Tuesday, January 18, 2011

कृषकको आय न्युनतम १० हजार बृद्धि गर्ने लक्ष्य

लेखक/सम्बाद दाता 
लोकनाथ मरासिनी

माघ  ४, स्याङ्जा ।

न्युन आय स्तर भएका कृषकहरुका लागि तरकारी खेतिको माध्यमबाट २ वर्षको अवधिमा न्युनतम १० हजारका दरले अया स्तरमा बृद्धि गर्ने उद्धेश्यका साथ साना कृषकको बजार पहुच कार्यक्रमले आफ्नो योजना सार्वजनिक गरेको छ ।

जिल्लाका ग्रमिणभेगहरुमा रहेका कृषकहरुका लागि लक्षीत गर्दै स्याङ्जामा आगमि २ वर्षका लागि लागु भएको सो कार्यक्रमले अन्य कार्यक्रमहरु पुग्न नसकेको ठाउँमा पुगि कृषकलाई सेवा प्रदान गर्ने जानकारी गराएको हो ।

   स्याङ्जा सदरमुकाममा मंगलबार एक कार्यक्रमको अयोजना गरी जिल्लाका अन्य विभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थाहरुसँगको समन्वयमा कार्यक्रमलाई प्रभावकारी बनाउने जानकारी दिएको हो ।

   बेलायतको अन्तराष्ट्रिय विकास विभागको आर्थिक सहयोगमा देशका विभिन्न १६ जिल्लाहरुमा संचालन भएको कार्यक्रम मध्य स्याङ्जामा पनि यस्तो कार्यक्रम लागुभएको हो ।

   जिल्लाका २ हजार २ सय घरधुरी साना कृषकहरुलाई उन्नत प्रविधिबाट बढि मुल्य पर्ने तरकारी वालिहरुको उत्पादन, उचित बजार व्यवस्थापन गरी बेमौसमी तरकारी खेतीको माध्यमबाट कृषकहरुको अम्दानि बृद्धि गर्ने संस्थाले जनाएको छ ।

      कार्यक्रम जिल्लाका पुतलिबजार, ठुलाडिहि, बहाकोट, पौवौगौडे, टक्सार, आरुचौर, रापाकोट, केउरेभञ्ज्याङ्, मल्याङ्कोट, शेखाम, चिन्नेवास, फेदीखोला, आरुखर्क, दहथुम, ढापुकमा लागु हुने कार्यक्रम अधिकृत कल्पना धितालले जानकारी दिनुभयो ।

   कार्यक्रममा बोल्दै बरिष्ठ कृषि विकास अधिकृत चेतनाथ अधिकारीले कृषि र कृषकका हक हितका पक्षमा हुने सम्पुर्ण कार्यक्रमहरुमा आफ्नो साथ र सहयोग रहिरहने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

   जिल्ला डिभिजन सहकारी कार्यलयका प्रमुख कृष्णप्रसाद पौडेल, कार्यक्रम क्षेत्रिय संयोजक वेदकुमार श्रेष्ठ लागायतले बोल्नुभएको थियो ।

   जिल्ला स्थीत विभिन्न राजनितिक दलका प्रतिनिधि, संघ संस्था तथा सरकारी कार्यलयका प्रमुखहरुको सहभागिता रहेको सो गोष्ठिमा कृषकहरुले उत्पादन गरेको तरकारीको बजारको र मुल्यको ग्यारेन्टी नहुनु कृषकका लागि दुखद पक्ष भएको भन्दै कार्यक्रमले त्यस तर्फ पनि सोच्नुपर्नेमा सहभागिहरुले जोड दिएका थिए ।

   संस्थाका अध्यक्ष हरिप्रसाद सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कार्यक्रम अधिकृत कल्पाना धितालले कार्यक्रमका बारेमा जानकारी प्रस्तुत गर्नुभएको थियो ।

  आधिखोला कृषि उपज बजार तथा सुचना केन्द्रका सचिव ढुण्डीराज न्यौपानेले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा सदस्य हरीकुमारी गौतमले संस्थाको पृष्ठभुमि र विगतमा गरेको कार्यको जानकारी प्रस्तुत गर्नुभएको थियो  भने संचालन संस्थाका ऋषि पौडेलले गर्नुभएको थियो ।

No comments:

Post a Comment