Friday, December 31, 2010

दुर्घटनामा बृद्ध घाईते

प्रकाश डोटेल स्याङ्जा–१६, पौष
स्याङ्जाको वालिङ्बाट बिरामी लिएर पोखरा तर्फ आईरहेको लु १ ज १६९८ नम्बरको महेन्द्रा जिप पुतलीबजार नगरपालीका–१, बिष्णु पधेरामा दुर्घटना हुदा एक बृद्ध गम्भिर घाइते भएका छन् । दुर्घटनामा परि स्याङ्जा जिल्ला मनकामना गाविस घरभई पोखरा उपमहानगरपालिका रामबजार बस्ने बर्ष ७० का राज बहादुर थापा घाइते भएका हुन् । घाइते थापाको पश्चिमाञ्चल क्षेत्रिय गण्डकी अस्पताल पोखरामा उपचार भैरहेको छ । जिप ब्रेक फेल भई सडकमा पल्टिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । जिपका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

असुविधाले पर्यटन व्यवसायीहरुले गाउँ छाडे

सिरुबारी बन्यो होमस्टे तालिम केन्द्र

प्रकाश डोटेल स्याङ्जा–१६, पौष
नेपाल भ्रमण वर्ष १९९८ को अवसरमा तत्कालिन सरकारले घोषणा गरेको नेपालको पहिलो ग्रामीण पर्यटकीय क्षेत्र दरौ सिरुवारीका पर्यटन व्यवसायीहरुले समय अनुशारको सुविधा उपभोग गर्न नपाएपछि आफ्नो पुख्यौली बासस्थानलाई छाड्न बाध्य भएका छन् । पर्यटन वर्ष घोषणाको समयमा पञ्चमुल–४, सिरुबारीका ४५ मध्ये ३१ गुरुङ् घरपरिवारले होमस्टेको तालिम लिएर व्यवसाय संचालनमा ल्याएका थिए । सरकारले कागजी रुपमा मात्रै सिरुबारीलाई पर्यटकीय क्षेत्र घोषणा गरेपनि विकासका विभिन्न कार्यक्रमहरु लागु नगर्दा व्यवसायीहरु सुविधाको खोजीमा शहर तर्फ लाग्न बाध्य भएका हुन् ।
सिरुबारीमा ३१ घरपरिवारले होमस्टेको तालिम लिएका थिए । सरकारले समय अनुशार विकासका कार्यक्रम लागु गर्न सकेन् । सिरुबारी पर्यटन व्यवसायी समितिका संयोजक जुमकाजी गुरुङ् भने, समय अनुशार सुविधा उपभोग गर्न व्यवसायीहरु शहर पस्न बाध्य भएका छन् ।
हाल सिरुबारीमा पर्यटन व्यवसायलाई निरन्तरता दिएका १७ घरपरिवारले धेरै पर्यटक थेग्न नसक्ने भएका छन् । त्यहाँका व्यवसायीले एक पटकमा करिव एकसय पर्यटकलाई मात्रै सुविधा उपलब्ध गराउने सक्ने बताए ।
पर्यटकीय क्षेत्र सिरुबारीका करिव ७० गुरुङ् परिवारका अधिक सदस्यहरु भारतीय र बेलायती सेनामा कार्यरत छन् । सेवाबाट निबृत्त भएपछि सुविधाको खोजीमा उनीहरु शहर तर्फ गएका हुन् । पैसा भएर मात्रै के गर्ने ? सुविधा छैन्, बसाई सरेका व्यवसायी भन्छन् ।
जिल्ला सदरमुकामसँग जोडिएको २७ किलोमिटर कच्ची सडक मध्ये व्यवसायीले २० किलोमिटर पक्की सडकको माग गरेका छन् । सिरुबारी जोड्नका लागि अन्य क्षेत्रबाट पनि दर्जनौ स्थानमा सडक खनिएको छ । पञ्चमुल–४, का स्थानिय पर्यटन समितिका अध्यक्ष बबरसिं गुरुङ्ले भने, ग्रामीण पर्यटन क्षेत्रको महत्व जोगाई राख्न बाँकी ७ किलोमिटर सडक पैदल यात्राका लागि पिच गर्न हुदैन् ।
२०५९ सम्ममा बाह्य र आन्तरिक गरि दैनिक ४० को संख्यामा पर्यटक आउने गर्थे । पछिल्ला वर्षमा सिरुबारी आउने बाह्य पर्यटकको तुलनामा आन्तरिक पर्यटकको संख्या अधिक रहेको व्यवसायीले बताए । उनीहरु भन्छन्, विदेशी पर्यटक आउन छाडे, देशमा जारी अस्थिरताका कारणले व्यवसाय फस्टाउन सकेको छैन् ।
