Saturday, April 23, 2011

बलाम जान सजिलो कि मलाम

बसन्ती बास्तोला
लाम जानभन्दा मलाम जान सजिलो ।' यो उखान स्याङजाको श्रीकृष्ण गण्डकीमा अझै चर्चित छ । अहिले मिल्ने भएर होइन, पहिलेको कुरा सम्झँदा यो उखान छुट्दैन । नेपालकै ठूलो कालिगण्डकी 'ए' जलविद्युत परियोजना बनेको ठाउँलाई पहिले बलाम भनिन्थ्यो । यस परियोजना बन्नुपूर्व बलाम विकट रहेको उखानबाट थाहा हुन्छ । मलामी जाने काम मानसिक र शारीरिक रूपमा समेत कष्टप्रद हुने तर बलाम जान त्योभन्दा ग्राह्रो हुने भएकोले यस्तो उखान बनेको स्थानीयवासी रेश्मिराज भट्टराई -राजु) ले बताए । उनले भने, 'मिर्मीको मानिस बलाम आउँदैनथे, यताको मानिस उता जाँदैनथे ।' उनी अहिले काम परेका बेला बेलटारी र मिर्मी दिनमा १० पटकसम्म

ओहोरदोहोर गर्छन् ।

कालिगण्डकी ए परियोजनाका चालक उनले विगत सम्भिmएर भने, 'एउटै वडा पनि अर्कै देश गए जस्तो थियो ।' अहिले बाटोले गर्दा मानिसको ओहोरदोहोर बढेको छ । अवस्था फेरिएर अहिले बलाम जान सजिलो छ । गल्याङ र जिरोबाट जिप लाग्छ । कालोपत्रे सडकमा गाडी कुदाउँदै गर्दा भट्टराई कहिलेकाहीं सोच्छन्- यहाँ यो परियोजना नभएको भए हामी कहाँ हुन्थ्यौं ? उनी भारतमा गाडी चलाउँथे । यही बाटो पैदल गल्याङ पुगेर उनी भारत जान्थे ।

परियोजना बनेपछि उनीमात्र होइन, यहाँका धेरै मानिस गाउँ फर्के । उनी र भाइहरूको १ सय रोपनीभन्दा बढी जग्गा परियोजनाले लियो । क्षतिपूर्तिबापत उनले रकममात्र होइन, जागिर पनि पाए । भट्टराईले भने, 'परिवारसँग बसेर घर नजिक जागिर खानुको आनन्द केसँग तुलना हुन्छ र ?' यो परियोजना यहाँका वासिन्दाका लागि वरदान भएको उनले बताए । मानिस व्यावसायिक बने, बिजुली आयो, पानी र विद्यालयको सुविधा भयो । पहिला हातको पाँच हजारमा नबिक्ने जग्गा अहिले एक लाखसम्म पर्छ । यहाँ विदेशी र आन्तरिक

पर्यटकको घुइँचो लाग्छ । उनीहरू भन्छन्, 'यही प्रोजेक्टको असर त होला, नत्र यस्तो कुनामा

कसरी विकास हुनु ?'

'यसकै प्रभाव त हो', जैपतेकी लेखमाया थापाले भनिन् । बाटो नबन्दासम्म गल्याङबाट दिनभरको बाटो उनी चामल बोकेर घर लैजान्थिन् । त्यही घरमा अहिले गल्याङबाट एक घन्टामा पुग्छिन् । बसले नै सबैथोक बोक्छ । अझै उनलाई जिपमै काँक्रो खान मनलागेको छ । चोक-चोकमा काँक्रो, कुरकुरे र चट्पटे बेच्ने मानिस झ्याल-झ्याल आएर सोध्छन् । भनिन्, 'ओहो म त अझै ढिला जन्मन पाएको भए के-के देख्थेँ जस्तो लाग्छ ।' उनलाई आफ्ना सन्ततिको भविष्य अझ

