लोक नाथ मरासिनी |
पौष २१, स्याङ्जा ।
पर्यटन वर्ष २०११ को सुरुवातसँगै कालीगण्डकी नदी अन्तर्गत पहिलो पटक स्याङ्जा र पाल्पाको सीमाना राम्दीघाट देखि नवलपरासीको देवघाटसम्म -याफ्टिङ महोत्सब २०६७ सुरु भएको छ ।
ट्रेकिङ् एसोसियसनको आयोजना र कालिगण्डकी ग्रामीण पर्यटन बिकास समिति स्याङ्जाको सहयोगमा संचालन गरिएको -याफ्टिङ महोत्सबको आज पश्चिमाञ्चल क्षेत्रिय प्रशासक अर्जुन बहादुर भण्डारीले -याफ्टिङ बोटमा चढेर उद्घाटन गर्नु भयो ।
उक्त अवसरमा प्रशासक भण्डारीले मुक्तिनाथदेखि देबघाट सम्मको कालिगण्डकी क्षेत्रमा बिशेष योजना बनाएर पर्यटन पर्वद्धन गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले त्यस क्षेत्रको पर्यटन बिकासमा स्थानिय जनताको नेतृत्व हुनुपर्ने बताउनुभयो । त्यस्तै कालिगण्डकी ग्रामीण पर्यटन बिकास समितिका सल्लाहाकार डा.बुद्धिमान श्रेष्ठले पर्यटन बिकासमा सबैको चासो जानु पर्नेमा जोड दिनु भएको थियो ।
नदीवाट देखिने मनोरम दृश्य र स्याङजा, पाल्पा, तनहुँ र नवलपरासीको नदी किनारामा भएका धार्मिक स्थलहरुको दृश्य अवलोकन गराई त्यस क्षेत्रलाई पर्यटकीय स्थलका रुपमा विकसित गर्ने उद्धेश्यले कालिगण्डकी -याफ्टिङ महोत्सब २०६७ शुरु गरिएको हो ।
जलयात्राले सुन्दर पहाडहरुको खोचबाट नागबेली झैं बनेर बगेको कालिगण्डकी नदी, मनोरम फाँटहरु र त्यहाँ वसोवास गर्ने स्थानीयबासिन्दाका सांस्कृतिक पहिचानका बारेमा जानकारी लिन सकिने छ ।
-याफ्टिङ महोत्सबमा एक दर्जन ¥याफ्टिङ बोट संचालनमा ल्याइएक छन् । आज राम्दिघाट देखि सुरु भएको महोत्सव ५ दिन सम्म संचालन भई नवलपरासीको देबघाटमा पुगेर २५ गते समापन हुनेछ ।
No comments:
Post a Comment