Friday, January 21, 2011

संविधान सभाको परिणमनै गलत भएको नेता अधिकारीको भनाई


लोकनाथ मरासिनी

माघ ७, स्याङ्जा ।

संविधान सभाले दिएको परिणम नै गलत भएकाले देशमा अहिले असहज अवस्था आएको नेकपा एमाले पोलिटव्युरो बैकल्पिक सदस्य खगराज अधिकारीले बताउनुभएको छ ।

      संविधानसभाको निर्वाचनमा अग्रगमन पक्षियहरु गणितिय रुपमा पछाडि पर्नु र उग्रबामपन्थी तथा यथास्तीतिबादीहरु अगाडि जानुनै अहिलेको अन्यौलग्रस्त अवस्थाको प्रमुख कारण भएको अधिकारीको दावि थियो ।

      नेकपा एमाले स्याङ्जाको प्रतिनिधि परिषदको बैठक उदघाटन सत्रलाई आज स्याङ्जामा सम्बोधन गर्दै नेता अधिकारीले देशको अग्रगमनकारी शत्ति नेकपा एमालेनै भएको जिकीर गर्नुभयो ।

       उग्रबामपन्थीहरु जसले बन्दुकबाट सक्ता कब्जा गर्न खोज्थे र जुन यथास्तीतिबादीहरु राष्ट्रमा कुनै परिवर्तन चाहदैनथे उनिहरुको हार जनआन्दोल ६२÷६३ मा भैसकेको भन्दै दोस्रो जनआन्दोलन दुबै पक्षले अपनाएको बाटो असफल भै अग्रगमन पक्षधरहरुको जित हो भन्नुभएको छ ।

       संविधानसभाको सकिएको म्याद थप्नमा समेत एमालेको मुख्य भुमिका रहेको भन्दै माओवदी र कांग्रेस दुबैले संविधानसभा नचाहेको आरोप लगाउनुभयो ।

      स्याङ्जाको बालमन्दीर हलमा भएको भेलालाई सम्बोधन गर्दै नेता अधिकारीले पार्टि भित्र केहि गुटबन्दी भएपनि तल्लो तहबाटनै गुटबन्दीका आधारहरु तय हुनु दुःखद भएको बताउनुभयो ।

       नेतृत्वमा रहेका नेताहरुलाई उचित बाटो देखाउनुपर्नेमा आफै जिल्लास्तरमा गुटबन्दी गर्न तर्फ लागेको भन्दै जिल्लास्तरीय नेतृत्वको अलोचना गर्नुभएका अधिकारीले हिजो अध्यक्ष खनालमाथि भएको दुव्यवाहरप्रति पनि खेद प्रकट गर्नुभएको थियो ।

      पछिल्लो समयमा देशमा विभिन्न जातजाजिको नाममा संगठनहरु खोल्ने कार्य पनि विकृतिका रुपमा अगाडि बढदै गरेको बताउदै अधिकारीले सचेत हुन आग्रह गर्नुभएको थियो ।

      नेकपा एमालेको सम्पन्न आठौ महाधिवेशनपश्चातको पहिलो प्रतिनिधि परिषदको बैठक उदघाटन सत्रमा नेकपा एमाले केन्द्रिय कमिटि सदस्य तुलबहादुर गुरुङ, सल्लाहाकार परिषद सदस्य प्रेमनारायण पौडेल, टेकु नेपाली, केन्द्रिय कमिटि बैकल्पीक सदस्य चुडामडि जङ्गली, नेकपा एमाले स्याङ्जा क्षेत्र नं. १ का राष्ट्रिय प्रतिनिधि परिषद सदस्य नारायणप्रसाद मरासिनी, क्षेत्र नं. २ का पदमा अर्याल, क्षेत्र नं. ३ का ढाकाराम अर्याल लगायतले शान्ति र संविधानका लागि नेकपा एमालेले खेलेको भुमिका लगायतका विषयमा बोल्दै पार्टि भित्र गुटबन्दी देखिनु दुःखद भएको बताएका थिए ।

       नेकपा एमाले स्याङ्जाका अध्यक्ष चक्रबहादुर पराजुलीको अध्यक्षतामा सम्पन्न उदघाटन सत्रको संचालन सचिव पुण्य भुषालले गर्नुभएको थियो ।

      कार्यक्रममा नेकपा एमालेमा प्रवेश गरेका नव प्रवेशीहरुलाई स्वागत तथा सम्मान समेत गरीएको थियो ।

      आज बाट सुरु भएको बैठक भोलि सम्म चल्ने छ । कार्यक्रमको उदघाटन गर्न एमाले महासचिव इश्वर पोखरेल आउने भनिएपनि अन्तीम समयमा उहँको कार्यक्रम स्थगित भएपछि खगराज अधिकारीले उदघाटन गर्नुभएको हो ।

      प्रतिनिधि परिषद बैठकले जिल्ला अधिवेशनपछि जिल्लामा भएका कामहरुको अनुमोदन, आर्थिक प्रतिवेदन पारित तथा जिल्ला कमिटिलाई सुझाव दिने एमाले स्याङ्जाले जनाएको छ ।

No comments:

Post a Comment