उज्ज्वल होला जस्तो लाग्छ ।

कालिगण्डकीमा बाटो आउने रे भनेर रूखमा बोर्ड टाँसेको उनलाई भर्खर जस्तो लाग्छ । हाम्रो पालामा त यस्तै होला जस्तो लाग्थ्यो रे । तर हेर्दाहेर्दै गाउँ फेरिएको छ । छोराछारी बोर्डिङ स्कुल पढ्छन् । घरमै गाडी आउँछ । महिलाले पनि पैसा कमाउन थालेका छन् । पहिला उनी गाउँमा एक-दुई कुरा बोल्दासमेत 'यो आइमाई भलाद्मी भएर हिँडेकी' भन्थे । अहिले आफूले जान्न र सिक्नपर्‍यो, जहाँ पनि आफ्ना कुरा राख्न सकिन्छ ।' लेखमायाको आडमा सुँगुरको बच्चा च्यापेर बसेकी हनिमाया थापाले थपिन्, 'मलाई पनि त्यस्तै लाग्छ, तरकारी लगायो भने यहीं बिक्री हुन्छ । पशुपालन पनि व्यावसायिक भएको छ ।'

बिजुली आएपछि धेरैले टीभी हेर्न र कम्प्युटर चलाउन जानेका छन् । त्यसले सूचना र सञ्चारमा गाउँको पहुँच बढेको छ । स्कुल टाढा भएको कारण लेखमायाले पढ्न पाइनन् । घरमा आयस्रोतको बाटो पनि थिएन । यहाँका धेरै मानिस कामको खोजीमा भारत जान्थे । अहिले वैदेशिक रोजगारमा जाने मानिस कम छन् ।

यस परियोजनाको रेकर्डमा स्याङजा, गुल्मी र पाल्पाको गरी कुल १० वटा गाविस प्रभावित

थियो । तर यहाँका वासिन्दा २० भन्दा बढी गाविसलाई प्रभावित क्षेत्रमा राख्छन् । उनीहरूलाई यसले निकै फाइदा पुर्‍याएको अनुभव छ । ती अनुभव गर्ने मध्येका एक हुन्, पर्वतका मनबहादुर क्षत्री । कालिगण्डकीको बाँधमा चलेको स्टिमरमा टिकट काट्दै गरेका उनलाई यस परियोजनाले धेरै फाइदा पुर्‍याएको अनुभव छ  ।

बिजुली निकाल्नका लागि बाँध नबाँधेको भए यहाँ स्टिमर चल्दैनथ्यो, उनी ३ घन्टा हिँडेर सेतीवेणी जानुपथ्र्यो । सामान ढुवानीले महङ्गो पथ्र्यो । अहिले उनी स्टिमरमा सामान राखेर आधा घन्टामा सेतीवेणी पुग्छन् । उनले भने, 'उहिलेका मान्छेले काटेको दुःख त वनमान्छेले पनि काटेन ।' उनी हिँडेर गोरखपुर पुग्थे । बुटवलबाट नुन ल्याएर खान्थे । ७५ वर्षकी गोमता भण्डारीले हाँसो गरिन्, 'अहिले बाटो बनेपछि घरमा नुन हुन्न, घर नजिकै छ, ल्याउला'नि भन्ने हुन्छ ।' चिनेको पसल नजिक हुँदा पैसा नहुँदा उधारोसमेत खान पाइने । भनिन्, 'टाढा जाँदा कहाँ दिन्थे र ?'

जल यातायातले धेरैलाई रोजगारी दिएको छ । परियोजनामै पनि १ सय ८० कर्मचारीमा ९५ प्रतिशत स्थानीयवासी छन् । त्यसैले आन्दोलन र राजनीतिमा यहाँका मानिस कम सक्रिय छन् । द्वन्द्वले समेत यस क्षेत्रलाई ठूलो प्रभाव पारेन । 'किनभने यहाँका मानिसलाई अभाव र अन्त लाग्ने फुर्सद नभएर' भन्छन् परियोजनाका निमित्त प्रमुख राजेश पाण्डे । परियोजना सफल हुनुमा स्थानीयवासीको ठूलो भूमिका छ भन्ने

उनलाई लाग्छ ।

देशका धेरै जलविद्युत आयोजनामा बेला-बेला स्थानीयको ठूलो विरोध हुन्छ । योमात्र एउटा परियोजना हो, जसमा स्थानीयको विरोध भएन । उल्टो उनीहरूले वातावरण बिग्रने हुनाले यहाँ परियोजना ल्याउनहुन्न भनेर त्यसबेला विरोध गर्ने गोपाल शिवाकोटीलाई घाँस खुवाएका थिए । यसले वातावरण र संस्कृति नबिगे्रको स्थानीयवासी बताउँछन् । इटालीका नागरिक बसेकोले इटाली चोक नामकरण भएको चोक यहाँ छ । चोकमात्र इटाली भएन, स्थानीयले विदेशीको मिहेनती

