प्रकाश डोटेल, स्याङ्जा, १५, भदौं

स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघले जिल्ला सदरमुकाममा रहेको एकमात्र सामुदायिक रेडियो स्याङ्जा एफएमलाई एक थान कम्प्युटर सहयोग स्वरुप निः शुल्क प्रदान गरेको छ। संघका अध्यक्ष दिपक लम्सालले रेडियोका अध्यक्ष हेमराज अर्याललाई संघको सभाहलमा एक कार्यक्रमका विच मंगलबार कम्प्युटर हस्तान्तरण गरेका थिए । संघले उक्त कम्प्युटर करिव ६० हजार मुल्यमा खरिद गरेको जनाएको छ ।
सामुदायिक स्तरमा संचालनमा रहेको रेडियोले जिल्लाका विभिन्न संघसंस्थाबाट निरन्तर सहयोग प्राप्त गरेमा रेडियोले आफ्ना दैनिक कार्यहरु सहज रुपमा सम्पादन गर्न सक्ने अध्यक्षद्धयले बताएका थिए ।
No comments:
Post a Comment