लोक नाथ मरासिनी , स्याङ्गजा
नेपाल टेलिकमले २०० रुपैयामा सिम कार्ड वित्रि वितरण सुरु गरेपछि स्याङ्जा शाखाबाट समेत सिम काड लिनेको भिड बढेको छ । पौष ४ गते देखि लागु हुने गरी टेलिकमले देशै भरी सस्तोमा सिम उपल्बध गराउन लागेपछि स्याङ्जामा पनि भिड बढेको हो । यस भन्दा अगाडि ११ सय ३५ मा बित्रि वितरण हुदै आएको सिम कार्ड अहिले २०० पाउने भएपछि सदरमुकाम स्याङ्जा बजारमा रहेको शाखा कार्यलयबाट मात्रै ४ दिनको अवधिसम्म ३५०० सिम वितरण भइसकेको टेलिकम स्याङ्जाले जनाएको छ । स्याङ्जा शाखाबाट दैनिक लगभग हजारको हाराहारिमा सिम वितरण हुदै आएका छन् । २०० रुपैयामा उपल्बध हुने सिम कार्डमा १ सय रुपैया व्यालेन्स समेत रहने र यो सेवा अब निरन्तर लागु हुने टेलिकमले जनाएको छ । नेपाल टेलिकमले स्याङ्जाको सदरमुकाम पुतलीबजार, वालिङ् र गल्याङ् बाट गरि तिन ठाउ बाट सिम बितरण गरेको छ । स्याङ्जामा नेपाल टेलिकमका साथै एनसिएल र युटिएलका समेत उपभोक्ताहरु रहेका छन् । अन्य नेटवर्ककका मोवाइलका सिमहरु सर्वसुलभ रुपमा पसलहरुमा पाइने भएपनि टेलिकमको भने अफिसमै जानुपर्ने झन्झटले गर्द केहि सिम कार्डहरु दलालि समेत हुने गरेको उपभोत्ताहरुको गुनासो रहेको छ ।
Wednesday, December 22, 2010
स्याङ्जा शाखाबाट समेत सिम काड लिनेको भिड
Monday, December 20, 2010
वालिङमा आइसिटी सम्मेलन सम्पन्न
प्रकाश डोटेल स्याङ्जा–५, पौष
स्याङजाको वालिङमा जिल्लामै पहिलो पटक आईसिटी सम्मेलन सम्पन्न भएको छ । वालिङ उद्योग वाणिज्य संघको सिटीहलमा सम्पन्न ईन्टरनेट तथा पछिल्लो आईटीको वारेमा जानकारी गराउनुको साथै छलफल भएको थियो । सम्मेलनको उद्दघाटन गर्दै क्यानका केन्द्रिय उपाध्यक्ष किशोर पन्तले सूचना प्रविधिको पछिल्लो जानकारी दिनु सवैले आवश्यक्ता रहेको भन्दै प्रविधिको सही सदुपयोग गर्न सक्ने हो भने मानव जीवन सफल हुने स्पक्ष्ट समेत पारे । उनले सूचना प्रविधिको विकासले विश्वलाई नै गोलवद्ध वनाएको स्पष्ट पारे ।
कम्यूटर एसोसिएसन अफ नेपाल क्यान स्याङजाको आयोजनामा भएको आईसीटी सम्मेलनमा शैक्षिक संस्थाका प्रतिनिधि तथा विद्यार्थी, वैक तथा वित्तिय क्षेत्रका प्रतिनिध तथा विभिन्न आईटी सम्वन्धी जाकनारी लिनेको उल्लेख्य सहभागिता थियो ।

