Monday, August 2, 2010

तरकारीको मूल्य आकासियो !

जिल्लामा तरकारीको भाउ आकासिएको छ । बाहिरी जिल्लाबाट तरकारी भित्रन छाडेपछि जिल्लामा तरकारी अभाव हुँदा महँगी बढेको हो ।

पुतलीबजारकी संगीता रानाले तरकारी किनेर खान सक्ने अवस्था नरहेको बताइन् । जिल्लामा अहिले बोडी प्रतिकिलो १ सय, घिरौंला ८० र आलु ४० रुपैयाँ छ । बढेको मूल्य तिर्दा पनि तरकारी नपाएको पुतलीबजारका थोक तरकारी बिक्रेता झिन्कु जैसवाल बताउँछन् । वषर्ा लागेपछि तरकारी उत्पादन कम भएको र उत्पादित पनि चाँडै कुहिने भएकाले तरकारीको अभाव भएको बागबानी विकास अधिकृत विष्णुकुमार श्रेष्ठले बताए । उनले भने, 'उत्पादनको तुलनामा माग बढी भएकाले महँगी बढेको हो ।'

जिल्लामा दैनिक करिब ५ सय क्विन्टल तरकारीको माग छ ।

त्यसको आधा पनि आपूर्ति नभएको व्यापारी बताउँछन् । माग बढेका बेला आफूहरूले तरकारी पुर्‍याउन नसकेको कृषक कृष्ण प्रसाद रेग्मीले बताए ।
(बसन्ती बास्तोला)

No comments:

Post a Comment