भदौ ६ स्याङ्जा- १२ औं महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेपछि कांग्रेस नेतृ तथा उपप्रधानमन्त्री सुजाता कोइरलाले चुनावी प्रचारप्रसार तिब्र पारेकी छिन् । शुक्रबार मात्रै पोखरामा आई अफुलाई महामन्त्री बनाउन सहयोग गर्न नेता तथा कार्यकर्तालाई आग्रह गरेको भोलि पल्टै शनिबार स्याङ्जामा पुगी उनले त्यही आग्रह गरिन् ।
कांग्रेस सभापति स्व।गिरिजाप्रसाद कोइरलाकी पुत्रीसमेत रहेकी सुजाताले आफुलाई महामन्त्री बनाए पार्टीलाई व्यापक परिवर्तन गर्ने भन्दै आफनो पक्षमा मत हाल्न आग्रह गरेकी छन् । शनिबार अचानक स्याङ्जा सदरमुकाम आएकी कोइरलाले पार्टीका नेता तथा कार्यकर्तालाई भेट गर्दै आफना बुबा गिरिजाप्रसाद कोइरलाको सहमति सहकार्य र एकताको पक्षमा आफु रहको भन्दै राजनीतिक दलहरुले स्व। कोइरालाले देखाएको बाटोबाट नहिँडदा देश अहिलेको अवस्थामा आएको दाबि गरेकि थिइन् । उपप्रधानमन्त्री कोइरालाले नेपालका राजनीतिक दलहरुबीच एकता नहुँदा नेपालको लोकतन्त्र कमजोर भएको बताउँदै राजनीतिक दलहरुबीचको आपसी मनमुटावका कारण मुलुकमा लोकतन्त्र अत्यन्तै कमजोर बन्दै गएकोमा चिन्तासमेत व्यक्त गरेकी थिइन् ।धेरै समय आफनो पक्षमा समर्थन जुटाउने भाषण गरेकी कोइरालाले नेपाली काँग्रेस अब पनि पुरानै ढाँचाले चल्न नहुने बताउँदै नयाँ पुस्ताको नेतृत्व पार्टीमा आवस्यक रहेको बताएकी थिइन् । पदबिना काम गर्न र पार्टीमा सहयोग गर्न कठिन भएकोले महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेको बताउदै कोइरलाले महामन्त्रीमा निर्वाचित भए नेपालका ७५ ओटै जिल्लामा पार्टी कार्यालय भवनको निर्माण गरी हरेक जिल्लाका पार्टीका गतिविधिलाई कम्प्युटराइज गराउने प्रतिबद्धतासमेत व्यक्त गरेकी थिइन् ।
कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा सभासद् इन्द्रबहादु गुरुङ काँग्रेस स्याङ्जाका नवनिर्वाचित सभापति कमलप्रसाद पंगेनी निवर्तमान सभापति खगेन्द्रराज रेग्मी सचिव लक्ष्मण भट्टराई कोषाध्यक्ष मधुसूदन गैह्रेलगायतका नेताहरुले उपप्रधानमन्त्री कोइरालालाई शुभकामना दिएका थि
No comments:
Post a Comment