Saturday, November 23, 2013

म आउछु ढुक्क हुनुहोस

 आमा अब ढुक्क हुनुहोस, तपाई सुत्केरि हुदा बा ले हलो जोतेर ल्याएको दुईमाना चामल सुत्केरि खर्च नरपिचासहरुले खोसेर खाईदिदा तपाई रातभर भोको पेट बस्नुपरेको कुराले न्याय पाउछ ! ठुलि भाउजुलाई भन्दिनुस कोखको बच्चाले बाउ नचिन्दै थालमा भात मुछेर खादै गरेको आधा भाग नस्क्दै दाईलाई लगेर सिउदो पुछिदिने पापिहरुले सजाए पाउछन् । दिदि लाई खुसि हुन भन्नुस अब भिनाजुलाई रुखमा झुन्ड्याएर ढुङ्गाले हानेकाहरुलाई जनताले झापड हानेका छन् । डेकेन्द्र दाईलाई ज्युदै गाड्नेहरुलाई अब माटो माथि मुख देखाउन लाज हुन लाएको छ ! कान्छो भाईले अब मैलेझै दुई आनाको निम्ति परदेशको भुमिमा रगत र पसिना पोख्नु पर्दैन ! बहिनिले भारत र अरब पुगेर अस्मिताको बाजि लगाउनु पर्दैन ! अब देशले नयाँ मुहार फेर्नेछ ! उषामा नयाँ लाली चम्किनेछ ! मेरो देशमा म यो देशको नागरिक हु भनेर गर्बका साथ भन्न पाउनेछु । अब म मेरै देशमा पसिनाको मुल्य पाउछु त्यसैले म आउछु म मेरै देश मा आउछु । हिजो मलाई बन्दुकको नालमुनि घुडा टेक्न लाउने जङ्गली हरुलाई मेरो बिचारले हराउने सामर्थ्य लिएर आउछु ! नयाँ ईतिहाँस लेख्ने कलम लिएर आउछु । आमा अब ढुक्क हुनुहोस ! म आउछु ढुक्क हुनुहोस

-परदेशी छोरा

Sunday, August 28, 2011

बाबुराम भट्टराईको जीवनी


२०२७ को वैशाख २० गते दिउँसो । गोर्खाको पहाडी भेगको एउटा मिडिल स्कुलमा कक्षा चलिरहेका छन् । कक्षा ७ माएउटा भर्खर जुँगालेनिहुँ खोजिरहेको खिरिलो युवा अंग्रेजी पढाइरहेको छ । आज बिहानैदेखि एउटा उत्सुकता मनमा छ, जसका बारेमा धेरै विद्यार्थीलाई अनुमान छैन । बिहानै गाउँको प्रधानको छोरा हरि ढकालले एसएलसीको रिजल्ट भएको खबर सुनाएर गएको छ। शिक्षक जो, गोर्खाको अमरज्योति मिसन स्कुलको विद्यार्थी हो, उसलाई रिजल्टमा त्यति धेरै चासो त छैन, तर कृष्णले गीतामा जति शब्द खर्चिएर 'कर्म गर फलको आशा' नगर भने पनि जाँच दिएको विद्यार्थीलाई रिजल्टको पर्खाइ भई नै हाल्छ । सो, यो तीन महिने शिक्षकलाई पनि चासो छ । अमर ज्योतिको एउटा विद्यार्थी चाँडै गाउँ फर्कियो । र, उसले एउटा खबर सुनायो । अब शिक्षकको खुल्दुली झन् बढ्दो छ । साढे दुई बज्यो, गाउँबाट रेडियो स्कुलमा आयो । र, कक्षा लिइरहेको शिक्षकबाहिर निस्किएर रेडियो सुन्न थाल्यो । रेडियोले भन्यो- 'आज प्रवेशिका परीक्षाको नतिजा सार्वजनिक भयो । नतिजा अनुसार अमर ज्योति हाइस्कुल, गोर्खा लुइँतेलका बाबुराम भट्टराई सर्वप्रथम भएका छन्' । समाचारले शिक्षकको अनुहार चहकिलो भयो । तर, रेडियो फिर्ता गरेर ऊ पुनः कक्षामा प्रवेश गर्‍यो र बाँकी पाठ पढाउनथाल्यो ।


चालीस वर्षपछि ललितपुरको एकान्तकुनामा त्यस दिनको स्मरण गर्दा पनि डा. बाबुराम भट्टराईको अनुहारको भाव तटस्थ थियो ।डाँडै-डाँडाले घेरिएको रिङरोडबाहिरको ललितपुरलाई बादलले आज निकै नजिकबाट घेरा हालेको छ । सेतो, कालो र फुस्रो बादलका झुप्पाहरू गुजुमुज्ज भएर सहरतिर ओर्लिन लागेजस्तो देखिन्छ । घरभित्र सौम्य, शालीन मुद्रामा भेटिएका डा. भट्टराई पनि बादलजस्तै शान्त देखिन्छन् । कोठामा माक्र्स, एङ्ग्लेल्स, लेनिन, माओको फोटो लहरै टाँगिएका छन् । तलपट्टि माओवादीले प्रस्ताव गरेको संघीय नेपालको नक्सा छ । पछि उनले बताए, यो नक्सा मैले नै डिजाइन गरेको हुँ । यस नक्साअनुसार उनको गाउँ अब तमुवान राज्यमा पर्नेछ, जसको सदरमुकाम उनले पोखराघोषित गरेका छन् । देशमा आजसम्म थुप्रै विद्यार्थी एसएलसीमा बोर्डफस्ट भए । तर, बाबुराम भट्टराईको जस्तो बोर्डफस्ट ग्ल्यामर न कसैको छ न हुने देखिन्छ । उनी उपत्यकाबाहिरका पहिलो बोर्डफस्टका रूपमा मात्र उनी प्रसिद्ध छैनन्, कहिल्यै दोस्रो नहुने जिनियसका रूपमा उनी अझ बढी प्रख्यात छन् । कसरी भइन्छ सधैं फस्र्ट ? यो मेरो मुख्य प्रश्न थियो । उनले सजिलो उत्तर दिए- रुचि,लक्ष्य र मिहिनेतले । तर, यति छोटो उत्तरले म मान्ने मुडमा थिइनँ । मलाई उनको पहिलो कक्षादेखिको पूरै कथा सुन्नु थियो । उनले सुरु गरे । मैले पढ्न सुरु गर्दा हाम्रो गाउँमा स्कुल थिएन । ल, यो त अनौठो भयो, के बाबुराम भट्टराई बिना स्कुलका फस्र्ट हुन् त ? त्यसो त होइन, मेरा जेठा बा हरिप्रसाद भट्टराई ज्योतिष हुनुहुन्थ्यो । उहाँले नै मलाई पहिलोपटक संस्कृतका श्लोक पढाउनुभएको हो, उनले भने । पुस्तकको पहिलो संगत चाहिँ यिनले मुहूर्त चिन्तामणि बाट गरे । मैले रुद्री, चण्डी पढिनँ, ६-सात वर्षको उमेरको कथा सम्झीए ।१८ सालमा उनको गाउँमा एउटा नयाँ 'चिज' को थालनी भयो । नेपाली सेनाबाट बर्खास्त भएका भक्तबहादुर भुजेल गाउँका फुच्चेहरूलाई कखरा चिनाउन तम्सिए । एकदिन उनले गाउँको चौतारामा गाउँका बच्चा जम्मा गरेर भर्ना लिए, बाबुराम बिस्तारै रोमाञ्चित हुँदै गएका छन् । टाउकाको रंग तिलचामलेबाट अलि अघि बढेपछि मान्छे पुराना कुरालेबढी उत्साही हुन्छ । यी माओवादी नेता पनि त्यस्तै देखिए । कक्षामा सातवर्षका बाबुरामदेखि २०-२२ वर्षसम्मका विद्यार्थी थिए । भुजेलगुरु टुटेफुटेको अंग्रेजी पनि बोल्थे र हरेक बिहान हामीलाई पिटी खेलाउँथे, उनले भने । चौतारी कक्षाको केही महिनामा भुजेल गुरुको स्कुल एउटा छाप्रोमा सर्‍यो । एक वर्ष जतिको छाप्राका बासपछि अब उनी औपचारिक स्कुल शिक्षाका लागि तयार भए । 