सिरुबारी आउने पर्यटकको सेवाबाट हुने आम्दानीले घरपरिवारको पालनपोषण र शिक्षा प्राप्तीका लागि जोहो भएको छ । व्यवसायी रिता गुरुङ्ले भनिन्, मासिक करिव १० हजार आम्दानी हुन्छ । स्थानिय स्तरमा उत्पादीत बस्तुबाट तयार पारिने खानेबस्तु दिने गछौं उनले थपिन, एकदिनका लागि अवलोकन र बाँसका लागि सिरुबारी पुग्ने पर्यटककले करिव २ हजार खर्च गर्ने गर्दछन् ।
स्वदेशी हुन् वा विदेशी सिरुबारी पुग्ने पर्यटकलाई व्यवसायीले फुलमाला र बाजागाजा सहित स्वागत गर्ने र बिधाई गर्ने परम्परा रहेको छ । व्यवसायीहरुको पहलमा रातको समयमा करिव ३ घण्टा गुरुङ् संस्कृति झल्कने कार्यक्रम प्रस्तुत गर्ने गर्दछन् ।
उता पर्यटन वर्ष २०११ लाई ध्यानमा राखेर नेपालकै पहिलो ग्रामीण पर्यटकीय गाउँ सिरुवारी होमस्टे तालिम केन्द्र बनेको छ ।
आवश्यक पुर्वाधारको अभावमा स्थानिय पर्यटक व्यवसायी गाउँ छाडने क्रम बढेको थियो । सिरुबारीलाई होमस्टे तालिम केन्द्र घोषणाको तयारीसँगै आवश्यक पुर्वाधार बन्नेमा व्यवसायी थप आशावादी भएका छन् ।
स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघको पहलमा नेपाल उद्योग वाणिज्य महासंघको सहयोगमा सिरुबारी होमस्टे तालिम केन्द्र बन्नेको संघका अध्यक्ष दिपक लम्सालले बताए । पर्यटन मन्त्रालयले केहि दिनभित्रमा औपचारिक रुपमा केन्द्र घोषणा हुने लम्सालले बताए ।
तालिम केन्द्रका रुपमा औपचारिक घोषण भएपछि सिरुबारी गाउँमा देशका विभिन्न भागमा संचालनको तयारीमा रहेका ग्रामीण पर्यटक क्षेत्रका व्यवसायीहरु समुह–समुहमा आउनेछन् । नेपाल भ्रमण वर्ष १०९८ को समयमा सिरुबारीमा थालिएको होमस्टे अवधारणाको अवलोकन तथा अनुशरण गर्दै व्यवसायीले तालिम लिने छन् ।
सिरुबारी नेपालकै पहिलो होमस्टे तालिम संचालन भएको क्षेत्र हो । त्यहाँ स्थानिय स्तरमा उत्पादीत कृषिजन्य बस्तुको प्रयोगमा पर्यटकलाई मनपर्ने खानाका परिकार बनाउने गर्दछन् ।
ग्रामीण स्तरमा पर्यटकको खानपान र बसोबासको प्रबन्ध मिलाउनेलाई होमस्टे भन्ने गरिन्छ । केन्द्र बन्ने भएपछि स्थानिय पर्यटन व्यवसायीमा उत्साह छाएको छ । सिरुबारी ग्रामीण पर्यटन मोडलमा देशका अन्य पर्यटक क्षेत्रलाई पर्यटकीय क्षेत्र बनाउने कार्य जारी छ ।
सिरुबारीको थप प्रचार हुने भयो । स्थानिय पर्यटन व्यवसायी बबरसिंह गुरुङ्ले भने, अब आन्तरिक तथा बाह्यि पर्यटकको आगमनमा बृद्धि हुने छ । गुरुङ्ले थपे, होमस्टे तालिम केन्द्र सिरुबारीको राम्रो पहिचानको अवसर पनि हो ।
समुन्द्र सतहबाट करिव २ हजार एकसय मिटरको उचाईमा रहेको सिरुबारीको माथिल्लो डाँडाँको भ्युटावरबाट पोखरा, पर्वत, बागलुङ्, तनहुँ, गोर्खा जिल्ला सहित माछापुच्छ«े, धौलागिरि, अन्नपुर्ण हिमालको प्रत्यक्ष दृश्यावोलन सकिन्छ ।
पोखराबाट यातायातको साधन प्रयोगगरि करिव १ घण्टाको यात्रापछि स्याङ्जा जिल्ला सदरमुकाम पुगि सदरमुकामबाट करिव २ घण्टाको कच्ची सडकको यात्राबाट सिरुबारी पुगिन्छ ।
सरकारले सन २०११ लाई पर्यटन वर्ष घोषणा गरि भव्य रुपमा मनाउने तयारी गरिरहेको अवस्थामा सुविधाको खोजी पर्यटन व्यवसायीहरु पुख्यौली स्थानलाई छाडेर अयन्त्रै जान थालपछि थप चुनौती थपिएको छ ।

