Friday, January 21, 2011

वालिङ् महोत्सव को तयारी तिब्र : जागे जिल्ला बासी !


अर्जुन काफ्ले

स्याङ्जा, माघ ७ गते ।
वालिङ उद्योग वाणिज्य संघको आयोजनामा यहि माघ १४ देखि २३ गते सम्म संचालन हुन लागेको तेस्रो वालिङ् महोत्सव २०६७ तथा क्षेत्रिय औधोगिक, कृषि, पर्यटन तथा ब्यापार मेलाको तयारी तिब्र पाारिएको छ ।

      हाम्रो गौरव हाम्रो शान, वालिङ महोत्सव हाम्रो पहिचान भन्ने नाराका साथ स्याङजाको प्रमुख ब्यापारिक केन्द्र वालिङ स्थित खेल मैदानमा हुन लागेको वालिङ महोत्सवको लागि महोत्सव स्थलमा बार लगााउने र स्टल निर्माण कार्यहरु तिब्र रुपमा गरएको छ ।

      महोत्सव स्थलमा ५० प्रतिशत स्टल निर्माण भएका छन् भेने ७० प्रतिशत स्टलहरु बुकिङ भैसकेको महोत्सव प्रचार प्रसार उपसमितिका संयोजक अर्जुन खनालले बताउनुभयो ।

      महोत्सव नजिकिदै जादाँँ वाालिङ्, स्याङ्जा र गल्याङ् क्षेत्रलाई बेहुली झै सिगार्न थालिएको छ । तुल– ब्यानर, ध्वजापतका र भित्ते लेखनले बजारहरुलाई सजिसजाउ बनाइएको छ ।  महोत्सबमा पर्दशनका लागि वालिङ् आसपासका क्षेत्रमा हस्तकला, बासबाट सामाग्री बनाउने कार्यलाई तिब्र पारिएको छ । त्यस्तै महोत्सव स्थलमा प्रदर्शनका लागि स्थानिय महिलाहरुले तान लगाएर धागोबाट आर्कषक सामाग्रीहरु बनाइरहेका छन् ।

      वालिङ  आसपासका क्षेत्रको आर्थिक तथा सामाजिक उत्थान, उद्योग ब्यापार, शिक्षा, स्वास्थ्य, कृर्षि, पर्यटन तथा संस्कृतिको प्रवद्धनको लागि महोत्सवको आयोजना गरिएको वालिङ् उद्योग बाणिज्य संघका अध्यक्ष ले. याम बहादुर गुरुङले बताउनुभयो ।

      महोत्सवमा बाल उद्यान, पर्यटन, कृषि तथा व्यापार मेला, सांस्कृतिक कार्यक्रम स्थानिय भेषभुषाको प्रदर्शनी, अन्तर माध्यामिक विद्यालयस्तरीय नृत्य, दोहोरीगीत प्रतियोगिता, राष्ट्रिय लोकदोहोरि, आधुनिक,  तथा हास्य कलाकार मुख्य आकर्षण रहेका छन् ।

      पश्चिमाञ्चल क्षेत्रमै बिगतका बर्षहरुमा भएका महोत्सबको तुलनामा वालिङ् महोत्सव पृथक ढगले आयोजना गरिएको प्रचाार प्रसाार उप समितिका संयोजक खनालले बताउनुभयो । उहाँले कृषि मेला अन्तर्गत सुन्तला, कफी, ताजा तरकारी, अदुवा तथा जडिबुटीको प्रदर्शनी गरिने बताउनुभयो ।

       महोत्सबमा जिल्ला भित्रका ऐतिहासिक धार्मीक तथा पर्यटकिय स्थल महोत्सब स्थल भित्रै अवलोकन गराउने योजना आयोजकले बताएको छ भने लोप हुदै गएका कुडुले घर, ठेकी, खुर्पेटो, मदानी, हसिया लयातका पुराना सरसामाग्रीहरु महोत्सवबका महत्वपुर्ण आर्कषणका सामाग्री बन्ने आयोजकले अनुमान गरेको छ ।

      नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा गरिन लागेको तेस्रो वालिङ् महोत्सब तथा क्षेत्रिय ब्यापार मेलाको जिल्ला विकास समिति र वालिङ् नगर पालिकाको सहयोग रहेको छ ।

        एक सय ६० स्टल रहने महोत्सवमा स्याङ्जा, पर्वत, पाल्पा, कास्कि लगायतका जिल्लाका ३ लाख दर्शकले अवलोकन गर्ने अनुमान गरिएको  छ । महोत्सव अवधिमा पाँच करोड बराबरको आर्थिक कारोवार हुने आयोजकले अनुमान गरेको छ ।

No comments:

Post a Comment