्ट्रेलियामा नेपालबारे प्रचारप्रसार गर्ने उद्देश्यसहित प्रकाशन हुन थालेको सो मासिकको पहिलो अंक स्थानीय बजारमा वितरणमा रहेको छ ।नेपालका पर्यटकीय स्थलहरुबारेको परिचय, सांस्कृतिक महत्वका स्थलहरुको जानकारी, समसामयिक राजनीति, जीवनशैली, महिला, चलचित्र, साहित्य, विश्वभरिका विभिन्न देशमा रहेका नेपालीहरुले गरेका कार्यक्रमबारेको समाचार प्रकाशन हुने सो पत्रिका कूल ५२ पृष्ठको रहेको छ ।
पत्रिकामा नेपालसम्बन्धी जानकारीमूलक सामग्री अंग्रेजीमा प्रकाशित हुन्छ भने बालबालिका पृष्ठ, नेपाली साहित्य, चलचित्र र अन्य केही सामग्री नेपाली भाषामा प्रकाशित हुन्छ । शिवप्रसाद लामिछाने सम्पादक, अमृत जोशी सहयोगी सम्पादक रहेको सो पत्रिका विवुध लुइँटेल, किशोर बोगटी र राजेन्द्र उप्रेतीको सक्रियतामा सिडनीबाट हरेक महिनाको पहिलो हप्ता प्रकाशन हुने गरेको सम्पादक शिवप्रसाद लामिछानेले ई स्यांग्जा लाई जानकारी दिएका छन् । अस्ट्रेलिया मा रहेका नेपाली हरु को दुख सुख अब बाहिर आउने छ  !
नेपाली लिंक मासिकwww.nepalilink.com.au मा पनि हेर्न सकिनेछ ।

Thursday, August 19, 2010

चारवर्षपछि मोटर चल्नसक्ने पुलको निर्माण !

स्याङ्जा,  ३ भदौ । काम थालेको चारवर्षपछि मोटर चल्नसक्ने पुलको निर्माणकार्य सम्पन्न भएको छ ।
चारकरोड रुपैयाँको लगानीमा निर्मित उक्त पुलबाट २० गाउँ विकास समितिका जनता प्रत्यक्षरुपमा लाभान्वित भएका छन्भने ती गाविसमा उत्पादित कृषि सामग्री बजारसम्म पुर् याउन सहज भएको छ ।
अर्जुनचौपारी-हेलु हुँदै घन्टेदेउरालीलाई सदरमुकाम सम्म जोड्ने उक्त पुलबाट  जिल्लावासीलाई आवागमनमा सुविधा भएको छ । 

Wednesday, August 18, 2010

गाउँ का भोका नांगा असिक्षित, दाजु भाई लाई अमेरिका को गफ !

                                              सेखर ढुङ्गेल 
एक त नेपाली विश्वकै  गफाडि   नम्बर एकमा घोषित भै सक्यौ त्यसमा पनि अमेरिका आई सकेपछिको कुरै अर्कै न देखेका  र न बुझेकालाई सपना बाड़छौ । बुझेकालाई धारे हात लगाउछौ । बास्तबिक पीड़ा  लुकाएर नक्कली हासो हास्छौ । रेस्टुरामा प्याज काट्दै आशु झरेर कम्पूटर चलाउदै छू भन्ने को कुरा छडौ, जीवनभर (२०-२५बर्ष )को उधारोमा किनेको घर होस की कम्तिमा ५ बर्ष चुकता गर्ने बाचा बंधनमा सही छाप धस्काएर लिएको गाडी होस सित्ताईमा  पाए झै वा चिट्ठाई परे झै वा रातौ रात कमाएर कीने झै छिमेकी , मित्रहरुलाई र स्वदेसका आसामुखीलाई ब्रेकिंग न्यूज बनाएर देखाउने, सूनाउनेको पनि कुरै छाडौं कुरो गरौ यो ठुलो देशको यथार्तताको र यथार्तता के हो भने यहाँ को जीवन सजिलो छैन यहाँ इजी मनी छैन यहाँ ठगी मुस्किलले बिक्छ अस्थायी रुपमा स्थायी रुपमा कानूनको हुन्छ पकड़मा । यो ठुलो देश परिश्रमी , इमानदार नागरिक र यहाँको क़ानूनी राजको आधारमा चलेको छ । 
 
