निस्सर निस्पट्ट शहरमा भौतारिदा
मैले हिडदै, डुल्दै
निकैसपना देखेको छु
तीनै सपना बाडदै हिड्दा
कहिले सज्जन्, कहिले पागल
कहिले बच्चा, कहिले बृद्द
कहिले पुरुष , कहिले महिला
कहिले देउता, त कहिले राक्षस भेट्दो रहेछु
इनै भीडमा सपना पत्तैदिने
र नपत्तैदिनेहरुको गुत्बन्दिले
झडप निम्ताउन सक्ने डरले
म मेरा सपना बड्नबाट
पनी आज्कल तर्सिन थालेकोछु
तेसैले त सपना नदेखेर
वा देखिहाले भने पनि खुम्चाएर
वा कसैलाई भनिहाले भने पनि
तोडेर मोडेर बाङ्गएर भन्ने गरेकोछु
अब मैले बुझेको छु
सपना बाड्ने कुरा होईन भनेर
सपना बाड्न सकिदैन भनेर
सुरेश पौडेल
काठमाडौं
No comments:
Post a Comment