Monday, November 22, 2010
माओवादी व्यवहार सच्चीनुको विकल्प छैन्: गुरुङ्
प्रकाश डोटेल ,स्याङ्जा, ६ मंसिर
नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा संविधानसभा सदस्य धनराज गुरुङ्ले एकीकृत नेकपा माओवादीले जारी राखेको व्यवहार अलोकतान्त्रिक भएको बताउँदै माओवादीले आफ्नो व्यवहार सुधार्नुको विकल्प नरहेको बताएका छन् । माओवादीको बोलिचालि लोकतान्त्रिक र काम अलोकतान्त्रिक भएको हुँदा संविधानसभाको ठुलो दल भएर पनि सत्ताको नेतृत्व नपाएको दावी गर्दै, नेता गुरुङ्गले भने, माओवादीले बोलि अनुसारको व्यवहार नदेखाएसम्म सत्ताको नेतृत्व नपाउने उल्लेख । नेपाल प्रेस युनियन जिल्ला शाखा स्याङ्जाले आइतबार स्याङ्जा सदरमुकाममा गरेको पत्रकार सम्मेलनमा बोल्दै काँग्रेस केन्द्रिय सदस्य गुरुङ्ले उक्त कुरा बताएका हुन् । गुरुङ्ले, माओवादीको आजबाट शुरु भएको विस्तारित बैंठकमा जनसेनालाई सहभागिता बनाउनुले शान्ति प्रक्रिया धरापमा पर्ने बताए ।
तोकिएको समयमा संविधान आउन नसक्ने तर्फ संकेत गर्दै संविधानसभा सदस्य गुरुङ्ले समयमै संविधान नआएमा त्यसको जिम्मेवार माओवादी हुने जिकिर गरे । शान्ति प्रक्रिया र संविधान संगसंगै अगाडी बढनुपर्ने हो गुरुङ् भने, तर माओवादीले त्यो प्रक्रियालाई छायाँमा पार्न विभिन्न अराजनैतिक क्रियाकलाप गरेका छन् ।
केहिदिन भित्रमा नेपाली काँग्रेसको केन्द्रिय पदाधिकारी चयन हुने गुरुङ्को भनाई थियो । पत्रकारको एक प्रसंगमा गुरुङ्ले विगतका वर्षमा नेपाली काँग्रेसले सत्तालाई प्रमुख ठानेका कारण संगठन धाराशाही भएको स्पष्ट पार्दै अवको काँग्रेस सत्ता भन्दा संगठनलाई प्रमुख ठान्ने बताए ।
नेपाली काँग्रेसको १२ औं महाधिवेशनबाट केन्द्रिय सदस्यमा निर्वाचित भएपछि नेता गुरुङ् पहिलो पटक गृह जिल्ला स्याङ्जा आएका हुन् । नेपाल प्रेस युनियन स्याङ्जाका सभापति श्रीकृष्ण सिग्देलको अध्यक्षतामा भएको पत्रकार सम्मेलनका सचिव राधाकृष्ण डुम्रेले संचालन गरेका थिए ।

Sunday, November 21, 2010
एकिकृत सत्रु जिव व्यवस्थापन सम्बन्धि तालिम सम्पन्न
लोकनाथ मरासिनी)
धान तथा तरकारी व्यवसायलाई आधुनिकरण गर्ने, रोग किराको व्यवस्थापन तथा सचेतिकरणका लागि पंचमुल रापाकोट र आरुचौरमा २१ ओटा पाठशालाको संचालन गरी तालिम सम्पन्न गरीएको हो । २१ ओटा पाठशाला मध्ये १२ मा धान तथा १० मा तरकारीमा परिक्षण सहित तालिम गरीएको थियो । किसानको खेतबारीमै गई प्रत्येक चरणको प्रत्यक्ष अवलोकन गर्दा सत्रु जिव व्यवस्थापन प्रविधिबाट तरकारीमा ३०० प्रतिशत सम्म र धानमा ६० प्रतिशत सम्म उत्पादनमा बृद्धि भएको देखिएको जनाइएको छ ।
स्याङ्जा, मंसिर ४ -
कारितास नेपालद्धारा संचालित दिगो कृषि बहुउद्धेशिय सहकारी संस्था पंचमुलले एकृकित सत्रु जिव व्यवस्थापन सम्बन्धि ६ महिने तालिम सम्पन्न गरेको छ ।

आधुनिक कृष प्रणलिको विकास गर्दै जिवन स्तर परिवर्तनका लागि आफुहरुले तालिम प्रदान गरेको प्रमुख प्रशिक्षक लक्ष्मी शर्माले बताउनुभयो । तालिमको सहजिकरण सिता शर्मा ढकालले गर्नुभएको थियो । ६ महिनासम्म संचालन गरीएको पाठशालको औपचारीक रुपमा आज समापन देवी प्रवि रापाकोट ८ मा सम्पन्न भएको हो । जिल्ला कृषि विकास कार्यलय स्याङ्जा साँगको सहकार्यमा दिगो कृषि बहुउद्धेशिय सहकारी संस्था पंचमुलले कार्यक्रमलाई अगाडि बढाएको त्यहाँबाट नारायण काफ्लले जानकारी दिनुभएको छ ।
माओवदी व्यवाहारप्रति दुख ब्यक्त !
