Saturday, January 8, 2011

ओरस्टे मा कृषि सहकारी संस्था लिमिटेड को साधरण सभा आज सम्पन्न


रेडियो स्याङ्गजा 

लोक नाथ मरासिनी ,२४ पुष 

समावेशी कृषि सहकारी संस्था लिमिटेड ओरष्टे ४ मिलन टोल स्याङ्जाको पहिलो वार्षिक साधरण सभा आज सम्पन्न भएको छ । गाविस भित्र रहेका कृषकहरुको जिवनस्तरी बृद्धि गर्नका लागि व्यवसायिक कृषि प्रणालिको विकास गर्ने उद्धेश्यले संचालित सहकारीले साधरण सभा सम्पन्न गरेको हो । गाविस भित्रका ४०७ जना शेयर सदस्य रहेको सहकारी साधरण सभाको एक कार्यक्रमका विच सहयोगि संस्था सुर्यादय क्लबका मोतिप्रसाद मरासिनीले उदघाटन गर्नुभएको थियो । संस्थाका अध्यक्ष टोपबहादुर थापाको सभापतित्वामा सम्पन्न कार्यक्रम संस्थाको प्रगति प्रतिवेदन राधा पौडेलले तथा लेखा प्रतिवेदन कोषध्यक्ष निलबहादुर रानाले प्रस्तुत गर्नुभएको थियो । संस्थाका सचिव जुनुमाया पौडेलले संचालन गर्नुभएको कार्यक्रममा स्वागत मन्तव्य सदस्य ज्यानबहादुर आलले गार्नुभएको संस्थाले जानकारी दिएको छ ।

साहुथधर बचत तथा ऋण सहकारी संस्था लिमिटेड को साधरण सभा सम्पन्न

रेडियो स्याङ्गजा

साहुथधर बचत तथा ऋण सहकारी संस्था लिमिटेड भाटखोला ३ स्याङ्जाको वार्षिक साधरण सभा आज सम्पन्न भएको छ । साधरण सभाले आर्थिक वर्ष ६६÷६७ सम्मको १७ लाख ७५ हजार ५ सय ७४ रुपैयाको लेखा परिक्षण प्रतिवेदन अनुमोदन  तथा ६७÷६८ का विभिन्न प्रस्तावित कार्यक्रमहरुको स्वीकृती गरेको छ । संस्थाले कृषकहरु तथा मजदुरहरुलाई प्ेशा प्रति आकर्षति गर्नका लागि पेन्सन योजना संचालनमा ल्याउने निर्णय समेत गरेको छ । सो योजना अन्र्तगत कृषक तथा मजदुरहरुले मासिक ५ सयका दरले २० वार्ष  सम्म रकम जम्मा गर्नुपर्ने संस्थाले जानकारी दिएको छ । १७२ जना शेयर सदस्य रहेको संस्थाले संचालित विभिन्न योजना अन्र्तगत बाल खुत्रेके, नियमित अनुशाशित बचत कर्ता र व्यवसायमुल कृषकलाई आज सोहि कार्यक्रमका विचमा सम्मान समेत गरीएको छ । संस्थाका अध्यक्ष मिनबहादुर रानाभाटको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रगतिशिल बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष केशव शर्मा, माओवदी भाटखोला इन्चार्ज पुर्णबहादुर रानाभाट, एमाले क्षेत्र नं. १ क्षेत्रिय सदस्य गिता शर्मा, लोखा संयोजक चेतबहादुर रानाभाट लगायतले बोल्नुभएको थियो । संस्थाका सचिव तथा व्यवस्थापक रेशमलाल रानाभाटले संचालन गर्नुभएको कार्यक्रममा उपाध्यक्ष गोविन्द रानाभाटले स्वागत मन्तव्य राख्नुभएको थियो । विभिन्न संस्कृतिक कार्यक्रमहरु सहित सम्पन्न कार्यक्रममा आफ्नो पुरानो परम्परालाई बचाई राख्ने उद्धेश्यले खाजाको रुपमा पारम्परागत पानि रोटिको प्रयोग गरीएको संस्थाले जानकारी दिएको छ !