अमेरिका आएपछि राता रात धनि बन्ने, ठुलो बन्ने भन्ने न भोग्नेहरुको सोचाई  मात्र हो । यहाँ मानसिक, शारीरिक, पारिवारिक र आर्थिक तनावले शुमेरू पर्बत बनेर कांधमा बसेको हुन्छ । सबै कुरो सकारात्मक हुदा हुदै पनि एउटा प्रबासीलाई (अपबाद बाहेक) कम्तिमा ५ बर्ष त यहाँको ब्यबस्थालाई चिनाउन नै लाग्दछ । त्यसपछि सुरु हुन्छ सराद्धे गर्न भन्दा सीधा पुर्याउन गार्हो भन्ने नेपाली कथनको पुनरावृत्ति पत्याउनु  हुन्न होला  कुरो सत्य हो हेर्नुस केही कथा ब्यथा हरु गफ़ नंबर एक  "एक जना ४० नाघेका उताक़ा (नेपालक़ा) संपन्न मित्र सपरिवार यता भास्सिएका थिए एउटा शहर मा क्याब (ट्याक्सी) चलाउन सुरु गरेछन  । यहाँ डलर छन छना छन गनिदैन भन्ने कुरोको एउटा उधाहरण मात्र दिन खोजिएको हो। एक दिन डाउन टाउनबाट बिमान स्थल जानको लागी यात्रीले क्याब रोकेछन लगेज राख्न पछाड़ीको डिकी खोली दिएका उनले क्याब त हुइक्याएछन  तर जब बिमानस्थलमा पुगेर पछाड़ी हेर्छन त यात्री नै छैनन रे हा हा हा यो मजाक होइन सत्य कुरो हो ।"
एक मित्र छुट्टीमा नेपाल पुगेछन  । आफन्त साथी संगीले के काम गर्छस नि अमेरिकामा भनेर सोधे छन उनले भने छन खेती किसानी  गर्छु अमेरिका मा गएर पनि खेती किसानीको काम गर्ने भए किन जानु यही छन नि पाख़ा बारि भयाई न भ्याई रु यही गर न अमेरिकी तरिकाले देस बिकास हुन्थ्यो नि र ? तब उनले जवाफ दिएछन " कहा अमेरिकामा यहाँ को जस्तो हो र भन्या ठुला ठुला फाटमा खेती गरिन्छ की के भन्ने ? बिहान गएर ट्रयाक्टर स्टार्ट गरेर छोड़ी दियो दिन भरी आफै घुमेर जोती रहन्छ बेलुका गएर स्टार्ट बंद गरी दिन्छु दिन भरीको तलब पाक्यो" कहा छ यस्तो सिस्टम ? सबै दंग परे छन वाह अमेरिका ठुलो देसको ठुलाई    कुरा हा हा हा ।।।।
 

स्यांग्जा मा महिला सशक्तिकरण !

फेदीखोलास्थित सिद्धार्थ उच्च माध्यमिक विद्यालय व्यवस्थापन समितिमा सबै पदाधिकारी महिला चयन भएका छन् । महिलामा पनि नेतृत्वदायी क्षमता हुन्छ भन्दै अभिभावकहरूको भेलाले सबै पद महिलालाई नेतृत्व सुम्पेको हो । विद्यालयमा लामो समयदेखि कायम रहेको व्यवस्थापन समिति गठनको विवाद  महिलाहरूलाई नेतृत्व दिएपछि मिलेको छ । फेदीखोला २ मा रहेको उक्त उच्चमाविमा राजनीतिक र सामाजिक कारणले गत पुसदेखि समिति गठन अवरुद्ध हुँदै आएको थियो । अभिभावकहरूको भेलाले मायादेवी गौतमको अध्यक्षतामा समिति गठन गरेको छ । जसको सदस्यमा लोकमाया पौडेल, विन्दु केसी र देवी पौडेल छन् ।  

Tuesday, August 17, 2010

अरिङ्गालले चिलेर मृत्यु

स्याङ्जा,  १ भदौ । स्याङ्जाको वालिङ नगरपालिका-११ जामुनेका १३ वर्षीय अर्पण थापाको अरिङ्गालले चिलेर मृत्यु भएको छ ।

वालिङ-११ स्थित उपल्लो पेखु माध्यामिक विद्यालयमा कक्षा ६ मा अध्ययनरत थापाको पोखरास्थित चरक अस्पतालमा उपचार हुँदाहुँदै मंगलबार बिहान मृत्यु भएको विद्यालयका प्रधानाध्यापक प्रेमराज लुइँटेलले जानकारी दिनुभयो । 

तरुणलाई मातृशोक !