(लोकनाथ मरासिनी)
स्याङ्जा, मंसिर ४ -
बृद्धि प्रतिभा र विबेक प्रयोग गरिनु पर्ने राष्ट्रिय चौतारी व्यवस्थापिका संसदमा बल प्रयोग गरीदा शान्ति प्रेमी नेपाली जनतालाई झस्काएको राष्ट्रिय प्रजातन्त्र पार्टि नेपाल संसदीय दलका नेता चन्द्रबहादुर गुरुङ्ले बताउनुभएको छ ।
राप्रपा नेपाल क्षेत्रिय कार्यसमिति पवौगौडे स्याङ्जामा अयोजित एक भेलामा बोल्दै नेता गुरुङ्ले माओवदीले शुक्रबार व्यवस्थापिका संसदमा गरेको व्यावहारप्रति दुःख व्यक्त गर्नुभएको हो । बजेट नेपाली जनताको दैनिक जिवन पद्धतिमा गास, बास र कपाससँग गासिएकाले सरकारले प्रतिपक्षीको पनि भावना समेटेर ल्यउदा उत्तम हुने थियो भन्ने विचार व्यक्त गर्नुभएको थियो । कार्यक्रममा राप्रपा नेपालका जिल्ला सभापति मदन कार्कि लगायतका नेताहरुले समेत बोल्नुभएको थियो । स्थानिय अगुवा नेता गंगा बहादुर सुनारको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो ।
बाल अधिकार दिवसको अवसरमा स्याङ्जामा विभिन्न कार्यक्रमहरु सम्पन्न
(लोकनाथ मरासिनी)
स्याङजा, मंसिर ४ -
जिल्ला बालकल्याण समिति स्याङ्जाले अन्तराष्ट्रिय बाल अधिकार दिवसको अवसरमा स्याङ्जामा विभिन्न कार्यक्रमहरु सम्पन्न गरेको छ । "हामी सवैको सरोकार नयाँ संविधानमा बाल अधिकार" भन्ने नाराका साथ शनिबार स्याङ्जा सदरमुकाममा बाल र् यालि, सभा, बालनृत्य तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको हो ।

आजै बाल अधिकार दिवसका अवसरमा संचालित बृद्धिचाल प्रतियोगिताका बिजेताहरुलाई पनि पुरस्कार वितरण गरीएको छ । बृद्धिचाल प्रतियोगितामा रोशनि आवसिय उच्च माविका विद्यार्थि विनोद क्षेत्रि प्रथम, हिमालयनका सन्देश श्रेष्ठ द्धितिय, रोशनिका अनमोल मरासिनी तृतिय तथा ज्योतिका सोनु शाहि सान्तवना हुन सफल हुनुभएको थियो । त्यस्तै प्रथमिक विद्यालय स्तरीय नृत्य प्रतियोगितामा भु. पु. आ. उ. मावि प्रथम, ज्योति द्धितिय र रोशनि तितृया हुन सफल भएको छ ।
स्याङ्जाको छाङछाङ्दी गाउँविकास समिति वडा नं. ४ का २० परिवार विस्थापित हुने अवस्थामा
लोकनाथ मरासिनी)
स्याङ्जा, मंसिर ४ -
पिउनुका साथै बस्तुभाउ र बालीनालीका लागि पानी नभएपछि स्याङ्जाको छाङछाङ्दी गाउँविकास समिति वडा नं. ४ का २० परिवार विस्थापित हुने अवस्थामा पुगेका छन् ।
५८ घरपरिवार रहेको धरमपानीमा २६ घर र मन्स्याङकोटमा ३८ घर गरी कुल ६४ घरधुरी रहेको छाङ्छाङ्दी गाउँविकास समिति वडा नं. ४ का स्थानीय बासी खेती गर्न मलिलो माटो भएपनि सिाचाई समस्याले आत्तिएर पानी अभावकै कारण गाउँ छाड्ने अवस्थामा पुगेका हुन् ।