माओवादी नसच्चिए संविधान अनिश्चितः बस्नेत

प्रकाश डोटेल

स्याङ्जा–१६, पौष ।

नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा संविधान सभा सदस्य अम्बिका बस्नेतले एकीकृत नेकपा माओवादी उग्रबामपन्थी विचारबाट नसच्चिएसम्म तोकिएको समय अवधिमा संविधान बन्न नसक्ने बताएकी छन् ।

      शान्ति प्रक्रिया शुरु भएपछि सरकार र माओवादीका विचमा विभिन्न चरणमा भएका सम्झौता र सहमतिलाई माओवादीले कार्यान्वयन गरेको छैन् ।

      नेपालि कांग्रेस स्याङ्जाले जिल्ला सदरमुकाममा अयोजना गरेको ३५ औं राष्टिय मेलमिलाप दिवस तथा दिगो शान्ति लोकतान्त्रिक संविधान हाम्रो अभियान भन्ने नाराका साथ शुरु भएको गाउँ जागरण कार्यक्रमको उद्घाटन गर्दै नेतृ बस्नेतले सो कुरा बताएकी हुन् ।

      विगतमा भएका सहमतिलाई कार्यान्वयन नगर्दा सम्म माओवादीसँग नयाँ सम्झौता हुन सक्दैन् । नेतृ बस्नेतले भनिन्, समयमै संविधान आउनका लागि माओवादी र अन्य दलको सहमति आवश्यक छ ।

      नेपाल महिला संघकी केन्द्रिय अध्यक्ष समेत रहेकी नेतृ बस्नेतले माओवदी सेना समायोजन, पुर्नस्थापना र हतियार व्यवस्थापन नहुदासम्म लोकतान्त्रीक संविधान बन्नै नसक्ने ठोकुवा गरिन् ।

      त्यस अवसरमा बोल्दै नेपाली काँग्रेस स्याङ्जाका सभापति कमलप्रसाद पँगेनीले नेपाली काँग्रेसले अंगिकार गरेको राष्ट्रियता, लोकतन्त्र र समाजवादलाई नारामा मात्र सिमित नगरेर कार्यान्वयन गर्नुपर्ने कुरामा जोड दिएका थिए ।

      कर्यक्रम बोल्ने वक्ताहरुले दिगो शान्तिका लागि काग्रेसले नेतृत्वदायी भुमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका थिए । उनीहरुले वीपी कोईरालाले लिएको सिद्धान्तबाट नेपाली काँग्रेस विचलन हुन लागेको तर्फ चिन्ता व्यक्त गरेका थिए ।

