Thursday, August 12, 2010

कमल पंगेनीले ३ सय ७६ मत प्राप्त गरे !




नेपाली काँग्रेस स्याङ्जाको १२ औ जिल्ला अधिबेशनमा ३ सय ७६ मत प्राप्त गर्दै निवर्तमान सह–सभापति कमलप्रसाद पंगेनी निर्वाचित हुनु भएको छ। बिहिबार सम्पन्न १२ औं जिल्ला अधिबेशनले प्रतिस्पर्धी भोजराज अर्याल र शिबकुमार गिरीलाई फराकिलो मत अन्तरले पराजित गर्दै पंगेनी निर्वाचित हुनुभएको हो। अर्यालले १ सय ६८ मत प्राप्त गर्नुभएको थियो भने गिरिले १ सय ३३ मत प्राप्त गर्नुभएको थियो। अधिवेशनले सचिब पदमा लक्ष्मणप्रसाद भट्राईलाई निर्वाचित गरेको छ। भट्राईले ६ प्रतिस्पर्धीलाइ पराजित गर्दै निर्वाचित हुनुभएको हो। उहाँका प्रतिस्पर्धी कृष्णप्रसाद अर्यालले एक सय २६ मत प्राप्त गर्नुभएको थियो।
त्यस्तै कोषाध्यक्ष पदमा मधुसुधन गैरेले २ सय २ मत प्राप्त गरि बिजय हुनुभएको छ। गैरेका प्रतिद्धन्दी पिताम्बर श्रेष्ठले एक सय ८९ मत हात पार्नु भएको हो। कोषाध्क्षय पदमा ४ प्रतिस्पर्धी रहनु भएको थियो।
बुधबारबाट शुरुभएको निर्वाचन प्रक्रिया विहिबार अबेर सम्पन्न भएको थियो। दुई नगरपालीका र ६० गाउँ बिकास समिति रहेको स्याङ्जामा सात सय २७ मतदाता रहेका थिए।

2 comments: