Showing posts with label राजनिति. Show all posts
Showing posts with label राजनिति. Show all posts

Monday, November 1, 2010

क्याक्मी घटनाको माओबादीद्धारा खण्डन

अर्जुन काफले

स्याङ्जा ।
स्याङ्जाको क्याक्मीमा शुक्रबार राती संयन्त्रको बैठकमा सामान्य भनाभनमा भएको घटनामा माओवादी आक्रमण भएको भनी भाम्रक प्रचार गरेको भन्दै एकिकृत नेकपा माओबादीद्धारा खण्डन गरेको छ ।
एकिकृत नेकपा माओवादी स्याङ्जाले आइतबार एक प्रेस वक्तव्य जारी गर्दै सुलभ विद्युतीकरणको प्रकृयामा लागौ भन्ने पक्षलाई राज्यशक्तिको दुरुपयोग गरी गाँउ नै आतंकित पार्ने गरी ९ जनालाई गिरफ्तार गरेर तर्साउने प्रयास भएकोमा पार्टीको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरीएको छ ।
 एकीकृत नेकपा माओवादी स्याङ्जाका सचिव ताराप्रसाद भुषाल बिजयद्धारा हस्ताक्षरित विज्ञप्तिमा क्याक्मीमा भएको घटनाप्रति दुख व्यक्त गर्दै घटनामा परी घाइते भएका दुबै पक्षको शिघ्र स्वास्थ्य लाभको कामना गरिएको छ ।
विकास निर्माणको विषयमा भएको विवादलाई राजनीतिक आवरण दिई अतिरन्जित बनाएर समस्या बल्झाउने प्रबृत्तिप्रति खेद प्रकट गर्दै जिल्लामा शान्ति, सद्भाव, भातृत्व र सहिष्णुता कायम गर्न स्थानीय प्रशासन र राजनीतिक दलसँग कुनै पनि बेला छलफल गर्न तयार रहेको उल्लेख गरिएको छ । घटनामा ८ जना माओबादी, काग्रेस र एमालेका ८ जना घाइते भएका  थिए ।

Saturday, October 30, 2010

माओवादी आक्रमणले कांग्रेस र एमालेका ९ कार्यकर्ता घाइते






स्याङ्जा, कात्तिक १३ । स्याङजाको क्याक्मीमा गाविसको संयन्त्र बैठक चलिरहँदा गएराती एकीकृत नेकपा माओवादीका कार्यकर्ताको आक्रमणबाट नेपाली कांग्रेस र नेकपा एमालेका गरी ९ जना घाइते भएका छन्।

विद्युत सम्बन्धी विवाद चलेपछि संयन्त्रको बैठकमा भएको सामान्य भनाभनमा माओवादी कार्यकर्ताले आक्रमण गरेको कांगे्रस र एमालेले बताएका छन् ।
आक्रमणमा परी नेपाली कांग्रेस क्याक्मी गाँउ सभापति राजेन्द्र ठकुरी, एमाले गाँउ कमिटि उपाध्यक्ष नेत्र नारायण मानन्धर सहित कांग्रेसका देव कुमार मानन्धर, रामनाथ शर्मा, बलीभद्र पौडेल, बलबहादुर विक त्यस्तै एमालेका कृष्णप्रसाद सुवेदी, विष्णुवहादुर चन्द रहेका छन् ।

गाविसमा गर्न लागिएको विद्युतीकरणमा माओवादीले बुटवल पावर कम्पनीको विद्युत विना सर्त प्रयोग गर्नुपर्ने र कांग्रेस र एमालेले सामूदायिकरण गरी विद्युत लाईन विस्तार गर्नुपर्नेमा विवाद रहेको थियो ।

माओवादीले आफ्नो प्रस्ताव अस्विकार गरेको भन्दै आक्रमण गरेको कांग्रेस र एमालेले आरोप लगाएका छन् । घटनाको जानकारी पाउना साथ गएराती नै गएको प्रहरी टोलीले रातभरीको खोजी कार्यपछि लुकेर बसेको अवस्थामा आज विहान माओवादी कार्यकतालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङजाले जनाएको छ ।