शिवालय उच्च माध्यामिक विद्यालय जगत्रदेवी गाउँ विकास समिति वडा नं. ३ बलाम गुठीको  ४५ औँ वार्षिकोत्सव कार्यक्रम



शिवालय उच्च माध्यामिक विद्यालय जगत्रदेवी गाउँ विकास समिति वडा नं. ३ बलाम गुठीको  ४५ औँ वार्षिकोत्सव कार्यक्रम विभिन्न कार्यक्रमका साथ शुक्रवार सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्दै जिल्ला शिक्षा कार्यालय स्याङजाका उपसचिव दिपेन्द्र ढकालले समय परिस्थिती  अनुकुलको शिक्ष दिन नसके सरकारी विद्यालय धर्मशालामा परिणत  हुन सक्ने भन्दै  शैक्षिक विकासका लागि त्रिपक्षीय सम्बन्ध समधुर हुनुपर्नेमा जोड दिनु भयो  ।  कार्यक्रममा विद्यालय निरिक्षक तोयानाथ लम्साल, स्रोत व्यक्ति झवनाथ शर्मा ,गल्याङ बहुमुखी क्याम्पसका प्रमुख गोविन्द सिग्देल ,गा.वि.स.का पुर्व अध्यक्ष लक्ष्मण कुमार श्रेष्ठ, अभिभावक नमिन्द्र श्रेष्ठ, ढाकाराम न्यौपाने, महोन कमाचार्य लगाएतले बोल्नुभएको थियो । कार्यक्रममा विद्यालयलाई विभिन्न क्षेत्रमा योगदान पुराउने विभिन्न व्यक्तित्वहरुलाई दोसल्ला तथा प्रमाण पत्रले सम्मान समेत गरीएको थियो ।

ग्रमिण स्वालम्बन बहुउद्धेश्य सहकारी संस्था लिमिटेड अर्जुनचौपारी स्याङ्जाको ८ औ वार्षिक साधरण सभा  सम्पन्न :



ग्रमिण स्वालम्बन बहुउद्धेश्य सहकारी संस्था लिमिटेड अर्जुनचौपारी स्याङ्जाको ८ औ वार्षिक साधरण सभा आज सम्पन्न भएको छ । अर्जुनचौपारी भित्रका सम्पुर्ण ११ सय ४ घरधुरीनै सेयर सदस्य रहेको संस्थाको साधरण सभाले ३ करोड ४७ लाख १५ हजार ५ सयको अगामि आर्थिकवार्षको अनुमानित कारोबार विवरण समेत अनुमोदन गरेको छ । सहकारीका अध्यक्ष दिर्घनारायण अर्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्याङ्जाका पुर्व साप्काका इन्जीनियर तथा रामपुर क्याम्पसका प्रध्यापक ओमप्रकाश सिंह, तोयानारायण रिजाल, अम्बिका रोकाहा, क्षेत्रबहादुर रोकाहा, उत्तम थापा, थानापति न्यौपाने लगायतले बोल्नुभएको थियो । लेखा समितिका संयोजक धनबहादुर गुरुङ्ले लेखा प्रतिवेदन तथा शालिकराम काफ्ले संस्थको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको कार्यक्रमको संचालन बोधनारायण रेग्मीले गर्नुभएको थियो भने संचालन प्रेमबहादुर थापाले गर्नुभएको थियो ।

भाटखोलामा प्लाष्टिक नियन्त्रण परियोजना कार्यक्रम

सामाजिक रुपान्तरण तथा बातावरण सुधार गर्न कालो प्लाष्टिक नियन्त्रण गर्नुपर्नेमा विषयमा स्थायिन युवाहरुको सक्रियतामा स्याङ्जाको भाटखोलामा आज एक कार्यक्रम सम्पन्न भएको छ ।  सहारा समुह स्याङ्जाको सहयोगमा जनप्रिय उच्च मावि भाटखोलामा गठित युवाक्लबको पहलमा प्लाष्टिक नियन्त्रण परियोजना कार्यक्रमका विषयमा स्थानिय व्यापारी, संस्घ संस्थाका प्रतिनिधि, शिक्षक बुद्धिजिविहरु तथा विद्यार्थिहरुविच छलफल भएको हो । कार्यक्रममा प्लाष्टिकको झोला प्रयोगलाई विस्तारै कम गर्दै लैजाने त बातावरण सुधारमा पहल गर्ने प्रतिबद्धता व्यक्त गरीएको छ । भेलामा उपस्वास्थ्य चैकीका प्रमुख नगेन्द्र पौडेल, जनप्रिय उच्च माविका प्रचार्य बलराम दोरंगा, रेडक्रस उपशाखाका सभापति मिनबहादुर रानाभाट, परशुरामा रानाभाट, कृष्ण शर्मा, शिक्षक लालबहादुर क्षेत्री, भीमप्रसाद सुवेदी विद्यार्थि ओशन रानाभाट, मनिषा अधिकारी लगायतले बोल्नुभएको थियो । मोहन रानाभाटको सभापतित्वमा सम्पन्न कार्यक्रमको संचालन सचिव नविन विकले गर्नुभएको थियो ।

