Thursday, September 2, 2010

तीज गीत मा मिले कांग्रेस माओबादी र एमाले

बसन्ती बास्तोला
स्याङ्जा, भाद्र १६ - 
वातावरण बिग्रँदै छ, 

हाम्लाई  पीर पर्‍या छ

सम्बन्धित निकायले खै 

के गर्‍या छ ?

सधंैजसो गाइने रुनाधुना र सासु-बुहारीको विषयभन्दा भिन्न गीत यसपटक महिलाले गाए ।  पुतलीबजारमा आयोजना गरिएको तीज गीत प्रतियोगिताका सहभागीले यसरी वातावरणको कुरासमेत उठाउँदा आयोजकसमेत दंग परे । देशमा तीन दल नमिलेर प्रधानमन्त्रीको चुनाव पाँचौंपटक पनि विफल भएको बेला तीन राजनीतिक दल कांग्रेस, एमाले र माओवादीका भ्रातृसंगठनका महिलाले प्रतियोगिताको संयोजन गरेर मेलमिलापको उदाहरण प्रस्तुत गरेका थिए । प्रतियोगितामा गीत पनि त्यस्तै गाइए ।

देश विकास गर्ने भए 

महिला एकजुट बनांै है 

अघि बढ्ने भए...

यसरी नै महिला एकजुट बनेका थिए कार्यक्रममा क्षेत्र नं १ को जिम्मा नेपाली कांग्रेसकी मखमली श्रेष्ठ, क्षेत्र नं २ को माओवादीकी लक्ष्मी पौडेल र क्षेत्र नं ३ को जिम्मा एमालेकी देवी थापाले सम्हालेका थिए । गल्याङ, वालिङ र पुतलीबजारमा प्रतियोगिता गरी त्यसबाट उत्कृष्ट भएका १३ समूहलाई १८ गते सदरमुकाम पुतलीबजारमा फेरि प्रतिस्पर्धा गरिनेछ । सधैंजसो आमा समूह आयोजक हुने यसपटकको प्रतियोगितामा जिविस, कृषि विकास कार्यालय, महिला विकास कार्यालय, गैरसरकारी संस्था महासंघलगायतका एक दर्जनभन्दा बढी संघसंस्था थिए । 

वातावरण, कृषि, सरसफाइ र महिलाहिंसाको विषयमा गीत गाउन लगाएर आफूहरूले विकासको काम गर्न खोजेको कृषि विकास कार्यालयका प्रमुख चेतनाथ अधिकारीले बताए । उनले भने, 'कृषि नभई देश चल्दैन तर कृषिको कदर कहिल्यै हुँदैन ।' यसपटक सहभागीले बढी कृषिकै गीत गाएपछि भने अधिकारी हाँस्दै ताली पिटिरहेका थिए । त्यो दृश्य देखेपछि कांग्रेस नेतृ सरस्वती तिवारीले जिस्काइन्, 'कृषिको सरको त आज भुइँमा खुट्टा छैनन् ।' 

भुइँमा खुट्टा त महिला नेतृहरूको पनि थिएनन्, मूल्यांकन टिमका संयोजक तथा लोक गायक अजुर्न गैरेलाई बीचमा गीत गाउन पठाएर उद्घोषकसमेत रहेकी एमाले नेतृ तारा शर्मा गीत सुरु नगर्दै नाच्न पुगिन् । उनलाई साथ दिन पुगे कांग्रेस नेतृ सरस्वती तिवारी र निर्मला पोख्रेल । रातै साडी लगाएर कम्मर मर्काई मर्काई नाच्नेको कमी थिएन । यस्ता नाचलाई गीतले पनि साथ दिइरहेको थियो । सधैं सुनेभन्दा फरक गीत सुन्न पाएपछि दर्शक दिक्क थिएनन् । बांखोलाकी कल्पना श्रेष्ठले भनिन्, 'गीत त यस्तो पो राम्रो हुन्छ ।' गीतमा प्लटिङ गरेर खेतीयोग्य जमिन मासिएको समेत कुरा उठेको थियो । 

खेतीयोग्य जमिनको संरक्षण गरांै

उजाडिएको डाँडाकाँडा संरक्षण गरांै । 

बिदेसिन परेको, पुरुषले मात्र असर पाएका र आफूहरू प्रधानमन्त्री बन्न पाए संविधान बनाउनेसम्मका कुरा गीतमा उठाइएका थिए ।

 

