Sunday, August 1, 2010

चुनाबी परिणाम: नेपालि कांग्रेस स्याङ्जाको क्षेत्रिय अधिवेशन !!

नेपालि कांग्रेस स्याङ्जाको क्षेत्रिय अधिवेशन अन्र्तगत क्षेत्र नं. १ को सभापतिमा तुलसीराम रेग्मी र क्षत्र नं. २ को सभापतिमा केदार काफले विजयी हुनुभएको छ । ३ निर्वाचन क्षेत्र रहेको स्याङ्जामा क्षेत्र नं. ३ मा हिजो हुने भनिएको अधिवेशन आजसम्मका लागि स्थगित भएको छ । क्षेत्र नं. ३ मा हिजो सभापतिका प्रत्यासी लक्ष्मण प्रसाद भटटराईमाथि आक्रमणको प्रयास भएपछि उत्पन्न विवादले निर्वाचन हुन नसकेको बताइएको छ । क्षेत्र नं. ३ बाट क्षेत्रिय सभापति पदका लागि दुई जना इश्वर खाँड र लक्ष्मण प्रसाद भटटराईको उम्मेदवारी दर्ता भएपछि भटटराई माथि अक्रमणको प्रयास भएको हो । भटटराई माथि खाँड पक्षले आक्रमण गरेको हुनसक्ने अनुमान गरीएपनि पुष्टी हुन सकेको छैन् । उक्त आक्रमणबाट पकवादिका हरि खनाल र परशुराम खनाल घाइते भएका छन् । हिजो स्थगित अधिबेशन आज ८ बजे शुरु हुने नेपालि कांग्रेस गल्याङ्ले जनाएको छ । यसैविच स्याङ्जाको अर्काे निर्वाचान क्षेत्र नं. २ शान्ति पुर्ण रुपमा निर्वाचन सम्पन्न भएको छ । क्षेत्र नं. २ को क्षेत्रिय सभापतिमा केदार काफले निर्वाति हुनु भएको छ भने सचिवमा प्रकाशमान सिहं थापा, कोषध्यक्षमा चोपनारायण श्रेष्ठ निर्वाति हुनुभएको छ । सम्पन्न अधिवेशनले महासमिति सदस्यमा खगेन्द्रराज रेग्मी, कमलप्रसाद पंगेनि, धनराज गुरुङ्, भोजराज अर्याल र कल्पना तिवारीलाई निर्वाचित गरेको छ भने महाधिवेशन प्रतिनिधिहरुमा सुर्यप्रसाद रेग्मी, कमलबहादुर खडका, सरस्वति तिवारी, कमल गुरुङ्, लिलबहादुर रणपाल, नसिबदिन मियाँलाई निर्वाचित गरेको छ । त्यस्तै गरी जिल्ला कार्यसमिति पदमा अर्जुनप्रकाश अर्याल, मुक्ति प्रसाद सुवेदी, सिमा कर्मचार्य, टेककुमारी क्षेत्री र विद्या श्रेष्ठ लगायत ७ जना निर्वाति हुनुभएको छ ।
यता क्षेत्र नं. १ स्याङ्जा बजारमा भएको क्षेत्रिय अधिवेशनले क्षेत्र नं. १ को सभापतिमा तुलसीराम रेग्मी, गोपालप्रसाद ढकाल र गोविन्द रानाभाटविच भएको प्रतिस्पर्धामा तुलसीराम रेग्मी निर्वाचित हुनुभभएको छ । भने सचिवमा प्रेमराज पौडेल निर्वाचित हुनुभएको छ । कोषध्यक्ष र ८ निर्वाचित सदस्य पदका उम्मेदवार निर्विरोध निर्वाचित भएका हुन । क्षेत्रिय कार्यसमितिको कोषध्यक्षमा चित्रबाहदुर कार्की र सदस्यहरुमा नारायण प्रसाद पोखरेल, हजरत अलि मियाँ, भिमसेन पौडेल, हिक्मत श्रेष्ठ, रामचन्द्र लमिछाने, तारामल्ल , प्रमिला श्रेष्ठ, शारदा पोखरेल निर्वीरोध चयन हुनुभएको हो । यस्तै अधिबेशनमा जिल्ला कार्य समितिमा महिला तर्फ सदस्यमा नन्द कुमारी लम्साल निर्माला र लेखमाय पौडेल, दलित तर्फ भिमबहादुर सुनार, जनताजि तर्फबाट कुमार राना, अल्पसंख्यकबाट अमिरबक्स मियाँ पनि निर्बीरोध चयन हुनुभएको छ । अधिवेशनले दलितका तर्फबाट महाधिवेशन प्रतिनिधिमा निर्वीरोध रुपमा खडकबाहदुर दर्जी लाई चयन गरेको छ । अधिबेशनले हिजो राती भएको मतगणनामा जिल्ला कार्य समितिमा खुल्ल तर्फ श्री राम उपाध्याय र सोम प्रसाद लम्साल निर्वाचित भएका छन् भने महाधिबेशन प्रतिनिधिमा खुल्ला तर्फ राजु थापा, बद्धिमान शाही, दिपक लम्साल, तुलसी गिरी, जगतबन्दु अर्याल र प्रमराज पौडेल, महिला तर्फ हिरादेबी शर्मा र देबि अर्याल, जनजाति तर्फ श्याम काजी श्रेष्ठ र अल्पसंख्यक तर्फ मुन्ना शेख निवाचित भएका छन । महासमिति सदस्य भने आज चयन हुने नेपाली काग्रेस स्याङ्जाले जनाएको छ |

No comments:

Post a Comment