Sunday, August 1, 2010

ह्याप्पी फ्रेण्डसीप डे !

सबै साथी भाईसँग यो मित्रता गाढा र प्रगाड रहोस् , तपाईंका बिचारहरुको सम्म्मान गर्दै ; जहिले पनि Creative and Innovative कुरो र चुरोमा सहभागिता आत्मियता जताउदै यो ई स्यांग्जा(esyangja) साथीत्वको लागि मरी मेट्दछ । शुभ रहोस् यो "मित्रता दिवस " HAPPY FRENSHIP DAY
कमसेकम आफ्ना बालापन देखि हालको उमेरसम्मका साथीहरु कता–कता छन भन्ने यसले सम्झाउन सघाउ पुयाउ“छ । सायद, यस्तै कुरालाई महशुस गरेरै यो डे मनाउन थालिएको हुनुपर्छ | त्यो अभियान लाई हामी पुरा गर्ने छौ !
अहिलेको युवा पुस्ता इन्टरनेट फ्रेन्ड्ली छ, विश्वलाई पल भरमै बुझ्छ र आवश्यक
रहनसहनलाई फलो गर्छ !
अगष्ट महिनाको पहिलो आइतबार आज विश्व मित्रता दिवस मनाइँदैछ । सन् १९३५ मा अमेरिकी काङ्ग्रेसले अगस्ट महिनाको पहिलो आइतबार मित्रता दिवस मनाउने घोषणा गरेपछि यसको सुरुवात भएको हो ।

मित्र र मित्रताप्रति समर्पित हुने यो दिवस अमेरिकामा राष्ट्रिय दिवसको रुपमा मनाइन्छ ।

मित्रता दिवसको अवसरमा पछिल्लो समय नेपालमा पनि साथीभाईसँग भेटघाट गरी उपहार र शुभकामना आदान प्रदान गर्ने चलन बढेको छ

No comments:

Post a Comment