डा सम्राट अधिकारी (PHD , भौतिक शास्त्र )
प्रसिद्ध पुलिट्जर पुरस्कारप्राप्त ‘गन, जर्म एण्ड स्टिल, द फेट अफ ह्युमन सोसाइटी' जेर्ड डाइमण्डले आधुनिकयुगमा मानव विकासको दौडमा किन कुनै समाज, जाति वा राष्ट्र ज्ञानविज्ञान, कला, संस्कृति, राजनिती र आविष्कारका हिसाबले निकै अगाडी बढे तर अरू बढ्न सकेनन् भन्ने विषयको तर्कसंगत व्याख्या गरेका छन्। सबै मानिसलाई प्रकृतिले त उस्तै बौद्धिकता दिएको हुन्छ तर आधुनिक मानव इतिहासमा ज्ञानविज्ञानको भूराजनीतिक केन्द्र किन युरोपमात्रै बन्न सक्यो र संसारका अन्य क्षेत्र बन्न सकेनन् त? पपुवा न्यु गिनी तथा कतिपय अफ्रिकी देशमा ज्ञानविज्ञानको विकासको त कुरै छाडौँ त्यहाँका मानिस अहिलेसम्म पनि सिकार खेलेर, कन्दमूल खोजेर गुजारा चलाउने फिरन्ता जीवन बिताइरहेका छन्? मानव विकासको थालनी त त्यहाँ र युरोपमा सँगै भएको थियो।
डाइमन्डको तर्क छ - युरोप र मध्यपूर्वलाई भूगोल, वातावरण र त्यहाँको जैविक विविधताले ज्ञानविज्ञानको केन्द्र बनायो। त्यहाँ पाइने खाद्यान्न बढी पोसिलो हुने र त्यहाँका जनावर बहुउपयोगी हुने भएकोले उनीहरूले थोरै मानवीय श्रमले पनि बढी खाद्यान्न उत्पादन गर्न सके र बाँचेको समय नयाँ कुराको खोजीमा लगाउन पाए। हलो, ढिकी, जाँतोजस्ता प्रारम्भिक औजारमात्र होइन, आगोको समेत आविष्कार गर्न उनीहरू सफल भए। तर पपुवा न्युगिनीजस्ता देशमा पाइने खाद्यान्न, बालीनाली बढी श्रममूलक भएकोले त्यहाँका बासिन्दाले अधिकांश समय खाना जुटाउनकै लागि लगाउनु पर्ने भयो। तिनले अरू केही सोच्ने फुर्सदै नपाएकाले त्यहाँ नयाँ खोज र आविष्कार हुनै सकेन। फलस्वरूप त्यहाँ ज्ञानविज्ञानको विकास भएन तयसैले मानवीय विकासको यो फराकिलो खाडल देखा पर्यो।
डाइमन्डको तर्कलाई दोहर्याउने हो भने पेट भरिएपछि मात्रै ज्ञानविज्ञानको विकास हुन्छ र नत्र देश माथि उठ्न सक्तैन भन्न सकिन्छ। ज्ञानविज्ञानको विकासले आर्थिक सामाजिक, सांस्कृतिक र राजनीतिक विकास हुने र त्यही विकासले ज्ञानविज्ञानको क्षेत्रलाई अझै फराकिलो पार्ने चक्र चलिरहन्छ। त्यही चक्रले समाजलाई अगाडि बढाउँछ। त्यसैले होला कुनै बेला मानव सभ्यताको विकास भएका ग्रीस, रोम, इजिप्ट ज्ञानविज्ञानको केन्द्र बन्न पुगे। उहिलेका ठूला खोज र आविष्कार त्यहीँ भए। दोश्रो विश्व युद्व पहिले जर्मनी र पतन हुनुभन्दा पहिले सोभियत संघ पनि केही समय ज्ञानविज्ञानको केन्द्रका रूपमा देखा परे। अहिले संयुक्तराज्य अमेरिका विश्वको ज्ञानविज्ञानको केन्द्र बनिरहेको छ।