डा बिजय पौडेल (न्यु योर्क ,PHD |
देशको अराजक अवस्था र अवसरको कमीलाई कारण देखाएर केही खर्च जुटाउन सक्ने विदेश भासिन चाहने नेपालीहरुको पहिलो रोजाइ हो- अमेरिका । विज्ञानले विश्वलाई जति नै साँघुरो बनाएर अमेरिका पनि यस्तै त हो नि भन्ने गरे पनि अमेरिकाबाट नेपाल फर्केका नेपालीहरुलाई आदर गर्ने ठान्ने नेपालको सामाजिक वास्तविकता बुझेका युवाहरु अझै पनि अमेरिका भनेपछि हुरुक्क हुन छाडेका छैनन् । काठमाडौं महाराजगन्ज चक्रपथछेउको अमेरिकी दूतावासबाट बाहिर निस्कँदा भिसा नदिएको पिरमा अँध्यारो मुख लाउनेहरुको कमी आएको पनि छैन । आधा दशकअगाडिसम्म मात्र पनि अमेरिका आइपुगेपछि अमेरिका हाम्रो सपनाको भूमी होइन पढ्नका लागि हो भन्ने युवापुस्ताहरु अब बिस्तारै देशको परिस्थितिको कारण अमेरिका नै हाम्रो कर्मभूमी हो भन्न थालेका छन् भने अर्कोतर्फ विभिन्न सरकारी कोटाअन्तर्गत मात्र होइन व्यक्तिगत खर्च होस् वा छात्रवृत्तिमा विद्यावारिधि गर्न आइपुगेका ठूलो संख्यामा नेपाली पीएचडीहरु अमेरिकाबाट नेपालतर्फ मोडिन छाडिसकेका छन् । लामो समय राजनीतिक संक्रमणकालमा गुज्रिसकेको नेपालमा आफ्नो उन्नत भविष्य अन्योलमा पर्दै गएपछि उच्च गुणस्तरको शिक्षा हासिल गर्न अमेरिका आउने गरेका विद्यार्थीहरुमा पढाइसकेपछि श्रम र पसिना त नेपालमा नै बगाउने रहर छ, तर आवश्यक पूर्वाधारको अभावले गर्दा अमेरिकालाई नै भविष्यका लागि आफ्नो पनि कर्मभूमी बनाउनुपरेको बताउँन थालेका छन् नेपाली विद्यार्थीहरु ।
भारतमा कोलम्बो प्लान पाएर बर्ीइ गर्न गएका विजय मालाकारले बर्ीइ सकेर नेपाल फर्केपछि कोकाकोलामा प्लान्ट इन्जिनियरको काम गर्दागर्दै अमेरिकामा उच्च शिक्षा हासिल गर्न आएका उनले उचिटा युनिभर्सिटीबाट मेकानिकल इन्जिनिरिङ गरे । हाल ज्बधपभच द्यभभअज अचबात अयचउयचबतष्यल मा स्ट्रक्चरल इन्जिनियरका रुपमा काम गर्दछन् जो प्लेनलाई कसरी हलुका बनाउने, उड्दाउड्दै नभाँचिने कसरी बनाउने, कसरी बलियो प्लेन बनाउने, भनेर हरदिन नयाँनयाँ बनोट तयार गर्न व्यस्त छन् । उनी भन्छन्- अमेरिका आफ्नो ”करिअर” बनाउने ठाउँ त हुँदै हो अनि यहाँ सिकेको कुरा आफ्नो मातृभूमिमा प्रयोग गर्न हृदयदेखि मन लाग्छ तर मन लाग्दैमा के गर्ने ? नेपालमा गएर कुन क्षेत्रमा केमा काम गर्ने ? भनसुन र चाकडीमा नै दिन बित्दछ । सुरुका दिनहरुमा जे काम गर्दा पनि एउटा समूह बनाएर यस्तै काम नेपालमा गर्नुपर्दछ जस्तो लाग्दथ्यो तर आजकल त व्यस्तताले नेपाल सम्झने फुर्सदै हुन्न, यतै व्यस्त भइएला जस्तो छ । मालाकार भन्दछन्- ’नेपालमा पनि हाम्रो कम्पनीको प्लेन बुद्ध एयरले १९०० डी बीच लगेको त छ ।’