घरदेखि अढाई घन्टा पैदल दूरीमा रहेको लुइँटेलमा क्रिस्चियन मिसनरीहरूले नयाँ स्कुल खोले । बाबुराम त्यतै डेरा लिएर बस्ने गरी घरबाट बिदा भए । स्कुलले सुरुमै उनलाई तीन कक्षामा भर्ना लियो । तर, यहाँ पनि स्कुलचाहिँ थिएन । पहिलोपटक चौतारामा भर्ना भएको म ०१९ साल फागुन २० गते दोस्रोपटक आँपको बगैंचामा भर्ना भएँ, उनले सुनाए । केही समय बगैंचामा पढेपछि स्कुलको भवन बन्यो । चैत र वैशाख दुई महिना पढेपछि जेठमा उनी तीन कक्षाको अर्धवाषिर्क परीक्षा दिन तयार भए । नतिजा आयो, बाबुरामको जिन्दगीभर फस्र्ट हुने रेकर्डको खाता यहीँबाट खुल्यो। म फस्र्ट भएँ र तुरुन्तै चार कक्षामा बढुवा भएँ, उनले बताए । जेठबाट सुरु भयो कक्षा चारको पढाइ । मंसिरमा उनले आफूभन्दा चार महिनादेखि त्यही कक्षामा पढिरहेका साथीहरूसँग परीक्षा दिएँ । र, नतिजाले उनीबाहेक सबै आश्चर्यमा परे,फेरि पनि पहिलो हुने विद्यार्थीको नाम बाबुराम नै थियो । पाँच कक्षामा यिनको कक्षामा एउटा विद्यार्थी थपिए । ती थिए, उपेन्द्र देवकोटा । अर्को प्राइमरी स्कुलबाट आएका यी देवकोटा पनि तेज विद्यार्थी मानिन्थे । दस कक्षासम्मै बाबुराम पछिको दोस्रो भएर यिनले यसको पुष्टि पनि गरे । उपेन्द्र सधैं दोस्रो हुन्थे । उनको र मेरो नम्बरमा प्रायः सय नम्बर भन्दा बढीकै अन्तर हुन्थ्यो,उनको र तेस्रोको बीचमा पनि यति नै फरक हुन्थ्यो, बाबुरामले भने । सय भन्दा बढीको यो अन्तर दस कक्षामा तोडियो । उपेन्द्रको र मेरो टेस्टमा ६९ नम्बरको फरक पर्‍यो । रोचक त के भने एसएलसीमा पनि हाम्रो ६९ नम्बरकै फरक थियो, यो एउटा समानताको कथा थियो । यससँगै एउटा अन्तरको कथा पनि छ,एसएलसीमा बाबुराम बोर्डफस्ट भए, उपेन्द्र दसौं । बाबुरामलाई कहिल्यै लागेको थियो बोर्डफस्र्ट हुन्छु भन्ने ? कल्पनासमेत गरेको थिइनँ । जाँच राम्रो गरेको छु भन्ने चाहिँ लागेको थियो, उनले सुनाए । रेडियोमा रिजल्ट सुनेपछि उनी सरासर डेरामा पुगे । डेरामा पुग्दा त वरिपरिका केटाहरू अबिर लिएर बसेका रहेछन्, अनि बल्ल सुरु भयो 'सेलिब्रेसन' । अब भने उनलाई आमा-बालाई पनि यो खबर सुनाउन मन लाग्यो । भोलिपल्ट म घर गएँ । आमा-बा खेतमा काम गरिरहनुभएको थियो । उहाँहरूलाई भनेँ । तर, अर्धसाक्षर बा र असाक्षर आमालाई मेरो खबरले खासै असर पारेन । तर, बेलुकीपख मेरो गाउँका मानिसहरूले पनि अबिर लगाइदिए । अनि बल्ल बा-आमालाई पनि ए ! केही राम्रै भएको रहेछ क्यार भन्ने थाहा भयो, उनले भने । पछि उनको स्कुललेएउटा कार्यक्रम गरी उनलाई अबिर लगाइदियो र सय रुपैयाँ पुरस्कार दियो । एउटा उत्सवको अन्त्य यसरी भयो । त्यतिवेला कुनै 'प्लस टु' थिएनन् न त पत्रिकामा विज्ञापनको चलन नै थियो । तैपनि, महिनौं समाचार र फोटो छापिने फस्र्टहरूको तुलनामा बोर्डफस्र्ट बाबुरामको ग्ल्यामर बढी चम्किलो छ ।

 फस्र्ट हुनु भनेको लत हो, आज उनलाई यस्तो लाग्छ । फस्र्टलाई सधैं अर्काले जित्छ कि भन्ने डर हुन्छ, यो बडो खतरनाक आदत हो, उनले विश्लेषण गरे- एउटा विद्यार्थी ९९ नम्बर ल्याउँदा बिगि्रयो भन्छ अर्को ३२ ल्याएर पास हुँदा खुसी हुन्छ । एसएलसीको केही समयपछि झोलामा गुन्दु्रक पोको पारेर उनी लमतन्न परेर सुतेको पालुङटारको मैदानमा झरे । त्यतिवेला पृथ्वीराजमार्ग खुलेको थिएन, काठमाडौं आउन जहाजचढ्नुपथ्र्यो, सो उनी चालीस रुपैयाँको टिकट काटेर काठमाडौं छिरे । अनिसुरु भयो, जीवनको अर्को अध्याय, सहरसँग जोडिएको अध्याय । पालुङटारको जहाजले उनलाई एकैपटक अर्कै लाग्ने दुनियाँमा ल्याइपुर्‍याएको थियो । स्कुलमा मलाई गणित निकै मन पथ्र्यो, अस्कलमा आइएससी भर्ना हुनुपछाडिको कारण उनले बताए ।स्कुलमा मेरो गणितमा कहिल्यै ९९ नम्बर पनि आएन, सधैं सय, उनले भने र एउटा पुरानो किस्सा सुनाए । हाम्रो स्कुलको हेडमास्टर केरलाका थिए । मैले सधैं सय नम्बर ल्याएको देखेर उनले मेरो नम्बर घटाउने विचार गरेछन् । आठको जाँचमा उनले कसैले थाहा नपाउने गरी एउटा प्रश्न दस कक्षाको युनिटरी मेथडको घुसाइ दिएछन् । म कक्षाको सबैभन्दा जान्ने विद्यार्थी मात्र थिइनँ, माथिल्लो कक्षाका विद्यार्थीले पनि मलाई सोध्थे । मैले त्यो दसको प्रश्न भन्ने चालै पाइनँ । तर, आफ्नो 'कमन सेन्स' प्रयोग गरेर त्यो पनि हल गरेँ, मिलेछ । यसप्रकार यसपटक पनि उनले सय नै ल्याए । म दस कक्षामा पुगेपछि एक दिन हेडसरले नैमलाई यो कुरा बताए, उत्साही मुडमा उनले भने । बाबुराम जम्माजम्मी अंकमा मात्र फस्र्ट हुन्थेनन्, 'म हेरक विषयमा फस्र्ट हुन्थेँ' काठमाडौंको कथामा प्रवेश गर्नुअघिको कुरा उनले सुनाए । काठमाडौं फरक थियो, उनले आएपछि थाहा पाए । काठमाडौंका सेन्ट जेभिएर, आनन्दकुटीका परर्र अंग्रेजी बोल्ने विद्यार्थीका अगाडि केही दिन उनलाई बोर्डफस्र्ट भएर पनि आफू नजान्ने जस्तो लाग्यो ।'लेख्न त म अंग्रेजी राम्रो लेख्न सक्थेँ, तर बोल्ने हाम्रो अभ्यास थिएन,'कारण यस्तो थियो ।
 