स्वभाव पनि सिकेका छन् ।

कालिगण्डकीमा माछा मारेर जीवनयापन गर्ने माझी समुदायको जीवन पनि सुधि्रएको छ । उनीहरूका लागि २० वटा पक्की घर र जागिर दिइएको छ । उनीहरूका बच्चा पढ्न एउटा प्राथमिक विद्यालय छ । 'यो नहुँदो हो त यतिबेला हाम्रा छोराछोरी माछा मार्दै हुन्थे होलान्' मोहन बोटेले भने । यो परियोजनाको गुरुयोजना सन् १९७० मा बनेको थियो । सन् २००२ मा करिब २१ अर्बको लगानीमा निर्माणकार्य सम्पन्न भएको हो । यसमा ३ वटा टर्वाइन छन् । त्यसबाट वाषिर्क ८४ करोड युनिट विद्युत उत्पादन हुन्छ । यसरी विरोध नभई विद्युत उत्पादन गर्ने परियोजना बने देशमा लोडसेडिङको समस्या नपर्ने मात्र होइन, देश विकाससमेत हुने स्थानीयवासी बताउँछन् ।

Monday, February 28, 2011

सामाजिक कार्य को आर्को प्रयास;सहयोग गर्न आव्हान

श्री,सम्मानीय, माननीय, आदरणीय प्रिय दार्सिंग दहथुम गाबिस निवासी वा भू पु निवासी बुवा आमा दाजु भाउजु दीदी भिनाजु बहिनी ज्वाई भाई बुहारी छोरा छोरीमा नमस्कार महायज्ञ चली रहेको बेलामा मनमा एउटा कुरा असाध्यै खेली रहेको छ त आट म पुराउछु भनेर भगवान ले पनि भनेको हुदा संपूर्ण गाबिस का बासिन्दा लाइ यही लेख मार्फ़त आफ्नो बाच्ने अधिकार बाट कोही पनि बंचित हुन नपरोस आपत्कालीन अबस्थामा ठाऊ मा पुराएर समय मा उपचार हुन सकोस भन्ने हेतु ले एक एम्बुलेंस किन्ने योजना बनाएको छौ जस मा मलाई साथ दिने साथी हरु मा दिनेश कर्माचार्य, राजु शैयद हुनु हुन्छ हजूर हरु को सहयोग भएमा २-३ महिना भीत्र मा किनी सकिने छ अहिले को लागी १२-१३ लाख रूपिया लग्ने छ,जति सक्दो छिटो हजूर हरु को जबाफ को प्रतीक्षा मा छु, बिदेश मा रहनु भएका गाबिस निवासी बाट बढ़ी आशा मुखी छु


Correspondance Address
Rajan Kumar Chettri
Swindon, United Kingdom
Phone No:+44- 07886793460
Email:rajanchhetri@hotmail.co.uk

Rajan Kumar Chettri, United Kingdom

Thursday, February 24, 2011

विद्यार्थि आकर्षित गर्न दैनिक १ रुपैया


लोकनाथ मरासिनी

फागुन ११, स्याङ्जा ।

जनमुखि प्राथमिक विद्यालय भाटखोला ३ स्याङ्जाले आगामि शैक्षिक सत्रबाट विद्यार्थिहरुलाई आकर्षित गर्न सधै पढ्न आउ, दिनको एक रुपैयाँ विद्यालयबाट लैजाउ निति ल्याउने भएको छ ।

       विद्यालयको १९ औ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा सार्वजनिक विद्यालयहरुमा विद्यार्थिको चाप घटदै गएकोमा यस्तो निति ल्याएको प्रध्यानध्यापक  रेशमलाल रानाभाटले जानकारी दिनुभएको हो ।

      विद्यालयले ११५ अक्षय कोष अन्तर्गत २ लाख ४३ हजार ८ सय रहेको जानकारी दिएको छ ।

      विद्यालय व्यवस्थापन समितिका अध्यक्षा ठटट्बहादुर रानाभाटको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रध्यानध्यापक रेशमलाल रानाभाटले विद्यालयको शैक्षिक र अर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने संचालन शिक्षिका शान्ति रानाभाटले गर्नुभएको थियो ।