      त्यस अवसरमा काँगे्रसका नेता शिवकुमार अधिकारी, महासमिति सदस्य तुलसी गिरि, राजु थापा, शिवकुमार गिरि, भुमा पाण्डे, कल्पना तिवारी, मुन्ना सेख, लक्ष्मीकान्त रेग्मी, सरस्वती तिवारी, देवी अर्याल, लक्ष्मण भट्टराई, मधुसुदन गैरे, गुरुप्रसाद भट्टराई, मखमली श्रेष्ठ, रमणी गुरुङ्, श्रीप्रसाद जि.टी, रणबहादुर रणपाल लगाएतका वक्ताहरुले बोलेका थिए ।

गरिमाद्धारा गल्याङ्गमा पनि एटिएमा सेवा संचालनमा

लोकनाथ मरासिनी

पौष १६, स्याङ्जा । 

स्याङ्जाको वालिङमा २०६४ सालमा स्थापना भएको  गरिमा विकास बैंक लिमिटेडले गल्याङ  बजारमा पहिलो  सेवा सञ्चालनमा ल्याएको छ । आज गल्याङमा आयोजित एक कार्यक्रमका विच  सस्थाका अध्यक्ष जलेश्वर पाण्डेयले  सेवा संचालनको सुरुवात गर्नुभएको हो । उहँले सेवाको उद्घाटनका   गर्दै गाउँ देखि शहरसम्म आधुनिक बैकिङ सेवा उपल्बध गारउने आफ्नो लक्ष्मा अगाडि बढिरहेको जानकारी दिनुभएको थियो । स्थापनाको ३ बर्षमा बैकले स्याङजा, कास्की र पाल्पाका विभिन्न स्थानहरुमा ७ ओटा शाखा मार्फत सेवा प्रदान गरेको छ । बैंकले उद्यमी महिलाहरुका लागि बिना धितो सामुहिक जमानीमा कर्जा लगानी, लद्युबित्त कार्यक्रम समेत सञ्चालनमा ल्याएको छ । बैकंले आर्थिक वर्ष २०६६/६७ मा संकलित निक्षेप रु १ अर्व २२ करोड मध्ये बैकिङतर्फ रु ८५ करोड २० लाख र लद्युवित तर्फ रु ५ करोड ८७ लाख कर्जा लगानी गरी रु ३ करोड ७९ लाख संचालन मुनाफा आर्जन गर्न सफल भएको उदघाटनका अवसरमा अध्यक्ष पाण्डेले जानकारी दिनुभयो । संस्थाले चालु आर्थिक वर्षमा रु १ अर्व ६५ करोड निक्षेप संकलन तथा  १ अर्व ४३ करोड कर्जा लगानी गरी रु ६ करोड ५० लाख मुनाफा आर्जन गर्ने लक्ष्य लिएको समेत जानकारी गराइएको छ । स्याङ्जाको पुतलिबजार शाखाबाट यस अगाडिनै एटिएम सेवा संचालनमा ल्याएको बैकले वालिङ्बाट समेत छिटै सो सेवा प्रदान गर्ने बैक स्रोतले जानकारी दिएको छ ।

निर्माणको सुनिश्चितता छैन्–बस्नेत

लोकनाथ मरासिनी

पौष १६, स्याङ्जा । 

      नेपाली  कांग्रेस केन्द्रिय सदस्य तथा महिला संघ केन्द्रिय अध्यक्ष अम्वीका बस्नेतले लोकतन्त्रका आधरभुत सिद्धान्तहरुमा दलहरुविच मतभेद कायमै रहेकाले संविधान निर्माणको सुनिश्चितता नभएको बताउनुभएको छ । ३५ औं राष्टिय मेलमिलाप दिवसाका अवसरमा नेपालि कांग्रेस स्याङ्जाले आज सदरमुकाम स्याङ्जा बजारमा अयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै बस्नेतले माओवदी सेना समायोजन, पुर्नस्थापना र हतियार व्यवास्थापन नहुदासम्म लोकतान्त्रीक संविधान बन्नै नसक्ने ठोकुवा गर्नुभएको हो ।बस्नेतले संविधान निर्माण नगरी माओवदीले राजसंस्था जस्तै अर्काे तानाशाहाको परिकल्पना गरेको बताउदै कांग्रेसले लोकतान्त्रीक संविधान निर्माणका लागि लिएका अडानहरु कुनै पनि हालतमा नछाडने अठोट समेत व्यक्त गर्नुभएको थियो ।दिगो शान्ति लोकतान्त्रिक संविधान हाम्रो अभियान भन्ने नाराका साथ अयोजित कार्यक्रममा नेपालि कांग्रेस महासमिति सदस्यहरु तुलसी गिरी, शिवकुमार गिरी, राजु थापा लागायतले बोल्नुभएको थियो ।
जिल्ला सभापति कमल पंगेनिको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत कोषध्यक्ष मधुसुधन गैह्रे र संचालन सचिव लक्ष्मन प्रसाद भट्टराई ले गर्नुभएको थियो ।