पहिलो तीनमहिने परीक्षाको नतिजा नआउन्जेल काठमाडौंका विद्यार्थीलाई पनि यस्तै लागेको थियो । तर, जब पहिलो परीक्षाको नतिजा आयो फेरि बाबुराम नै फस्र्ट भए । त्यसबेला तीन-तीन महिनामा परीक्षा हुन्थ्यो, यसको पचास नम्बर जोडिन्थ्यो, अन्तिम परीक्षा पचास नम्बरका लागि हुन्थ्यो, उनले भने । यो पहिलो तीनमहिने परीक्षामा उनले अंग्रेजीमा ७५ ल्याएका थिए जुन अस्कलको सबैभन्दा बढी थियो । अस्कलको कक्षामा उनीसँग अरू पनि केही चिनिएका नाम पढ्थे । यिनमा गणेशमान सिंहका छोरा प्रदीपमान सिंह, मनमोहन अधिकारीका छोरा प्रकाश अधिकारी र शाहीकालका मन्त्री कमल थापा सामेल थिए । यिनीहरू चाहिँ कस्ता विद्यार्थी थिए त ? प्रदीप र प्रकाश सामान्य थिए तर कमल थापा पहिलेदेखि नै अलि हावा थिए । उनी अन्तिम बेन्चमा बसेर हल्ला गर्ने, केटी जिस्क्याउने कुरामा पहिलेदखि नै तेज थिए, भट्टराईले सुनाए । तर, परीक्षाहरू सधैं सजिला हुँदैनन् । उस्तै पनि हुँदैनन्, हुने भए मानिसले बारबार परीक्षा दिनुपर्थेन होला,एउटा परीक्षा पास गरेपछि जीवनमा अरू परीक्षा हुन्थेनन् होला । आइएससीको पहिलो वर्षको परीक्षा बाबुरामका लागि फरक भएर आयो । फिजिक्सको एउटा प्रश्नमा म धेरै बेर अड्किएँ र पूरै हल गर्न सकिनँ, यसले उनको रिसको पारो पनि बढाइदियो । मलाई सारै नमजा लाग्यो, अब म फस्र्ट हुन्नँ कि भन्ने लाग्यो । अनि भोलिपल्टको पञ्चायत पेपर छाडिदिएँ, अब त उनी फस्र्ट नहुने प्रस्ट भइसकेको थियो । तर, रिजल्ट सुन्दा त म नै फस्र्ट भएछु, यसपछि उनलाई जीवनमा पहिलोपटक लाग्यो- 'मलाई कसैले जित्न सक्दैन ।' नलागोस् पनि किन ? एउटा पेपर नै छोड्दा पनि फस्र्ट भइयो भने जो-कोहीलाई पनि यस्तै लाग्छ, उनी त झन् फस्र्ट हुने बानी परेका मानिस ।अस्कल पढ्दा म लेखनाथ पौडेलको घरको छिँडीको कोठामा महिनाको पचास रुपैयाँ भाडामा बस्थेँ अरू दुई साथीसहित, यसो भनेर उनले आफूले कसरी भाडा माझ्ने काम रोजेर पढ्ने समय रोज्थे भन्ने सुनाए । बाबुरामले जीवनमा कहिल्यै ट्युसन पढेनन् । र, उनलाई आज पनि लाग्छ, ट्युसन पढेर कोही पनि जान्ने हुँदैन । यति मात्र होइन, उनले नेपालमा पढिन्जेल कहिल्यै राति दस बजेभन्दा बढी पढेनन् । म कहिल्यै जाँचको वेला पनि राति ढिलोसम्म बसेर पढिनँ, उनी सम्भिmन्छन् । के बाबुराम सामान्य पढाइले नै सधैं फस्र्ट भएका हुन् त ? 'होइन' केले हो त ? म बाह्रैमास पढ्थेँ, निद्रामा बाहेक मेरो दिमागमा सधैं पढाइकै कुरा खेल्थे, उनले रहस्य खोले । 'पढ्ने भनेको सधैं पढ्ने हो, जाँचमा पढेर कोही फस्र्ट हुँदैन, उनको यो कुरा सुनेर अहिलेका विद्यार्थीले के भन्दा हुन् ? उनी विद्यार्थीको पढाइमा शिक्षकको भूमिकालाई अहम् मान्छन् । मेरो पढाइमा भक्तबहादुर भुजेल,अमरज्योतिकी शिक्षिका एलनुर एल्किन्स र पिएचडीकी गाइड अतिया हबिबको भूमिका सबैभन्दा बढी छ, उनी राम्रा चेला देखिए । आइएससी पछि उनी कोलम्बो प्लानअन्तर्गत भारतको चण्डीगढको पन्जाब विश्वविद्यालयमा आर्किटेक्चर पढ्न गए । यहाँ पाँच वर्ष पढ्दा भने उनी बोर्डफस्र्ट हुन पाएनन् । 

नसकेर होइन,यहाँ बोर्डफस्र्टको चलन थिएन, ग्रेड सिस्टम थियो, म सधैं पहिलो ग्रेडमै पर्थें। चण्डीगढबाट सहरी विकास विषयमा पोस्ट ग्रयाजुयटका लागि उनी दिल्ली आए ।नेपालमा ०३६ सालको विद्यार्थी-आन्दोलन र जनमत-संग्रहको वेला थियो । यतिवेला म राजनीतितिर लागिसकेको थिएँ, नेपाली विद्यार्थी युनियनको सभापति थिएँ, उनी जीवनको अर्को अध्यायतिर प्रवेश गर्दै छन्, जुन विषयमा मलाई अहिले त्यति रुचि छैन । तर, उनी धेरै टाढा पुगेनन्, राजनीतिसँग जोडिएको पढाइको अर्को एउटा कथा सुनाउनतिर लागे । र, यसमा मलाई कुनै आपत्ति थिएन । त्यसवेलाराजनीतिक काममा यति लागियो कि अन्तिम परीक्षाको समयमा मसँग समय थिएन । स्कुल अफ प्लानिङ एन्ड आर्किटेक्चरको परीक्षामा थुप्रै नक्सा बुझाउनुपथ्र्यो । तर, म नक्सा बनाउने समयमा सडक-आन्दोलनमा हुन्थँ । अन्त्यमा मैले पाँच दिन पाँच रात बसेर नक्सा बनाउनुपर्‍यो, जीवनमा सबैभन्दा बढी समय काम गरेको वेलाको उनले सम्झना गरे । शुक्रबार रातिबाट काम थालेको थिएँ । बिहान-बेलुका क्यान्टिनमा खाना खान आउने समयबाहेक सबै समय नक्सा नै बनाइरहेँ । अन्तिममा बुधबार साँझ मात्र सकियो । नक्सा बुझाएर बल्ल म सुत्न गएँ, उनले सुनाए । लगातार एक सय दस घन्टा लगाएर बनाएका यी नक्साले फेरि एकपटक उनलाई फस्र्ट बनाइदिए । यसपछि सुरु भयो जवाहरलाल नेहरू विश्वविद्यायलमा रिजनल डेभलपमेन्ट प्लानिङ'मा विद्यावारिधि । त्यसवेला मैले विश्वविद्यालयको पुस्तकालयमा निकै पढँ । बिहान नौ बजे पुस्तकालय खुल्दा सबैभन्दा पहिले म भित्र छिर्थें र राति १२ बजेनिस्किन्थेँ, उनी कक्षाबाट अब पढाइको कुरामा प्रवेश गरे । पिएचडीका वेला सिंहदरबार अगाडिको पुस्तकालयमा पनि धेरै पटक गएको छु । एकपटक त सबै गइसके भनेर पालेले मलाई भित्रै बन्द गरेर चाबी लगाएर हिँडेछन् । पछि त्यहीँ बस्ने अर्को पालेले खोलिदिएर म बाहिर निस्किएँ, डाक्टरसाहेब ! फस्र्ट हुने मात्र होइन,पढ्ने पनि लत नै रहेछ । जंगलको यात्राबाट फेरि सहर फर्किएर सत्ताको नजिकै पुगेको पार्टी माओवादीका नेताका रूपमा उनको राजनीतिक छवि एक ठाउँमा छ। सधैं फस्र्ट को अर्को छविले अहिले छेउमा बसेर राजनीतिको सडकमा बेपत्ता कुदिरहेका बाबुरामलाई एकोहोरो हेरिरहेको छ । खुद बाबुरामलाई पनि अहिले लाग्छ, पहिलेको जति अहिले पढ्न सकिएन । गाणतन्त्र घोषणा भएको केही दिनमा उनलाई गृहमन्त्री कृष्ण सिटौलाले एकदिन जिस्क्याए- अब त गणतन्त्र आयो नि डाक्टरसाब ! अब जाने होइन त पढ्न ? उनले कुरा अथ्र्याए- शान्ति-सम्झौता हुँदाताका मैले सिटौलालाई भूमिगत हुँदा पढ्न पाइन्थ्यो अहिले त पढ्नै पाइनँ, पढ्ने धीत मरेन भनेको थिएँ, उनले त्यही भएर जिस्क्याएका । जिस्क्याउन त कहिलेकाहीँ यिनलाई आफ्नै मनले पनि जिस्क्याउँछ । एउटा सेतो प्लास्टिकको झोलामा संगालेर राखेका केही थान राइटिङ प्याड छन् । कुराकानीकै बीचमा उनी उठेर भित्र छिरे,फर्किंदा हातमा त्यही पोको थियो । मैले आजसम्म देखेका सबैभन्दा साना अक्षर यी डायरीमा थिए । यी अक्षरको अर्को विशेषता थियो, सारै साना भएर पनि यीएक-आपसमा जोडिएका थिएनन्, जसले पनि पढ्न सक्ने गरी प्रस्ट थिए । 'यो भूमिगत हुँदा पढेका किताबबाट टिपेका टिपोट हुन्, यिनलाई संगालेर किताब निकाल्नुपर्ने, यो मनभित्रको एउटा हुटहुटी हो । नेपाली समाजको भौतिकवादी व्याख्या गरेर किताब लेख्ने धोको पनि उनमा छ । यसभन्दाठूलो पढ्ने धोको उनको मनमा छ, यो धोकोभन्दा बढी सपना बनिसकेको छ । 'मलाई गोर्खाको कुनै डाँडामा गएर 'कोअपरेडिभ कम्युन' बनाएर जीवनभर पढेर बस्ने रहर छ,' एकसाथ सयौं तरंग फैलिएको तलाउजस्तो देशको अस्थिर राजनीतिले यिनलाई यो सपना पूरा गर्ने अवसर कहिले देला ?