एच. आई. भि सचेतना कार्यक्रम

मालुङ्गा गाउँ विकास समिति स्याङ्जाका स्थानिय अगुवाहरुले एच.आई.भि प्रभावित तथा संक्रमितहरुप्रति हुने लान्छना तथा भेदभावलाई कम गर्ने सामुहिक प्रतिबद्धता व्यक्त गरेका छन् । स्याङ्जा सपोर्ट ग्रपको सकरात्मक रोकधाम कार्यक्रम अन्र्तग  मालुङ्गामा आयोजित कार्यक्रममा उनिहरुले सामुहिक प्रतिबद्धता व्यक्त गरेका हुन् । उनिहरुले मैले एच. आई. भि सङ्क्रमितहरुसँग बस्दा खादा भेदभाव गर्दा भेदभाव गर्ने छैन्, मानसिक चोट पुग्ने व्यावहार गर्ने छैन्, भेदभाव घटाउने प्रयास गर्ने छु जस्ता प्रतिबद्धता व्यक्त गरेका हुन् । कार्यक्रममा गाविसका प्रत्यक वडाका महिला स्वयमसेवीकाहरु, गाविसका संयन्त्रहरु, शिक्षक, विभिन्न क्लबका प्रतिनिधि, संक्रमित तथा प्रभावित लगायतको सहभागिता रहेको  थियो । एच.आई.भि एडसका बारेमा अनुभुति गराई सङक्रमितहरुलई समुदायमा बस्ने बातावरणको विकास गर्ने, राम्रो व्यवहारका लागि अगुवाहरुलाई सचेत गराउने उद्धेश्यले कार्यक्रम संचालन गरीएको हो । कार्यक्रममा गाविस सचिव डोलराज बस्याल, स्थानिय स्वास्थ्य चौकिका प्रमुख डा लक्ष्मीकान्त शर्मा लागायतले बोल्नुभएको थियो । स्याङ्जा सपोर्ट ग्रुपका सदस्य मैना सेनको अध्यक्षतमा सम्पन्न कार्यक्रममा परियोजना संयोजक विजय ज्ञावलीले प्रशिक्षण प्रदान गर्नुभएको थियो भने संचालन लक्ष्मी जिटीले गर्नुभएको थियो ।

ओरष्टे, टक्सार तथा पंचमुल र आरुचौर गाबिस मा एमाले प्रशिक्षण

नेकपा एमाले स्याङ्जाले कार्यकर्ता प्रशिक्षण अभियनलाई तिव्र पारेको छ । यसै अन्र्तगत ओरष्टे, टक्सार तथा पंचमुल र आरुचौर गाउँ कार्य समितिको अयोजनामा प्रशिक्षण  भेलाहरु सम्पन्न भएको समचार प्रप्त भएको छ ।
ओरष्टे गाविसमा  एमाले जिल्ला कमिटि अध्यक्ष चक्रबहादुर पराजुलीको नेतृत्वमा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । जसमा पुर्वजिल्ला कमिटि सदस्य चुनप्रसाद शर्मा, क्षेत्रिय कमिटि सदस्य थमनराज गुरुङ् लगायतले प्रशिक्षण प्रदान गर्नुभएको थियो । गाविसका  १५० जनाको सहभागिता रहेको कार्यक्रमको अध्यक्षता गाउँ कार्य समिति अध्यक्ष तारापति पोखरेलले गर्नुभएको थियो भने संचालन सचिव बालनन्द पोखरेलले गर्नुभएको थियो ।
त्यस्तै टक्सार गाउँ विकास समितिमा नेकपा एमाले राष्ट्रिय प्रतिनिधि परिषदका सदस्य नारायण मरासिनीको नेतृत्वमा प्रशिक्षण कार्य सम्पन्न भएको छ । जसमा एमाले जिल्ला कमिटि उपसचिव सुधिर पौडेल सचिवालय सदस्य सिमा क्षेत्रि, जिल्ला कमिटि सदस्य देवी थापा, खडकराज सुवेदी, क्षेत्रिय कमिटि सदस्य विश्व पौडे, लोकनाथ रेग्मी लगायतले प्रशिक्षण प्रदान गर्नुभएको थियो । गाउँ कार्य समितिका अध्यक्ष गोपिनाथ घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन पोबनाथ पौडेलले र्गुभएको थियो भने स्वागत इमान विक्रम केसीले गर्नभएको थियो ।
त्यस्तै पंचमुल र आरुचौर गाउँ कमिटीको आयोजनामा संयुक्त प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । पंचमुल गाउँ कार्य समितिका अध्यक्ष नारायण अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन आरुचौरका सचिव इश्वरी चापागाईले गर्नुभएको थियो भने आरुचौरका अध्यक्ष टंक सापाकोटाले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा अंचल कमिटि सल्लाहाकार परिषद सदस्य कृष्ण गुरुङ् लगायतले प्रशिक्षण प्रदान गर्नुभएको थियो ।