पक्राउ पर्नेहरुमा माओवादीका ईलाका इन्चार्ज यमबहादुर विक, क्याक्मी गाँउ इन्चार्ज ईन्द्र बहादुर थापा, सह इन्चार्ज शेर बहादुर थापा, गाउँ सचिव मन बहादुर थापा, प्रेम मानन्धर दुर्गा पोख्रेल, डिल्लीराम शर्मा, विनोद हमाललाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले रातभरीको सर्च अभियान पछि लुकेर बसेको ठाउँबाट माओवादी कार्यकर्तालाई पक्राउ गरेको जनाएको छ
!यसैविच घटना निन्दनीय र कायरतापूर्ण भएको भन्दै नेपाली काँग्रेस स्याङ्जाका सभापति कमलप्रसाद पंगेनीले शान्तिप्रक्रियामा माओवादीको प्रतिबद्धता देखावटीभएको बताउनु भएको छ । यस्तै नेकपा एमाले स्याङ्जाका सचिव पुण्य भुषालले शान्ति र संविधान निर्माणका लागि सहकार्य गर्दै अगाडि बढनुपर्ने बेलामा आक्रमणमा उत्रनु निन्दनिय भएको बताउनुभएको छ । यता एकिकृत नेकपा माओवादी स्याङ्जाका सचिव तारा भुषालले भने घटनालाई राजनीतिक आवरण दिन खोजेको भन्दै चिन्ता व्यक्त गर्नुभयो । उहाँले घटनामा माओवादी कार्यकर्ताको संलग्नता भएको भन्न नमिल्ने भन्दै आफ्नो अधिकार सुरक्षित गर्नका लागि जनता विरोधमा उत्रिएको बताउनुभयो 

Tuesday, October 26, 2010

माओवदी लडाकु विदेश भ्रमणमा जानु शंकासपद - नेता गुरुङ

By Lok Natha Marasini 

अन्मीनको रेखदेखमा रहेका माओवदी लडाकुका कमाण्डर नीजि भ्रमणको नाममा विदेश भ्रमणमा जानु अत्यन्तै शंकासपद विषय भएको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल संसदीय दलका नेता चन्द्रबहादुर गुरुङ्गले बताउनुभएको छ ।
नेता गुरुङ्ले माओवादी लगायतका ठुला दलहरुको माध्यमबाट नेपालको संविधान विदेशीले बनाउन खोजेको आरोप लगाउनुभयो ।

दलहरुको अदुरदर्शी क्रियाकलापका कारण अहिलेको अवस्था आएको आरोप लगाउँदै उहाँले ताजा जनादेशका लागि चुनाव गराउन दवाव दिने उद्धेश्यले पार्टीले आन्दोलनको घोषणा गरेको स्पष्ट पानुभयो ।
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल स्याङ्जाको पुतलीबजार नगरस्तरीय चौथो नगर परिषदको उद्घाटन गर्दै नेता गुरुङ्ले देशमा राजासहितको प्रजातन्त्र आवश्यक भएको भन्दै राजतन्त्र र धर्म निरपेक्षताको बारेमा जनमत संग्रह गर्नुपर्ने जिकिर गर्नुभयो ।

जनआन्दोलन भाग-२ का सहयात्री दलहरु मिल्न नसकेर प्रधानमन्त्री चयन हुन नसक्दा मुलुक जटिल मोडमा पुगेको दावी गर्दै उहाँले शान्ति प्रक्रियाको महत्वपूर्ण पक्ष क्यानटोनमेन्टमा रहेका माओवादी लडाकु व्यवस्थापनको प्रक्रिया थालनी हुन नसकेको अवस्थामा संविधान निर्माण हुन नसक्ने दावी गर्नुभयो ।
अर्को एक प्रसंगमा उहाँले एकिकृत माओवादी अध्यक्ष पुष्पकमल लहाल प्रचण्डको संयोजकत्वमा गठित कार्यदल असंबैधानिक भएको बताउँदै संविधान लेखनको प्रक्रियालाई थप जटिल बनाएको आरोप लगाउनुभयो । 

कार्यक्रममा राप्रपा नेपाल क्षेत्र नं १ का क्षेत्रीय अध्यक्ष इन्द्रप्रसाद गुरुङ् ३ का क्षेत्रीय अध्यक्ष विश्वनाथ अर्यालराप्रपा नेपाल स्याङ्जाका कोषाध्यक्ष रेखबहादुर गुरुङ् सदस्य गुप्तबहादुर मल्ल गोपीनाथ पौडेल लगायतले वर्तमान राजनीतिक क्षेत्रमा देखिएका विकृति तथा विसंगति बारे चर्चा गर्नुभएको थियो ।
राप्रपा नेपालका अध्यक्ष मदनबहादुर कार्कीको अध्यक्षतामा भएको कार्यक्रमको साचालन सचिव जयनारायण श्रेष्ठले गर्नुभएको थियो । 

Wednesday, October 6, 2010

राजसंस्था, हिन्दू राज्य र सङ्घीयताका बारेमा जनमत सङ्ग्रहपछि मात्र संविधानमा उल्लेख गर्नुपर्ने !