Saturday, June 18, 2011

स्याङ्जामै कसियो लगनगाँठो

जानु पंगेनी को रिपोर्ट !
काठमाडौ, अषाढ ३ -
स्याङ्जाको तीनदोबाटे, करादीका ज्ञानप्रसाद र कमला उपाध्यायका माइला छोरा मिलन तथा पुतलीबजार, बाडखोलाका केशव र केमनादेवी मरासिनीकी कान्छी छोरी विनाबीच मागीबिहे भएको छ । स्याङ्जाको नवरत्न सहकारी संस्थाकी जागिरे २३ वषर्ीया विना र करादीस्थित एउटा निजी स्कुलका २५ वषर्ीय पि्रन्सिपल मिलनको जेठ १७ गते धार्मिक विधिअनुसार बिहे भयो । मिलन करिब डेढ सय जन्तीसाथ ४० किलोमिटर टाढा रहेकी विनालाई लिन पुगेका थिए ।

बिहेको निर्णयमा पुग्नुअघि उनीहरू तीन महिना प्रेमसम्बन्धमा थिए । २०६७ माघको एक दिन मिलनले बाडखोलामा भान्जीदिदीको घरमा विनालाई पहिलोपटक भेटेका थिए । उनकी भान्जी दिदी रिता मरासिनी विनाकी कान्छीआमा पर्छिन् । उनकै घरमा उनीहरूबीच चिनजान भयो । विनाको रूपबाट मिलन त्यसैबेला आकषिर्त भइसकेका थिए ।

'किन किन उनीप्रति माया जाग्यो,' मिलनले पहिलो भेट सम्भि“mदै भने । त्यसैबेला विनाले पनि मिलनलाई मन पराइसकेकी रहिछन् । पहिलो भेटको करिब ३० दिनपछि मिलन विनालाई भेट्ने अभिलाषा लिई दोस्रोपटक भान्जीदिदीको घर पुगे । त्यही भेटमा उनले विनाको मोबाइल न्ाम्बर पनि लिए । गजल लेख्न रुचाउने मिलनले प्रेमप्रस्ताव राख्नुअघि विनाको सम्झनामा धेरै गजल लेखे । तर कहिल्यै सुनाउन पाएनन् । फोनसंवादमा भने उनी नजिकिँदै भावना व्यक्त गर्थे । उनको भाव विनाले बुझसिकेकी थिइनन् । दुवैको मोबाइलमा दिनहँुजसो कुराकानी भइरहन्थ्यो । विना पनि मिलनतिर नजिक भइसकेकी थिइन् । तर, दुवैले व्यक्त गर्न सकेका थिएनन् । 'प्रस्ताव राखिहाल्छन् कि लागिरहेको थियो,' विनाले भनिन् ।

यही वैशाखको एक दिन मोबाइलमा कुरा चल्दै गर्दा मिलनले प्रस्ताव राखे, 'एकले अर्कालाई बुझेका छौं, जीवनसाथी बन्दा फरक पर्छ र ? तपाइर्ंको विचार के छ ?' प्रस्ताव प्रतीक्षा गरिरहेकी विना मनमनै खुसी भए पनि त्यसबेला उनले अप्ठ््यारो महसुस गरिन्् । त्यस दिन उनले 'विचार गरुँला' मात्रै भनिन्् । उनले परिवारजनलाई यसबारे जानकारी नदिई भोलिप्ाल्ट मिलनलाई फोन गरेर हुन्छ भनिदिइन्् ।

तीनमहिने प्रेमसम्बन्धमा डेटिङ जान नभ्याएको बताउने उनीहरूले धेरैपटक डेटिङ जाने सल्लाह पनि गरेका थिए । तर दुवै जागिरे भएकाले शनिबार मात्र बिदा हुन्थ्यो । 'नजिकै जाँदा आफन्तजनले सुइँको पाउलान्' भन्ने भयले उनीहरूले प्रायः तीन महिनाको प्रेमसम्बन्धमा 'मोबाइल-डेटिङ' मात्रै गर्न पाएको विनाले बताइन्् ।

यी दुईबीच बिहेप्रस्ताव भइसक्दा दुवै परिवारले उनीहरूको बिहेयोजनाबारे भेउ पाइसकेका थिएनन् । उता विनाको घरमा बिहेबारे बेस्सरी चर्चा चलिरहेको थियो । अभिभावकलाई जनाउन मुस्किल परिरहेका बेला मिलनकी भान्जीदिदीले जेठ ८ मा 'विनासँग बिहेको कुरा चलाउ“m' भनिन्् । मिलनले सहमति जनाए । उनी अभिभावकका साथ विनाको घर बाडखोला पुगे । उनका बुबाले 'दुई/तीन केटाका प्रस्ताव छन्, कुनसँग बिहे गर्ने, निर्णय गर' भनेपछि विनाले मिलनलाई रोजिन् । सुरुमा उनकी आमाले 'पोइलीघर टाढा भएको' जनाउँदै मानेकी थिइनन्् । सम्झाइबुझाई गरेपछि दुवै परिवारले ९ गते विवाह निश्चय गरे । त्यही दिन बिहेको तिथि निधो गरियो ।

बिहेमा विनाका लागि बनारसी सारी किन्न मिलन भिनाजु दीपक पौडेलसाथ भारतको नौतनवा पुगे । बिहेका दिन उनले खैरो सुट र ढाका टोपी लगाए । विनाले नौतनवाको बनारसी सारीमा छड्के तिलहरी, हार, सिक्री, चुरा लगाइन् । घरको आँगनमै भएको बिहेमा मासु, पुलाउलगायतका खान्की राखिए । मिलनको परिवारले बिहेमा करिब ४ लाख खर्च गर्‍यो । बिहेको सात दिनपछि उनीहरू एकहप्ते हनिमुनका लागि पोखरा र पर्वत पुगे ।
मिलन गल्याङ बहुमुखी क्याम्पसमा एमएड पहिलो वर्षमा अध्ययनरत छन्, विना स्याङ्जाकै त्रिभुवन बहुमुखी क्याम्पसमा बिएड तेस्रो वर्षमा । जागिरका कारण उनी माइतीमा बस्दै आएकी छन् । मिलन करादीमै छन् । नवदम्पतीले तत्काल आमाबुबा बन्ने सोच बनाएका छैनन् । 'तीन/चार वर्षपछि मात्र बच्चा जन्माउने योजना छ,' दुवैले लजाउँदै भने 


जानु पंगेनी (स्यांग्जा सम्बाददाता ) को रिपोर्ट

Thursday, June 9, 2011

हेर्नुस जिल्ला समाचार हरु !