मैदान उच्च माविले स्वर्ण जयन्ती मनायो


लोकनाथ मरासिनी

फागुन ११, स्याङ्जा ।

      मैदान उच्च माध्यामिक विद्यालय बागेफडके ४ स्याङ्जाको स्वर्ण जयन्ती समारोह विभिन्न कार्यक्रम गरी सम्पन्न भएको छ ।

      स्वर्णजयन्ती समारोहको उदघाटन गर्दै स्याङ्जा क्षेत्र नं. १ का सभासद  हितकाजि गुरुङ्ले विद्यालयले शैक्षिक क्षेत्रमा पु¥याएको योगदानको कदर गर्नुभयो ।

      साथै उहाँले विद्यालयलाई सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको थियो । कार्यक्रममा विद्यालयको विकासका लागि योगदान पु¥याउनु हुने विभिन्न शिक्षाप्रेमीहरुलाई अभिन्नदन गरीएको थियो ।

      कार्यक्रममा बागेफडके ५ कि मनकुमारी गुरुङ्ले १ लाख १ हजार १ सय ११ रुपैयाको अक्षयकोष स्थापना गर्नुभएको छ । त्यस्तै विद्यालयको शैक्षिक विकासका लागि मिलन चौतारीका उपाध्यक्ष कृष्णबहादुर क्षेत्रिले ५० हजार,  बाङसिङ् २ का विश्वप्रसाद पौडेलले १ हजार १ सय, स्रोत व्यक्ति रमाकान्त पौडेलले २ हजार २० प्रदान गर्नुभएको छ ।

      विद्यालयका प्रध्यानध्यापक अर्जुनप्रसाद शर्माले ५० वर्षको संक्षित एैतिहासीक विवरण र गत वार्षको शैक्षिक र आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो ।

      सहायक प्रध्यानध्यापक काजिमान क्षेत्रिले स्वागत मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रको संचालन शिक्षक चेतनराज शर्माले गर्नुभएको विद्यालय स्रोतले जानकारी दिएको छ ।

Saturday, February 19, 2011

महासंघ स्याङ्जामा पुनः शर्मा निर्विरोध


लोकनाथ मरासिनी

फागुन ७, स्याङ्जा ।
पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघ स्याङ्जाले पुन ओमप्रकाश शर्माको अध्यक्षतामा ९ सदस्यीय जिल्ला कार्य समिति र्निविरोध चयन गरेको छ ।
सदरमुकाम स्याङ्जा बजारमा सम्पन्न दोस्रो जिल्ला अधिबेशनले उपाध्यक्षमा राधाकृष्ण डुम्रे, सचिवमा हिमलाल पराजुली, सह सचिवमा छविलाल गैह्रे, कोषध्यक्षमा गिरधारी पोखरेल तथा सदस्यहरुमा टिकाराम अधिकारी, भवानी अधिकारी, रोशन लामिछाने, मुत्ति न्यौपाने, कृष्ण न्यौपाने र विवेक अर्याललाई चयन गरेको निर्वाचन संयोजक पोमनारायण आर्यालले जानकारी दिनुभएको छ ।

त्यस्तै अधिवेशनले केन्द्रिय पार्षदमा अर्जुन काफ्ले, जानु पंगेनि र प्रदिप कोइरलालाई चयन गरेको छ ।

नेपालि कांग्रेसका केन्द्रिय सदस्य तथा सभासद गोपालमान श्रेष्ठले उदघाटन गर्नुभएको अधिवेशमा सहमतिका लागि दिनभरी प्रयास भएपनी साँझ मात्रै सर्बसम्मत भएको हो ।
अध्यक्षमा ओमप्रकाश शर्मा सहित प्रेस युनियनकै प्रकाश डोटलले समेत उम्मेदवारी दिएपनि सहमतिका लागि भन्दै डोटेलले उम्मेदावरी फिर्त लिएका थिए ।
अर्का अध्यक्षका उम्मेदावर गिरीधारी पोखरेलले समेत अन्तीम अवस्थामा आएर अध्यक्षको उम्मेदावरी फिर्ता लिई कोषध्यक्षमा बस्न सहमत भएपछि सर्वसम्मत नेतृत्व चयन भएको हो ।

