लोकनाथ मरासिनी
फागुन ११, स्याङ्जा ।
मैदान उच्च माध्यामिक विद्यालय बागेफडके ४ स्याङ्जाको स्वर्ण जयन्ती समारोह विभिन्न कार्यक्रम गरी सम्पन्न भएको छ ।
स्वर्णजयन्ती समारोहको उदघाटन गर्दै स्याङ्जा क्षेत्र नं. १ का सभासद हितकाजि गुरुङ्ले विद्यालयले शैक्षिक क्षेत्रमा पु¥याएको योगदानको कदर गर्नुभयो ।
साथै उहाँले विद्यालयलाई सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको थियो । कार्यक्रममा विद्यालयको विकासका लागि योगदान पु¥याउनु हुने विभिन्न शिक्षाप्रेमीहरुलाई अभिन्नदन गरीएको थियो ।
कार्यक्रममा बागेफडके ५ कि मनकुमारी गुरुङ्ले १ लाख १ हजार १ सय ११ रुपैयाको अक्षयकोष स्थापना गर्नुभएको छ । त्यस्तै विद्यालयको शैक्षिक विकासका लागि मिलन चौतारीका उपाध्यक्ष कृष्णबहादुर क्षेत्रिले ५० हजार, बाङसिङ् २ का विश्वप्रसाद पौडेलले १ हजार १ सय, स्रोत व्यक्ति रमाकान्त पौडेलले २ हजार २० प्रदान गर्नुभएको छ ।
विद्यालयका प्रध्यानध्यापक अर्जुनप्रसाद शर्माले ५० वर्षको संक्षित एैतिहासीक विवरण र गत वार्षको शैक्षिक र आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो ।
सहायक प्रध्यानध्यापक काजिमान क्षेत्रिले स्वागत मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रको संचालन शिक्षक चेतनराज शर्माले गर्नुभएको विद्यालय स्रोतले जानकारी दिएको छ ।
No comments:
Post a Comment