ग्रामिण भेगका कृषकहरु लोडसेडिङ्को मारमा

प्रकाश डोटेल

स्याङ्जा–२६, जेठ ।

जिल्लाको गल्याङ्मा ५.३ किलोवाट विद्युत उत्पादन क्षमताको बुटवल पावर कम्पनीद्धारा वितरित विद्युत प्रसारण लाईनमा लामो समयदेखि जारी रहदै आएको लोडसेडिङ्ले ग्रामिण भेगका कृषकहरु बढि मारमा परेका छन् ।

      ग्रामिण क्षेत्रमा दिउँसोमा समयमा खासै विद्युतको उपभोग नगर्ने कृषक उपभोत्ताहरुलाई दैनिक बिहान छ बजेदेखि ११ बजेसम्म करिव पाँच घन्टा विद्युत आपूर्ति बन्द हुदाँ उनीहरु मारमा परेका हुन् । विहानै घरायासी कामसगै घर खर्चीको लागि धान, मकै, कोदो लगायतका अन्न बाली कुटानी पिसानी गर्ने महत्वपूर्ण समयमा विद्युत सेवा बन्द हुदाँ कृषकहरु मारमा परेको बताउँछन् ।

      विहानीको समयमा कुटानी पिसानी सक्नुपर्ने हुन्छ । स्थानिय कृषक भुवानि शर्माले ग्रामीण क्षेत्रका कृषक हामी दिउँसोमा मेलापात गर्नुपर्ने हुन्छ । मेलापातको समयमा घर खर्चका लागि अन्नपातको व्यवस्थामा दिन जाने गरेको शर्माको भनाई छ ।

      विगत केही महिनादेखि जिल्लामा वितरित विद्युत प्रसारण लाईनमा तार फेर्ने भन्दै नियमित रुपमा कम्पनीले विहान पाँच घन्टा तथा अन्य सार्वजनिक विदाका दिनहरुमा विहानदेखि साँझसम्म १२ घन्टा भन्दा बढीे विद्युत कटौतीले जिल्लावासी नै पिडित भएका छन् ।

      ग्रामिण क्षेत्रहरुमा भएका विद्युत वितरण केबल कामचलाउका रुपमा मात्रै छन् । लामो समयसम्म पनि पुराना पोलहरु फेर्न तर्फ कुनै चासो नदेखाएको स्थानिय कृषकहरुको भनाई छ । विद्युत तार तानिएका स्थानमा रुखहरुले तार छुदा समेत सम्बन्धीत नियकाले बेवस्ता गर्दै आएका छन् । कृषकका अनुसार वर्षात र हावाहरीसँगै विद्युत आपुर्ति समस्या आउने गरेको छ ।

      प्रत्येक बिहान पाँच घन्टा लोडसेडिङ् छदैछ । कृषकहरुको दिउसोको समय आ–आफ्नै खतेबारीमा काम हुन्छ ठुलाडिही–१, की माया रेग्मीले भनिन्, बेलुकी पानी पर्ना साथ विद्युत बन्द हुन्छ । विजुली कतिखेर बाल्ने ? रेग्मीले प्रतिप्रश्न गर्दै भनिन्, विद्युत उपभोग बापत न्यूनतम मुल्य सितैमा तिर्नुपरेको छ ।

      ग्रामिण क्षेत्रका स्थानिय कृषक लगायतलाई सुविधा दिने भन्दै विद्युत प्रधिकरणले साना उपभोत्ताका लागि प्रदान गरेको न्युनतम २० युनिटको खपत सुविधा दिदै आएको छ । न्यूनतम सुविधा समेत उपभोत्ताहरुले उपभोग गर्न सकेका छैनन । मासिक ८÷१० युनिट मात्रै विद्युत खपत गर्दै आएका उपभोत्ताहरु कम्पनीबाट ठगिएको बताएका छन् ।


डुबेर एकको मृत्यू

प्रकाश डोटेल

स्याङ्जा–२६, जेठ ।

स्याङ्जाको छाङ्छाङ्दी गाविस स्थित आँधीखोलमा डुबेर एक जनाको मृत्यू भएको छ । मृत्यू हुनेमा स्वरेक गाविस–९, सिम्ले निवासी वर्ष ३८ का झकबहादुर खवास रहेका छन् ।

      वालिङबाट घर फर्किएर जाँदै गर्दा आँधीखोला तर्ने क्रममा ढुङ्गामा चिप्लीएर लड्दा खोलामा डुब्न पुगेका खवासलाई उद्धार गरेर वालिङ् प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार गर्ने क्रममा प्रहरीले बताएको छ ।

दलित सबालमा पत्रकारको भूमिका

प्रकाश डोटेल

स्याङ्जा–२६, जेठ ।

दलित गैर सरकारी संस्था महासंघ स्याङ्जाको आयोजनामा दलित सवाल सम्वोधनमा पत्रकारको भुमिका विषयक एक दिने अन्तरक्रिया कार्यक्रम जिल्ला सदरमुकाममा सम्पन्न भएको छ ।

      कार्यक्रममा महासंघका कार्यक्रम संयोजक आशा घतानेले वर्तमान सन्चारमा दलित मानव अधिकारका सवाल, रेडियोमा दलितका सवाल र टेलिभिजनमा दलितका सवाल सम्बोधनका बारेमा कार्यपत्र प्रस्तुत गरेकी थिईन ।

      अन्तरक्रियामा दलित गैरसरकारी संस्था महासंघका केन्द्रिय सदस्य धनमाया विश्वकर्माले दलित समुदायको विगतको समस्या, वर्तमान अवस्था र भविश्य तथा समाधानका वारेका चर्चा गरेकी थिईन । विश्वकर्माले दलितको उत्थानका लागि सवै क्षेत्रको समानुपातिक सहभागितामा आवश्यक प्रतिवद्धताको खाचो भएको बताईन् ।

      कार्यक्रममा सहभागि पत्रकारहरुले दलित विकासका लागि आफ्नो ठाउँवाट सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए । जिल्लामा ठूला दलित वस्ती रहेका सेतिदोभान, पञ्चमुल, खिलुङदेउराली, स्वरेक, छाङ्छाङ्दी, मल्याङकोट, तीनदोवाटे र पेल्कोट प्राथमिक क्षेत्रमा छनौट भएका छन् ।

      महासंघ जिल्ला अध्यक्ष छविलाल विश्वकर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममको सन्चालन कार्यक्रम संयोजक आशा घतानेले सन्चालन गरेकी थिईन ।



पत्रकारहरुद्धारा सहयोग हस्तान्तरण

प्रकाश डोटेल

स्याङ्जा–२६, जेठ ।

स्याङ्जामा क्रियाशिल पत्रकारहरुको सामूहकि पहलमा पिडीखोला गाविस–५, रामीडाडाँका तीन वर्षीय अभिवावक विहिन समिर परियारलाई आर्थिक सहयोग रकम प्रदान गरेका छन् ।

      जिल्ला सदरमुकाममा दलित गैरसरकारी महासंघको आयोजना भएको दलित सवाल सम्वोधनमा पत्रकारको भुमिका विषयक एक दिने अन्तरक्रिया कार्यक्रममा संस्थाले उपलव्ध गराएको भत्ता स्वरुपको एकहजार आठ सय रुपयाँ परियारलाई प्रदान गरेका हुन् ।

        संस्थाले प्रति व्यक्ति तीन सयका दरले भत्ता उपलव्ध गराईएको थियो । उच्च रक्तश्रावका कारण आमाको मृत्यू हुदा परियार अभिभावक विहिन भएका थिए । तीन वर्षीय वालक अहिले सहयोगको खोजिमा रहेको उनकी दिदी लिला परियारले वताएकी छन् । तीन वर्षीय परियारको आर्थिक अवस्था निकै नाजुक भएको अवस्थामा अहिले उनकी दिदीले हेरचाह गर्दै आएकी छिन् ।

Wednesday, June 8, 2011

बेखबर छन् आचार्य वालकृष्णका आमाबुवा !