भारतीय नागरिकको आँधीखोलाले बगाउँदा मृत्यु

प्रकाश डोटेल स्याङ्जा, १६ भदौं
स्याङ्जाको आँधीखोला किनारमा नुहाउन गएका एक भारतीय नागरिकको खोलाले बगाउँदा मृत्यु भएको छ । भारतको मोतिहारी स्थायी घर भएका अन्दाजी ६० वर्षा शुसिल मास्ताको खोलाले बगाएर मृत्यु भएको हो । नुहाई रहेको अवस्थामा अचानक लड्न पुग्दा उनलाई खोलाले बगाएर मृत्यु भएको वालिङ् स्थित वडा प्रहरी कार्यालयले जनाएको छ ।
शनको शव वालिङ् नगरपालिका-३ स्थित आँधीखोला किनारमा नुहाएको स्थानबाट करिव १ मिटरको दुरीमा भेटिएको थियो । वालिङ् डेरामा बस्दै आएका मास्ता कवाडी सामानको व्यापारमा आवद्ध थिए ।

Tuesday, August 31, 2010

महिला सशक्तिकरण को दरिलो नमुना :भबन निर्माण !

प्रकाश डोटेल स्याङ्जा, १५ भदौं
स्याङ्जाको पूर्वी दक्षिण भेगमा रहेको कुवाकोट गाउं विकास समिति वाड नं. ३ स्थित आँधीघाटमा स्थानिय आमा समुहको पहलमा स्वास्थ्य चौकी भवन निर्माण भएको छ ।
स्वास्थ्य उपचारका लागि घण्टौ हिडनुपर्ने बाध्यतामा परेका स्थानियवासीलाई स्वास्थ्य चौकी भवन निर्माणपछि स्वास्थ्य सेवा सुलभ भएको छ । कुवाकोटको नारिकल्याण आमा समुहको विषेश पहलमा स्वास्थ्य चौकी भवन निर्माण कार्य भएको हो ।
नारीकल्याण आमा समूहकी अध्यक्ष धनकुमारी पंगेनीको सक्रियतामा भवन उक्त निर्माणको कार्य अगाडी बढेको थियो । करिव २ लाखको लागतमा निर्माण भएको हो । स्वास्थ्य चौकी भवन २ कोठाको रहेको छ ।
भवन निर्माणका लागि उक्त रकम स्थानियबासिन्दाबाट चन्दा सहयोग तथा विविध सांस्कृतिक कार्यक्रमहरुबाट संकलन गरिएको थियो । उक्त स्थानमा स्वास्थ्य चौकी निर्माण भएपछि कुवाकोट गाउ विकास समितिका वडा नं. २, ३, ४ र ९ का स्थानियवासी स्वास्थ्य सेवाबाट प्रत्यक्ष लाभान्वित भएका छन् ।

रेडियो स्याङ्जा एफएमलाई एक थान कम्प्युटर सहयोग

प्रकाश डोटेल, स्याङ्जा, १५, भदौं
स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघले जिल्ला सदरमुकाममा रहेको एकमात्र सामुदायिक रेडियो स्याङ्जा एफएमलाई एक थान कम्प्युटर सहयोग स्वरुप निः शुल्क प्रदान गरेको छ। संघका अध्यक्ष दिपक लम्सालले रेडियोका अध्यक्ष हेमराज अर्याललाई संघको सभाहलमा एक कार्यक्रमका विच मंगलबार कम्प्युटर हस्तान्तरण गरेका थिए । संघले उक्त कम्प्युटर करिव ६० हजार मुल्यमा खरिद गरेको जनाएको छ ।
सामुदायिक स्तरमा संचालनमा रहेको रेडियोले जिल्लाका विभिन्न संघसंस्थाबाट निरन्तर सहयोग प्राप्त गरेमा रेडियोले आफ्ना दैनिक कार्यहरु सहज रुपमा सम्पादन गर्न सक्ने अध्यक्षद्धयले बताएका थिए ।