सिरुबारी होमस्टे तालिम केन्द्र बन्ने
प्रकाश डोटेल स्याङ्जा–५, पौष
पर्यटन वर्ष २०११ लाई ध्यानमा राखेर नेपालको पहिलो ग्रामीण पर्यटकीय गाउँ सिरुवारी होमस्टे तालिम केन्द्र बन्ने भएको छ । आवश्यक पुर्वाधारको अभावमा स्थानिय पर्यटक व्यवसायी गाउँ छाडने क्रम बढेको थियो । सिरुबारीलाई होमस्टे तालिम केन्द्र घोषणाको तयारीसँगै आवश्यक पुर्वाधार बन्नेमा व्यवसायी थप आशावादी भएका छन् । स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघको पहलमा नेपाल उद्योग वाणिज्य महासंघको सहयोगमा सिरुबारी होमस्टे तालिम केन्द्र बन्ने भएको संघका अध्यक्ष दिपक लम्सालले बताए । पर्यटन मनत्रालयले केहि दिनभित्रमा केन्द्र घोषणा हुने लम्सालले बताए ।तालिम केन्द्रका रुपमा औपचारिक घोषण भएपछि सिरुबारी गाउँमा देशका विभिन्न भागमा संचालनको तयारीमा रहेका ग्रामीण पर्यटक क्षेत्रका व्यवसायीहरु समुह–समुहमा आउनेछन् । नेपाल भ्रमण वर्ष १०९८ को समयमा सिरुबारीमा थालिएको होमस्टे अवधारणाको अवलोकन तथा अनुशरण गर्दै व्यवसायीले तालिम लिने छन् ।
सिरुबारी नेपालकै पहिलो होमस्टे तालिम संचालन भएको क्षेत्र हो । त्यहाँ स्थानिय स्तरमा उत्पादीत कृषिजन्य बस्तुको प्रयोगमा पर्यटकलाई मनपर्ने खानाका परिकार बनाउने गर्दछन् ।
ग्रामीण स्तरमा पर्यटकको खानपान र बसोबासको प्रबन्ध मिलाउनेलाई होमस्टे भन्ने गरिन्छ । केन्द्र बन्ने भएपछि स्थानिय पर्यटन व्यवसायीमा उत्साह छाएको छ । सिरुबारी ग्रामीण पर्यटन मोडलमा देशका अन्य पर्यटक क्षेत्रलाई पर्यटकीय क्षेत्र बनाउने कार्य जारी छ ।
सिरुबारीको थप प्रचार हुने भयो । स्थानिय पर्यटन व्यवसायी बबरसिंह गुरुङ्ले भने, अब आन्तरिक तथा बाह्यि पर्यटकको आगमनमा बृद्धि हुने छ । गुरुङ्ले थपे, होमस्टे तालिम केन्द्र सिरुबारीको राम्रो पहिचानको अवसर पनि हो
एचआईभि एडसको सकरात्मक रोकथाम सम्बन्धि कार्यक्रम सम्पन्न
लोकनाथ मरासिनी
पौष ५,स्याङ्जा
एच आई भि एडस एंव लान्छना तथा भेदभावको सकरात्मक रोकथाम सम्बन्धि १ दिने कार्यक्रम राङ्भाङ् गाउँ विकास समिति स्याङ्जामा सम्पन्न भएको छ ।स्याङ्जा सपोर्ट ग्रुपको अयोजनामा गाउँ विकास समिति र उपस्वास्थ्य चौकिको संयुक्त सहयोगमा आइतबार कार्यक्रम सम्पन्न भएको हो ।एच आई भि सबैको सामुहिक समस्या हो भन्ने विषयलाई महशुस गराउने उद्धेशयले संचालित कार्यक्रममा संक्रमितहरुको आवज आफ्नै स्वारमा समेत प्रस्तुत गर्दै २ जना संक्रमितहरुको अनुभव सुनाइएको थियो ।
गाविसका ५७ जनाको सहभागिता रहेको सो कार्यक्रममा बोल्दै राङ्भाङ गाविस सचिव खुमलाल ढकालले एच आई भि को क्षेत्रमा आफ्नो क्षेत्रबाट सक्दो पहल जारी राख्ने प्रतिबद्धता व्यक्त गरे ।
स्याङ्जा सपोर्ट ग्रुपका अध्यक्ष चुडामणि भण्डारीको अध्यक्षतामा सम्पन्न कर्यक्रममा सपोर्ट ग्रुपका परियोजना संयोजक विजय ज्ञावलि तथा राधाकुष्ण शर्माले प्रशिक्षण समेत प्रदान गरेका थिए ।

अरनिको माध्यामिक विद्यालय राङ्भाङ्ग ५ स्याङ्जाको ६१ औ वार्षिकउत्सव सम्पन्न
लोकनाथ मरासिनी
पौष ५,स्याङ्जा
अरनिको माध्यामिक विद्यालय राङ्भाङ्ग ५ स्याङ्जाको ६१ औ वार्षिकउत्सव तथा अभिभावक भेला सोमबार सम्पन्न भएको छ ।सम्पन्न कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहेका प्रमुख जिल्ला शिक्षा अधिकारी टोपबहादुर श्रेष्ठले विद्यालयको भौतिक श्रोत र साधनसँगै गुणस्तरीय शिक्षमा पनि जोड दिनुपर्ने बताएका थिए ।विद्यालयको वर्षिकउत्सवकै अवसर पारी विद्यालयका प्रध्यानध्यापक हेमराज अर्याल लगायत विभिन्न शिक्षकहरु तथा क्रियाशिल अभिभावकहरुलाई समेत सम्मान गरीएको छ ।
कार्यक्रममा विद्यालय निरिक्षक पदमराज अचार्य, दिर्घबन्दु सुवेदी, हेमन्त थापा, बेलकुमार थापा, नेत्रकुमारी थापा लगायतले बोलेका थिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बालकुमार गुरुङ्को अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