Thursday, December 30, 2010

मृर्गौला पिडितलाई आर्थिक सहयोग

IMG_6045.JPG
फोटो ः सहयोग हस्तान्तरण गर्दै अध्यक्षा अनन्त कुमार श्रेष्ठ लगायतका ।।

लोकनाथ मरासिनी

पौष १५, स्याङ्जा
   स्याङ्जाको पुतलीवजार नगरपालिका वडा नम्बर ३ निवासी मृगौला पिडित गेमबहादुर कामीलाई स्याङ्जा सहयोग समाज स्याङ्जाले आर्थिक सहयोग गरेको छ ।
सूर्योदय क्लव बाडखोलामा आयोजित एक कार्यक्रमबीच देव्रे मृगौलाको समस्याबाट पिडित कामिलाई उपचारका क्रममा आर्थिक अवस्था कम्जोर बन्दै गएकाले सहयोग गरीएको हो ।
बैदेशिक रोजगारीको शिलशिलामा विरामी तथा मृत्यु भएकाहरुलाई राहत र शैक्षिक कार्यक्रम अन्तर्गत विद्यालयहरुलाई सहयोग पु¥याउदै आएको संस्था स्याङ्जा सहयोग समाजले मृगौला पिडित कामीलाई सहयोग गरेको हो ।
स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिका अध्यक्ष अनन्तकुमार श्रेष्ठले ३७ हजार, आठ सय २१ रुपैया प्रदान गरे ।

थ्रिस्टार युनाइटेड कप भलिबल स्थगित

लोकनाथ मरासिनी

पौष १५, स्याङ्जा

      २५९४ ल्होसार पर्वको अवसरमा स्याङ्जाको रापाकोट ५ सल्यानमा आयोजित क्षेत्रिय स्तरको प्रथम थ्रिस्टार युनाइटेड कप खुल्ला पुरुष भलिबल प्रतियोगिता अनिश्चितकालका लागि स्थगित भएको छ ।
 बिहिबार दरौखोला युवा परिवार अर्जुनचौपारी र कालिका युवा क्लब रापाकोट रातो विचको सेमिफाइनल खेलमा विवाद भएपछि अयोजकले अनिश्चित कालका लागि खेल स्थगित गरहेको हो ।दरौखोला र कालिका बिचको खेल १÷१ सेटको बराबरीमा रहदा  तेस्रो सेटम  विवाद भएको हो ।
प्रतियोगितामा पर्वतको लुखुं देउरालि युवा क्लब यस पुर्व फाइनलमा प्रवेश गरीसकेको छ ।
 स्थगित भएको खेल जिल्ला खेलकुद विकास समिति स्याङ्जालाई जिम्मा दिएर वालिङ् र स्याङ्जा बजारमा सुचना प्रकासन गरेर खेलाउने जनाएको छ ।
थ्रि स्टार युनाइटेड क्लब अर्जुन चौपारी – रापाकोट र तमु ह्युल छोजधीको आयोजनामा पौष १२ गतेबाट शुरु भएको प्रतियोगिता बिहिबार समापन गर्न लागिएको थियो ।
जिल्लाको सबैभन्दा धेरै धनराशी भएको पुरुष भलिबल प्रतियोगितामा स्याङ्जा, पर्वत, गुल्मी, पाल्पा लगायतका क्लबको सहभागिता रहेको छ ।