राप्रपा नेपालका संसदीय दलका नेता तथा सभासद् चन्द्रबहादुर गुरुङले राजसंस्था, हिन्दू राज्य र सङ्घीयताका बारेमा जनमत सङ्ग्रहपछि मात्र संविधानमा उल्लेख गर्नुपर्ने बताएका छन्।
सभासद् गुरुङ्ले राप्रपा नेपालको क्षेत्र नं. १ को चौथो अधिवेशनको सोमबार स्याङ्जामा उद्घाटन गर्दे जनमतको कदर नगरी संविधान लेखेमा राप्रपा नेपालले सो संविधान स्वीकार नगर्ने बताए।
कार्यक्रममा नेपाली काङ्ग्रेसका लक्ष्मण भट्टराई, गुरुदत्त ढकाल, टेकबहादुर गुरुङ, निलकुमारी मिया, विश्वनाथ अर्याल, जयनारायण श्रेष्ठ, मदनबहादुर कार्की, घनश्याम पौडेल, दीपेन्द्र लामिछाने, ओमप्रसाद पौडेल, अग्नीधर ढकाल, इन्द्रप्रसाद गुरुङ लगायतले ठूला राजनीतिक दल भारत र चीनपरस्त भएको बताउँदै नेपाली जनताका पीर मर्कालाई उपहास गरेको आरोप लगाउँ।
क्षेत्रीय अधिवेशनले इन्द्रप्रसाद गुरुङको अध्यक्षतामा नौ क्षेत्रीय कार्यसमिति निर्विरोच चयन गरेको छ। बालकुमार श्रेष्ठ, श्याम गुरुङ, सीता श्रेष्ठ, बैनप्रसाद गुरुङ र घनश्याम पौडेललगायतका सदस्यमा चयन गरिएका छन्।
राप्रपा नेपालका संसदीय दलका नेता तथा सभासद् चन्द्रबहादुर गुरुङले राजसंस्था, हिन्दू राज्य र सङ्घीयताका बारेमा जनमत सङ्ग्रहपछि मात्र संविधानमा उल्लेख गर्नुपर्ने बताएका छन्।

Monday, October 4, 2010

एउटै गाविसका दुई उम्मेदवार तर फरक प्यानलबाट भिड्दै

BY Uttam Bhattari 
अनेरास्ववियुको राष्ट्रिय सम्मेलनमा स्याङ्जाका एउटै गाविसका दुई उम्मेदवार दुई मुख्य पदमा भिड्ने भएका छन्। निर्वाचन क्षेत्र नं. ३ को सुदुरपूर्वमा पर्ने गाविस सांखर गाविसका उनीहरुको उम्मेदवारीले स्याङ्जामा व्यापक चासोको विषय बनेको छ। ऐतिहासिक मिथिला नगरीको जनकपुरमा जारी सम्मेलनमा अध्यक्ष पदका लागि निवर्तमान उपाध्यक्ष सोभियत ढकाल र महासचिव पदका लागि निवर्तमान सचिव किशोर विक्रम मल्लले दावेदारी सार्वजनिक गरेका छन्। ढकालले गाउँको एक माविबाट एसएलसी पास गरी पीएन क्याम्पस पोखरामा भर्ना भएपछि औपचारिक राजनीतिमा प्रवेश गरेका थिए। पीएन क्याम्पसको प्रारम्भिक कमिटि अध्यक्ष, स्ववीयु सभापति, गण्डकी अञ्चल अध्यक्ष, राष्ट्रिय परिषद सदस्य,२ पटक केन्द्रीय सदस्यमा निर्वाचित हुँदै १८ औं राष्ट्रिय सम्मेलनबाट निर्वाचित भएर अखिलको विदेश विभाग प्रमुखको जिम्मेवारी सम्हालेका ढकालले पोखरामा भएको १९ औं सम्मेलनबाट भारी मतले उपाध्यक्ष पदमा निर्वाचित भएका थिए।
त्यसैगरी अर्का महासचिव पदका मुख्य दावेदारी सार्वजनिक गरेका किशोर विक्रम मल्ल अनेरास्ववियु स्याङ्जाको जिल्ला कमिटी सदस्य, जिल्ला अध्यक्ष, गण्डकी अञ्चल अध्यक्ष हुँदै केन्द्रीय सदस्य, २ चोटी कोषाध्यक्ष, पोखरामा भएको १९ औं सम्मेलनमा सचिव पदमा निर्वाचित भएका थिए। उनी संगठनमा राम्रो पकड भएका व्यक्ति मानिन्छन्। पोखरामा भएको १९ औं सम्मेलनमा एउटै प्यानलबाट उम्मेदवारी दिएका द्वय जनपुरसम्म पुग्दा भने २ फरक प्यानलबाट उम्मेदवारीको घोषणा गरेका छन्।

Saturday, October 2, 2010

स्याङ्जामा दासढुङ्गा प्रर्दशन, निष्पक्ष छानविन हुनुपर्नेमा दर्शकहरुको जोड !