स्याङ्जामा सप्ताहाव्यापि रुपमा गाविसहरु खुल्ला दिशामुक्त घोषित हुदै
लोकनाथ मरासिनी
पौष ५,स्याङ्जा
सोमबार बाहाकोट खुल्ला दिशा मुत्त गाविस घोषित सन् २०११ सम्म खुल्ला दिशामुक्त जिल्ला घोषण गर्ने अभियानका साथ अगाडि बढेको जिल्ला विकास समिति स्याङ्जाले सप्ताह व्यापि कार्यक्रम अन्र्तगत सोमबार बाहाकोट गाउँ विकास समितिलाई खुल्ला दिशामुक्त गाविस घोषण गरीएको छ । अभियानको तेस्रो दिन अन्र्तगत सोमबार विभिन्न कार्यक्रमका साथ बाहाकोटलाई खुल्ला दिशामुक्त गाविस घोषण गरीएको हो ।बाहाकोट गाउँ विकास समिति स्थीत क्रन्तिकारी चौतारोमा सम्पन्न भेलामा सम्पुर्ण बहाकोट बासीहरुले म मरो परिवार र मेरो घरमा आउने पाहुनाहरुले बाहाकोट देवि काखमा बसी अग्नी साँची खुल्ला दिशा गर्ने छैनै भनि प्रतिबद्धता व्यत्त गर्दछै भनि कसम समेत खाएका छन् ।
बाहाकोटमा सम्पन्न सो कार्यक्रममा स्थानिय विकास अधिकारी दिर्घनारायण पौडेलले गाविसलाई खुल्ला दिशामुक्त गाविस घोषण गरेका हुन् ।
गाविसमा रहेको ४७२ सम्पुर्ण घरहरुमा चर्पि निर्माण पश्चात गाविसलाई खुल्ला दिशामुक्त घोषण गरीएको हो ।
खुल्ला दिशामुक्त गाविस घोषण कार्यक्रममा स्याङ्जाका प्रमुख जिल्ला इन्जीनियर अमृत श्रेष्ठ, जिविस स्याङ्जाका इन्जीनियर खेमकान्त रेग्मी, पश्मिाञ्चल नेपाल ग्रमिण खानेपानि तथा स्वास्थ्य सरसफाई परियोजनाका प्रमुख लोकनाथ रेग्मी लगायतले बोलेका थिए ।
जिल्ला विकास समिति स्याङ्जको सप्ताहा व्यापि कार्यक्रम अन्र्तगत शनिबारबाट सुरु भएको कर्यक्रम अन्र्तगत शनिबार बागेफड, आइतबार बाङसीङ् र सोमबार बाहाकोट खुल्ला दिशामुक्त गाविस घोषण भएका हुन ,भने मंगलबार भाडखोला, बुधबार मालुङ्गा, विहिबार चण्डी भञ्ज्यङ्ग र शुक्रबार ढापुक लाई खुल्ला दिशामुक्त गाविस घोषण गरीने जिल्ला विकास समिति स्याङ्जाले जनाएको छ ।

Sunday, December 19, 2010
साखँरको राधादामोदर मन्दिरमा बृद्ध आश्रम निमार्ण
Lok Nath Marasini
स्याङ्गजा जिल्लाको सबैभन्दा होचो भागमा रहेको मन्दिर साखँरको राधादामोदर मन्दिरमा बृद्ध आश्रम निमार्ण भएको छ । ४० जना अटाउन सक्ने क्षमता भएको एक तले १० कोठे बृद्धाआक्षम भवन निमार्ण भएको हो । महिला तथा बालबालिका समाज कल्याण मन्त्रालयको १२ लाख र धनधान्याञ्चल महायज्ञको १६ लाख गरेर करिब २८ लाखको खर्चमा बृद्धा आश्रम निमार्ण गरिएको निमार्ण समितिका सचिब घनश्याम खनालले बताउनुभयो । मन्दिरमा रहेका ४० जना बृद्धहरुलाई व्यबस्थित बसाई र सुरक्षित स्थानका लागि मन्दिर परिसरमा बृद्ध आश्रम निमार्ण गरिएको हो । निमार्ण कार्य पूरा भएपछि आउँदो माघ महिनाबाट बृद्धबृद्धालाई आश्रममा बस्ने वाताबरण गराइने भएको छ । २ तले निमार्ण लक्ष्य लिइएको भवनको अर्को तला भने आर्थिक अभाबका कारण निर्माण कार्य सारिएको समितिका हरिबाबु पोखरेलले बताउनुभयो । स्याङ्गजा,पाल्पा तनहुँ र नवलपरासी गरेर ४ जिल्लाको केन्द्र कालीगण्डकी नदीको किनार साखँर स्याङ्गजामा स्थापना गरिएको आश्रममा ४ जिल्ला सहित पश्चिमाञ्चल क्षेत्रका सयौ बृद्धबृद्धाको लागि साहारा बन्ने छ ।