हेल्वेटास नेपालको प्राविधिक र स्थानीय बासीको जनश्रमदानमा २०५० सालमा छिमेकी गाउँविकास समिति माझकोटबाट ल्याईएको खानेपानी समेत मूल नै सुकेर अहिले उपभोग गर्न नपाएको स्थानीय बासीको भनाई छ ।
जिल्ला विकास समितिको आर्थिक सहयोग र घरेलुको प्राविधिक सहयोगमा गतवर्षमात्र प्रत्येक घरको लागि १४ हजार लिटर क्षमताको आकाशेपानी संकलन ट्यांकी निर्माण गरिएको छ । त्यो पनि २/३ महिनालाई मात्र पुग्छ फाल्गुणदेखि वैशाख सम्म २/३ घण्टाको पैदल हिडेर घण्टौ कुरेर पानी ल्याउनु स्थानीयको बाध्यता रहेको छ ।

वालिङ् नगरपालिको अनुदानमा २५ प्रतिशत वृद्धि हुने
स्याङ्जा, ४ मङ्सिर -
स्याङ्जाको वालिङस्थित नगरपालिकाले आगामी बजेटमा २५ प्रतिसत थप अनुदान बढी पाउने भएको छ । स्थानीय विकास मन्त्रालयले वार्षिक रुपमा गर्ने एमसिपिएम सामाजिक परीक्षण कार्यक्रममा पश्चिमााचलमा पहिलो र राष्ट्रियस्तरमा साताँ स्थानमा पर्न सफल भएकाले अनुदानमा २५ प्रतिशत थप पाउने भएको हो ।
सामाजिक परीक्षणको नतिजाको बारेमा जानकारी दिन नगरपालिकाले आयोजना गरेको कार्यक्रममा बोल्दै वालिङ नगरपालिकाका कार्यकारी अधिकृत मुक्तिराम आचार्यले भन्नुभयो- "स्थानीय विकास मन्त्रालयले राखेको एमसिपिएमको सर्तअनुसार सामाजिक परीक्षणको कार्यविधि लेखाको आयव्यय र योजना तर्जुमा पूरा गरेकाले नगरपालिका पश्चिमाञ्चलमै पहिलो भै नियमित अनुदानमा २५ प्रतिसत वृद्धि हुने पक्कापक्की भएको हो" ।
अधिकृत आचार्यका अनुसार न्यूनतम शर्तका सूचक नगरपालिकाले अनिवार्य रुपले पूरा गरेको हनुपर्छ । यसमा न्यूनतम शर्तका सूचकहरु १५ वटा रहेका छन् भने कार्यसम्पादन ४० वटा रहेका छन् । यी सर्तका आधारमा मन्त्रालयले नगरपालिकालाई मूल्याङ्नमा पार्ने गर्दछ ।
News of neighbourhood : Radio Parbat closes down !
News from Parbat
The transmission of the Radio Parbat operating for the past four years has been closed down due to the lack of regular supply of power.
The radio has not aired any content since last Thursday after technical problem surfaced in transmitter of the radio, informed FM Station manager Dhruba Sharma.
The transmission has been obstructed due to technical problem in transmitter caused by the ignorance on the part of Nepal Electricity Authority in power supply, he added.
