Thursday, August 5, 2010

वृक्षरोपण

वृक्षरोपण

स्याङ्जा - वन उपभोक्ता समितिको सक्रियतामा खाली रहेको ८ सय रोपनी जमिनमा वृक्षरोपण गरिएको छ । खाल्टे सालघारी पाटल सामुदायिक वन अर्जुनचौपारीका उपभोक्ताको सक्रियतामा १५ हजार ५० ओटा बिरुवा रोपिएको छ । जिल्ला वन कार्यालयको बीउ तथा आर्थिक सहयोगमा अर्जुनचौपारी- ६ र ७ मा फैलिएको वन क्षेत्रमा वृक्षरोपण भएको हो । वनमा खयर २ हजार ५ सय, सिमल १ हजार ५ सय, सिरिस ८ सय, यपिलिपि १ हजार ५ सय, सजीवन ८ हजार ५ सय, बाँस १ सय ५० र बकाइनोको चार सय गरी १५ हजार ५० बिरुवा रोपण गरिएको उक्त वनका अध्यक्ष रुद्रबहादुर खत्रिले बताए ।
(e kantipur support )

No comments:

Post a Comment