लोकनाथ मरासिनी
स्याङ्जा, मंसिर २२ गते ।
नेपाल सरकारका उर्जा राज्यमन्त्री चन्द्रसिं भट्टराईले देशमा बढदै गएको अस्थिरताको जिम्मेवारी एकीकृत नेकपा माओवादी भएको आरोप लगाउनु भएको छ ।
उहाँले माओवादीले लोकतान्त्रिक धारलाई नीतिगत रुपमा स्वीकार नगरेसम्म देशले निकास नपाउने बताएका छन् । नेपाल विद्युत प्राधिकरण कर्मचारी संघ पश्चिमाञ्चलको सातौ क्षेत्रिय अधिवेशनको उद्घाटन गर्दै राज्यमन्त्री भट्टराईले बुधबार उक्त कुरा बताउनु भएको हो । देशमा संविधान बन्न र सरकार गठनको प्रक्रियाले पुर्णता नपाउनुमा माओवादी जस्तै नेकपा एमाले पनि जिम्मेवार रहेको उहाँको भनाई थियो ।
माओवादीसँग हालसम्म हतियारको दम्भ रहेको स्पष्ट पार्दै राज्यमन्त्री भट्टराईले जबसम्म माओवादीसँग हतियारका दम्भ रहन्छ तवसम्म उनीहरु लोकतान्त्रि नहुने जिकिर गर्नुभयो ।
देशमा बढ्र्दै गएको लोडसेडिङ्गलाई कम गर्नमा सरकारले विभिन्न योजना ल्याएपनि जलमाफियाहरुले काम गर्न नदिएको भट्टराईले आरोप लगाउनुभयो ।
स्वच्छ प्रशासन सक्षम व्यवस्थापन आजको आवश्यकता, संस्थागत र कर्मचारी हकहित हाम्रो प्रतिवद्धता, भन्ने मुलनाराका साथ जिल्ला सदरमुकाम पुतलीबजार नगरपालिका–१, स्थित बालमन्दिरमा शुरु भएको अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ |
No comments:
Post a Comment