नेपाल अमेरिका पत्रकार संघका वासिंङटन डीसी क्षेत्रीय उप-सभापति विष्णु पौडेल "सितल" तथा संघका साधार सदस्य तरुण पौडेल दुवैलाई मातृशोक पर्न गएको छ ।
"सितलकी" आमा कौशला पौडेलको ८८ वर्षको उमेरमा  यही अगस्ट ९ तारिख सोमबार भर्जिनियास्थित आइनोभा अस्पतालमा निधन भएको छ भने उता तरुण पौडेलकी आमा ललितादेवी पौडेलको ६५ वर्षको उमेरमा अगस्ट ५ तारिख काठमाडौंमा निधन भएको हो ।
विष्णु सितलकी आमाको अन्तिम संस्कार भर्जिनियास्थित च्यान्टिलीमा मंगलबार सम्पन्न गरिएको छ । अन्तिम संस्कारमा डीसीस्थित नेपाली राजदूताबासका पदाधिकारीहरुका साथै स्थानीय नेपाली संघसंस्थाका प्रतिनिधि तथा नेपालीहरुको उपस्थितिरहेको थियो ।
दुवै शोकसन्तप्त परिवारप्रति नेपाल अमेरिका पत्रकार संघका पदाधिकारीहरु तथा संघका अन्य साधारण सदस्यहरुले हार्दिक समवेदना प्रकट गर्दै मृतक आत्माको चीर शान्तिको कामना गरेका छन् ।
तरुण पौडेल हाल अमेरिका  मा हुनुहुन्छ !

ई स्यांग्जा परिवार सबै पत्रकार मित्र हरु लाई बधाई ज्ञापन गर्दछ !

 भदौ १ स्याङ्जा -नेपाल प्रेस युनियन स्याङ्जाको छैटौ जिल्ला अधिवेशन श्री कृष्ण सिग्देलको अध्यक्षतामा ११ सदस्यीय नयँ कार्य समिति सर्वसम्मत चयन गर्दै सम्पन्न भएको छ । सम्पन्न अधिवेशनले उपाध्यक्षमा टिकाराम अधिकारी सचिवमा राधाकृष्ण डुम्रे सहसचिमा छविलाल गैह्रे कोषध्यक्षमा भवानि अधिकारीलाई चयन गरेको छ ।सदस्यहरुमा राजन पौडेल किसान गुरुङ् दिलिपा श्री अधिकारी बुद्धिसागर गौह्रे हरिबल्भ पाठक र विवेक अर्याललाई चयन गरेको छ । सम्पन्न अधिवेशनले केन्द्रिय प्रतिनिधिहरुमा अध्यक्ष श्रीकृष्ण सिग्देल पदेनो सदस्य रहने गरी ओमप्रकाश शर्मा प्रेमराज पौडेल इन्द्रबहादुर गोदार प्रकाश डोटेल सुरेन्द्र गौडेल प्रदिप कोइरला राधाकृष्ण डुम्रे भवानि अधिकारी जानु पंगेनि अमृत अर्याल र तरुण पौडेललाई चयन गरेको छ ।यस अगाडि अधिवेशनको उदघाटन गर्दै युनियनका केन्द्रिय अध्यक्ष समीरजंग शाहले राज्यको स्पष्ट नितिको अभाबमा संचारकर्मिहरु असुरक्षित भएकॊ आरोप लगाउनुभएको थियो । उहाँले आमनागरिकको पक्षमा गरिएको पत्रकारीता स्वतन्त्र पत्रकारीता हुने दाबी गर्दै स्वतन्त्र निष्पक्ष र पारदर्शीता पत्रकारीताको कडी भएको बताउनुभएको थियो ।कार्यक्रममा नेपाली काग्रेसका स्याङ्जा सभापति कमल पंगेनी युनियनका महासचिब बिन्दुकान्त घिमीरे सचिब शिव लम्साल पुर्व केन्द्रिय सह सभापति गंगाधर पराजुली युनियन कास्कीका अध्यक्ष नारायण कार्की पत्रकार महासंघ स्याङ्जाका सभापति ओमप्रकाश शर्मा जिल्लाका पुर्व युनियन अध्यक्ष नारायण अर्याल नेपालि कांग्रेस स्याङ्जा महिला विभाग प्रमुख कल्पना तिवारी सहायक प्रमुख जिल्ला अधिकारी नवराज बराल मानवअधिकारकर्मि चन्द्र के।सी नेपाल ट्रेड युनियनका धुब्रप्रसाद पंगेनि क्रान्तिकारी पत्रकार महासंघका जिल्ला अध्यक्ष अर्जुन काफ्ले प्रेस चौतारीका अध्यक्ष हिमलाल पराजुली लिलबहादुर रनपाल अर्जनप्रसाद अर्याल पवन नेपाल रामबहादुर थापा इन्द्र गोदार लगायतले सुभकामना मन्तव्य राख्नुभएको थियो ।प्रेमराज पौडेलको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तव्य सुरेन्द्र गौडेलले राख्नुभएको थियो भने संचालन राधाकुष्ण डुम्रेले गर्नुभएको थियो । कार्यक्रममा कोषध्यक्ष भवानि अधिकारीले युनियनको आया व्यय सार्वजनिक गर्नुभएको थियो । त्यस्तै सचिव राधाकृष्णा डुम्रेले वितेको कार्यकालको समिक्षा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । प्रतिवेदनमा जिल्लामा युनियनमा अबद्ध केहि संचारकर्मि तथा पत्रकारहरुलाई कुटपिट धम्की जस्ता घटनाहरु भएको भन्दै आपत्ति समेत व्यक्त गरीएको छ । 

