Monday, August 9, 2010

कालिगण्डकी सुचारु ,लोड सेडिंग घट्यो

२४ साउन, काठमाण्डौ । नेपाल विद्युत प्राधिकरणले सोमबारदेखि लोडसेडिङको समय घटाउने भएको छ । कालीगण्डकी जलविद्युत परियोजना मर्मतको लागि भन्दै साउन १७ गते लोडसेडिङको समय थप गर्दै दैनिक ८ घण्टा लोडसेडिङ गर्दै आएको थियो । परियोजनाको मर्मत कार्य सकिएकोले अबदेखि साविक बमोजिम नै दैनिक दुई घण्टा अर्थात सातामा १४ घन्टा मात्र लोडेसेडिङ हुने प्राधिकरणले जनाएको छ । हामीसँग कुरा गर्दै प्राधिकरण भार सम्प्रेषण केन्द्रका प्रमुख शेरिसंह भाटले कालीगण्डकी जलविद्युति परियोजनाबाट मध्यान्हदेखि पूर्ण क्षमतामा विजुली उत्पादन सुरु हुने बताउनुभयो ।


परियोजनाबाट पूर्णरुपमा विद्युत उत्पादन हुने भएकाले सोमबार साँझदेखि लोडसेडिङ सामान्य अवस्थामै फर्किने अर्थात दैनिक दुई घण्टामा कायम हुने उहाँले बताउनुभयो

No comments:

Post a Comment