Friday, February 18, 2011

सुन्तला फुल्ने बेलासम्म फल बोटमै ।।


लोकनाथ मरासिनी

फागुन ५, स्याङ्जा ।

स्याङ्जाका कतिपय स्थानहरुमा सुन्तला गोडमेल गर्ने तथा फुल लाग्ने समयसम्म बोटमै अझै सुन्तला रहदा अर्काे वर्ष कम उत्पादन हुनेमा चिन्ता व्यक्त गरीएको छ ।

      सुन्तला उत्पादनका लागि दशमै अग्रणी जिल्लाका रुपमा रहेको स्याङ्जाका कृषकहरु बजार हुदा हुदै पनि उचित मुल्यका लागि भन्दै अहिलेसम्म बोटमै सुन्तला राखि वित्रि गर्दै छन् ।

      स्याङ्जाका ठुलाडिहि, ओरस्टे , मनकामना तथा विरुवा अर्चले लगायतका स्थानमा अझै लाखै मुल्य बराबरको सुन्तला बोटमै रहेका छन् ।

      कार्तिक मंसिरमा ३०÷३२ रुपैया किलो विक्रि हुने सुन्तलाको मुल्य अहिले भने कृषकहरुले ८०/९० रुपैया पाएका छन् ।

      तर यसरी लामो समयसम्म सुन्तला बाटमै राख्दा अर्काे साल सुन्तलाको उत्पादनमा गिरावट आउने जिल्ला कृषि विकास कार्यलय स्याङ्जाका बरिष्ठ कृषि विकास अधिकृत चेतनाथ अधिकारीले बताउनुभयो ।

       आफुहरुले उचित मुल्य नपाउने तथा कोल्ड स्टोरको व्यवस्था समेत नभएकाले बोटलाई नै कोल्ड स्टोरका रुपमा मान्दै अहिलेसम्म सुन्तला राखेको ठुलाडिहि ९ का कृषक झविलाल रेग्मीको भनाई छ ।

       यता बरिष्ठ कृषि विकास अधिकृत अधिकारीले भने उत्पादनका हिसबलाई आधार मान्दा कृषकहरुले २० रुपैया किलो सम्म सुन्तला विक्रि गरेपनि नाफा नै गरेको मानिन्छ ।

      उहँले किसानको माग बमोजिम कोल्ड स्टोरको व्यवस्था हुदै गरेको र अर्काे सालसम्म तयार हुने जानकारी समेत दिनुभएको छ ।


विद्यालयद्धारा खेद प्रकट

लोक नाथ मरासिनी 
विद्यालयका प्रध्यानध्यापकले व्यवस्थापन समितिका अध्यक्ष समेतको मिलोमतोमा भ्रष्टचार गरेको भन्ने समचार बाहिर आएको प्रति जनहित निम्न माध्यामिक विद्यालय पञ्चमुल ८, माझकटेरी, स्याङ्जाले  खेद प्रकट गरेको छ ।

      माघ २७ तथा २८ गते विभिन्न संञ्चारमाध्यमहरुबाट विद्यालयमा भ्रष्टचार भएको भन्दै समचार प्रकासित तथा प्रसारित भएको प्रति विद्यालय व्यवस्थापन समिति बैठकले खेद प्रस्ताव पारित गरेको हो ।

      यस्तै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देबेन्द्र कुमार गुरुङ् तथा प्रध्यानध्यापक घनश्याम पौडेलले अजा सयुक्त विज्ञप्ती जारी गर्दै समचारको खण्डन समेत गर्नुभएको छ ।

       केहिदिन अगाडि विद्यालयमा करिब १० लाख बराबरको भ्रष्टचार भएको विद्यार्थि तथा अभिभावकले आरोप लगाउदै तालाबन्दी गरेका थियो ।

      विद्यालयमा २ दिनसम्म तालाबन्दी पश्चात प्रध्यानध्यापकको राजिनामा तथा विद्यालय व्यवस्थापन समिति पुर्न गठन भएपश्चात अहिले विद्यालयको वातावरण सामान्य भएको विद्यालय स्रोतले जानकारी दिएको छ ।