Sunday, August 15, 2010

गाउ को यथार्थ








आधुनिकताको छालले गाउँबस्तीलाई छ्याप्दै गर्दा गाउँको जनसंख्या निरन्तर घट्दो छ । हुन यो विकासोन्मुख मुलुकका गाउँबस्तीहरुको साझा कथा नै हो पढेलेखेका र पाखुरीमा तागत भएका युवाहरु गाउँमा भेटिंदैनन् । आँखा देख्ने र खुट्टा टेक्नेजति सबैले गाउँ छाड्ने क्रममा तीव्रता आएको छ  । स्थानीय चुनाव हुँदा वडाअध्यक्षलगायतका जनप्रतिनिधिहरु नभेटिने खतरा बढेको छ । युवाहरु रहर र वाध्यता दुबै कारणले स्वदेशकै शहर र मुग्लान पसेका छन् । पेन्सन पकाएर शहरबजारतिरै रोकिएका लाहुरे परिवारहरु देशै छाडेर देश बेलायततिर पुगिसकेका छन् । तर उनीहरुले गाउँ छाडे पनि गाउँको माया चटक्कै मार्न भने सकेका छैनन् ।
गाउँघरको मायालाई मुटुभरि सजाउने युवाहरुले सोसल नेटवर्किङ साइट 'फेसबुक' र अन्य सामुदायिक साइटहरुमा गाउँका मनमोहक तस्बिरहरु पोष्ट गर्छन् । त्यसमा हृदय नै टाँसेर भावुक 'कमेन्ट' गर्छन् । तर उनीहरु गाउँतिर फर्कने सम्भावना न्यून छ । उनीहरुको हविगत सात समुन्द्रपारि अलग-थलग अवस्थामा रहेका अनलाइन प्रेमी-प्रेमिकाको जस्तो छ । एकआपसमा माया बिछट्टै छ, मन र मुटु पनि साटिएको छ तर सशरीर भेटघाट भने कहिल्यै हँुदैन । गाउँघर र उनीहरुको सम्बन्ध पनि त्यस्तै भएको छ । इन्टरनेटको 'भर्चुअल' दुनियाँमा जतिसुकै माया पोखे पनि गाउँ अवस्था शून्यको शून्य नै छ । गाउँको दयनीय अवस्था देखेर एकजना बृद्धाले गरेको टिप्पणीको सम्झना आउँछ । उनले स्थानीय लवजमा भनेकी थिइन्, ''हाइँ मोरेपछि यो धाराको पानी कोले खाला -''
अहिलेे रित्तिंदै गएको गाउँबस्तीको दुर्दशाको साक्षी बनेको छ, लाँकुरीको बोट । लाँकुरीको फेदमा बसेर ठाडो भाका र अन्य लोकलयमा मनको बह पोख्ने पारखीहरु आजकल भेटिंदैनन् । गोधुली साँझमा लाँकुरीबोट भेला हुने युवाहरु आजकल गाउँमा छैनन् । वनपाखा शून्य छ । बच्चा हुर्किएपछिको चराको गुँणजस्तै भएको छ, त्यो लाँकुरीको बोट । लाँकुरीको फेदमा हुने सभा-कहचरी र दगलफसल हुन छाडेको छ  । लाँकुरीको फेदमा दाउरा-घाँसको भारी बिसाउने क्रम मत्थरिंदै गएको छ । लाँकरीको बोट नजिकको भिरालो चौरमा केटाकेटीले चिप्लेटी खेल्न छाडेका छन् । बटुवाहरु भेटिन छाडेका छन्