एमाले को रामकोष फलबारीमा बृहत सहभोज कार्यक्रम सम्पन्न

रेडियो स्याङ्गजा 
नेकपा एमाले पुतलिबजार नगरपालिका वडा नं. ९ स्याङ्जाको अयोजनामा आज रामकोष फलबारीमा बृह सहभोज कार्यक्रम सम्पन्न भएको छ । जिल्लास्तरका देखि वडा स्तरका विभिन्न नेता कार्यकर्ताहरुको सहभागिता रहेको कार्यक्रममा ५०० जनाको सहभागिता रहेको वडा कमिटिले जानकारी दिएको छ । एमाले स्याङ्जाका सचिव पुण्य भुषलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा स्थानिय पार्टिका क्रियाशिल पुराना कार्यकर्ता हर्कबहादुर केसीलाई सम्मान समेत गरीएको थियो । वडा कमिटि अध्यक्ष विश्वप्रकाश मल्लाको सभापतित्वमा सम्पन्न कार्यक्रमको संचालन राजेश पुरीले गर्नुभएको अमृत श्रेष्ठले जानकारी दिनुभएको छ ।

एमाले कार्यकर्ताहरुको प्रशिक्षण कार्यक्रम

लोक नाथ मरासिनी

नेकपा एमाले स्याङ्जाको अयोजनामा पुतलिबजार नगर क्षेत्रभित्रका विभिन्न वडाका कार्यकर्ताहरुको प्रशिक्षण कार्यक्रम आज सम्पन्न भएको छ । वडा नं. १, २, ३, ४, ५ र ११ का करीब १५० जनालाई आज प्रशिक्षण प्रदान गरीएको एमालेले जनाएको छ । पार्टि कार्यलयमा सम्पन्न प्रशिक्षण कार्यक्रममा विभिन्न वडामा एमालेमा प्रवेश गरेका नव प्रवेशिहरुलाई सपथ ग्रहण समेत गराईएको थियो । वडा नं. १ वडा कमिटि अध्यक्ष महेश श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा याज्ञ पौडेल, मोहन रेग्मी, लोकराज शर्मा लागायतले प्रशिक्षण प्रदान गर्नुभएको थियो । वडा नं. ५ वडा कमिटि सदस्य सिद्धिमान कुमालले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको संचालन मानोज मल्लले गर्नुभएको थियो ।

