जिल्लामा संस्थागत रुपमा विधालयहरुको स्थापना वि. सं. १९८० साल यता मात्र हुन थालेको पाइन्छ। वि.स. १९८० सालमा स्याङजामा भिषण पहिरो गयो । ठूलो सँख्यामा धनजनको क्षति भयो र पनि पीडा र व्याथामा परेकाहरुलाई राहत सहयोग भएन । जिल्लाका मुखिया जिमुवाहरुले पीडितहरुलाई सामान्य उदारता पनि देखाएनन् । त्यसै बेलाको पीडा र व्याथाले आलिकति चतनाको संचार भयो । पण्डित पुरोहितहरुलाइ परिवार भित्रबाट सिमित शिक्षा आन्य जातजातिसम्म पनि पुग्न गाल्यो । पढनपर्छ भन्ने भावना सबैमा देखिन थाल्यो । यसरी वि.स. १९८७ देखि वि.स. १९९७ साल सम्ममा पञ्चमुल, दवानचोक, भिरकोट सेरुङ्गा, वीरठाँटीको चुवा र लिमी ठापठानामा पुर्ण सरकारी पाठशालाहरु खुले । जसलाइ भाषा पाठशाला वा आधार पाठशाला भनिन्थ्यो । यति हुँदा पनि पाठ्यक्रम आनुसारका पाठ्यपुस्तक चाँहि थिएनन।
ति पाठशालाहरुमा वेद, आग्नि स्थापना , भास्वती, सिद्वान्त, कैमुदी र सारस्वतहरु मात्र पढाईन्थ्यो । बिषयको चयन बिधार्थिहरुले नै गर्थे । स्याङजामा आधुनिक शिक्षाको थालनि भने वि.सं. २०१० सालमा मात्र भयो । भारत ब्रिटिश सेनामा भर्ति भएर हिन्दी, आंग्रेजी र गणितमा फसक्लास ( हालको टेस्ट पास) गरेका सेवा निव्रित जमदार स्वर्गिय श्री गगनसिंह राना मगर स्याङजाको त्यो पहिलो विधालयका एकमात्र संस्थपक हुन। यसरी वि. सं. २०११ साल बैशाख ११ गते सतै पुलको मुखमा एक विधालयको विधिवत स्थापना भयो । यो विधालय श्री ५ को सरकारले तय गरेको पाठ्यपुस्तकहरु पढाइने पहिलो विधालय हो। जसको नाम श्री मात्रीभूमि विधामन्दिर हो !
Ram Bahadur K.C
Putali Bazar-9
Amdanda Syangja
Putali Bazar-9
Amdanda Syangja
No comments:
Post a Comment