'यसरी कलमी गरीएको विरुवामा नेमाटोड (जुका) नलाग्ने हुन्छ ।'
प्रकाश डोटेल स्याङ्जा, २० भदौं
स्थानिय स्तरमा उत्पादीत गोलभेडा पोखरा र स्याङ्जा सदरमुकाम निकासी हुदै आएको छ । त्यस क्षेत्रका करिव १० घरपरिवार मौसमी तथा बैमौसमी तरकारी खेतीमा निर्भर रहेको छ । कृषकको भनाई अनुशार १५ रुपयाँ देखि ४० रुपयाँसम्म गोलभेडाको मुल्य रहेको छ ।
नेपालमा यो प्रविधि बंगलादेशबाट भित्रिएको हो । यस प्रविधि अर्न्तगत बंगलादेशबाट नेपाल ल्याईएको सोलानम सिसिम्व्रो फोलियम -जंगली भण्टा) को जरालाई आफुले मन परेको जातको टमाटरमा कलमी गरेपछि यो विरुवा उत्पादन हुन्छ । विज्ञका अनुसार कलमी गरेको ४५ दिनदेखि ६० दिनसम्म गोलभेडाको विरुवा र्सार्न योग्य हुन्छ।
यसरी सारेको विरुवा अरु पुराना जात भन्दा बढि प्रभावकारी देखिएको छ । यो बोटमा फल धेरै फल्ने मात्र नभई गोलभेडा पनि स्वादिलो हुने जिल्ला कृषि विकास कार्यालय स्याङ्जाका प्रमुख चेतनाथ अधिकारीले बताए ।
चाडै नविग्रने र देख्दा आर्कषक दाना हुनाले पनि ग्राहकले रुचाएको स्थानिय कृषकहरुको अनुभव छ । कलमीमा पि.एच.डि गरेका कृषि विषेशज्ञ डाक्टर महेश प्रसाद पुडासैनीले भने, 'यसरी कलमी गरीएको विरुवामा नेमाटोड (जुका) नलाग्ने हुन्छ ।'
परम्परागत गोलभेडाको जराम गाँठो परी खनीज र पानि लिनेकाममा अवरोध गर्नाले गोलभेडा राम्ररी फस्टाउन नसक्ने डा.पुडासैनीले बताए । यसरी कलमी बोट व्यवसायि कृषकको लागी धेरै लाभदायक बनेको छ
No comments:
Post a Comment