Bidur  Bhattarai, Syangja Rang khola .NOW: Australia , Melbourne


अमेरिकाको पढाइ सकेपनि फर्कन चाहँदैनन्

डा बिजय पौडेल (न्यु योर्क ,PHD 
                                                             
देशको अराजक अवस्था र अवसरको कमीलाई कारण देखाएर केही खर्च जुटाउन सक्ने विदेश भासिन चाहने नेपालीहरुको पहिलो रोजाइ हो- अमेरिका । विज्ञानले विश्वलाई जति नै साँघुरो बनाएर अमेरिका पनि यस्तै त हो नि भन्ने गरे पनि अमेरिकाबाट नेपाल फर्केका नेपालीहरुलाई आदर गर्ने ठान्ने नेपालको सामाजिक वास्तविकता बुझेका युवाहरु अझै पनि अमेरिका भनेपछि हुरुक्क हुन छाडेका छैनन् । काठमाडौं महाराजगन्ज चक्रपथछेउको अमेरिकी दूतावासबाट बाहिर निस्कँदा भिसा नदिएको पिरमा अँध्यारो मुख लाउनेहरुको कमी आएको पनि छैन । आधा दशकअगाडिसम्म मात्र पनि अमेरिका आइपुगेपछि अमेरिका हाम्रो सपनाको भूमी होइन पढ्नका लागि हो भन्ने युवापुस्ताहरु अब बिस्तारै देशको परिस्थितिको कारण अमेरिका नै हाम्रो कर्मभूमी हो भन्न थालेका छन् भने अर्कोतर्फ विभिन्न सरकारी कोटाअन्तर्गत मात्र होइन व्यक्तिगत खर्च होस् वा छात्रवृत्तिमा विद्यावारिधि गर्न आइपुगेका ठूलो संख्यामा नेपाली पीएचडीहरु अमेरिकाबाट नेपालतर्फ मोडिन छाडिसकेका छन् । लामो समय राजनीतिक संक्रमणकालमा गुज्रिसकेको नेपालमा आफ्नो उन्नत भविष्य अन्योलमा पर्दै गएपछि उच्च गुणस्तरको शिक्षा हासिल गर्न अमेरिका आउने गरेका विद्यार्थीहरुमा पढाइसकेपछि श्रम र पसिना त नेपालमा नै बगाउने रहर छ, तर आवश्यक पूर्वाधारको अभावले गर्दा अमेरिकालाई नै भविष्यका लागि आफ्नो पनि कर्मभूमी बनाउनुपरेको बताउँन थालेका छन् नेपाली विद्यार्थीहरु ।
भारतमा कोलम्बो प्लान पाएर बर्ीइ गर्न गएका विजय मालाकारले बर्ीइ सकेर नेपाल फर्केपछि कोकाकोलामा प्लान्ट इन्जिनियरको काम गर्दागर्दै अमेरिकामा उच्च शिक्षा हासिल गर्न आएका उनले उचिटा युनिभर्सिटीबाट मेकानिकल इन्जिनिरिङ गरे । हाल ज्बधपभच द्यभभअज अचबात अयचउयचबतष्यल मा स्ट्रक्चरल इन्जिनियरका रुपमा काम गर्दछन् जो प्लेनलाई कसरी हलुका बनाउने, उड्दाउड्दै नभाँचिने कसरी बनाउने, कसरी बलियो प्लेन बनाउने, भनेर हरदिन नयाँनयाँ बनोट तयार गर्न व्यस्त छन् । उनी भन्छन्- अमेरिका आफ्नो ”करिअर” बनाउने ठाउँ त हुँदै हो अनि यहाँ सिकेको कुरा आफ्नो मातृभूमिमा प्रयोग गर्न हृदयदेखि मन लाग्छ तर मन लाग्दैमा के गर्ने ? नेपालमा गएर कुन क्षेत्रमा केमा काम गर्ने ? भनसुन र चाकडीमा नै दिन बित्दछ । सुरुका दिनहरुमा जे काम गर्दा पनि एउटा समूह बनाएर यस्तै काम नेपालमा गर्नुपर्दछ जस्तो लाग्दथ्यो तर आजकल त व्यस्तताले नेपाल सम्झने फुर्सदै हुन्न, यतै व्यस्त भइएला जस्तो छ । मालाकार भन्दछन्- ’नेपालमा पनि हाम्रो कम्पनीको प्लेन बुद्ध एयरले १९०० डी बीच लगेको त छ ।’सन् २००७ मा नेपालका लागि अमेरिकी राजदूतावासले प्रेषित गरेको तथ्यांकअनुसार अघिल्लो वर्षको तुलनामा त्यसबेला अमेरिकामा नेपाली विद्यार्थीहरुको संख्या २७.९ प्रतिशतले बढेर ७७५४ पुगेको थियो भने अमेरिकाभरिमा नेपाली विद्यार्थीको संख्या तेह्रौं स्थानमा थियो । तर, हाल आएर हार्वर्ड युनिभर्सिटीदेखि प्रिन्सटनसम्म, स्टानफोर्डदेखि कोलम्बिया युनिभर्सिटीसम्म नेपाली विद्यार्थीहरुको चाप बढेर ११५८१ नाघिसकेको छ । इन्स्िटच्युट अफ इन्टरनेसनल एजुकेसनको सन् २००९ को ओपन डोर तथ्यांक अनुसार अमेरिकामा नेपाली विद्यार्थीहरुको संख्या ११औं स्थानमा छ ।