संविधान निर्माणका लागि जनदबाब आवश्यकः उपराष्ट्रपति झा

IMG_0393.JPG    ।
लोकनाथ मरासिनी

पौष १५, स्याङ्जा
  उपराष्ट्रपति परमानन्द झाले तोकिएको समयमा संविधान निर्माणका लागि जनदबाब सृजना गर्न नागरिकसँग आग्रह गर्नुभएको छ
संविधान निर्माणमा जुटनुपर्ने समयमा दलहरु संविधान बनाउनमा केन्द्रित नदेखिएकोले जनदबाब आवश्यक भएको उपराष्ट्रति झाले बताउनुभएको हो । उहाँले दलहरुसँग जनताको ठुलो अपेक्षा भएको हुदा अपेक्षा अनुरुप काम गर्न आग्रह गर्नुभयो
      स्याङ्जाको सदरमुकाम पुतलीबजार नगरपालिका–६ गुँडिखोला स्थित श्री १००८ चम्फागिरीको ९३ औं जन्मदीनको अवसरमा सन्यास आश्रममा पौष ८ गतेदेखि शुरु भएको श्रीमद्भागवत महापुराणको समापन समारोहलाई सम्बोधन गर्दै झाले संविधान लेखनलाई प्रथमिकता दिन राजनितिक दलहरुलाई आग्रह गर्नुभयो ।हामी जुन धर्ममा आस्था राखेपनि सबै धर्महरु नेपाल र नेपालीको प्राण भएको कुरामा जोड दिर्दै उपराष्ट्रपति झाले सनातन धर्म ऐतिहाकिस तथा पुरानो धर्म भएको बताउनुभयो ।
उपराष्ट्रपति झाले धार्मिक र संस्कृतिक परम्परालाई जोगाउन सबैको भुमिका उत्तिकै महत्वपुर्ण रहेको जिकिर गर्नुभयो । उहाँले एकसय ५० वर्ष पुरानो आश्रम विकास तथा समुन्नतको आधार भएको दावी गर्नुयो ।

      श्रीमद्भागवत महापुरण समापनका अवसरमा देशका विभिन्न भागमा रहेर हिन्दुधर्म मार्फत मानव तथा समाज विकासमा महत्वपुर्ण योगदान पु¥याउने करिव एक दर्जन धार्मिक व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।
IMG_0400.JPG
      श्रीमद्भागवत महापुराणको समापन पुर्व उपराष्ट्रपति परमानन्द झाले श्री १००८ चम्फागिरी सन्यास आश्रमको नवनिर्मित प्रवेशद्धारको समेत उदघाटन गर्नुभएको थियो । प्रवेशद्धार आश्रममा संकलन गरिएको करिव ४ लाखको लागतमा निर्माण सम्पन्न भएको हो ।
श्रीमद्भागवत महापुराण मुल आयोजक समितिका अध्यक्ष राजु थापाको अध्यक्षतामा भएको समापन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद वली, आश्रमका स्वामी गोविन्द गिरि, कुमार राना लगायतका वक्ताहरुले बोल्नुभएको थियो ।

      उपराष्ट्रपति झा जिल्ला आउँदा जनपथ र सशस्त्र सहितको सुरक्षा अंगलाई व्यापक रुपमा परिचालन गरि सुरक्षा व्यवस्था गरिएको थियो ।