 By Lokendra Marasini 
स्याङ्जा १६ - तत्कालीन एमाले महासचिब मदन भण्डारी र संगठन विभाग प्रमुख जिवराज आश्रितको रहस्मय रुपमा हत्या गरीएको हो भन्ने सन्दर्भमा निर्माण भएको चलचित्र दासढुङ्गा स्याङ्जा बजारमा शुक्रबार प्रर्दशन भएको छ ।
नेकपा एमाले जिल्ला कमिटि स्याङ्जाको अयोजनामा शुक्रबार स्याङ्जाको सौगात चलचित्र हलमा च्यारीटी शो प्रदर्शन गरीएको हो । सत्य घटनामा आधारित चलचित्र हेर्न गाउँ गाउँ देखि सहरी इलाका सम्मका विभिन्न क्षेत्रमा अबद्ध व्यत्तीहरुको उल्लेख्य उपस्थिति रहेको थियो । 

चलचित्रमा भण्डारी र आश्रितको तत्कालीन राजनितिक अवस्था हत्या हुँदाको अवस्था जिप चालक अमर लामाको अवस्था र मनोबैज्ञानिक चिन्तन घटनाको समयमा नेता र कार्यकर्ताहरुको कुराकानी दुर्घटना भएपछि अमर लामाको अवस्था अमर लामाको हत्या जस्ता घटनाहरुलाई प्रष्ट रुपमा चलचित्रमा देखाइएको छ ।
मजोज पण्डित निर्माता रहेको चलचित्र दासढुङ्गा हेरिसकेपछि सबैले हत्याको निस्पक्ष छानविन हुनुपर्ने बताएका थिए । 
२०५० साल जेष्ठ ३ गते चितवनको दासढुङ्गामा भण्डारी र आश्रतको रहस्मय तरीकाबाट जिप दुर्घटनामा परी मुत्यु भएको थियो । चलचित्रमा अनुप बराल दयाहाङ राई र संचिता लुइटेल मुख्य भुमिकामा रहेका छन् ।
शुक्रबार स्याङ्जाको सौगात चलचित्र मन्दिरमा ३ शोमा प्रर्दशन भएको चलचित्र दासढुङ्गा शनिबार स्याङ्जाकै वालिङ्मा समेत प्रर्दशन गरिएको छ ।

Friday, September 17, 2010

युवा संगठन अधिवेशन

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल भ्रातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको जिल्ला अध्यक्षमा राजकुमार गुरुङ चयन भएका छन् । सदरमुकाममा भएको भेलाले खेमबहादुर गुरुङको अध्यक्षतामा राष्ट्रिय युवा मोर्चा तथा दीपेन्द्र लामिछानेको अध्यक्षतामा प्रजातान्त्रिक विद्यार्थी संगठन पनि गठन गरेको छ ।

Thursday, September 2, 2010

एमाले तटस्थ बसेर प्रधानमन्त्रीको च्याँखे थाप्यो !

नेपाली काँग्रेसले राखेको अडानलाई कार्यान्वयन गर्ने हो भने माओवादीको नेतृत्वको सरकार काँग्रेसलाई मान्य हुने

प्रकाश डोटेल स्याङ्जा-१७, भदौ
काम चलाउ सरकारका सस्कृती मन्त्री डा. मिलेन्द्र रिजालले पाँच-पाँच पटकसम्म प्रधानमन्त्रीको निर्वाचनमा तटस्थ बसेर नेकपा एमालेले प्रधानमन्त्रीको चाखे थापेको आरोप लगाएका छन् ।
नेकपा एमालेको तटस्थ बसाइमा कुनै सैद्धान्तिक तुक नभएको दावी गर्दै मन्त्री डा. रिजालले आफ्नै पार्टी नेताको नेतृत्वको सरकार ढालेर अरुले बहुमत पुर्‍याउन नसक्ने आकल गर्दै एमालले तटस्थको बाहानामा पार्टी अध्यक्षको नेतृतवमा सरकार बनाउन खोजेको बताए ।
नेपाली काँग्रेस स्याङ्जाको पार्टी कार्यालयमा विहिबार मध्यान्हमा कार्यक्रर्तालाई सम्बोधन गर्दै मन्त्री डा. रिजालले वर्तमान राजनीति परिस्थितीमा एमालेको त्यो चाहाना पुरा नहुने जिकिर गरे ।
नेपाली काँग्रेसका केन्द्रिय सदस्य समेत रहेका मन्त्री डा. रिजालले संविधान सभाबाट ठुलो दल बनेको एकीकृत नेकपा माओवादीसँग नेपाली काँग्रेसले राखेको अडानलाई कार्यान्वयन गर्ने हो भने माओवादीको नेतृत्वको सरकार काँग्रेसलाई मान्य हुने दावी गरे।
भदौ २० गते हुने छैटौं पटकको प्रधानमन्त्रीको निर्वाचनमा पनि परिणाम नआउने बताउँदै डा. रिजालले भने, जुनसुकै पक्षमा लागेपनि नेकपा एमाले र मधेशवादी पार्टीलाई सैद्धान्तिक निर्णय गरेर तटस्थ नबस्न आग्रह गर्छु।
कार्यक्रर्तालाई सम्बोधन गर्दै नेपाली काँग्रेस स्याङ्जाका सभापति कमलप्रसाद पंगेनीले देश र जनताको चाहानालाई आत्मसाथ गर्दै नेपाली काँग्रेसले १२ औं महाधिवेशनबाट राष्ट्रलाई निकास दिनुपर्ने कुरामा जोड दिए । सोहि अवसरमा सचिव लक्ष्मण भट्टर्राईले बोलेका थिए ।