देश    श्रेणी    संख्या
भारत    पहिलो    १,०३,२६०
चाइना    दोस्रो     ९८,५१०
साउथ कोरिया    तेस्रो     ७५,०६५
क्यानडा    चौथो    २९६९७
जापान    पाँचौं    २९२६४
ताइवान    छैटौं       २८०६५
मेक्सिको    सातौं    १४,८५०
टर्की    आठौं      १३,२६३
भियतनाम    नवौं    १२,८२३
साउदी अरेबिया    दसौं    १२,६६१
नेपाल    एघारौं    ११,५८१
जर्मनी    बाह्रौं     ९,६७९
ब्राजिल    तेह्रौं    ८७६७
थाइल्यान्ड    चौधौं    ८,७३६
युके    पन्ध्रौं    ८,७०१

अमेरिकामा नपाली विद्यार्थीहरुको प्राथमिकतामा परेका विषयहरु
फिजिकल एन्ड लाइफ साइन्स(Physics /Chemistry)२१    प्रतिशत
बिजनेस मेनेजमेन्ट    ९  प्रतिशत
इन्जिनियरिङ    १८ प्रतिशत
सोसल साइन्स    ९ प्रतिशत
म्याथमेटिक्स एन्ड कम्प्युटर साइन्स    ८ प्रतिशत
हेल्थ प्रोफेसन्स     ५ प्रतिशत
फाइन एन्ड अप्लाइड आर्टस्    ५ प्रतिशत
इन्टेन्सिभ इङ्लिस ल्याङ्गवेज     ४ प्रतिशत
मानबिकी    ३ प्रतिशत
शिक्षा    ३ प्रतिशत
कृषि    १ प्रतिशत
बाँकी मिश्रति विषयहरु नेपाली विद्यार्थीहरुको रोजाइको क्षेत्र हो । दिन-प्रतिदिन उच्च शिक्षा हासिल गर्न विद्यार्थीको रुपमा आउनेको संख्या बढ्दै गएको परि प्रे क्ष्यमा सबैको एउटै स्वर छ- नेपालमा राजनीतिक स्थिरता भएन ।
 अमेरिकाको व्यस्त शहर न्युयोर्कमा नेपाली महिलाहरुको एउटा समूह मिलेर खोलेको ’अधिकार’ नामक सामाजिक संस्थाकी कार्यकारिणी निर्देशक काठमाडौंकी लुना रञ्जित प्रिन्सटन युनिभर्सिटीबाट पब्लिक पोलिसीमा मास्टर्स गरेपछि विदेशमै बसे पनि नेपालीकै सुखदुःखका लागि काम गर्ने प्रण गर्दै कम्मर कसेर लागिन् । सुरुमा नेपालबाट विद्यार्थी भएर अमेरिका आउँदा लुनालाई पनि नेपालमा नै फर्केर काम गर्ने विचार थियो तर जहाँ बस्यो त्यो नै आफ्नो ठाउँ भनेजस्तो झ्वाट्ट अमेरिका छोडेर जान नसक्नुका कारण उनको इच्छा र पढाइअनुसारको नेपालको परिवेश नहुनु र अस्थिर राजनीतिक वातावरणलाई नै दोष दिन्छिन् । तर पनि अरुले जस्तो उनले लाखौंलाख डलर आर्जन गर्न सक्ने अमेरिकी कम्पनीको ढोका ढकढकाउन जान सक्थिन् होला, तर लुनालाई परदेशमा बसे पनि आफ्नै नेपालीको घाउ सुमसुम्याउन मन लागेको बताउँछिन् ।