भरुवा -स्याङ्जा, जेष्ठ २४ - 
भारतीय योगगुरु रामदेवको अनशनमा प्रहरी हस्तक्षेपपछि उनका निकट सहयोगी आर्चाय बालकृष्णबारे राष्ट्रिय/अन्तर्राष्ट्रिय सञ्चारमाध्यमा विभिन्न खबरहरू आइरहेका छन् । उनका आमा-बुवालाई भने छोराबारे कुनै पत्तै छैन । तीन दिनदेखि बेपत्ता भएको भनिएका बालकृष्ण मंगलबार हरिद्वारमा पत्रकार सम्मेलनमा देखिएको सञ्चारमाध्यमहरूले जनाएका छन् ।

वालिङ-५ भरुवामा स्थायी घर भएका बालकृष्णका बुवा जयवल्लभ सुवेदीलाइ चाहिँ छोरा बेपत्ता भएको थाहै थिएन । 'हामीलाई थाहै भएन,' उनको घर पुगेका सञ्चारकर्मीहरूसँग सुवेदीले भने, 'सम्पर्क नभएको पनि धेरै भयो । भारतमा अहिले के के भएको हो त्यो पनि थाहा छैन ।' घरमै बस्दै आएका ७७ वषर्ीय वृद्ध सुवेदीले बरु सञ्चारकर्मीहरूलाई नै सोधे, 'मेरो छोराले के गरेको रहेछ र ?'

६ छोरामध्येका जेठा बालकृष्ण मात्र नभई घरमा अहिले कुनै छोरा नभएको जनाउँदै आमा सुमित्रादेवीले भनिन्, 'हामीलाई न छिमेकीले भनेका छन् न छोराहरूले नै फोन गरेका छन् ।'

 बुवा-आमाका अनुसार २०२९ साउनमा भारतमै जन्मेका बालकृष्णलाई ३ महिनाको हुँदा नेपाल ल्याइएको थियो । ११ वर्ष पुगेपछि उमेरमा ६ कक्षा पढ्दापढ्दै बुवासँग भारत गएपछि उनी उतै बसेका थिए । 'दिल्लीमा पढेको छ भन्ने थाहा पाएर ४ वर्षपछि भेट्न गएको थिएँ,' जयवल्लभले भने, 'त्यसपछि उससँग १७ वर्षसम्म भेटघाट र फोनमा समेत कुराकानी भएन ।'

वालिङमा निर्माण भएको पतञ्जलि योग पीठ तथा आयुर्वेद भवन शिल्ाान्यास गर्न बालकृष्ण दुई वर्षअघि गृहजिल्ला आएका थिए । उनले हरिद्वार योग पीठमार्फत २ करोड ५० लाख रुपैयाँमा भवन निर्माण गराएका थिए । 'उसँग भेटघाट र फोनमा पनि कुराकानी नभएको २ वर्ष भइसक्यो,' बुवा जयवल्लभले भने ।

११ वर्षको उमेरमा हिँडेको छोरो अहिलेसम्म घरमा आएर एक रात पनि नबसेको आमा सुमित्रादेवीले बताइन् । 'भवन शिल्ाान्यास र त्यसको ११ महिनापछि उद्घाटनमा आउँदा सामान्य भेटघाटमात्र भएको हो,' उनले भनिन् ।

जयवल्लभको घरमा टेलिभिजन भए पनि हाल घर मर्मत भइरहेकाले नहेर्ने गरी थन्क्याइएको छ । त्यसैले छोराबारे आइरहेका कुनै पनि खबर उनीहरूले थाहा पाएका छैनन् ।

तैपनि बालकृष्णमाथि नेपालमा गैरकानुनी काम गरी भागेर भारत आएको भन्ने आरोप भने आमा-बुवाले अस्वीकार गरे । 'उ त्यस्तो गर्ने मान्छे नै होइन,' जयवल्लभले भने, 'विवाह गरभन्दा पनि मानेन । म अरूको सेवा गर्छु । राम्रो कामा लागेको छु भनिरह्यो ।' उनले नगर्ने बताएपछि अरू छोराहरूको विवाह गरिदिएको उनले बताए ।

जयवल्लभका अरू छोराहरूमध्ये दुई जना रामदेवले स्थापना गरेको पतञ्जलि योगमा कार्यरत छन् । एक जना काठमाडौंमा र तीन जना दिल्लीमा छन् ।

यसैबीच बालकृष्णले स्याङ्जा जिल्ला प्रशासन कार्यालयबाट नागरिकता लिएको कुनै रेकर्ड नभेटिएको प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद ओलीले जनाएका छन् ।



जानु पंगेनी को रिपोर्ट ! 
ई कान्तिपुर सपोर्ट !

Monday, June 6, 2011


कालीनदीमा र्‍याफ्टिङ सञ्चालन गर्न सरकारी पहल

प्रकाश डोटेल स्याङ्जा २३ जेठ
कालीगण्डकी नदीमा जलयात्रा -र्‍याफ्टिङ) सञ्चालन गर्ने उद्देश्यले सरकारी तबरबाट पहल शुरु भएको छ । ऐतिहासिक धार्मिक स्थल मुक्तिनाथ-देबघाट हुदै भारतले तयार पारेको गण्डक नहरसम्म कालीगण्डकी नदीमा जलयात्राको संभाव्यता अध्ययन गर्न नेपाल सरकारबाट पहल शुरु गरेको हो ।
कालीगण्डकी नदी अर्न्तर्गत स्याङ्गजा र पाल्पा जिल्लाको सिमानाको सिर्द्धार्थ राजमार्गमा रहेको राम्दीघाट देखि तनहुँ नवलपरासी जिल्लाको सिमानामा रहेको धार्मिक क्षेत्र तथा संगम स्थल देबघाटसम्मको करिब एक सय ५० किलोमिटर जलयात्राको अध्ययन गरिने कालिगण्डकी पर्यटन बिकास समितिका अध्यक्ष बिष्णु थापाले बताए ।
नेपाल सरकारबाट विनियोजित तीन लाख बजेटमा बिन कल्सल्टेन्सीको सहयोगमा सरकारी, पर्यटन र जलयात्राको एक टोलीले नदी किनारको पैदल यात्रा गरि अध्ययनलाई अगाडी बढाएको छ अध्यक्ष थापाले बताए । सिर्द्धार्थ राजमार्ग सडक खण्डमा पर्ने कालीगण्डकी नदीको राम्दीदेखि गरेको अध्ययनमा करिव ४० किलोमिटर पैदल यात्रा सकिएको छ ।
नेपालको मुख्य धार्मिक क्षेत्र मुक्तिनाथ देखि शुरु भएको कालीनदीको यो खण्डमा जलयात्राको संभावनामा छ । स्याङ्गजा, पाल्पा, तनहुँ र नवलपरासी जिल्लाका स्थानियबासीले २०६५ सालमा एक समिति गठन गरेका थिए । स्थानियवासीका अनुसार, सरोकारवालाहरुको ध्यान पुर्‍याउन समिति गठन गरिएको हो । २०६५ सालमा स्थानियवासीको पहलमा सरकारको ध्यान केन्द्रित गर्न नदी महोत्सब सम्पन्न गरेका थिए । र्
पर्यटन बिकास समिति स्याङ्गजा र कालीगण्डकी एकीकृत बिकास समितिले पछिल्लो समयमा कालीगण्डकी नदी अर्न्तगत राम्दी-देबघाट जलयात्रा सञ्चालन गरि सम्भाव्यता अध्ययन प्रतिबेदन सरकारलाई बुझाएको छ । प्रतिबेदनमा सम्भाव्यता रहेको हुदा सरकारले सहयोग गर्नुपर्ने कुरामा जोड दिइएको छ । त्यस अनुरुप नै सरकारी तबरबाट सम्भाव्यता अध्ययन भएको हो ।
नदी किनार गण्डकीबेशीमा रहेका तर पहिचान लोपोन्मुख दरै, कुमाल, बोटे, मगर समुदायकेा मारुनी, कौरा, नौमती बाजा, भजन-कृतन लगायत लोकसंस्कृति झल्कने सांस्कृतिक रहेका छन् । स्थानियबासी भने, पर्यटक लोभ्याउने यो एउटा राम्रो माध्यम बनाएर गण्डकीबेशीको बिकास गर्न सकिन्छ भन्ने विश्वास छ ।
स्थ्ाानिय स्तरबाट पहलपछि क्रमशः सरकारी स्तरबाट समेत ध्यान पुगेकोमा स्थानियवासीले खुसी व्यक्त गरेका छन् । सम्भाव्यता अध्ययनका लागि जिल्ला आएको टोलीले नदी किनारको स्थलगत रिपोर्ट शुरु गरेको छ । टोलीले गण्डकीबेशी स्याङ्गजा, पाल्पा, तनहुँ र नवलपरासी जिल्लाका स्थानियवासीन्दाका रहन-सहन र संस्कृतिलाई बढि महत्व दिएको बताइएको छ ।

