Thursday, July 29, 2010

छाङछाङदी मन्दिरमा तीर्थालु र पर्यटकको भीड !

छाङछाङदी मन्दिरमा तीर्थालु र पर्यटकको भीड बढ्न थालेको छ । स्वस्थानी व्रतकथामा सतिदेवीको अन्तिम अंग खसेको उल्लेख गरिएको छाङछाङदी गाविसस्थित उक्त मन्दिरमा पर्यटकसँगै आस्थाले पूजा गर्न आउनेको संख्या बढेको हो । सधंको वर्ष पूजा गर्न सहज हुने यस मन्दिरमा यस वर्षको साउनको पहिलो सोमबार घन्टांै लाइन बस्न परेपछि तिर्थालु अचम्ममा परे प्ाहिला-पहिला पूजा गर्न आउँदा यस्तो भीड कहिल्यै नदेखेको पुतलीबजारका हिक्मत श्रेष्ठले

बताए । उनले भने, 'अहिले त जाम नै हुने गरी भीड रहेछ ।' मन्दिर जानेबाटोमा बढी सवारी साधन आएका कारण बस, ट्याक्सी र मोटरसाइकल पार्क गर्ने ठाउँ नहुँदा जाम नै भएको थियो ।

मन्दिरमा मात्रै हैन गाडीमा पनि भीड बढेका कारण धेरै त हिंडेरै मन्दिर पुगेका थिए । बिहान ३ बजेदेखि नै मन्दिरमा भीड बढेको बयरघारीका सनम श्रेष्ठले बताए । उनले भने, 'हामी त बिहानै ४ बजे आएका हौं ।' मन्दिर जाने सिंढी बनेको र मन्दिर व्यवस्थित भएका कारण पनि तिर्थालु र पर्यटक बढे । मन्दिर जाने र आउनेका लागि फरक सिँढी बनाइएको छ । दिनभर पानी परेपछि मन्दिरमा छाता, रेनकोट ओढेर तथा कतिपय रुझेर नै पूजा गरे । बालबालिकादेखि वृद्धसम्मको मन्दिरमा भीड थियो । मन्दिर पछाडि ठूलो छाँगो खस्ने यस ठाउँमा नुहाएर पूजा गरे मनको इच्छा पूरा हुने विश्वास छ ।

यहाँ स्वस्थानी व्रतकथाको समय, माघे संक्रान्ति, साउन, शिवरात्रिजस्ता पर्वमा मेला लाग्छ । शिव र पार्वतीको मन्दिर रहेका कारण यस मन्दिरमा विवाहितहरू दाम्पत्य जीवन राम्रो होस् भनेर र अविवाहित राम्रो घरबार परोस् भनेर पूजा गर्न आउने गरेको श्रेष्ठले बताए ।

यस पटक मन्दिरमा युवायुवती बढी थिए । हरियो र पहेंलो चुरा अनि मेहेन्दी लगाएका युवती बत्ती बाल्न र त्रिशूल गाढ्नमा मस्त थिए । युवकहरू रमाइलो हेरेर घन्ट बजाउँदै थिए । पूजाका लागि चाहिने सामान बेलपत्रदेखि त्रिशूलसम्मको हाटबजार थियो !

No comments:

Post a Comment