त्यसैगरी फेयर माउन्ट स्टेट युनिभर्सिटीमा नर्सिङ पढिरहेको काठमाडौं तीनकुनेको विवेक जोशी भन्छन्- अमेरिकाको पढाइ वैज्ञानिक प्रकृतिको छ, नेपालमा नै राम्रो पढ्ने विद्यार्थीलाई यहाँ सजिलो छ, तर स्टाटस मेन्टन गरेर खर्च धान्दै पढ्न चाहिँ यति सजिलो छैन तर जे भए पनि पढाइसकेपछि अमेरिका नै बस्ने हो, नेपाल त घुम्न मात्र जानुपर्दछ । विवेकको मात्र होइन टुड्रो कलेजमा पढ्दै गरेकी काठमाडौं लालदरबारकी सिर्जना खनालको पनि त्यही भनाइ छ । सुरुमा अमेरिका आउँदा पढाइसकेपछि नेपालमा नै राम्रो ठाउँमा काम गर्ने विचार थियो तर अब ग्राजुएट हुनुअगाडि नै नेपालको राजनीतिक अवस्थाका कारण आफ्नो करियर नेपालमा भन्दा यतै राम्रो होलाजस्तो लाग्यो । आफ्नो देश त नेपाल नै हो, तर हाललाई मेरो कर्मभूमी अमेरिका नै हो ।
सायद विवेक र सिर्जनाले भनेजस्तै भएर होला बनेपा पुर्ख्यौली घर भएका सञ्जय श्रेष्ठ हाल लाजार्ड क्यापिटल मार्केटका मेनेजिङ डाइरेक्टर हुन्, जो अमेरिकामा वैकल्पिक ऊर्जामा लगानीसम्बन्धी विश्लेषण गर्न माहिर छन्, उनलाई पनि फर्कन मन छैन नेपाल । दिनमा १८ घण्टा लोडसेडिङ गर्नुपर्ने देशका नागरिक अमेरिकामा वैकल्पिक ऊर्जामा लगानीका सम्भावनासम्बन्धी विज्ञका रुपमा काम गर्दछन्, उनको पनि हाललाई नेपाल फर्कने सम्भावना कम देखिन्छ । त्यति मात्र कहाँ हो र झन्डै २०० को हाराहारी नेपाली पीएचडीहरु अमेरिकाका विभिन्न कलेज र युनिभर्सिटीलगायतका विभिन्न संकायमा कार्यरत छन्, ती सबैको कर्मभूमी अमेरिका भइसकेको छ ।
आफ्नो पढाइ सकेर संस्थागत र व्यवस्थित भइसकेकाहरुका लागि अमेरिका कर्मभूमी भएको स्वाभाविक लागे पनि काठमाडौं बानेश्वरको हृवाइट हाउस कलेजका शिक्षक तथा कम्प्युटर इन्जिनियर गौरव कार्कीले युनिभर्सिरटी अफ सेन्टर ओक्लोहामाबाट एप्लाइड म्याथमेटिक्स र कम्प्युटर साइन्समा मास्टर्स सकेपछि करिब एक हजार ठाउँमा जागिरका लागि दरखास्त दिइसकेको उनी बताउँछन् । तर, अमेरिकाप्रति उनी आशावादी छन् र पीएचडी गर्ने सोचमा पनि छन् तर नेपालको यही अवस्था रहने हो भने उनी पनि अमेरिकालाई कर्मभूमी बनाउन लागिसकेको बताउँछन् |अधिकांश नेपाली विद्यार्थीहरु र विद्यार्थी जीवन पार गरी व्यावसायिक बनेकोहरुले देशको परिस्थितिका कारण अमेरिकालाई कर्मभूमी बनाउन बाध्य भएको बताइरहँदा बलस्टेट युनिभर्सिटी इन्डियानामा जेरोन्टोलोजीमा मास्टर्स गर्दै गरेकी नीता ढकाल भन्छिन्- ’यहाँ त ज्ञान आर्जन गर्ने मात्र हो सेवा त आफ्नै देशमा गर्ने हो ।’ त्यसै गरी लगौडिया कम्युनिटी कलेज न्युयोर्कमा पढ्दै गरेका विजय आचार्य भन्छन्- ’अमेरिका मेरो लागि अवसरको भूमी मात्र हो, मेरो सपना अमेरिका होइन, मेरो बाबाको नेपालको व्यापार नै मेरो सपना !