मुक्तिनाथ बैंकको ७ लाख शेयर खुला


मुक्तिनाथ बैंकको ७ लाख शेयर खुला

प्रकाश डोटेल

स्याङ्जा–२३, जेठ ।

स्थानिय प्रतिष्ठीत समाजसेवि, उद्योगीहरुको सामुहिक पहलमा जिल्लामै पहिलो पटक सुविधा सम्पन्न बैंकिङ् कारोबार गरेको मुक्तिनाथ विकास बैंकले मंगलबारबाट सर्वसाधारणका लागि कुल लगानीको ३५ प्रतिशतले शेयर खुला गरेको छ ।

स्याङ्जा, कास्की र तनहुँ गरि तीन जिल्लामा बैंकिङ्क कारोबार गर्दै आएको बैंकले सर्वसाधारणसम्म आफ्नो सेवाको पहुँच पु¥याउने उद्देश्यले शेयर पुजिँ बृद्धि गर्न लागेको हो । सात करोड बराबरको सात लाख कित्ता शेयर विक्रीको प्रबन्ध मिलाएको बैंकद्धारा जारी प्रेस विज्ञप्तीमा बताइएको छ । शेयर निष्काशन तथा विक्री प्रबन्धकको रुपमा एस क्यापिटल लिमिटेड काठमाडौं रहेको छ ।

आधुनिक, ग्रामीण र लघुवित्त बैंकिङ् कारोबारको एकसाथ नेपालमा पहिलो पटक सेवा संचालनमा ल्याएको बैंकले मंगलबारबाट शेयर खुला गरि जेठ २७ गतेसम्म छिटो र ढिलोमा असार ७ गतेसम्म विक्री गर्ने बताइएको छ । विज्ञप्तीमा सर्वसाधारणले एक हजारदेखि १० लाख रुपयाँसम्मको शेयर खरिद गर्न सक्ने व्यवस्था गरेको उल्लेख गरिएको छ ।

 स्थापना कालदेखि मुनाफामा रहेको बैंकमा एक हजारदेखि एक करोडसम्म कर्जा प्रवाह गर्ने गरेको बैंकका कम्पनी सचिव झलक सुवेदीले हस्ताक्षर गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ । जनता बैंकमा होईन, बैंक जनतामा जानु पर्छ भन्ने मुल उद्देश्यका साथ बैंक स्थापना गरिएको हो ।

शेयर विक्रीपछि चुक्ता पुजिँ २० करोड पुग्ने बताइएको छ । २०६३ सालदेखि संचालनमा आएको बैंकले हालसम्म झण्डै आठ करोड मुनाफा आर्जन गर्न सफल भएको छ । पोखराको पृथ्वीचोकमा बैंकको हाल केन्द्रिय कार्यालय रहेको छ ।

वातावरण दिवसमा बृक्षरोपण


वातावरण दिवसमा बृक्षरोपण

प्रकाश डोटेल

स्याङ्जा–२२, जेठ ।

३८ औ बिश्व वातावरण दिवसको अवसरमा स्याङ्जाको पुतलीबजार नगरपालिका वडा नम्बर १ तिनधारेमा बृक्षरोपण गरिएको छ । कञ्चनखोला अलैंचीवारी सामुदायिक वन उपभोक्ता समितिको आयोजनामा बृक्षारोपण गरिएको हो ।

बृक्षरोपण कार्यक्रममा बन बिभागका महानिर्देशक गोपालकुमार श्रेष्ठले वन नेपालको धन भएकोले संरक्षणका लागि सबै क्षेत्रको भुमिका जरुरी रहेको बताए । बनको संरक्षण गर्न सके देशको आर्थिक बिकास हुने श्रेष्ठको भनाई थियो ।

बृक्षारोपण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जिवन प्रसाद ओली, जिल्ला बन अधिकृत जिवनाथ पौडेल, कृषि बिकास कार्यालयका प्रमुख चेतनाथ अधिकारी, भुमिसुधार अधिकृत श्यामलाल सापकोटा, कन्चनखोला सामुदायीक बनका अध्यक्ष नारायण लम्साल  लगायतले बनको संरक्षण सबैको दायित्व रहेको जिकिर गरे ।

बृक्षारोपण कार्यक्रममा लप्सी, बडहर, अम्रिसो, धुपि, कपुर, सर्पगन्धा, अमला, खनियो, बकाइनो लगायतका दुई दर्जन एक हजार बिरुवा रोपण गरिएको थियो ।

त्यस्तै सदरमुकममा रहेको नेपाली सेनाको विरभद्रजंग गुल्ममा पनि विभिन्न प्रजातिका तीन सय विरुवा रोपण गरिएको छ ।

यसैबिच विश्व वातावरण दिवसको अवसर पारेर स्याङ्जाको वाँगेफड्के गाविसस्थित भगवती प्रा.वि सिरानचौरको विद्यालय हाताभित्र विरुवा रोपिएको छ । जिल्ला वन कार्यलय स्याङ्जाको सहयोग तथा स्थानीय मैदान इको क्लवको सक्रियतामा पैयु, बकाइनो, लाकुरी, सल्लो, चाप गरी तीन सय विरुवा रोपिएको हो ।

विक्रम सम्बत २०२९ सालमा सोही स्थानमा पैह्रो गई ४२ जनाको मृत्यु भएका अग्रजहरुको सम्झनामा वृक्षारोपण गरिएको स्थानियवासीले बताएका छन् ।

