Saturday, January 22, 2011

डर लाग्दो ढंगले युवाहरु जनता माझ जाने बस्नेतको उदघोष !

लोकनाथ मरासिनी

माघ ८, स्याङ्जा । 
युवा संघ नेपालका केन्द्रिय अध्यक्ष महेश बस्नेतले युवा संघ अब रहर लाग्दो, भर लाग्दो र डर लाग्दो ढंगले जनताको माझमा जाने उदघोष गर्नुभएको छ । युवा संघ नेपाल स्याङ्जाद्धारा आयोजित जिल्ला स्तरीय युवा भेला तथा प्रशिक्षणको अजा स्याङ्जाको वालिङ्मा उदघाटन गर्दै अध्यक्ष बस्नेतले शान्ति र संविधान निर्माणका लागि युवाहरु सशक्त्त ढंगबाट अगाडि बढने बतउनुभएको हो । एकीकृत नेकपा माओवदी अध्यक्ष प्रचण्डले हालै ५ लाख युवाहरु विद्रोहमा उतार्ने भनि गर्नु भएको उदघोषको खण्डन गर्दै बस्नेतले युवाहरु विद्रोहि मात्रै नभई सिर्जनका संवाहक पनि भएको भन्दै युवाहरुलाई बन्दुक नभई सिप सहितको चेतनाले भरिपुर्ण पार्नुपर्नेमा जोड दिनुभयो । एक फरक प्रसंगमा बोल्दै बस्नेतले सेना नभएको पार्टि कम्युनिष्ट हुदैन भन्ने माओवदीले लडाकुलाई किन सेना समायोजन विशेष समिति माताहतमा ल्याएको भन्दै प्रश्न समेत गर्नुभएको थियो । नेकपा एमालेको युवा संगठन युवा संघ समर्थित जिल्लाका करिब ५ सय युवाहरुको सहभागिता रहेको कार्यक्रममा कांग्रेस तथा माओवदी पार्टिबाट विद्रोह गरी एमालेको युवा संघमा प्रवेश गर्ने ३५ जना युवाहरुलाई स्वागत तथा सम्मान समेत गरीएको थियो । कार्यक्रममा कांग्रेसको भातृ संगठन तरुण दल परित्याग गरी स्याङ्जा मल्याङ्कोटका मोहन गिरी, दहथुमका शोभाकान्त अर्याल, बानेथोक देउरालिका धनबहादुर खत्रि लगायत कांग्रेस समर्थित २५ र माओवदी समर्थित १० गरी ३५ जना एमाले समर्थित युवा संघमा प्रवेश गरेको युवा संघ स्याङ्जाले जानकारी दिएको छ ।

No comments:

Post a Comment