प्रकाश डोटेल स्याङ्जा–११, माघ
नेपाल टेलिकमको सेवा गुणस्तरीय नभएको आम नागरिकबाट गुनासो आइरहेका बेला स्थानिय बजारमा विक्रि हुने गरेको रिचार्ज कार्डमा समेत चरम लापारबाहि भएको पाइएको छ । स्याङ्जा जिल्ला सदरमुकाम पुतलीबजार नगरपालिकाको एक स्थानिय पसलबाट उपभोक्ताले खरिद गरेको पाँच सय मुल्यको रिचार्ज कार्डमा १२अंकको मात्रै कोड भेटिएपछि नेपाल टेलिकमको थप लापरबाहीको भएको पाइएको हो । १३ अंकको पिन नंम्बर हुनुपर्नेमा १२ अकंको मात्रै कोड रहेको रिचार्ज कार्ड वालिङ्ग नगरपालिका–८, त्रियासीका राजु रेग्मीले सोमबार खरिद गरेको पाँच सय मुल्यको रिचार्ज कार्ड मोवाईलमा रिचार्ज नभएपछि बताएका छन् ।
नेपाल टेलिकमको उक्त रिचार्ज कार्डमा पिन ४४१४६०४३३७५४ को १२ अंकको नंम्बर रहेको छ भने सि नं. २१९४९२९११६४ रहेको छ । पिडित रेग्मीले आफुलाई ५ सय रुपैयाको नोक्सान भन्दा पनि लाखौ सेवाग्रहिले विश्वास गरेको संस्थाको लापारवाहिको विषयमा छनविन भई कारवाहि गर्नुपर्ने माग गरे ।
नेपाल टेलिकम शाखा कार्यलय स्याङ्जामाका निमित्त कार्यलय प्रमुख एकनारायण सापकोटाले टेलिकमको समान्य त्रुटि मात्रै भन्दै टेलिकम पोखरामा गई नम्बर चेक गरी प्रमाणित भएमा अर्काे नयाँ कार्ड उपलब्ध हुने बताए ।
No comments:
Post a Comment