It has caused the loss worth Rs. 500,000 to the radio, he complained.

इन्सेक( स्याङ्जा) द्वारा सरकारका साथै राजनीतिक दलहरूको ध्यानकर्षण !
लोकनाथ मरासिनी मंसिर ५ स्याङ्जा
आज मंङ्सिर ५ गते नेपाल सरकार र तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी) ले शान्ति सम्झौतामा हस्ताक्षर गर्दै मुलुकमा दिगो शान्ति र लोकतन्त्रको स्थापना गर्ने प्रतिबद्धता जनाएको ४ बर्ष पुरा भएको छ । सम्झौतामा हस्ताक्षर भएको चार वर्ष बितिसक्दा पनि सम्झौतामा उल्लेख भएबमोजिम देशमा सशस्त्र द्वन्द्वलाई अन्त्य गरी शान्तिपूर्ण सहकार्यमा नयाँ अध्याय प्रारम्भ गर्ने दिशामा अहिलेसम्म उल्लेख्य प्रगति हुन नसेकेको प्रति इन्सेक स्याङ्जाले शनिबार एक प्रेस विज्ञप्ति मार्फत सरकारका साथै राजनीतिक दलहरूको ध्यानकर्षण गराएको छ । इन्सेक जिल्ला प्रतिनिधि निर्मला तिवारीले जारी गर्नुभएको विज्ञप्तिमा विस्तृत शान्ति सम्झौताको प्रभावकारी कार्यान्वयन गर्न, सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्तासम्बन्धी आगोग गठन गर्न, द्वन्द्वकालका पीडितहरूको वास्तविक पहिचान गरी उनीहरूलाई परिपूरण र राहत उपलब्ध गराउन, द्वन्द्वबाट क्षति भएका पूर्वाधारको पुनर्निमार्ण तथा पुर्नस्थापनाकालागि ठोस कदम चाल्न, द्वन्द्वकालमा भएका घटनाहरूको छानबिन गरी समाजमा मेलमिलाप तथा पुर्नमिलनको लागि आधारभूत वातारण सृजना गर्न माग गरीएको छ ।
उपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेड वालिङ नाफामा
लोकनाथ मरासिनी मंसिर ५ स्याङ्जा
स्याङ्जाको वालिङमा प्रधान कार्यालय रहेको उपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेडले ३२ लाख ८० हजार ९ सय रुपैँया नाफा कमाउन सफल भएको छ । गतवर्षको तुलनामा १ करोड ३४ लाख ७० हजार रुपैँया आम्दानीमा बृद्धि भई १० प्रतिशतले हुने रकम जगेडा कोषमा जम्मा गरी बैंकले ३२ लाख नाफा कमाउन सफल भएको शनिबार बैकंको १८ औ साधरण सभामा जानकारी गराइएको हो । विगत १७ वर्ष अगाडिबाट सेवा प्रदान गर्दै आएको यस संस्थाले गत आर्थिक वर्षको तुलनामा ३७।६७ प्रतिशतले शेयरपूजी बृद्धि गर्दै यसवर्ष १२३५ शेयर सदस्यको २ करोड ८९ लाख ११ हजार आठसय रुपैँया कायम गरेको छ । संस्थाले चालुआर्थिक वर्षको आषाढ मसान्त सम्ममा १० करोड ३५ लाख ७८ हजार ८ सय १६ रुपैँया निक्षेप संकलन गरेको छ ।
जुन गतवर्षको तुलनामा २२।१९ प्रतिशतले बृद्धि भएको हो । यस्तै संस्थाले यसवर्ष २० करोड १० लाख २७ हजार कर्जा लगानी गरेको छ ।
जुन गतवर्षको तुलनामा ५८।५१ प्रतिशतले बृद्धि भएको हो । २०५० साल असोजबाट २७ सय रुपैँया शेयर पूँजी लिएर सुरु गरेको यस संस्थाले अहिले स्याङ्जाको बाँयटारी र मिर्मिमा समेत शाखा विस्तार गरी सेवा दिदै आएको छ ।
Subscribe to:
Posts (Atom)