अहिले विश्वमा सबैभन्दा धेरै वैज्ञानिक र अनुसन्धानात्मक लेखरचना अमेरिकाबाटै प्रकाशित हुन्छ। केही वर्ष यता विश्व प्रसिद्ध नोबल पुरस्कार पाउनेमा पनि अमेरिकी वैज्ञानिकै धेरै छन्। साइम्यागो जर्नल एण्ड कन्ट्री र्यांकका अनुसार, अमेरिकाबाट वर्षेनी साढे ३ लाखभन्दा बढी शोधपरक लेखरचना प्रकाशित हुन्छन्। अमेरिकामा वर्षेनी करिब ३० हजारले पिएचडी उपाधि पाउँछन्। अमेरिकाको अहिलेको सबैभन्दा महत्वपूर्ण उद्योग ज्ञानविज्ञान हो। उदाहरणका लागि विश्वमा तहल्का मच्चाइरहेको आइफोनको डिजाइन एप्पल कम्पनी, क्यालिफोर्नियामा गरिन्छ तर त्यसको निर्माण चीनमा गरिन्छ। त्यस्तै अमेरिकी डिपार्टमेन्टल स्टोरमा पाइने तयारी पोसाकको डिजाइन अमेरिकी डिजाइनरले गर्छ तर सिउने काम अल्पविकसित राष्ट्रका कारिगरले गर्छन्। आधुनिक जीवन शैलीका लागि अपरिहार्य बनेको इन्टरनेटको विकासमात्रै होइन, विश्वको सबैभन्दा बढी हेरिने पाँच वेबसाइट पनि अमेरिकाकै आविष्कार हुन्।पछिल्लो समयमा भने विश्व आर्थिक विकासको केन्द्र अमेरिकाबाट एसियातिर सरेजस्तै ज्ञानविज्ञानको भूराजनीतिक स्वरूप पनि फेरिँदै छ विश्वभरी १९८० देखि २००९ सम्म ३० वर्षको विज्ञान तथा प्रविधीको क्षेत्रमा भएका विभिन्न अनुसन्धानका प्रकाशित नतिजा केलाउँदै हालै सार्वजनिक गरिएको ‘३० इयर्स इन साइन्स, सेक्युलर मोमेन्ट इन नलेज क्रियसन' भन्ने प्रतिवेदनमा ज्ञानविज्ञानको केन्द्र फेरिएको उल्लेख छ। उक्त प्रतिवेदनअनुसार, विगत तीस वर्षमा एसियाको ज्ञानविज्ञान क्षेत्रमा (अनुसन्धानात्मक लेख रचनालाई आधार मान्दा) करिब १५५ प्रतिशत वृद्धि भएको छ।
सन् २००९ मा चीनको ज्ञानविज्ञान क्षेत्रको वृद्धिदर अमेरिकाको भन्दा पाँच गुणा बढी थियो। तर त्यही समयमा अमेरिकाको ज्ञानविज्ञानको विकास भने विश्वको सरदरभन्दा कम थियो। यही दरमा विकास हुने हो भने सन् २०१५ मा चीनले ज्ञानविज्ञान क्षेत्रमा (अनुसन्धानात्मक लेख रचनालाई आधार मान्दा) अमेरिकालाई उछिन्ने प्रतिवेदनमा उल्लेख छ।अर्थात्, अब चीनको पहिचान सस्तोमा सामान बनाउने र बेच्ने मुलुकमा सीमित रहने छैन। चीन ज्ञानविज्ञानको क्षेत्रमा पनि अग्रणी राष्ट्र हुने तरखरमा छ। संभवतः चीन आफूलाई अरूले डिजाइन गरेको सामान ‘एसेम्बल' गर्नेमात्र होइन, आविष्कार र नयाँ खोज गर्ने केन्द्रका रूपमा पनि स्थापित गर्ने तरखरमा छ।नेपालमा चीनको आर्थिक विकास र प्रगति तथा त्यसबाट लाभ लिने चर्चा हुन्छ। तर चीनमा यतिखेर आर्थिकभन्दा पनि उल्लेख्य विकास भएको क्षेत्र ज्ञानविज्ञानको हो। यसले विश्वको ज्ञानविज्ञानको भूराजनितिक स्वरूपलाई फेर्दैछ। विश्वमा ज्ञानविज्ञानको क्षेत्रमा यसरि अगाडी बढेको चीनको सानो छिमेकी हाम्रो देशले संगतको फल लिन सक्ला त? आदिम कालका ऋषिमुनिलेजस्तै हिमालयको यस काखलाई पुनः ज्ञानभूमि बनाउन सकिएला त?

No comments:
Post a Comment