सन् २००७ मा नेपालका लागि अमेरिकी राजदूतावासले प्रेषित गरेको तथ्यांकअनुसार अघिल्लो वर्षको तुलनामा त्यसबेला अमेरिकामा नेपाली विद्यार्थीहरुको संख्या २७.९ प्रतिशतले बढेर ७७५४ पुगेको थियो भने अमेरिकाभरिमा नेपाली विद्यार्थीको संख्या तेह्रौं स्थानमा थियो । तर, हाल आएर हार्वर्ड युनिभर्सिटीदेखि प्रिन्सटनसम्म, स्टानफोर्डदेखि कोलम्बिया युनिभर्सिटीसम्म नेपाली विद्यार्थीहरुको चाप बढेर ११५८१ नाघिसकेको छ । इन्स्िटच्युट अफ इन्टरनेसनल एजुकेसनको सन् २००९ को ओपन डोर तथ्यांक अनुसार अमेरिकामा नेपाली विद्यार्थीहरुको संख्या ११औं स्थानमा छ ।
देश श्रेणी संख्या
भारत पहिलो १,०३,२६०
चाइना दोस्रो ९८,५१०
साउथ कोरिया तेस्रो ७५,०६५
क्यानडा चौथो २९६९७
जापान पाँचौं २९२६४
ताइवान छैटौं २८०६५
मेक्सिको सातौं १४,८५०
टर्की आठौं १३,२६३
भियतनाम नवौं १२,८२३
साउदी अरेबिया दसौं १२,६६१
नेपाल एघारौं ११,५८१
जर्मनी बाह्रौं ९,६७९
ब्राजिल तेह्रौं ८७६७
थाइल्यान्ड चौधौं ८,७३६
युके पन्ध्रौं ८,७०१
अमेरिकामा नपाली विद्यार्थीहरुको प्राथमिकतामा परेका विषयहरु
फिजिकल एन्ड लाइफ साइन्स(Physics /Chemistry)२१ प्रतिशत
बिजनेस मेनेजमेन्ट ९ प्रतिशत
इन्जिनियरिङ १८ प्रतिशत
सोसल साइन्स ९ प्रतिशत
म्याथमेटिक्स एन्ड कम्प्युटर साइन्स ८ प्रतिशत
हेल्थ प्रोफेसन्स ५ प्रतिशत
फाइन एन्ड अप्लाइड आर्टस् ५ प्रतिशत
इन्टेन्सिभ इङ्लिस ल्याङ्गवेज ४ प्रतिशत
मानबिकी ३ प्रतिशत
शिक्षा ३ प्रतिशत
कृषि १ प्रतिशत
बाँकी मिश्रति विषयहरु नेपाली विद्यार्थीहरुको रोजाइको क्षेत्र हो । दिन-प्रतिदिन उच्च शिक्षा हासिल गर्न विद्यार्थीको रुपमा आउनेको संख्या बढ्दै गएको परि प्रे क्ष्यमा सबैको एउटै स्वर छ- नेपालमा राजनीतिक स्थिरता भएन ।
अमेरिकाको व्यस्त शहर न्युयोर्कमा नेपाली महिलाहरुको एउटा समूह मिलेर खोलेको ’अधिकार’ नामक सामाजिक संस्थाकी कार्यकारिणी निर्देशक काठमाडौंकी लुना रञ्जित प्रिन्सटन युनिभर्सिटीबाट पब्लिक पोलिसीमा मास्टर्स गरेपछि विदेशमै बसे पनि नेपालीकै सुखदुःखका लागि काम गर्ने प्रण गर्दै कम्मर कसेर लागिन् । सुरुमा नेपालबाट विद्यार्थी भएर अमेरिका आउँदा लुनालाई पनि नेपालमा नै फर्केर काम गर्ने विचार थियो तर जहाँ बस्यो त्यो नै आफ्नो ठाउँ भनेजस्तो झ्वाट्ट अमेरिका छोडेर जान नसक्नुका कारण उनको इच्छा र पढाइअनुसारको नेपालको परिवेश नहुनु र अस्थिर राजनीतिक वातावरणलाई नै दोष दिन्छिन् । तर पनि अरुले जस्तो उनले लाखौंलाख डलर आर्जन गर्न सक्ने अमेरिकी कम्पनीको ढोका ढकढकाउन जान सक्थिन् होला, तर लुनालाई परदेशमा बसे पनि आफ्नै नेपालीको घाउ सुमसुम्याउन मन लागेको बताउँछिन् ।
