बसन्ती बास्तोला
लाम जानभन्दा मलाम जान सजिलो ।' यो उखान स्याङजाको श्रीकृष्ण गण्डकीमा अझै चर्चित छ । अहिले मिल्ने भएर होइन, पहिलेको कुरा सम्झँदा यो उखान छुट्दैन । नेपालकै ठूलो कालिगण्डकी 'ए' जलविद्युत परियोजना बनेको ठाउँलाई पहिले बलाम भनिन्थ्यो । यस परियोजना बन्नुपूर्व बलाम विकट रहेको उखानबाट थाहा हुन्छ । मलामी जाने काम मानसिक र शारीरिक रूपमा समेत कष्टप्रद हुने तर बलाम जान त्योभन्दा ग्राह्रो हुने भएकोले यस्तो उखान बनेको स्थानीयवासी रेश्मिराज भट्टराई -राजु) ले बताए । उनले भने, 'मिर्मीको मानिस बलाम आउँदैनथे, यताको मानिस उता जाँदैनथे ।' उनी अहिले काम परेका बेला बेलटारी र मिर्मी दिनमा १० पटकसम्म
ओहोरदोहोर गर्छन् ।
कालिगण्डकी ए परियोजनाका चालक उनले विगत सम्भिmएर भने, 'एउटै वडा पनि अर्कै देश गए जस्तो थियो ।' अहिले बाटोले गर्दा मानिसको ओहोरदोहोर बढेको छ । अवस्था फेरिएर अहिले बलाम जान सजिलो छ । गल्याङ र जिरोबाट जिप लाग्छ । कालोपत्रे सडकमा गाडी कुदाउँदै गर्दा भट्टराई कहिलेकाहीं सोच्छन्- यहाँ यो परियोजना नभएको भए हामी कहाँ हुन्थ्यौं ? उनी भारतमा गाडी चलाउँथे । यही बाटो पैदल गल्याङ पुगेर उनी भारत जान्थे ।
परियोजना बनेपछि उनीमात्र होइन, यहाँका धेरै मानिस गाउँ फर्के । उनी र भाइहरूको १ सय रोपनीभन्दा बढी जग्गा परियोजनाले लियो । क्षतिपूर्तिबापत उनले रकममात्र होइन, जागिर पनि पाए । भट्टराईले भने, 'परिवारसँग बसेर घर नजिक जागिर खानुको आनन्द केसँग तुलना हुन्छ र ?' यो परियोजना यहाँका वासिन्दाका लागि वरदान भएको उनले बताए । मानिस व्यावसायिक बने, बिजुली आयो, पानी र विद्यालयको सुविधा भयो । पहिला हातको पाँच हजारमा नबिक्ने जग्गा अहिले एक लाखसम्म पर्छ । यहाँ विदेशी र आन्तरिक
पर्यटकको घुइँचो लाग्छ । उनीहरू भन्छन्, 'यही प्रोजेक्टको असर त होला, नत्र यस्तो कुनामा
कसरी विकास हुनु ?'
'यसकै प्रभाव त हो', जैपतेकी लेखमाया थापाले भनिन् । बाटो नबन्दासम्म गल्याङबाट दिनभरको बाटो उनी चामल बोकेर घर लैजान्थिन् । त्यही घरमा अहिले गल्याङबाट एक घन्टामा पुग्छिन् । बसले नै सबैथोक बोक्छ । अझै उनलाई जिपमै काँक्रो खान मनलागेको छ । चोक-चोकमा काँक्रो, कुरकुरे र चट्पटे बेच्ने मानिस झ्याल-झ्याल आएर सोध्छन् । भनिन्, 'ओहो म त अझै ढिला जन्मन पाएको भए के-के देख्थेँ जस्तो लाग्छ ।' उनलाई आफ्ना सन्ततिको भविष्य अझ
उज्ज्वल होला जस्तो लाग्छ ।
कालिगण्डकीमा बाटो आउने रे भनेर रूखमा बोर्ड टाँसेको उनलाई भर्खर जस्तो लाग्छ । हाम्रो पालामा त यस्तै होला जस्तो लाग्थ्यो रे । तर हेर्दाहेर्दै गाउँ फेरिएको छ । छोराछारी बोर्डिङ स्कुल पढ्छन् । घरमै गाडी आउँछ । महिलाले पनि पैसा कमाउन थालेका छन् । पहिला उनी गाउँमा एक-दुई कुरा बोल्दासमेत 'यो आइमाई भलाद्मी भएर हिँडेकी' भन्थे । अहिले आफूले जान्न र सिक्नपर्यो, जहाँ पनि आफ्ना कुरा राख्न सकिन्छ ।' लेखमायाको आडमा सुँगुरको बच्चा च्यापेर बसेकी हनिमाया थापाले थपिन्, 'मलाई पनि त्यस्तै लाग्छ, तरकारी लगायो भने यहीं बिक्री हुन्छ । पशुपालन पनि व्यावसायिक भएको छ ।'
बिजुली आएपछि धेरैले टीभी हेर्न र कम्प्युटर चलाउन जानेका छन् । त्यसले सूचना र सञ्चारमा गाउँको पहुँच बढेको छ । स्कुल टाढा भएको कारण लेखमायाले पढ्न पाइनन् । घरमा आयस्रोतको बाटो पनि थिएन । यहाँका धेरै मानिस कामको खोजीमा भारत जान्थे । अहिले वैदेशिक रोजगारमा जाने मानिस कम छन् ।