एमाले स्याङ्जा क्षेत्र नं १ को राष्ट्रिय प्रतिनिधि परिषद सदस्यमा नारायण मरासिनी


 साउन ३० स्याङ्जा ,नेकपा एमाले स्याङ्जा क्षेत्र नं १ को राष्ट्रिय प्रतिनिधि परिषद सदस्यमा नारायण मरासिनी अत्याधिक मतले निर्वाचित भएका छन् । शनिबार स्याङ्जा सदरमुकाममा सम्पन्न निर्वाचनमा कुल खसेको २६३ मतमा १५४ मत हासील गर्दै मरासिनी विजयी भएका हुन भने उनका प्रतिस्पर्धिहरु यज्ञ पौडेलले ४५ रामबहादुर थापा ३४ सिमा क्षेत्रि २१ र ओम शर्माले ६ मत प्रप्त गरेका थिए ।
३ निर्वाचन क्षेत्र रहेको स्याङ्जामा शनिबारै सम्पन्न क्षेत्र नं। २ को निर्वाचनबाट पदमा अर्याल र ३ बाट ढाकाराम अर्याल निर्वाचित भएका छन् । सम्पन्न क्षेत्र नं। २ को निर्वाचनमा कुल खसेको १३० मतमा पदमा अर्यालले ७९ मत प्रप्त गर्दै विजयी भइन भने प्रतिस्पर्धि मोहन रेग्मीले ५१ मत प्रप्त गरेका थियो । क्षेत्र नं। ३ को निर्वाचनबाट राष्ट्रिय प्रतिनिधि परिषद सदस्यमा कुल खसेको १४८ मतमा ९१ मत प्रप्त गर्दै ढाकाराम अर्याल विजयी भएका हुन अर्का प्रतिस्पर्धि महेन्द्र थापाले ५५ मत प्रप्त गरे । ३ ओटौ निर्वाचन क्षेत्रमा निकै सौहार्दपुर्ण बातावरणमा निर्वाचन सम्पन्न भएको एमालेले स्याङ्जाले जनाएको छ । निर्वाचित सदस्यहरुले विजयप्रप्त सँगै प्रतिक्रया दिदै आफुहरुको जित भनेको िसंगो एमालेको जित भएको भन्दै पार्टिलाई संगठित र एक ठिक्का बनाएर अगाडि बढाउन विषेश भुमिका निर्वाहा गर्ने बताएका थिए । 

एमालेले देशलाई अनिर्णयको बन्दि बनायोः श्रेष्ठ

प्रकाश डोटेल स्याङ्जा, साउन- २८
नेपाली काँग्रेसका उपसभापति गोपालमान श्रेष्ठले नेकपा एमालेले देशलाई अनिर्णयको बन्दी बनाएको बताउंदै, देशलाई छिटो निकास दिनका लागि भाद्र २ मा हुने प्रधानमन्त्रीको निर्वाचनमा नेपाली काँग्रेसलाई सहयोग गर्न आग्रह गर्नुभयो ।
नेपाली काँग्रेस स्याङ्जाले सदरमुकाम स्थित पार्टी कार्यालयमा आयोजना गरेको नवनिर्वाचित पदाधिकारीहरुलाई पदस्थापन तथा ओहोदाको प्रमाणपत्र वितरण कार्यक्रममा उपसभापति श्रेष्ठले प्रधानमन्त्री निर्वाचनमा तटस्थ बसेर एमालेले अन्य शक्तिलाई चलखेल गर्ने मौका दिएको आरोप लगाउनुभयो ।
पुर्व मन्त्रि समेत रहनुभएका उपसभापति श्रेष्ठले काँग्रेसलाई एमालेले धोका दिएर माओवादीलाई सहयोग पुर्‍याएको आरोप लगाउँदै भन्नुभयो- एमाले कै कारण मुलुक संवैधानिक जटिलतामो गएको हो ।
उपसभापति श्रेष्ठले एकिकृत नेकपा माओवादीले हतियारमोह नत्यागेसम्म सहमतिको सरकार बन्न नसक्ने दावी गर्दै, उग्रबामपन्थी र दक्षिणपन्थीहरुको गठबन्दनका कारण मुलुक संकट उन्मुख भएको आरोप लगाउनुभयो ।
कार्यक्रममा सभासद धनराज गुरुङ्ले नेपाली काँग्रेसका १२ औं महाधिवेशनको सिलसिलामा युवाहरुले सक्रियताले काँग्रेस सैद्धान्तिक अडानमा मात्रै होईन् भौतिक रुपमा पनि सम्पन्न भएको सन्देश दिएको बताउनुभयो ।
नेपाली काँग्रेस स्याङ्जाका नवनिर्वाचित सभापति कमलप्रसाद पंगेनीले गरीव तथा दलितहरुको उत्थानका लागि राजनीतिक मुलधारमा समेट्नुपर्नेमा जोड दिनुभएको थियो ।
निर्वतमान सभापति खगेन्द्रराज रेग्मीले नवनिर्वाचित सभापतिलाई कार्यभार सुम्पनु भएको थियो । सोहि अवसरमा महासमिति सदस्य हिरादेवी शर्मा, स्वतन्त्रता सेनानी बेदप्रसाद पनेरु लगायतले बोल्नुभएको थियो |