त्यसैगरी फेयर माउन्ट स्टेट युनिभर्सिटीमा नर्सिङ पढिरहेको काठमाडौं तीनकुनेको विवेक जोशी भन्छन्- अमेरिकाको पढाइ वैज्ञानिक प्रकृतिको छ, नेपालमा नै राम्रो पढ्ने विद्यार्थीलाई यहाँ सजिलो छ, तर स्टाटस मेन्टन गरेर खर्च धान्दै पढ्न चाहिँ यति सजिलो छैन तर जे भए पनि पढाइसकेपछि अमेरिका नै बस्ने हो, नेपाल त घुम्न मात्र जानुपर्दछ । विवेकको मात्र होइन टुड्रो कलेजमा पढ्दै गरेकी काठमाडौं लालदरबारकी सिर्जना खनालको पनि त्यही भनाइ छ । सुरुमा अमेरिका आउँदा पढाइसकेपछि नेपालमा नै राम्रो ठाउँमा काम गर्ने विचार थियो तर अब ग्राजुएट हुनुअगाडि नै नेपालको राजनीतिक अवस्थाका कारण आफ्नो करियर नेपालमा भन्दा यतै राम्रो होलाजस्तो लाग्यो । आफ्नो देश त नेपाल नै हो, तर हाललाई मेरो कर्मभूमी अमेरिका नै हो ।
सायद विवेक र सिर्जनाले भनेजस्तै भएर होला बनेपा पुर्ख्यौली घर भएका सञ्जय श्रेष्ठ हाल लाजार्ड क्यापिटल मार्केटका मेनेजिङ डाइरेक्टर हुन्, जो अमेरिकामा वैकल्पिक ऊर्जामा लगानीसम्बन्धी विश्लेषण गर्न माहिर छन्, उनलाई पनि फर्कन मन छैन नेपाल । दिनमा १८ घण्टा लोडसेडिङ गर्नुपर्ने देशका नागरिक अमेरिकामा वैकल्पिक ऊर्जामा लगानीका सम्भावनासम्बन्धी विज्ञका रुपमा काम गर्दछन्, उनको पनि हाललाई नेपाल फर्कने सम्भावना कम देखिन्छ । त्यति मात्र कहाँ हो र झन्डै २०० को हाराहारी नेपाली पीएचडीहरु अमेरिकाका विभिन्न कलेज र युनिभर्सिटीलगायतका विभिन्न संकायमा कार्यरत छन्, ती सबैको कर्मभूमी अमेरिका भइसकेको छ ।
आफ्नो पढाइ सकेर संस्थागत र व्यवस्थित भइसकेकाहरुका लागि अमेरिका कर्मभूमी भएको स्वाभाविक लागे पनि काठमाडौं बानेश्वरको हृवाइट हाउस कलेजका शिक्षक तथा कम्प्युटर इन्जिनियर गौरव कार्कीले युनिभर्सिरटी अफ सेन्टर ओक्लोहामाबाट एप्लाइड म्याथमेटिक्स र कम्प्युटर साइन्समा मास्टर्स सकेपछि करिब एक हजार ठाउँमा जागिरका लागि दरखास्त दिइसकेको उनी बताउँछन् । तर, अमेरिकाप्रति उनी आशावादी छन् र पीएचडी गर्ने सोचमा पनि छन् तर नेपालको यही अवस्था रहने हो भने उनी पनि अमेरिकालाई कर्मभूमी बनाउन लागिसकेको बताउँछन् |अधिकांश नेपाली विद्यार्थीहरु र विद्यार्थी जीवन पार गरी व्यावसायिक बनेकोहरुले देशको परिस्थितिका कारण अमेरिकालाई कर्मभूमी बनाउन बाध्य भएको बताइरहँदा बलस्टेट युनिभर्सिटी इन्डियानामा जेरोन्टोलोजीमा मास्टर्स गर्दै गरेकी नीता ढकाल भन्छिन्- ’यहाँ त ज्ञान आर्जन गर्ने मात्र हो सेवा त आफ्नै देशमा गर्ने हो ।’ त्यसै गरी लगौडिया कम्युनिटी कलेज न्युयोर्कमा पढ्दै गरेका विजय आचार्य भन्छन्- ’अमेरिका मेरो लागि अवसरको भूमी मात्र हो, मेरो सपना अमेरिका होइन, मेरो बाबाको नेपालको व्यापार नै मेरो सपना !
No comments:
Post a Comment