दुर्गाबहादुर लाम्कामगर
तरकारी व्यवसायी
धन कमाउन बिदेसिएकालाई चुनौती दिँदै देवीनगरका दुर्गाबहादुर लाम्कामगरले तरकारीखेतीबाटै प्रशस्त आम्दानी गर्दै आएका छन् । स्वदेशी भूमिमा पसिना बगाउनुजति राम्रो केही नहुने उनको बुझाइ छ । भन्छन्, “चाहे त्यो जस्तो प्रकारको पेसा व्यवसाय होस् ।”
प्रायजसो गोलभेंडाको स्याहारसुसार र अरू बेमौसमी तरकारीका बीउ उमार्नमा व्यस्त रहने मगरले आफ्ना लागि तरकारीखेती नै उत्तम व्यवसाय रहेको बताए । “आयआर्जनका लागि तरकारी व्यवसाय धेरै सजिलो र भरपर्दो माध्यम हो,” उनले भने ।
२५ हजार रुपैयाँको लगानीमा व्यवसाय सुरु गरेका उनले आफूले लगाएको गोलभेंडा देखाउँदै भने, “विदेश जाँदा कम्तीमा १ लाख लगानी गर्नुपर्छ, मैले २५ हजार लगानी गरेर तरकारीखेतीको सुरुवात गरेको छु ।”
मौसमीखेतीभन्दा बेमौसमीखेती गर्न भने गाह्रो हुने उनको अनुभव छ । भन्छन्, “बेमौसमी तरकारीको बजारभाउ जहिले पनि रामै्र रहने हुनाले बेमौसमी तरकारीतर्र्फ आकर्षित भएको हुँ तर गर्न धेरै कठिन छ ।” उनका अनुसार बमौसमी तरकारीमा रोग र कीराको प्रकोप बढी हुन्छ ।
तरकारी बेचेरै उनले वार्षिक १ लाखभन्दा बढी कमाउने गरेका छन् । कमजोर आर्थिक अवस्थाका कारण उधारो सामान ल्याएर गुजारा गर्नुपरेको विगत सम्झँदै उनले भने, “तरकारीले मेरो आर्थिक अवस्थामा ठूलो परिवर्तन ल्याएको छ ।”
उनले बारीमा गोलभेडा, बन्दा, काउली, भण्टा, आलुलगायतका तरकारी लगाएका छन् । एक मौसममा एक क्विन्टल गोलभेडा उत्पादन गर्दै आएका उनले स्थानीय बजारका अतिरिक्त बुटबलसम्म आफ्नो उत्पादन पुग्ने गरेको बताए । “आफ्नै माटोले मलाई व्यवसायीको रुपमा स्थापित गरायो,” उनले भने, “परिश्रम गरेपछि विदेश त यही हुँदोरहेछ, किन विदेश जानु प¥यो ।”
तनमन लगाएर काम गरे सानो लगानीबाट यही भूमिमा पनि ठूलो प्रतिफल लिन सकिने उनमा विश्वास बढेको छ । “व्यवसायमा लगावका साथ काम गरे विदेशको कमाइभन्दा स्वदेशकै आम्दानीमा रम्न सकिने रहेछ,” उनले भने ।
उनी यतिबेला छिमेकीको पनि प्रशंसक बनेका छन् । तरकारीबारी देखेर छिमेकीहरू छक्क पर्दै स्यावासी दिँदा आफूलाई खुसी लाग्ने गरेको उनले बताए । विभिन्न ठाउँबाट तरकारीखेतीका विषयमा तालिम र परामर्श लिँदै आएका उनका लागि कमाइ र जीविकोपार्जनको उत्तम उपाय तरकारी व्यवसाय नै बनेको छ
No comments:
Post a Comment