Thursday, July 29, 2010

महिलाले धानेको पर्यटकीय गाउँ हरु सिरुबारी र कोल्मा !

पुरुष वैदेशिक रोजगारमा विदेश र छोराछोरी पढ्न बजार झरेपछि सिरुवारी महिलाले धानेका छन् । गाउँमा रहेका महिला वृद्ध हँदै गएपनि पर्यटन पेसालाई भने छाडेका छैनन् । नेपालकै पहिलो दाबी गरिएको ग्रामीण पर्यटकीय गाउँहरु को इज्जत धान्नकै लागि आफूहरूले कुनै कसरत बाँकी नराखेको स्थानीय बुद्ध आमा परिवारकी अध्यक्ष मैना गुरुङले बताइन् उनले भनिन्, 'पर्यटक आइरहेका छन् हामीलाई पनि गाउँको माया छ ।'


पैसा कमाउन थालेपछि छोराबुहारी पनि बजार र्झन थालेका छन् । तर गाउँमा महिलाले कुनै सुविधा दिन कञ्जुस गरेका छैनन् । बिहान उठेर घरको र गाउँको सरसफाइ सकेर महिलाले नै पर्यटकको लागि खाजा र नास्ता तयार पार्छन् । दिनभर घुमाउने काम हुन्छ । अनि बेलुका आएका पर्यटकलाई माला लिएर बाटोसम्म पुग्छन् । उनीहरू आउन ढिला भए घन्टौ बाटोमा उभिरहन्छन् ।

आमाहरूले हरेस नखाएकै कारण पर्यटन वर्ष २०११ को लागि यहाँ बढी पर्यटक भित्र्याउन पहल भइरहेको पर्यटन विकास समिति सिरुवारीका जुम गुरुङले बताए । उनले भने, 'नयाँ चीज दिने विचार गरेका छौं ।' पर्यटकले गाउँलेसँग मिलेर होस् या पर्यटक आफै पिकनिक खानको लागि ठाउँ तयार गर्दैछन् । बाटोमा सार्वजनिक शौचालय, गेष्टरुम र भिउटावर जाने बाटोमा ढुङ्गा बिच्छाउने काम भइरहेको जुमले बताए ।

प्रत्येक घरमा शौचालय बनाऔं, घ्ार आँगन सफा राखौं भन्ने अभियानका साथ नेपाल भ्रमण वर्ष १९९८ बाट अगाडि बढेका गाउँका महिला तथा आमाहरूले छोटो समयमा नै आफ्नो गाउँलाई नमुना ग्रामीण पर्यटकीय स्थलको रूपमा विश्वभर चिनाउन सफल भएका थिए ।

स्थानीय आमाहरूको सक्रियतामा साना बालबालिकादेखि वृद्धवृद्धासम्मका स्थानीयवासीले सिरुवारी घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई बाजागाजा र फूलमालासहित स्वागत गर्छन् । उनीहरूले होम स्टेमार्फत पर्यटकलाई सुविधा दिंदै आएका छन् । पाहुनालाई गाउँमा समूहसमूहमा विभाजन गरेर राखिन्छ । आफ्नै घरका सदस्य जसरी आत्मिक तरिकाले खान दिने आमाहरूको सबैभन्दा ठूलो विशेषता रहेको यस गाउँको प्रचारमा खटेका कांग्रेसका युवा नेता श्यामकाजी गुरुङले बताए । उनले भने, 'यस ठाउँको म्यानेजमेन्ट र आत्मीय व्यवहार अन्त कतै पाइँदैन ।' पर्यटकलाई पारिवारिक वातावरणमा राख्ने परम्पराको विकास गर्नुले नै सिरुवारीको महत्व र पर्यटकबीच लोकपि्रय बन्न सफल भएको बताउँछन् यस पर्यटक गाउँका परिकल्पनाकार रुद्रमान गुरुङ ।

ग्रामीण पर्यटकीय क्षेत्र सिरुबारीबाट पहाडी तथा हिमशृंखालाहरूको दृश्य तथा सूर्योदय र सूर्यास्तको दृश्यसमेत देख्न सकिन्छ । सिरुवारी समुद्री सतहबाट १५ सय मिटर उचाइमा रहेको चिसो ठाउँ भएकोले गर्मी मौसममा भ्रमण गर्न उत्तम मानिन्छ । पर्यटन वर्ष २०११ को लागि यसलाई वेबसाइडमा राख्न लागिएको जिल्ला पर्यटन विकास समितिका उपाध्यक्ष अनन्त श्रेष्ठले बताए । उनले भने, 'वेबसाइड बनाएर अन्तर्राष्ट्रिय ट्राभल एजेन्सी र प्रवासी स्याङ्जालीमा पुर्‍याउने कामको सुरु गर्दैछौं

No comments:

Post a Comment