यस परियोजनाको रेकर्डमा स्याङजा, गुल्मी र पाल्पाको गरी कुल १० वटा गाविस प्रभावित
थियो । तर यहाँका वासिन्दा २० भन्दा बढी गाविसलाई प्रभावित क्षेत्रमा राख्छन् । उनीहरूलाई यसले निकै फाइदा पुर्याएको अनुभव छ । ती अनुभव गर्ने मध्येका एक हुन्, पर्वतका मनबहादुर क्षत्री । कालिगण्डकीको बाँधमा चलेको स्टिमरमा टिकट काट्दै गरेका उनलाई यस परियोजनाले धेरै फाइदा पुर्याएको अनुभव छ ।
बिजुली निकाल्नका लागि बाँध नबाँधेको भए यहाँ स्टिमर चल्दैनथ्यो, उनी ३ घन्टा हिँडेर सेतीवेणी जानुपथ्र्यो । सामान ढुवानीले महङ्गो पथ्र्यो । अहिले उनी स्टिमरमा सामान राखेर आधा घन्टामा सेतीवेणी पुग्छन् । उनले भने, 'उहिलेका मान्छेले काटेको दुःख त वनमान्छेले पनि काटेन ।' उनी हिँडेर गोरखपुर पुग्थे । बुटवलबाट नुन ल्याएर खान्थे । ७५ वर्षकी गोमता भण्डारीले हाँसो गरिन्, 'अहिले बाटो बनेपछि घरमा नुन हुन्न, घर नजिकै छ, ल्याउला'नि भन्ने हुन्छ ।' चिनेको पसल नजिक हुँदा पैसा नहुँदा उधारोसमेत खान पाइने । भनिन्, 'टाढा जाँदा कहाँ दिन्थे र ?'
जल यातायातले धेरैलाई रोजगारी दिएको छ । परियोजनामै पनि १ सय ८० कर्मचारीमा ९५ प्रतिशत स्थानीयवासी छन् । त्यसैले आन्दोलन र राजनीतिमा यहाँका मानिस कम सक्रिय छन् । द्वन्द्वले समेत यस क्षेत्रलाई ठूलो प्रभाव पारेन । 'किनभने यहाँका मानिसलाई अभाव र अन्त लाग्ने फुर्सद नभएर' भन्छन् परियोजनाका निमित्त प्रमुख राजेश पाण्डे । परियोजना सफल हुनुमा स्थानीयवासीको ठूलो भूमिका छ भन्ने
उनलाई लाग्छ ।
देशका धेरै जलविद्युत आयोजनामा बेला-बेला स्थानीयको ठूलो विरोध हुन्छ । योमात्र एउटा परियोजना हो, जसमा स्थानीयको विरोध भएन । उल्टो उनीहरूले वातावरण बिग्रने हुनाले यहाँ परियोजना ल्याउनहुन्न भनेर त्यसबेला विरोध गर्ने गोपाल शिवाकोटीलाई घाँस खुवाएका थिए । यसले वातावरण र संस्कृति नबिगे्रको स्थानीयवासी बताउँछन् । इटालीका नागरिक बसेकोले इटाली चोक नामकरण भएको चोक यहाँ छ । चोकमात्र इटाली भएन, स्थानीयले विदेशीको मिहेनती
स्वभाव पनि सिकेका छन् ।
कालिगण्डकीमा माछा मारेर जीवनयापन गर्ने माझी समुदायको जीवन पनि सुधि्रएको छ । उनीहरूका लागि २० वटा पक्की घर र जागिर दिइएको छ । उनीहरूका बच्चा पढ्न एउटा प्राथमिक विद्यालय छ । 'यो नहुँदो हो त यतिबेला हाम्रा छोराछोरी माछा मार्दै हुन्थे होलान्' मोहन बोटेले भने । यो परियोजनाको गुरुयोजना सन् १९७० मा बनेको थियो । सन् २००२ मा करिब २१ अर्बको लगानीमा निर्माणकार्य सम्पन्न भएको हो । यसमा ३ वटा टर्वाइन छन् । त्यसबाट वाषिर्क ८४ करोड युनिट विद्युत उत्पादन हुन्छ । यसरी विरोध नभई विद्युत उत्पादन गर्ने परियोजना बने देशमा लोडसेडिङको समस्या नपर्ने मात्र होइन, देश विकाससमेत हुने स्थानीयवासी बताउँछन् ।

ma balam ko basinda hu ra Basanti bastola le balam ko barema lekheko kura ekdam galat ho yo ukhan rahanu ko karan aru nai 6 tyo kura basanti bastola lai thaha rahena6 tesari thaha navai kunai thau ko barema galat suchana dinu ramro hola jasto lagena ra yo hedline nai na mile jasto lageko 6 malai ta!
ReplyDelete