Saturday, August 28, 2010

स्याङ्जा नेविसंघ पूनरगठन

प्रकाश डोटेल स्याङ्जा, १२, भदौं
संगठनलाई चुस्त, दुरुस्त, सुसंगठित र शसक्त बनाउने बताउंदै नेपाल विद्यार्थी संघ स्याङ्जाका सभापति गुरुप्रसाद भट्टर्राईले नेपाल विद्यार्थी संघ स्याङ्जाको पूनरगठन गरेका छन् ।
नेपालको ६३ वर्षलामो लोकतान्त्रिक आन्दोलनको अगुवा संगठन नेपाल विद्यार्थी संघका काम कारबाही अझ प्रभावकारी बनाउने प्रतिवद्धता जनाउर्ंर्दै सभापति भट्टर्राईले शुक्रबार एक प्रेस विज्ञप्ती जारी गर्दै संघको जिल्ला समितिलाई पूनरगठन गरेको बताएका छन् ।
पूनरगठन गरिएको समितिको सभापति गुरुप्रसाद भट्टर्राई, सह-सभापति चिरञ्जीवि भण्डारी, उपसपतिमा विष्णु पौडेल, केशवराज लम्साल, कुमार थापा र उमेश भट्टर्राई, सचिवमा अमृत अर्याल, टिकाराम अधिकारी, सह-सचिवमा नवीनकुमार श्रेष्ठ तथा कोषाध्यक्षमा गोविन्द अधिकारी र केशवराज रेग्मी रहेका छन् ।
समितिको सदस्यमा मिलन समीर, सञ्जिवबाबु काफ्ले, अजितकुमार क्षेत्री, गुमबहादुर राना, प्रकाश भुषाल, किसान गुरुङ्, दिपेन्द्र खडका, प्रभाव पौडेल, विष्णुहरी उपाध्याय, रीता पंगेनी, दिपक तिवारी, नेत्र गुरुङ्, सुन्दर न्यौपाने, दिपक न्यौपाने, विष्णु अधिकारी, रामु लामिछाने, पूर्णचन्द्र पंगेनी, बसन्त न्यौपाने, दिलिपा अधिकारी, तारा न्यौपाने, रोशन अर्याल र रेनुका पौडेल रहेका छन् ।
सभापति भट्टर्राईले पर्स्नगठित समितिलाई पार्टी थप सहयोग गरेमा नेपाल विद्यार्थी संघको संगठनलाई स्याङ्जामा उदाहरणीय बनाउने प्रतिवद्धता समेत जनाएका छन् ।

Sunday, August 22, 2010

महामन्त्री बनाउन सहयोग गर्न नेता तथा कार्यकर्तालाई आग्रह !

भदौ ६ स्याङ्जा- १२ औं महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेपछि कांग्रेस नेतृ तथा उपप्रधानमन्त्री सुजाता कोइरलाले चुनावी प्रचारप्रसार तिब्र पारेकी छिन् । शुक्रबार मात्रै पोखरामा आई अफुलाई महामन्त्री बनाउन सहयोग गर्न नेता तथा कार्यकर्तालाई आग्रह गरेको भोलि पल्टै शनिबार स्याङ्जामा पुगी उनले त्यही आग्रह गरिन् ।