घुस लिंदालिदैं एमाले सभासद कार्की पक्राउ


काठमाडौ, भाद्र १५ - नेपाल प्रहरीको निरीक्षक (इन्सपेक्टर) पदमा जागिर लगाइदिने भन्दै रकम असुलिरहेका एमाले सभासद डोलबहादुर (डिबी) कार्की पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रहरीको विशेष टोलीले एक लाख रुपैंया घुस लिदै गर्दा कार्की र उनका सहयोगी 'स्वामी एक हजार आठ' ब्रहमानन्द उदासिनलाई भिमसेनगोलास्थित डेराबाट सोमबार साँझ सप्रमाण पक्राउ गरेको हो । इन्सपेक्टरका लागि पाँच लाख आवश्यक पर्ने भन्दै उनले एक लाख बैनाबापत लिएको पक्राउमा संलग्न एक प्रहरी अधिकारीले जानकारी दिए ।  
'जागिर लगाइदिने भन्दै घुस लिइरहेको प्रहरी सूचनाका आधारमा छापा मार्दा कार्की र उदासिनलाई एक लाख रुपैयाँ सहित पक्राउ गरिएको हो,' अख्तियारका प्रवक्ता इश्वरीप्रसाद पौडेलले भने, 'साँझ समातिएकाले बयान लिन भ्याइएको छैन, भोली बयान लिएपछि धेरैकुरा स्पष्ट हुनेछ ।'
 स्याङ्जा, टक्सारका ४८ वर्षे कार्की समानुपातिकतर्फका सभासद् हुन्। अखिल नेपाल किसान संघका सचिव रहेका उनी क्षेत्री समाजको संस्थापक अध्यक्ष पनि हुन्। पार्टी उपाध्यक्ष वामदेव गौतमस"गै मालेबाट एमाले फर्केका उनले कर्णाली अञ्चल सचिवका रूपमा समेत काम गरिसकेका छन्।
'एक दर्जन बढी उजुरी प्राप्त भएपछि टोली नै खटाएर उनीमाथि निगरानी बढाइएको थियो । सप्रमाण पक्राउ गर्नका लागि केही समय लागेको हो,' एक उच्चप्रहरी अधिकृतले भने ।   
प्रहरी प्रधान कार्यालयले केहि समय अघि ८० प्रहरी निरीक्षकका लागि भर्ना आवहन गरेको थियो । जसमध्ये जनजाति ११, मधेसी १०, महिला र दलित ६/६ र पिछडिएको बर्ग -१ गरि ३५ जनाको अन्तिम नतिजा प्रकाशन भइसकेको छ ।  
सभाषद् कार्की पूर्वगृहमन्त्री वामदेव गौतमका निकटतम मानिन्छन् । प्रधान कार्यालयका एक प्रहरी नायब महानिरीक्षकका अनुसार गौतम गृहमन्त्री रहेका बेला प्रहरी सरुवा बढुवामा कार्कीको हालिमुहाली निकै चल्थ्यो । गौतम अध्यक्ष रहेको अखिल नेपाल किसान संघका केन्द्रीय सदस्यसमेत हुन्, कार्की । सभाषद् कार्कीलाई हाल नक्सालस्थित अख्तियार परिसरमै रहेको प्रहरीको थुनुवा कक्षमा राखिएको छ ।
अख्तियारले कार्कीको पक्राउ सम्बन्धमा सभाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई समेत जानकारी गराइसकेको छ । 'अख्तियारबाट फोनमार्फत सभाषद् कार्की पक्राउको जानकारी आएको थियो । साँझ पक्राउ गरिएकाले मौखिक जानकारी गराउनुपर्‍यो, भोली लिखित जानकारी गराउछौ भन्नुभयो,' सभाध्यक्ष नेम्वाङले भने । संसद् चलिरहेका बेला सभाषद्लाई पक्राउ गर्नुपर्दा सभाध्यक्षलाई जानकारी गराउनुपर्ने प्रावधान छ ।
एमाले प्रचार विभाग प्रमुख प्रदीप ज्ञवालीले आफूलाई घटनासम्बन्धमा बिस्तृत जानकारी नभए पनि अनुचित क्रियाकलापमा संलग्न जो सुकैमाथि कानुन बमोजिम कडा कारवाही हुनुपर्ने बताए । 'गैरकानुनी र अनुचित काम गर्ने जोकोही माथि कारवाही हुनुपर्छ । कुनै ओहोदा धारण गरेको भरमा कसैले छुट पाउनु हुदैन,' ज्ञवालीले भने, 'घटनाबारे बिस्तृत जानकारी आएपछि र अभियोग प्रमाणित भए पार्टीले पनि आवश्यक कारवाही गर्छ ।'