कांग्रेसको जनजागरण अभियान :स्याङजाका विभिन्न ठाँउमा विभिन्न कार्यक्रमहरु सम्पन्न

लोक नाथ मरासिनी

नेपाली कांग्रेसको तीन महिने जनजागरण अभियान अन्तर्गत स्याङजाका विभिन्न ठाँउमा आज पनि विभिन्न कार्यक्रमहरु सम्पन्न भएका छन् ।
यसैक्रममा खिलुङ्गदेउरालि गाविसमा एक कार्यकर्ता भेला सम्पन्न भएको छ । भेलामा बोल्दै नेपाली कांग्रेस स्याङजाका सभापति कमलप्रसाद पंगेनीले संविधान निर्माणको प्रमुख बाधक माओवदी भएको आरोप लागाउनुभयो । उहँले लोकतन्त्रको विकल्प कुनै पनि हालतमा कम्युनिष्ट हुनै नसक्ने ठोकुवा समेत गर्नुभएको थियो । कार्यक्रममा पार्टिमा लामोसमयसम्म क्रियाशिल विभिन्न व्यत्तित्वहरुलाई सम्मान समेत गरीएको थियो भने पार्टिमा नवप्रवेशिहरुलाई समेत स्वागत गरीएको कांग्रेस खिलुङ्गले जनाएको छ । कार्यक्रममा तरुणदलका तिलबहादुर केसी, नेविसंघका कुमार थापा, रेश्मप्रसाद रेग्मी, शिव रेग्मी लगायतले बोल्नुभएको थियो । गाँउ कार्य समिति सभापति तोयानाथ अर्यालको सभापतित्वमा सम्पन्न कार्यक्रमको संचालन हरिप्रसाद अर्यालले गर्नुभएको थियो भने स्वागत मन्तव्य खेमथापाले गर्नुभएको थियो  । सोहि भेलाले गाउँस्तरीय पार्टिका विभिन्न भातृ संगठनहरु समेत गनठ गरेको छ ।
नेपालि कांग्रेस नगर समिति पुतलिबजार नगरपालिका वडा नं. १० खुमलटारी स्याङ्जामा आज कार्यकर्ता भेला सम्पन्न भएको छ । भेलामा बोल्दै नेपालि कांग्रेस पुर्व जिल्ला सभापति श्रीप्रसाद जिटिले मुलुकमा लोकतन्त्र कायम रहनका लागि लोकतन्त्र बादिहरुमा एकता कायम रहनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा महाधिवेशन प्रतिनिधि मुन्ना शेख, प्रेमनारायण गौतम, जयप्रसाद गौतम, इन्द्र हमाल, मनबहादुर रोकाहा लगायतले बोल्नुभएको थियो । वडा सभापति दुर्गाबहादुर रोकाहाको सभापतित्वमा सम्पन्न कार्यक्रमको संचालन सह सचिव मनबहादुर रोकाहाले गर्नुभएको थियो ।
यस्तै नेपाली कांग्रेस पिडीखोला गाऊ कार्य समितिको आयोजनामा पिडीखोला ४ डुडेमा पनि कार्यकर्ता भेला सम्पन्न गरेको छ । कार्यक्रममा नेपाल विद्यार्थी संघ स्याङजाका सभापति गुरुप्रसाद भट्टराई, महाधिवेशन प्रतिनिधि खगिसरा भण्डारी, अजित क्षेत्री, विष्णु अधिकारी ,नेत्रप्रसाद सापकोटा, विनोद रखाली, कमलापति भूषाल लगाएतले बोल्नुभएको थियो । भेलाले जयश्वर पाण्डेयको अध्यक्षतामा १९ सदस्य गाउ कार्यसमिति समेत गठन गरेको छ । कार्यक्रमको संचालन सचिव तिलकप्रसाद चापागाईले गर्नु भएको थियो ।

Friday, January 7, 2011

कम्प्युटरबाट विद्युतको महसुल भुक्तानी

प्रकाश डोटे स्याङ्जा-२२, पौष
विद्युत महसुल तिर्न लाईनमा बस्नुपर्ने बाध्यता सहदै आएका स्याङ्जाका विद्युत उपभोक्ताहरुलाई अब सहज हुने भएको छ । नेपाल विद्युत प्राधिकरण कार्यालय जिल्ला शाखामा स्याङ्जामा कम्प्युटर प्रणाली लागु भएपछि महसुल बुझाउन सहज हुने भएको हो ।
नेपाल विद्युत प्राधिकरण केन्द्रिय कार्यालयको २२ लाख बराबरको कम्प्युटर र सफ्टवयर सहयोग र जिल्ला शाखाको करिव एक लाखको लागतमा कम्प्युटर जडान भएपछि उक्त प्रणालीबाट महसुल बुझाउन पाउने भएका हुन् ।
जिल्ला सदरमुकाम पुतलीबजार र आसपासका क्षेत्रका करिव २० गाविसका करिव १५ हजार विद्युत उपभोक्ताहरु रहेका छन्, विद्युत प्राधिकरण जिल्ला शाखाका प्रमुख ओमप्रकाश शाहले भने, उपभोक्ताहरुलाई लाईनमा बस्नुपर्ने समस्या हटेर गएको छ ।
खाता प्रणाली हुदा एउटा ग्राहकको बिल भुक्तानीको लागि करिव पाँच मिनेट लागने गर्थो । प्रमुख शाहले थपे, कम्प्युटर प्रणालीबाट एउटा ग्राहकको बिल भुक्तानीका लागि मात्रै बढिमा दर्ुइ मिनेटको समय लाग्छ ।