कांग्रेस सभापति स्व।गिरिजाप्रसाद कोइरलाकी पुत्रीसमेत रहेकी सुजाताले आफुलाई महामन्त्री बनाए पार्टीलाई व्यापक परिवर्तन गर्ने भन्दै आफनो पक्षमा मत हाल्न आग्रह गरेकी छन् । शनिबार अचानक स्याङ्जा सदरमुकाम आएकी कोइरलाले पार्टीका नेता तथा कार्यकर्तालाई भेट गर्दै आफना बुबा गिरिजाप्रसाद कोइरलाको सहमति सहकार्य र एकताको पक्षमा आफु रहको भन्दै राजनीतिक दलहरुले स्व। कोइरालाले देखाएको बाटोबाट नहिँडदा देश अहिलेको अवस्थामा आएको दाबि गरेकि थिइन् । उपप्रधानमन्त्री कोइरालाले नेपालका राजनीतिक दलहरुबीच एकता नहुँदा नेपालको लोकतन्त्र कमजोर भएको बताउँदै राजनीतिक दलहरुबीचको आपसी मनमुटावका कारण मुलुकमा लोकतन्त्र अत्यन्तै कमजोर बन्दै गएकोमा चिन्तासमेत व्यक्त गरेकी थिइन् ।धेरै समय आफनो पक्षमा समर्थन जुटाउने भाषण गरेकी कोइरालाले नेपाली काँग्रेस अब पनि पुरानै ढाँचाले चल्न नहुने बताउँदै नयाँ पुस्ताको नेतृत्व पार्टीमा आवस्यक रहेको बताएकी थिइन् । पदबिना काम गर्न र पार्टीमा सहयोग गर्न कठिन भएकोले महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेको बताउदै कोइरलाले महामन्त्रीमा निर्वाचित भए नेपालका ७५ ओटै जिल्लामा पार्टी कार्यालय भवनको निर्माण गरी हरेक जिल्लाका पार्टीका गतिविधिलाई कम्प्युटराइज गराउने प्रतिबद्धतासमेत व्यक्त गरेकी थिइन् । 

कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा सभासद् इन्द्रबहादु गुरुङ काँग्रेस स्याङ्जाका नवनिर्वाचित सभापति कमलप्रसाद पंगेनी निवर्तमान सभापति खगेन्द्रराज रेग्मी सचिव लक्ष्मण भट्टराई कोषाध्यक्ष मधुसूदन गैह्रेलगायतका नेताहरुले उपप्रधानमन्त्री कोइरालालाई शुभकामना दिएका थि

अनेरास्ववियु क्षेत्र नं १ स्याङ्जाको क्षेत्रीय सम्मेलनमा पारस

भदौ ५ स्याङ्जा ।  नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु क्षेत्र नं १ स्याङ्जाको क्षेत्रीय सम्मेलन पारस गौतमको संयोजकत्वमा ३१ सदस्यीय नयाँ कार्य समिति निर्माण गर्दै सम्पन्न भएको छ । सम्पन्न सम्मेलनले उपाध्यक्षमा उज्वल पनेरु सचिवमा शिवप्रसाद गौतम सह-सचिवमा चन्द्रबहादुर थापा कोषध्यक्षमा प्रतिज्ञा अधिकारीलाई चयन गरेको छ ।सम्मेलनबाट सदस्यहरुमा कमल ढकाल विक्रम परियार रोशन परियार जनक ढकाल सिता परियार सुवास कार्की जमुना क्षेत्री दिनेश सुनाम रामु भण्डारी मुवारक मियँ अमृता लामिछाने अर्जुन सुवेदी देवेन्द्र परियार रमेश परियार रिता ढकाल सवित्री पौडेल अन्जु ढकाल सुनिता ढकाल सुरज अधिकारी सुर्य पौडललाई चयन भएका छन् । पुतलीबजार नगरपालिका सहित २१ गाविसहरु रहेको क्षेत्र नं। १ को क्षेत्रिय सम्मेलनमा विभिन्न सास्कृतिक कार्यक्रमहरु प्रर्दशन गरीएको थियो । सम्पन्न सम्मेलनमा नेकपा एमाले स्याङ्जाका अध्यक्ष चक्रबहादुर पराजुली सभासद हितकाजी गुरुङ् अनेरास्ववियू अंचल कमीटी अध्यक्ष इमानराज पौडेल नेकपा एमाले राष्ट्रिय प्रतिनिधि परिषद सदस्य नारायणप्रसाद मरासिनी जिल्ला कमिटी सचिव पुण्य भुषाल उपसचिव सुधीर पौडेल जिल्ला सदस्य राजेन्द्र डुम्रे अमृत श्रेष्ठ दामोदर तिवारी जगन्नाथ भट्टराई घनश्याम सुवेदी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।दुई र सय प्रतिनिधिको सहभागिता रहेको सम्मेलन पारश गौतमको अध्यक्षतामा सम्पन्न भएको थियो भने गंगा क्षेत्रीले स्वागत मन्तव्य र नारायणप्रसाद पौडेलले साचालन गरेका थिए |

Sunday, August 1, 2010

चुनाबी परिणाम: नेपालि कांग्रेस स्याङ्जाको क्षेत्रिय अधिवेशन !!

