कालीनदीमा र्याफ्टिङ सञ्चालन गर्न सरकारी पहल
प्रकाश डोटेल स्याङ्जा २३ जेठ
कालीगण्डकी नदीमा जलयात्रा -र्याफ्टिङ) सञ्चालन गर्ने उद्देश्यले सरकारी तबरबाट पहल शुरु भएको छ । ऐतिहासिक धार्मिक स्थल मुक्तिनाथ-देबघाट हुदै भारतले तयार पारेको गण्डक नहरसम्म कालीगण्डकी नदीमा जलयात्राको संभाव्यता अध्ययन गर्न नेपाल सरकारबाट पहल शुरु गरेको हो ।
कालीगण्डकी नदी अर्न्तर्गत स्याङ्गजा र पाल्पा जिल्लाको सिमानाको सिर्द्धार्थ राजमार्गमा रहेको राम्दीघाट देखि तनहुँ नवलपरासी जिल्लाको सिमानामा रहेको धार्मिक क्षेत्र तथा संगम स्थल देबघाटसम्मको करिब एक सय ५० किलोमिटर जलयात्राको अध्ययन गरिने कालिगण्डकी पर्यटन बिकास समितिका अध्यक्ष बिष्णु थापाले बताए ।
नेपाल सरकारबाट विनियोजित तीन लाख बजेटमा बिन कल्सल्टेन्सीको सहयोगमा सरकारी, पर्यटन र जलयात्राको एक टोलीले नदी किनारको पैदल यात्रा गरि अध्ययनलाई अगाडी बढाएको छ अध्यक्ष थापाले बताए । सिर्द्धार्थ राजमार्ग सडक खण्डमा पर्ने कालीगण्डकी नदीको राम्दीदेखि गरेको अध्ययनमा करिव ४० किलोमिटर पैदल यात्रा सकिएको छ ।
नेपालको मुख्य धार्मिक क्षेत्र मुक्तिनाथ देखि शुरु भएको कालीनदीको यो खण्डमा जलयात्राको संभावनामा छ । स्याङ्गजा, पाल्पा, तनहुँ र नवलपरासी जिल्लाका स्थानियबासीले २०६५ सालमा एक समिति गठन गरेका थिए । स्थानियवासीका अनुसार, सरोकारवालाहरुको ध्यान पुर्याउन समिति गठन गरिएको हो । २०६५ सालमा स्थानियवासीको पहलमा सरकारको ध्यान केन्द्रित गर्न नदी महोत्सब सम्पन्न गरेका थिए । र्
पर्यटन बिकास समिति स्याङ्गजा र कालीगण्डकी एकीकृत बिकास समितिले पछिल्लो समयमा कालीगण्डकी नदी अर्न्तगत राम्दी-देबघाट जलयात्रा सञ्चालन गरि सम्भाव्यता अध्ययन प्रतिबेदन सरकारलाई बुझाएको छ । प्रतिबेदनमा सम्भाव्यता रहेको हुदा सरकारले सहयोग गर्नुपर्ने कुरामा जोड दिइएको छ । त्यस अनुरुप नै सरकारी तबरबाट सम्भाव्यता अध्ययन भएको हो ।
नदी किनार गण्डकीबेशीमा रहेका तर पहिचान लोपोन्मुख दरै, कुमाल, बोटे, मगर समुदायकेा मारुनी, कौरा, नौमती बाजा, भजन-कृतन लगायत लोकसंस्कृति झल्कने सांस्कृतिक रहेका छन् । स्थानियबासी भने, पर्यटक लोभ्याउने यो एउटा राम्रो माध्यम बनाएर गण्डकीबेशीको बिकास गर्न सकिन्छ भन्ने विश्वास छ ।
स्थ्ाानिय स्तरबाट पहलपछि क्रमशः सरकारी स्तरबाट समेत ध्यान पुगेकोमा स्थानियवासीले खुसी व्यक्त गरेका छन् । सम्भाव्यता अध्ययनका लागि जिल्ला आएको टोलीले नदी किनारको स्थलगत रिपोर्ट शुरु गरेको छ । टोलीले गण्डकीबेशी स्याङ्गजा, पाल्पा, तनहुँ र नवलपरासी जिल्लाका स्थानियवासीन्दाका रहन-सहन र संस्कृतिलाई बढि महत्व दिएको बताइएको छ ।

No comments:
Post a Comment