सम्भाव्यता अध्ययनका लागि कालिगण्डकीमा जलयात्रा

प्रकाश डोटेल स्याङ्जा-२२, पौष
ट्रेकिङ् एशोसियसन पोखराको आयोजना र कालिगण्डकी ग्रामीण पर्यटन बिकास समिति स्याङ्जाको व्यवस्थापनमा स्याङ्जाको ऐतिहासिक धार्मिक स्थल रामनदीधाम (राम्दीघाट) देखि नवलपरासी जिल्लाको देवघाट क्षेत्रसम्मको कालिगण्डकी नदीमा जलयात्रा (र्‍याफ्टिङ) तथा त्यस क्षेत्रका पर्यटकीय स्थलको सम्भाव्यताको अध्ययन शुरु भएको छ ।
कालिगण्डकी नदी किनारबाट देखिने समथर फाँट र पहाडी भागको मनोरम दृश्य तथा स्याङजा, पाल्पा, तनहुँ र नवलपरासी जिल्लामा पर्ने नदी किनारामा रहेका धार्मिक स्थलहरुको दृश्य अवलोकन गर्राई यस क्षेत्रलाई पर्यटकीय स्थलका रुपमा विकसित गर्ने उद्धेश्यले कालिगण्डकी जलयात्रा (र्‍याफ्टिङ) सहित पर्यटन क्षेत्रको सम्भाव्यता अध्ययन शुरुवात गरिएको हो ।
नेपाल सरकारले सन २०११ लाई पर्यटन वर्षघोषणा गरि वर्षशुरुवात भईसकेको समय पारेर स्याङ्जाका-९, पाल्पा-१०, तनहुँ-९ र नवलपरासीका-१० गाविस अर्न्तगत कालिगण्डकी नदीको करिव एक सय १० किलोमिटर भित्र पर्ने जलयात्रा (र्‍याफ्टिङ) क्षेत्रका पर्यटन सम्बन्धी पुर्वाधारहरुको सम्भाव्यता अध्ययन गरिने छ ।
बुधबारदेखि रामनदीधाम (राम्दिघाट) बाट सुरु भएको सम्भाव्यता अध्ययन जलयात्रा (र्‍याफ्टिङ) र पर्यटन क्षेत्रको अध्ययन ५ दिनसम्म संचालन भई नवलपरासी जिल्लाको ऐतिहासिक धार्मिक क्षेत्र देबघाटमा पुगेर पौष २५ गते समापन हुनेछ । टोलीमा एक दर्जन र्‍याफटिङ् बोटमा सरकारका प्रतिनिधि, पर्यटन व्यवसायी र पत्रकार सहित करिव ६० जना सहभागि छ ।
सम्भाव्यता अध्ययनको उद्घाटन गर्दै पश्चिमाञ्चल क्षत्रिय प्रशासक अर्जुनबहादुर भण्डारीले नेपालको उत्तरी क्षेत्रमा रहेको मुक्तिनाथदेखि देबघाटसम्मको कालिगण्डकी क्षेत्रमा पर्यटन सम्बन्धी सरकारले बिशेष योजना बनाएर पर्यटन प्रवद्धन गर्दै पर्यटन क्षेत्रको प्रचार-प्रसार गर्न सके राज्यले दिगो आर्थिक आर्जनको स्रोत बनाउन सक्ने कुरामा जोड दिएका थिए ।
सोहि अवसरमा संविधानसभाका सदस्य गोमा पाठकले विश्वमै प्रसिद्ध कालिगण्डकी नदी किनारमा रहेका क्षेत्रमा कृषिजन्य बस्तु उत्पादनको विकास गर्न सके विदेशमा खेरा गईरहेको जनशक्तिको सदुपयोग हुने स्पष्ट पार्दै नदी किनारमा रहेका बहुमुल्यका शालिकग्राम शिलाहरुको प्रचारमा राज्यले ध्यान दिए आयआर्जनको राम्रो श्रोत हुने बताइन् ।
स्थानिय स्तरमा कालिगण्डकी नदीमा जलयात्रा (र्‍याफ्टिङ) को सम्भाव्यता अध्ययन गर्न २०६५ र २०६६ सालमा जलयात्रा (र्‍याफ्टिङ) महोत्सव गरिएको भएपनि त्यो दिगो हुन नसकेको हुदा अव राज्य स्तरबाटै अध्ययन गर्न लागिएको डा. बुद्धिमान श्रेष्ठले बताए ।
ज्लयात्रामा सुन्दर पहाडहरुको खोचबाट नागबेली झैं बनेर बगेको कालिगण्डकी नदी, मनेारम फाँटहरु र त्यहाँ वसोवास गर्ने स्थानीयबासिन्दाको रहन-सहन, कला सांस्कृतिको पहिचानका बारेमा जानकारी लिन सकिने छ ।