नेपालि कांग्रेस स्याङ्जाको क्षेत्रिय अधिवेशन अन्र्तगत क्षेत्र नं. १ को सभापतिमा तुलसीराम रेग्मी र क्षत्र नं. २ को सभापतिमा केदार काफले विजयी हुनुभएको छ । ३ निर्वाचन क्षेत्र रहेको स्याङ्जामा क्षेत्र नं. ३ मा हिजो हुने भनिएको अधिवेशन आजसम्मका लागि स्थगित भएको छ । क्षेत्र नं. ३ मा हिजो सभापतिका प्रत्यासी लक्ष्मण प्रसाद भटटराईमाथि आक्रमणको प्रयास भएपछि उत्पन्न विवादले निर्वाचन हुन नसकेको बताइएको छ । क्षेत्र नं. ३ बाट क्षेत्रिय सभापति पदका लागि दुई जना इश्वर खाँड र लक्ष्मण प्रसाद भटटराईको उम्मेदवारी दर्ता भएपछि भटटराई माथि अक्रमणको प्रयास भएको हो । भटटराई माथि खाँड पक्षले आक्रमण गरेको हुनसक्ने अनुमान गरीएपनि पुष्टी हुन सकेको छैन् । उक्त आक्रमणबाट पकवादिका हरि खनाल र परशुराम खनाल घाइते भएका छन् । हिजो स्थगित अधिबेशन आज ८ बजे शुरु हुने नेपालि कांग्रेस गल्याङ्ले जनाएको छ । यसैविच स्याङ्जाको अर्काे निर्वाचान क्षेत्र नं. २ शान्ति पुर्ण रुपमा निर्वाचन सम्पन्न भएको छ । क्षेत्र नं. २ को क्षेत्रिय सभापतिमा केदार काफले निर्वाति हुनु भएको छ भने सचिवमा प्रकाशमान सिहं थापा, कोषध्यक्षमा चोपनारायण श्रेष्ठ निर्वाति हुनुभएको छ । सम्पन्न अधिवेशनले महासमिति सदस्यमा खगेन्द्रराज रेग्मी, कमलप्रसाद पंगेनि, धनराज गुरुङ्, भोजराज अर्याल र कल्पना तिवारीलाई निर्वाचित गरेको छ भने महाधिवेशन प्रतिनिधिहरुमा सुर्यप्रसाद रेग्मी, कमलबहादुर खडका, सरस्वति तिवारी, कमल गुरुङ्, लिलबहादुर रणपाल, नसिबदिन मियाँलाई निर्वाचित गरेको छ । त्यस्तै गरी जिल्ला कार्यसमिति पदमा अर्जुनप्रकाश अर्याल, मुक्ति प्रसाद सुवेदी, सिमा कर्मचार्य, टेककुमारी क्षेत्री र विद्या श्रेष्ठ लगायत ७ जना निर्वाति हुनुभएको छ ।
यता क्षेत्र नं. १ स्याङ्जा बजारमा भएको क्षेत्रिय अधिवेशनले क्षेत्र नं. १ को सभापतिमा तुलसीराम रेग्मी, गोपालप्रसाद ढकाल र गोविन्द रानाभाटविच भएको प्रतिस्पर्धामा तुलसीराम रेग्मी निर्वाचित हुनुभभएको छ । भने सचिवमा प्रेमराज पौडेल निर्वाचित हुनुभएको छ । कोषध्यक्ष र ८ निर्वाचित सदस्य पदका उम्मेदवार निर्विरोध निर्वाचित भएका हुन । क्षेत्रिय कार्यसमितिको कोषध्यक्षमा चित्रबाहदुर कार्की र सदस्यहरुमा नारायण प्रसाद पोखरेल, हजरत अलि मियाँ, भिमसेन पौडेल, हिक्मत श्रेष्ठ, रामचन्द्र लमिछाने, तारामल्ल , प्रमिला श्रेष्ठ, शारदा पोखरेल निर्वीरोध चयन हुनुभएको हो । यस्तै अधिबेशनमा जिल्ला कार्य समितिमा महिला तर्फ सदस्यमा नन्द कुमारी लम्साल निर्माला र लेखमाय पौडेल, दलित तर्फ भिमबहादुर सुनार, जनताजि तर्फबाट कुमार राना, अल्पसंख्यकबाट अमिरबक्स मियाँ पनि निर्बीरोध चयन हुनुभएको छ । अधिवेशनले दलितका तर्फबाट महाधिवेशन प्रतिनिधिमा निर्वीरोध रुपमा खडकबाहदुर दर्जी लाई चयन गरेको छ । अधिबेशनले हिजो राती भएको मतगणनामा जिल्ला कार्य समितिमा खुल्ल तर्फ श्री राम उपाध्याय र सोम प्रसाद लम्साल निर्वाचित भएका छन् भने महाधिबेशन प्रतिनिधिमा खुल्ला तर्फ राजु थापा, बद्धिमान शाही, दिपक लम्साल, तुलसी गिरी, जगतबन्दु अर्याल र प्रमराज पौडेल, महिला तर्फ हिरादेबी शर्मा र देबि अर्याल, जनजाति तर्फ श्याम काजी श्रेष्ठ र अल्पसंख्यक तर्फ मुन्ना शेख निवाचित भएका छन । महासमिति सदस्य भने आज चयन हुने नेपाली काग्रेस स्याङ्जाले जनाएको छ |

