प्रकाश डोटेल स्याङ्जा-२२, पौष
ट्रेकिङ् एशोसियसन पोखराको आयोजना र कालिगण्डकी ग्रामीण पर्यटन बिकास समिति स्याङ्जाको व्यवस्थापनमा स्याङ्जाको ऐतिहासिक धार्मिक स्थल रामनदीधाम (राम्दीघाट) देखि नवलपरासी जिल्लाको देवघाट क्षेत्रसम्मको कालिगण्डकी नदीमा जलयात्रा (र्याफ्टिङ) तथा त्यस क्षेत्रका पर्यटकीय स्थलको सम्भाव्यताको अध्ययन शुरु भएको छ ।
कालिगण्डकी नदी किनारबाट देखिने समथर फाँट र पहाडी भागको मनोरम दृश्य तथा स्याङजा, पाल्पा, तनहुँ र नवलपरासी जिल्लामा पर्ने नदी किनारामा रहेका धार्मिक स्थलहरुको दृश्य अवलोकन गर्राई यस क्षेत्रलाई पर्यटकीय स्थलका रुपमा विकसित गर्ने उद्धेश्यले कालिगण्डकी जलयात्रा (र्याफ्टिङ) सहित पर्यटन क्षेत्रको सम्भाव्यता अध्ययन शुरुवात गरिएको हो ।
नेपाल सरकारले सन २०११ लाई पर्यटन वर्षघोषणा गरि वर्षशुरुवात भईसकेको समय पारेर स्याङ्जाका-९, पाल्पा-१०, तनहुँ-९ र नवलपरासीका-१० गाविस अर्न्तगत कालिगण्डकी नदीको करिव एक सय १० किलोमिटर भित्र पर्ने जलयात्रा (र्याफ्टिङ) क्षेत्रका पर्यटन सम्बन्धी पुर्वाधारहरुको सम्भाव्यता अध्ययन गरिने छ ।
बुधबारदेखि रामनदीधाम (राम्दिघाट) बाट सुरु भएको सम्भाव्यता अध्ययन जलयात्रा (र्याफ्टिङ) र पर्यटन क्षेत्रको अध्ययन ५ दिनसम्म संचालन भई नवलपरासी जिल्लाको ऐतिहासिक धार्मिक क्षेत्र देबघाटमा पुगेर पौष २५ गते समापन हुनेछ । टोलीमा एक दर्जन र्याफटिङ् बोटमा सरकारका प्रतिनिधि, पर्यटन व्यवसायी र पत्रकार सहित करिव ६० जना सहभागि छ ।
सम्भाव्यता अध्ययनको उद्घाटन गर्दै पश्चिमाञ्चल क्षत्रिय प्रशासक अर्जुनबहादुर भण्डारीले नेपालको उत्तरी क्षेत्रमा रहेको मुक्तिनाथदेखि देबघाटसम्मको कालिगण्डकी क्षेत्रमा पर्यटन सम्बन्धी सरकारले बिशेष योजना बनाएर पर्यटन प्रवद्धन गर्दै पर्यटन क्षेत्रको प्रचार-प्रसार गर्न सके राज्यले दिगो आर्थिक आर्जनको स्रोत बनाउन सक्ने कुरामा जोड दिएका थिए ।
सोहि अवसरमा संविधानसभाका सदस्य गोमा पाठकले विश्वमै प्रसिद्ध कालिगण्डकी नदी किनारमा रहेका क्षेत्रमा कृषिजन्य बस्तु उत्पादनको विकास गर्न सके विदेशमा खेरा गईरहेको जनशक्तिको सदुपयोग हुने स्पष्ट पार्दै नदी किनारमा रहेका बहुमुल्यका शालिकग्राम शिलाहरुको प्रचारमा राज्यले ध्यान दिए आयआर्जनको राम्रो श्रोत हुने बताइन् ।
स्थानिय स्तरमा कालिगण्डकी नदीमा जलयात्रा (र्याफ्टिङ) को सम्भाव्यता अध्ययन गर्न २०६५ र २०६६ सालमा जलयात्रा (र्याफ्टिङ) महोत्सव गरिएको भएपनि त्यो दिगो हुन नसकेको हुदा अव राज्य स्तरबाटै अध्ययन गर्न लागिएको डा. बुद्धिमान श्रेष्ठले बताए ।
ज्लयात्रामा सुन्दर पहाडहरुको खोचबाट नागबेली झैं बनेर बगेको कालिगण्डकी नदी, मनेारम फाँटहरु र त्यहाँ वसोवास गर्ने स्थानीयबासिन्दाको रहन-सहन, कला सांस्कृतिको पहिचानका बारेमा जानकारी लिन सकिने छ ।

No comments:
Post a Comment