Wednesday, February 16, 2011

दहथुम क्याम्पस सन्चालनअर्थ आयोजित महायज्ञ को पहिलो दिनको तस्बिर् हरु

 दहथुम क्याम्पस सन्चालनअर्थ आयोजित महायज्ञ को पहिलो दिनको तस्बिर्, यस महायज्ञ फाल्गुन ३ देखी बयरघारीस्तिथ आदर्श बिद्यामन्दिरको प्रङनमा भाई रहेकोछ,भक्तजान हरु गुरु को स्वागत म लाम्बध





                                             

Monday, February 14, 2011

आयोजकलाई स्तब्ध पार्दै होराइजन द्धारा उपाधि कब्जा


लोकनाथ मरासिनी

फागुन २, स्याङ्जा
        आयोजक ए लाई पराजित गर्दै प्रथम डाँसीराम स्मृती कप फुटबल प्रतियोगिताको उपाधि होराइजन युथ क्लब भुम्रे वालिङ्ले हात पारेको छ ।

  स्याङ्जाको मालेबगरमा सोमबार सम्पन्न फाइनल प्रतिस्पर्धामा होराइजन युथ क्लब भुम्रेका खेलाडी बलबहादुर गुरुङ्ले खेलको दोस्रो हाफको २५ औ मिनेटमा गरेको एक मात्र गोलको सहायताले उपाधि माथि कब्जा जमाएको हो ।

      प्रतिस्पर्धात्मक खेलमा घरेलु दर्शकको समर्थन पाएको आयोजकले अन्तीम समयमा खेललाई आफ्नो नियन्त्रणमा लिन नसक्दा उपाधिबाट बन्चीत भयो ।

      प्रतियोगिताको विजेता बन्दै भुम्रेले नगद २५ हजारका साथमा कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेतामा सिमिति बनेको आयोजकले नगद १५ हजारका साथमा मेडल र प्रमाणपत्रमा चित्त बुझाएको छ ।

      नेपाल तरुण दल पुतली बजार नगर समिति स्याङ्जाको अयोजनामा माघ २५ गतेदेखि सुरु भएको प्रतियोगितामा स्याङ्जा र कास्कीका १२ टिमको सहभागिता रहेको थियो ।

      प्रतियोगितामा उत्कृष्ट खेलाडि अयोजकका विकास गुरुङ्, अनुशासित टिम रजस्थल युवा क्लब र सर्वधिक गोलकर्ताका रुपमा पेल्काचौरका खगेन्द्र पुन घोषित भएका छन् ।

Sunday, February 13, 2011

अयोजक र भुम्रे उपाधिका लागि भिडने




लोकनाथ मरासिनी

फागुन १, स्याङ्जा ।

स्याङ्जाको मालेबगरमा जारी प्रथम डाँसीराम स्मृती कप फुटबल प्रतियोगिताको उपाधिका लागि अयोजक ए र भुम्रे युवा क्लब सोमबार भिडने भएका छन् ।

      आइतबार सम्पन्न सेमिफाइनलका खेलाहरुमा पेल्काचौर यवा क्लबलाई ३–२ गोल अन्तरले पराजित गर्दै भुम्रे तथा आयोजक नेपाल तरुणदल पुतलिबजार नगर कार्यसमितिले बरजा युवा क्लबलाई २–१ ले पराजित गर्दै फाइनलमा प्रवेश गरेका हुन ।

      यसैविच आइतबार सम्पन्न पछिल्लो खेल पश्चात आयोजक र बरजा युवा क्लबका युवाहरुविच केहिबेर ढुङ्गा हानाहान समेत भएको थियो ।

      खेल खेल्ने क्रममा भएको विवादपश्चात केहिबेर स्थीत समेत असहज बनेको थियो । जिल्लाकै सर्वाधिक पुरस्कार राशि रहेको प्रतियोगिताको विजेताले नगद २५ हजारका साथमा कप, मेडल र प्रमाणपत्र प्रप्त गर्ने छन् भने उपविजेताले नगद १५ हजार सहित मेडल र प्रमाणपत्र प्रप्त गर्ने छन् ।

      नेपाल तरुण दल पुतली बजार नगर समिति स्याङ्जाको अयोजनामा माघ २५ गतेदेखि सुरु भएको प्रतियोगितामा स्याङ्जा र कास्कीका १२ टिमको सहभागिता रहेको छ ।