Thursday, July 29, 2010

सभासद धन राज गुरुङ को प्यारा प्याराग्लाइडिंग को अनुभव ;-

- धनराज गुरुङ (सभासद):
- धनराज गुरुङ (सभासद):


सानोबाबुले पटापट बाँधिदिए । उनी प्याराग्लाइडर थिए । मलाई दौडिनू भने खुरर दौडेको 'फट्फट्फट्' आवाज आयो । एकछिनपछि भुइँमा खुट्टा रहेन । उड्दा उड्दै ढाडमा बाँधेको प्लस्टिकमा हावा भरियो । मेरो वरिपरि टम्म भयॊ । खुट्टा भने चलाइरहेकै थिएँ । सुरुमै कस्सिएर गएको थिएँ । 'टेक अफ' मा त्यति डर लागेन । सबैको गड्गड् तालीले म हौसिएको थिएँ । एकैछिनमा आकाशमा तुर्लुङ्ग झुण्डिए । मथि हेरेँ आकाशै देखिनँ ।
माघ महिनाको चिसोमा हामी स्याङ्जाको खिलुङ देउरालीमा आएका थियौं । गाउँ पूरै शून्य हुने अवस्थामा पुगेका बेला यहाँका युवाहरुको उद्देश्य भने गाउँलाई पर्यटकीय गन्तव्य बनाउनु थियो । प्याराग्लाइडिङ्को पहिलो अनुभव हो मेरो । एकैछिनमा बतासिँदै माथिमाथि पुग्यौं हामी । आफ्ना गाउँघर छर्लङ्ग देखेँ । मन साह्रै रमायो ।

खिलुङ लामिडाँडा च्युरीखार्क तिसिदेको माथिमथि घुमियो । झण्डै पूरै स्याङ्जा देखे झैं लाग्यो । प्याराग्लाइडरतिर ध्यानै गएन । चिल उड्दै नजिकनजिक आए । ठोक्किएला कि भन्ने डर एकातिर । अर्कोतिर निकै रमाइलो लागिरहेको थियो । यतिबेला भने मैले परिवारलाई सम्झेँ । सबैसँगै उड्न पाए कति मज्जा हुन्थ्यो होला । मलाई यस्तै लाग्यो । कहिले तातो हावामा पुगिन्थ्यो त कहिले चिसोमा । तातोमा पुग्दा माथिमाथि पुग्थ्यो त चिसोमा तलतल ।
यस्तो रमणीय ठाउँ देख्न पाइदो रुछ अनि पो विदेशीहरु मरिहत्ते गरी नेपाल आउँदारहेछन् । तर हाम्रा राजनेताहरु भने काठमाडौं वरिपरि नै झुम्मिएर बसेका छन् । उनीहरु विदेश जान मात्रै मरिहत्ते गर्छन् । नेपालमा भएका यस्ता ठाउँमा घुम्न आए केही विकास त थपिन्थ्यो । यस्तै सम्झे । नेपाल सरकारले यस्ता प्याराग्लाइडिङ्को सम्भाव्यता अध्ययन गरी अनुमति दिएमा कति फस्टउदो हो आर्थिक क्षेत्र ।
सोच्दा सोच्दै अर्को प्याराग्लाइड नजिकै आयो । छ्यास्स छोइदिएमा खसिन्छ कि झै लाग्यो । तर छोएन । एकैछिन त पाइलटले फनफनी घुमाइदिए । पिङ खेले झै लाग्यो । माथि हुत्तिँदा मज्जा लाग्थ्यो त तल बत्तिँदा डर । समय भने कति चाँडै गइसकेछ । ल्यान्ड गर्लान् भनी प्रतीक्षामा बसेका दर्शकहरु हेरेँ । पाइलटले पनि अब झरौं भने । तर विस्तारै आउँदा हावाले बत्तिएर रुखमा छोयो । डर लाग्यो । तर साथी पनि सँगै भएकाले साहस बटुलेँ । संसदको बैठक चल्दै होला भन्ने सम्झिएँ । अघिल्लो दिन सार्वजनिक लेखा समितिमा छलफल मिलेको थिएन । जहाज प्रकरणमा अल्झिदै थियो । पर्सीपल्ट पनि त छ बैठक । यो पनि सम्झेँ ।
ल्याडिङ्को अर्के प्रयासमा मान्छेहरुको दौडधुप भयो । मलाई डर लाग्यो उनीहरुलाई ठोक्किने पो हो कि । घुम्दा घुम्दै एउटा बिसे्रको कुरा सम्झे । मैले क्यामरा ल्याएको भए खिचेर सबैलाई सेयर गर्न पाउथे आकाशबाट देखिने यी दृश्यहरु । सबै समकक्षीलाई पनि सँगै ल्याएर घुमाउन पाए ?