विगत ४ दिनदेखि परेको अविरल वर्षाले स्याङ्जाको दक्षिण पुर्वी क्षेत्रमा रहेको विर्घा गाउँ विकास समिति वडा नं. ३ मा एक घर भत्कीदा एकको मृत्यु भएको छ। घरको गारो भत्कीएर पुरिदा घरधनी ३९ वर्षिय ताराबहादुर माझीको मृत्यु भएको हो। सुतिरहेको अवस्थामा एक्कासी घर भत्कीदा पुरिएर माझीको मृत्यु भएको स्थानिय वासीले जानकारी दिएका छन्। घर भत्कीएको बिहान ५ बजे खबर प्राप्त भएपनि तत्काल उद्धार गर्न नसकिएको प्रहरीले बताएको छ। बिहान अबेर मात्रै स्थानियवासीको सहयोगमा प्रहरीले माझीको शवलाई निकालेको पोष्टपार्टमका लागि वालिङ् ल्याएको छ।
त्यसैगरि चार दिनदेखि अविरल रुपमा परेको वर्षाले स्याङ्जा जिल्लाको म्ाालुङ्गा गाउँ विकास समिति वडा न ३ कोट निवासी गणेशप्रसाद बस्याल र थमनाथ बस्यालको घर भत्कीएको छ।
गणेप्रसादको घरको तल्लोभागमा पहिरो जादा थमनाथको घर पुरिएको गल्याङ् प्रहरीले जानकारी दिएको छ। गणेशप्रसादको घरको भान्साकोठा पहिरोले बगाएको छ। पहिरो पिडित छिमेकीकोमा आश्रय लिएर बसेका छन्।अविरल वर्षाबाट जिल्लाको जनजीवन निकै प्रभावित भएको छ। जिल्लाका अधिकांश ग्रामीण सडकमा पहिरो गएपछि सडकहरु अवरुद्ध भएका छन्।
त्यसैगरि चार दिनदेखि अविरल रुपमा परेको वर्षाले स्याङ्जा जिल्लाको म्ाालुङ्गा गाउँ विकास समिति वडा न ३ कोट निवासी गणेशप्रसाद बस्याल र थमनाथ बस्यालको घर भत्कीएको छ।
गणेप्रसादको घरको तल्लोभागमा पहिरो जादा थमनाथको घर पुरिएको गल्याङ् प्रहरीले जानकारी दिएको छ। गणेशप्रसादको घरको भान्साकोठा पहिरोले बगाएको छ। पहिरो पिडित छिमेकीकोमा आश्रय लिएर बसेका छन्।
अविरल वर्षाबाट जिल्लाको जनजीवन निकै प्रभावित भएको छ। जिल्लाका अधिकांश ग्रामीण सडकमा पहिरो गएपछि सडकहरु अवरुद्ध भएका छन्।
No comments:
Post a Comment