Monday, August 30, 2010

पत्रकारलाई ज्यान मार्ने धम्की


स्याङ्जा, भाद्र १४ -  एक पत्रकारलाई फोन मार्फत ज्यान मार्ने धम्की आएको छ । स्याङ्जा सिर्सेकोट घर भई ग्रामिण क्षेत्रमा बसेर कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा लगायतका बिषयमा बिगत ४ बर्ष देखि पत्रकारितामा सकृय रहेका पत्रकार प्रकाश डुम्रेलाई फोन मार्फत ज्यान मार्ने धम्की आएको हो । पत्रकार डुमे्र जिल्लाका दुई सामुदायिक रेडियो स्याङ्जा र रेडियो आधिखोलाको तथा सदरमुकामबाट प्रकाशित हुने साप्ताहीक पत्रिका आधीखोला एक्सप्रेसको संबाददाताको रुपमा काम गर्दै आएका छन् ।
 पत्रकार डुम्रेलाई दिइएको ज्यान मार्ने धम्कि प्रति नेपाल पत्रकार महासंघ, क्रान्तिकारी पत्रकार संघ, नेपाल प्रेस युनियन, प्रेस चौतारीले आपत्ति प्रकट गरेका छन् । महासंघका अध्यक्ष ओम प्रकाश शर्मा, संघका अध्यक्ष अर्जुन काफ्ले, युनियनका अध्यक्ष श्रीकृष्ण सिग्देल र चौतारीका अध्यक्ष हिमलाल पराजुलीद्धारा जारी प्रेस बिज्ञप्तिमा दोषी माथि कडा कारवाहीको माग गरीएको छ । डुम्रेलाई तथा उनका परिवारलाई शुक्रबार देखि शनिबारसम्म पटक पटक ९८४६२७६६३४ नम्बरको मोबाइलबाट धम्की आएको डुम्रेले ई स्यांग्जा लाई बता |

कालिगण्डकीले बगाउँदा एक वेपत्ता ,शव फेला परेन

कालिगण्डकी नदीको किनारबाट बालुवा निकाल्दा आज दिउँसो कालिगण्डकी नदीले बगाएर वेपत्ता भएका एक मजदुर अहिलेसम्म फेला परेका छैनन् । आज दिउँसो बालुवा निकाल्ने क्रममा नदीले बगाएपछि वेपत्ता रुकुम जिल्ला महत गाविस वार्ड नं. ५ घर भई हाल बानपा १ रामरेखामा डेरा गरि बस्ने कुशल बुढाथोकीका शब फेला परेको छैन । 
बागलुङ नगरपालिका वार्ड नं. १ खुदुर्केमा बालुवा निकाल्दै गरेका बुढालाई नदीले एक्कासी बगाएपछि वेपत्ता भएका थिए । वेपत्ता बुढाको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी र स्थानीय मजदुरहरुको सहयोगमा खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ

Sunday, August 29, 2010

मनकामना गाँउविकास समितिमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

(लोकनाथ मरासिनी) 
भदौ १२, स्याङ्जा - 

स्थानिय क्लब तथा विद्यालयको अयोजनामा मनकामना गाँउविकास समिति ४ मेथाभुरुङ्गा स्याङ्जामा १ दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । सम्पन्न स्वास्थ्य शिविरमा मनकामना गाविस आसपासका २७१ जना विरामीहरुको स्वास्थ्य परीक्षण गर्नुका साथै ८० हजार रुपैया बराबरको औषधि वितरण गरीएको छ । भुरुङ्ग चौकी माध्यामिक विद्यालय मनकामना र जनजागुति सामुदायिक क्लब मनकामना ४ मेथाभुरुङ्गको अयोजनामा संचालित शिविरमा मानसिक तथा नशा रोग विशेषज्ञ डा. राजन शर्मा डा. महेन्द्र गुरुङ् र डा. सन्दीप पाण्डेले विरामिहरुको स्वास्थ्य परिक्षण गर्नुभएको थियो 

अखण्ड दीप प्रज्ज्वलन

देशमा शान्तिको कामनासहित पुतलीबजारमा शुक्रबारदेखि अखण्ड दीप प्रज्ज्वलन गरिएको छ । संविधान बनेर देशमा शान्ति नहुँदासम्म प्रत्येक दीप प्रज्ज्वलन गरिनेछ । धर्मोदय सेवा समाजको अगुवाइमा चोक सफा गरी अखण्ड दीप प्रज्ज्वलन गरिएको हो । प्ुातलीबजार बीच सडकमा रहेको साहिदचोक बिहीबारसम्म फोहोर फाल्ने कन्टेनर बनेको थियो ।

तोडफोड आरोपमा २ प्रक्राउ

 तीनदोबाटे गाविसको गायखोलामा गाडी तोडफोड गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । बिहीबार राति ग१ख २९९८ नं. को माइक्रोबसको सिसा फुटाइदिनुका साथै चालकलाई कुटेको आरोपमा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा स्याङ्जा मल्याङ्कोट ४ घर भई वालिङ ८ रामबाच्छा बस्ने रुके गुरुङ र गोरे गुरुङ छन् ।