पराजित नभएसम्म प्रधानमन्त्रीको उम्मेदावरी फिर्ता हुदैन: श्रेष्ठ

प्रकाश डोटेल स्याङ्जा–१५, पौष
नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं संविधानसभाका सदस्य गोपालमान श्रेष्ठले नेकपा एमाले एकीकृत नेकपा माओवादीको रणनीतिमा फसेको दावी गर्दै पार्टीका संसदीय दलका नेताको प्रधानमन्त्रीको उम्मेदावरी संसदबाट पराजित नभएसम्म कुनै पनि हालतमा फिर्ता नहुने बताएका छन् । स्याङ्जाको किचनास–९ को भोजप्रकाश उच्च माविको स्वर्ण जयन्ती उद्घाटन गर्दै नेता श्रेष्ठले आगामी २५ गतेबाट सुरु हुने हिउदे अधिवेशनले प्रधानमन्त्री चयन गर्ने विश्वास गरे । उनले भने माघको दोस्रो हप्ता देशले प्रधानमन्त्री पाउने छ ।
माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री हुदा जनतालाई शासन नभई हुकुम गर्न खोजेकाले असफल भएको भएको श्रेष्ठको जिकिर थियो । जनतासँग गरेका बाचा पुरा गर्न तर्फ लाग्न माओवदीलाई श्रेष्ठले आग्रह गरे ।
स्वर्णजन्यतीको कार्यक्रमलाई सम्बोधन गर्दै पुर्वमन्त्री समेत गरेका श्रेष्ठले माओवादी लडाकु समायोजन नभएसम्म संविधान जारी हुन नसक्ने बताए । उनले भने, माओवादीले चाहे अनुशारको एकदलिय संविधान पनि बन्न सक्दैन् ।
सोहि विद्यालयले प्रकाशन गरेको स्वर्ण वार्षिक स्मारीकाको समेत विमोचन गरेका श्रेष्ठले शान्तिको अभावमा दक्षा जनशक्ति समेत विदेशिन बाध्य भएको प्रति चिन्ता व्यक्त गरे ।
कार्यक्रममा नेपाली कांग्रेस स्याङ्जाका सभापति कमल पंगेनीले संघियताको नाममा मुलुकलाई विभाजन गर्दा देश टुक्रिने तर्फ पनि ध्यान दिनुपर्नेमा जोड दिर्दै नेपाललाई टुक्राउन विदेशी चलखेल बढेको बताए ।
स्वर्णजन्यती कार्यक्रम जिल्ला शिक्षा अधिकारी टोपबहादुर श्रेष्ठ, कांग्रेस महासमिति सदस्य हिरादेवी शर्माले शिक्षा विना देश विकासको परिकल्पना गर्न नसकिने बताए ।

अनमिनको म्याद थप्नुको कुनै ओचित्य छैन्: बराल

प्रकाश डोटे स्याङ्जा–१५, पौष
राष्ट्रिय जनमोर्चा नेपालका उपाध्यक्ष शंकर बरालले नेपालको शान्ति प्रक्रियालाई सघाउन आएको संयुक्त राष्ट्रसंघिय मिसन अनमिनलाई एकीकृत नेकपा माओवादीको चाहाना अनुशार थप म्याद थप्नुको कुनै ओचित्य नभएको बताएका छन् । राष्ट्रिय जनमोर्चा नोपालले देशव्यापी रुपमा संचालन गरेको एकमहिने राष्ट्रिय जनअभियान अन्र्तगत बुधबार जिल्ला सदरमुकाम स्याङ्जा बजारमा आयोजित जनसभालाई सम्बोधन गर्दै उपाध्यक्ष बरालले अनमिनलाई नेपालमै राखि अमेरीकी साम्राज्यबादको चाकडी गरेर माओवदीले शत्ता कब्जाको राणनिती अंख्तियार गरेको समेत आरोप लगाए ।
ठुला तिन दलको शत्ता लुलुप्ताले गर्दा अहिले नेपालमा राजाबादीहरु सलबलाएको आरोप लगाउँदै बरालले दलहरुले आफ्नो स्वार्थ नछोडेसम्म संविधान बन्न नसक्ने दावी गरे ।
कार्यक्रममा राष्ट्रिय जनमोर्चा नोपालका उपाध्यक्ष एवं सभासद रश्मिराज नेपाली, अखिल नेपाल किसान संघका केन्द्रिय सल्लाकार कृष्ण आचार्य, रत्तिम परिवारका महासचिव रेम राना, अखिल नेपाल जनजाति सम्मेलनका होमबहादुर राना लगायतले जातिय संघियताले देश ठुलो दुर्घटनामा पुग्ने बताएका थिए ।
कार्यक्रममा रत्तिम संस्कृतिक समुहले विभिन्न देश प्रति ओतप्रोत संस्कृतिक प्रस्तुतिहरु प्रस्तुत गरिएको थियो