एमाले निकटको दलित भातृ संगठन मुक्ति समाजको २३ औ स्थापना दिवस
Lok Nath Marasini
नेकपा एमाले निकटको दलित भातृ संगठन मुक्ति समाजको २३ औ स्थापना दिवस अजा स्याङ्जा सदरमुकाममा एक कार्यक्रमको आयोजना गरी मनाइएको छ । मदन आश्रित स्मृति भवन स्याङ्जाको सभाहलमा कार्यक्रम सम्पन्न भएको हो । सम्पन्न कार्यक्रममा अब बन्ने नयँ संविधानमा दलितका हक अधिकारका विषयमा स्पष्ट उल्लेख गर्न सबै हक हुनुको विकल्प नभएको बत्ताहरुले जोड दिएका थिए । मुक्ति समाज नेपालका केन्द्रिय उपाध्यक्ष टेकु नेपाली, एमाले स्याङ्जाका उपसचिव सुधिर पौडेल, एमाले स्याङ्जा सचिवालय सदस्य सिता सुन्दास, जमानसिंह नेपाली लगायतले बोल्नुभएको थियो । मुक्ति समाज स्याङ्जाका अध्यक्ष खडकबहादुर नेपालीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष धनमाया विकले गर्नुभएको थियो भने संचालन सदस्य मोहन गहतराजले गर्नुभएको थियो ।

जिल्लाका ७ ओटा गाविसलाई खुल्ला दिशामुक्त गाविसहरु घोषण अभियान
स्याङ्जा जिल्लालाई सन् २०११ सम्म खुल्ला दिशामुक्त जिल्ला घोषण गर्ने अभियानका साथ अगाडि बढेको जिल्ला विकास समिति स्याङ्जाले अजादेखि सप्ताहा व्यापि रुपमा जिल्लाका ७ ओटा गाविसलाई खुल्ला दिशामुक्त गाविसहरु घोषण अभियान सुरु थालेको छ । अभियानको पहिलो दिन आज बागेफडके गाविसलाई खुल्ला दिशामुक्त गाविस घोषण गरीएको छ । स्थानिय विकास अधिकारी दिर्घनारायण पौडेलले आज बागेफडकेलाई एक कार्यक्रमका विच खुल्ला दिशामुक्त क्षेत्र घोषण गर्नुभएको हो । खुल्ला दिशामुक्त क्षेत्र घोषण कार्यक्रममा अजा वागेफडकेका स्थानिय वासीहरुले पुर्ण रुपमा खुल्ला दिश मुक्त गाविस बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए । खुल्ला दिशामुक्त गाविस घोषण कार्यक्रममा प्रमुख इन्जीनियर अमृत श्रेष्ठ, जिविस स्याङ्जाका उपसचिव हुमनाथ शर्मा ढकाल, मोतिप्रसाद भुषाल लगायतले बोल्नुभएको थियो । सप्ताहाव्यपि रुपमा आज बाट सुरु भएको खुल्ला दिशामुक्त गाविस घोषण अन्र्तगत भोलिबाट क्रमश बाङ्सीङ्, बहाकोट, भाडखोला, मालुङ्ग, चण्डी भञ्ज्याङ्ग र ढापुकलाई खुल्ला दिशामुक्त गाविस घोषण गरीने जिल्ला विकास समिति स्याङ्जाले जानकारी दिएको छ ।
लोकतान्त्रीक राजनिति र समाजवादि अर्थनिति एक मत्रै बाटो :कमल पंगेनि
Lok Nath Marasini
नायँ र समृद्ध नेपालका लागि लोकतान्त्रीक राजनिति र समाजवादि अर्थनिति एक मत्रै बाटो भएको नेपलि कांग्रेस स्याङ्जाका सभापति कमल पंगेनिले बताउनुभएको छ । मनकामना गाउँ विकास समिति कुसुम भञ्ज्याङ्ग स्याङ्जमा आज भएको एक कार्यक्रममा कार्यकर्ताहरुलाई सम्बोधन गर्दै सभापति पंगेनिले देशलाई माया गर्ने लकतन्त्रबादिहरु एक हुनुपर्ने बेला आएको बताउनुभएको हो । गाउँ सभापति उमापत्ति शर्माको सभापतित्वमा सम्पन्न कार्यक्रममा महाधिवेशन प्रतिनिधि कमलाप्रसाद गुरुङ्, जिवन ज्योति उच्च माविका प्रचार्य सामबहादुर गुरुङ, तरुण दलका जिल्ला सदस्य खेम गुरुङ्, खडकबहादुर खाड, ध्रुव खाड, रोशन थापामगर, भिमनारायण काफ्ले लगायतले संविधान निर्माण पुर्व माओवदी शिवीरहरु खालि गरीनुपर्नेमा जोड दिएका थिए

Subscribe to:
Posts (Atom)