Friday, January 21, 2011

कारागारकी बालिकालाई कपडा र पौष्टीक आहार


लोकनाथ मरासिनी

माघ ७, स्याङ्जा ।

 

      बहुविवाहको आरोपमा कारागारमा बाबु–आमासंग रहेकी साढे ४ महिनाको बालिका राधा नेपालीको संरक्षणका लागि जिल्ला बालकल्याण समिति, स्याङ्गजाले जाडोको कपडा र पौष्टिक आहार उपलव्ध गराएको छ ।

      बानेथोक देउराली गाविस–२ स्थायी घर भएका बाबु नरबहादुर नेपालीले र आमा निसा नेपाली सहित साढे ४ महिनाकी छोरी माघ ५ बाट जिल्ला कारागार रहदै आएका हुन् ।

        बहु–विवाह गरेको आधारमा अदालतले उनिहरुलाई १८ महिना कैद र जनही १० हजारका दर जरिवानाको सजाय गरेको छ ।

      सुत्केरी भई कारागार आएका महिला र बालिकाको संरक्षणमा कुनै सहयोगको व्यवस्था नभएकोले जिल्ला बालकल्याण समिति स्याङ्गजाले कारागारमा रहेका बालिकाको संरक्षणका लागि शुक्रबार एक कार्यक्रमका बिच दुई हजार बरावरको जाडोका कपडा र पौष्टिक आहार उपलव्ध गराएको हो ।

      बालिकाकी आमालाई कपडा तथा पौष्टीक आहार प्रदान गर्दै निमिक्त प्रमुख जिल्ला अधिकारी तथा जिल्ला बालकल्याण समितिका अध्यक्ष नवराज बरालले बालिका र आमाको संरक्षणका लागि जिल्ला बालकल्याण समितिले सक्दो सहयोग गर्ने बताउनुभयो ।

            बुबा–आमा दुवै जना जिल्ला कारागारका रहेपछि उनीहरुको २२ महिनाको छोरा प्रकास नेपाली र ६ वर्षकी छोरी सरिता नेपालीको संरक्षणमा समेत समस्या परेको छ ।

No comments:

Post a Comment