Saturday, June 4, 2011

बेरोजगार युवाले गाउँमा पुस्तकालय खोले



बैंकव्दारा पुस्तक प्रदान

श्रीकृष्ण सिग्देल वालिङ्,२१,जेष्ठ
सहयोग किताबः खिलुङ्देउराली गाविस ३ का युवाहरुले संचालन गरेको पुस्तकालयलाइ पुस्तक प्रदान गर्दै बैंकका प्रमुख सुधिर पौडेल र पुस्तक ग्रहण गर्दै क्लबका अध्यक्ष नारायण कोइराला ।
नेपालमा बेरोजगार युवाहरु दिनप्रतिदिन बढदै गइरहेको अवस्था छ । बेरोजगार भएपछि युवाहरु बिदेश पलायन हुन्छन् भने केही युवाहरु कुलतमा फसेर आफनो जिन्दगी बर्बाद बनाइरहेका हुन्छन् । बिदेशीनेलाइ रोक्ने र कुलतमा लागेकालाइ न्युनिकरण गर्ने उदेश्यले स्याङ्जाको खिलुङ्देउराली गाविस ३ का युवाहरुले गाउँमै पुस्तकालय संचालनमा ल्याएका छन् ।
खिलुङ्देउराली ३ का युवाहरुले रोजवड युथ र्सकल संस्था स्थापना गरि रोजवड रिडिङ् कर्नर पुस्तकालय नामाकरण गरि संचालनमा ल्याएका छन् । दिनदिनै काम नपाएपछि युवाहरु जाड,रक्सी,जुवातास लगायतमा दिन खेरा फाल्ने युवाहरु अहिले पुस्तकालयमा गएर पुस्तक र पत्रपत्रिकाहरु पढने गरेको युथ र्सकलका अध्यक्ष नारायण कोइरालाले बताए ।
स्थानिय स्तरमै आर्थिक स्रोत जुटाएर संचालनमा ल्याएको पुस्तकालय युवा देखी बृद्ध सम्मले पुस्तक र पत्रपत्रिका पढेने गरेको कोइरालाको भनाइ रहेको छ । स्थानीय जनजागरण आमा समुहले निमाण गरेको भवनमा पुस्तकालय संचालन गरेका छौ र्सकलका सचिव बिदुर कोइरालाले भने बेरोजगार युवाहरुले समाजलाइ परिवर्तन र चेतनाको कमीलाइ बिकसीत गर्ने उदेश्यले पुस्तकालयको स्थापना गरेको बताए । उनले भने पुस्तकालय संचालनमा आर्थिक संकटका कारण समस्या परेको जानकारी दिए ।
र्सकलले ग्रामिण क्षेत्रमा पुस्तकालय संचालन गरि सामाजिक रुपान्रणमा टेवा पुबैंकहरु सेवामुखि भन्दा पर्‍याएको भन्दै नेपाल एसविआइ बैंक वालिङ् शाखाले पुस्ताकालयलाइ पुस्तक प्रदान गरेको छ । बैंकहरु नाफामुखी तिर मात्रै अग्रसर भइरहेका बेला एसविआइ बैंकले सेवामुखि भावना देखाएर बेरोजगार युवाहरुले समाज परिवर्तनका लागी गरेको योगदानको कदर गर्दै पुस्तक प्रदान गरेको बैंकका वालिङ् शाखा प्रमुख सुधिर पौडेलले बताए ।
ग्रामिण क्षेत्रमा रहेका जनता सुचनाको पहुच बाट टाढा भएका बेला युवाहरुले संचालनमा ल्याएको पुस्ताकालयले युवाहरुमा बेरोजगारिका कारण बढदै गएको लागुऔषधको प्रयोगको न्युनिकरणमा टेवा पुग्ने प्रमुख पौडेलले बताए । रकम मात्रै ठुलो नभएको भन्दै प्रमुख पौडेलले पत्रपत्रिका र पुस्तक बाट आर्जन गरिने ज्ञाननै सम्पति भएकोले मान्छेमा ज्ञान भयो भने मात्रै समाज परिवर्तनमा कोशेढुङगा सावित हुने बताए ।
तिन बर्षअगाडी स्याङ्जाको प्रमुख व्यपारीक केन्द्र वालिङ्मा आफनो शाखा बिस्तार गरेको नेपाल एसविआइ बैंकले जिल्लामा रहेका बिपन्न बर्गहरुलाइ सहयोग गर्दै आइरहेको छ । वालिङ्मा बाणिज्य,बिकास,फाइनन्स र सहकारी गरि करिव दुर्इदर्जन बित्तिय संस्थाहरु रहेका छन् । तर पनि बित्तिय क्षेत्रबाट सामाजिकरुपले सहयोग गर्ने बैंक योनै पहिलो हो ।
पुस्तक हस्तान्तरण कार्यक्रममा वालिङ् बचत तथा ऋण सहकारीका प्रमुख खिलराज पाठक,नेपाल प्रेस युनियन स्याङ्जाका अध्यक्ष श्रीकृष्ण सिग्देल,जनजागरण आमा समुहकी अध्यक्ष लिलावती के.सी.,एसबिआइ बैंकका राजेन्द्र पौडेल,सन्दिप लामीछाने,क्लवका सदस्य सुन्दर कोइराला,बुद्धिजिविहरु बाट हुमकान्त कोइराला मानबहादुर जिसि लगायतले पुस्तकालयको प्रगतिका बारेमा शुभकामना दिएका थिए।
सहयोग किताबः खिलुङ्देउराली गाविस ३ का युवाहरुले संचालन गरेको पुस्तकालयलाइ पुस्तक प्रदान गर्दै बैंकका प्रमुख सुधिर पौडेल र पुस्तक ग्रहण गर्दै क्लबका अध्यक्ष नारायण कोइराला ।

Sunday, May 8, 2011

व्यवस्थित गोलभेडा खेतिको सुरुवात

प्रकाश डोटेल

स्याङ्जा–२५, बैशाख ।

मौसमी तथा बेमौसमी तरकारी खेतिको उत्पादन र आम्दानी वृद्धिमा मात्रै ध्यान दिदै आएका जिल्लाका कृषकहरु त्यसको संरक्षण र व्यवस्थापनमा जुट्न थालेका छन् । जिल्लामा अन्य खेतिको तुलनामा वढि मात्रामा उत्पादन हुदै आएको गोलभेडा खेतिको व्यवस्थापन र संरक्षण लागि आरुखर्क गाविसका कृषकहरुले गाउँमा अभियान सञ्चालन गर्दै संरक्षण र व्यवस्थापनमा जुटेका हुन् ।

      विगत दूई वर्षदेखि गोलभेडा खेतिलाई व्यवस्थित बनाउनको लागि प्रत्येक कृषकले अनिवार्य रुपमा प्लाष्टिक घरमा गोलभेडा लगाउने गरेका छन् । आरुखर्क गाविसलाईृ केन्द्रित गरि तरकारी उपज संकलन केन्द्र स्थापना भएपछि तरकारी जन्य बस्तुको सहज विक्रीवितरण हुने गरेकाले कृषकहरु व्यवसायीक गोलभेडा खेतिलाई जोड दिन थालेका छन् ।

      आन्तरिक खपतको तुलनामा जिल्ला बाहिर वढि मात्रामा खपत हुदै आएको छ । स्थानिय कृषकहरुले भने, जिल्ला बाहिर माग बढ्दो भएपछि गोलभेडा खेतिलाई आम्दानीको तुलनामा व्यवसायीक रुपमा लामो समयसम्म टिकाउ हुनेगरि प्लाष्टिक घरभित्र खेती गर्न सुरुवात गरेका हौं ।

      खुला ठाउँमा गोलभेडा खेति गर्दा कृषकहरुको मेहनत अनुसारको फल नदिन सक्छ । कृषकहरुले पुर्ण रुपमा उत्पादन लिनको लागि प्लाष्टिक घर आवश्यक रहेको छ । जिल्ला कृषि विकास कार्यालयका प्रमुख चेतनाथ अधिकारीले भने, कृषकहरुले प्लाष्टिक घरमात्र होईन् अहिले गोलभेडा खेतिमा रसायनिक विषादीको प्रयोगमा समेत न्युनिकरण गरेका छन् ।

      रसायनिक विषादीको प्रयोगको कृषकहरुमा पर्याप्त प्राविधीक ज्ञानको अभाव छ । उत्पादित वस्तुको गुणस्तर राम्रो हुदैन् । प्रमुख अधिकारीले भने, विषादीको प्रयोगले विभिन्न प्रकारका रोग लाग्ने सम्भावनालाई नर्कान सकिदैन् । विषादीको बढि प्रयोगले खेति नै नष्ट गर्नुपर्ने अवस्था आउन सक्छ । उत्पादन एकनासले नहुने जस्ता समस्या देखिएपछि रसायनिक विषादीको सट्टामा वानस्पति मल प्रयोगमा ल्याएका हुन् ।

      वानस्पति मलको प्रयोगले रसायनिक मल तथा विषादी किन्न लाग्ने खर्च समेत बचत भएको छ । स्थानिय कृषक नारायण पौडेलले भने, वानस्पति तथा जैविक सुक्ष्म खाधतत्वको लागि कृषकहरुले घरेलु प्रविधिको प्रयोग गरेका छन् । घरमा मल तयार गर्न थालेपछि कृषकहरुलाई खेति लगाउन सहज भएको छ ।

      कृषकहरुले खिर्राे, असुरो, तितोपाति जस्ता वनस्पतिहरु विषादीको रुपमा उपयोग गर्ने गर्दछन् । यसरी खेति गर्दा  रोगहरु पनि नलागेको र उत्पादन राम्रोसंग भएको बताउछन् कृषक राम्जीप्रसाद पौडेल । व्यवस्थित गोलभेडा खेति गर्न थालेपछि कृषकहरुको उत्पादन र आम्दाीमा वृद्धि भएको छ ।

      स्थानिय कृषकहरुले वार्षिक ४० देखी ६० क्विटल गोलभेडा उत्पादन गर्दै आएका छन् । बेमौसमी तरकारी खेति भएकोले अन्य खेतिको तुलनामा गोलभेडा खेति आम्दानीको राम्रो माध्यम बनेको छ । स्थानिय स्तरमा उत्पादित गोलभेडा विशेष गरि  पोखरा, वुटवल, भैरहवा सहित देशका ठूला शहरमा खपत हुने गरेको छ ।

      गोलभेडा खेतीलाई व्यवसायीक बनाउनको लागि संरक्षण र व्यवस्थापनमा ध्यान दिनुपर्छ भन्ने आरुखर्कका कृषकहरुले देखाएका छन् । जिल्लाका पुतलीबजार नगरपालिका, गाविस तर्फ छाङ्छाङ्दी, जगतभञ्ज्याङ्, स्वरेक, सेखाम, रत्नपुर, चापाकोट क्षेत्रका कृषकहरुले गोलभेडा खेति गर्दै आएका छन् ।