Sunday, September 19, 2010

कमन सेन्स भएका नेपालीहरुका लागी एक सोच



                                                                                                                       लेखक : उज्जवल थापा (युवा उद्यमी )


                  एउटा विवेकसील (कमन सेन्स) नेपाली अभियानको उदय



हामी समग्र नेपालीहरु वर्तमान राजनीतिक नेतृत्वको उट्पट्याङबाट आजित भैसकेका छौं ।
हाम्रो नेपालको भविष्यको बारेमा सोच्ने विवेक वर्तमान नेतृत्वमा नभएको निष्कर्षमा हामी पुग्यौं । त्यसैले अब हामी युवाहरु नै यस देशको लागि सही काम गर्ने एक नयाँ विवेकशील नेतृत्वहरु हुनेछौं । युवा नेपालको भविष्य होइन, यस देशको वर्तमान हो ! ८०% नेपाली अहिले ४० बर्ष मुनिकै छन्।
करिश्मा /भिजन भएका नेतृत्व तथा विचारमा उद्यमशीलता भएका युवाहरु एकीकृत भएर एक विवेकसील युवा अभियानको सुरुवात गरौँ। हरेक क्षेत्रका प्रभावशाली युवाहरु, वर्तमान राजनीतिक दलमै सहभागी भएका देखि लिएर सामाजिक लगाव भएका विवेकसील व्यक्तित्वहरु, बैज्ञानिक हरु ,डाक्टर देखि इन्जिनियरहरु, वैज्ञानिक तथा सामाजिक कार्यकर्ताहरु देखि अनि आफ्नै पौरखले कमाएर खाने स्वाबलम्बी पेसाकर्मी नेपालीहरु यस अभियानको मेरुदण्ड हुने छन्। बिचार अनेक भए पनि बिबेक एकै शैली भएकाहरुबाट हुन्छ हाम्रो नेपालको उदय।
युवालाई सामान्यतया उमेरले परिभाषित गर्ने गर्छौँ तर कुनै पनि विचारधारामा नअल्झिई विद्यमान अवस्थालाई ध्यानमा राखी आफ्ना विचारहरुलाई विवेकसील ढङ्गले परिवर्तन गर्न सक्ने युवा जोश र क्षमता भएका जुनसुकै उमेरका नेपाली र नेपालप्रेमीलाई हामी युवा मान्छौ र यस अभियानका मेरुदण्ड बन्नेछन् ।
यस नेतृत्वले देशलाई नयाँ दिशा दिनको लागि श्रृखंलाबद्ध रूपमा विवेकशील नीतिहरु सार्वजनिक गर्नेछ । नेपाल एक गतिशील तर जोखिमपूर्ण अवस्थामा छ जहाँ सयौं जात, हजारौं समस्या, लाखौं स्वतन्त्र विचार राखनेहरु एउटा समृद्ध जीवनको आश गरिरहेका छन् ।
नेपाल र नेपालीको आत्मसम्मानलाई केन्द्रबिन्दु राखेर युवा जोस सहित काम गर्ने बौदिकता भएको नेतृत्वले नेपाललाई अगाडी हाँक्नु पर्दछ । यो अभियानले युवाहरुलाई नेपालको शान्ति र दीगोपनको लागि प्राथमिक हिस्सेदार तथा संवाहक बनाउने सुनिश्चित गर्दछ ।
जिम्मेवारी भनेको शक्ति हातमा आएपछि सकिँदैन, बल्ल शुरु हुन्छ। परिश्रमको फल ब्यक्तिगत सम्पतिमा मात्र होइन, हाम्रो समाजको समृद्धिमा हुन्छ। हामी मालिक हुने होडबाजीमा होइन, सहजकर्तामा सिमित हुन्छौँ। हामी नेपालीलाई देशभक्त बनाउने बाटोमा लान्छौ, देश भत्काउने तिर होइन।
हाम्रो विवेकसील (कमन सेन्स) नेपाली अभियानका मार्ग-दर्शक आधारभूत सिद्धान्तहरु:
समृद्ध नेपाली नै सुखी नेपाली। समृद्धि हरेक नेपालीको आवश्यकता हो जसले उनको अन्य आधारभुत मानव अधिकार सुनिश्चित गर्न बाटो खुलाऊँछ । एक समृद्ध महिला त्यो हो जोसँग आत्मसम्मानका साथ आफ्नो परिवारलाई गरीबीको भुमरीबाट टाढा राखन सफल हुन्छिन् । एक समृद्ध महिला आफ्नो अधिकार अरुलाई शोषण नगरीकन, दुख नदिईकन माग गर्न सक्छिन् र प्राप्त पनि गर्छिन् । एक समृद्ध नेपालीसँग नैतिकवान बन्नको लागि आफ्नो परिवारलाई शिक्षित बनाउन सक्ने स्रोत हुन्छ । हाम्रो अभियानले उनलाई समृद्धिको बाटोमा लगिनेछ ।
स्वनिर्भर नेपाली बन्छन् सच्छ्म नेपाली। हामी तपाईंको आफूलाई स्वनिर्भर बनाउने लक्ष्यमा साथ दिन्छौं। शासकले अन्तयमा आफ्नो कामलाई ‍औचित्यहीन बनाउँनु पर्छ ताकि भविष्यमा उनीहरुको निम्न आवश्यकता मात्र पर्ने स्थिति रओस्। हामी मालिक बन्ने बाटोमा जान चाहन्नौ।
दुब्लो, लचिलो सरकार नै हुन्छ चनाखो हिनताबोध सरकार।
हाम्रो शासकीय अवधारणाले हरेक समुदायलाई आपसी दीगोपनता-निर्भरता र विश्वव्यापी सहकार्य तथा व्यापारको आधारले सम्पन्न बनाउँनेछ । केन्द्रीय सरकारको भूमिका देशमा शान्ति तथा अमनचयन कायम गर्नु, न्युनतम भौतिक पूर्वाधारको विकास गर्नु तथा देशको सम्मान कायम राख्न्ने काममा हुनेछ । राष्ट्रनिर्माणको काम सरकारले लगाव भएका युवा सामाजिक उद्यमी तथा विज्ञहरुलाई सुम्पनेछ जसले स्थानीय समुदायसँगै मिलेर सम्पन्न नेपाल बनाउँनेछन् ।
सिंगो नेपाल नै हाम्रो नेपाल।
नेपालमा एकता र समानताको साथमा विविधतालाई अगाडि बढाउछौँ । हामी विविधतालाई एउटा उपहारको रुपमा स्वीकार्र्छौं र यसलाई बुद्धिमानीका साथ प्रयोग गर्न चाहन्छौं । तर यहाँ रहेका सयौं जातिको परिप्रेक्ष्यमा बेमेलको मूल्यमा विविधता भयो भने नेपाली र नेपालको विकास र अस्तित्वको लागि नै घातक बन्छ जुन हामी हर हालतमा रोक्नेछौं । साझा जिम्मेवारीसहितको विविधता नै हाम्रो मन्त्र हो । हामी समानता विविधतासहितको खोज्दछौं ।
विवेकशीलता अंगाल्ने नेपाल प्रगतिउन्मुख नेपाल।
समय बित्दै जाँदा हाम्रा विचारहरुमा पनि परिवर्तन हुँदै जानेछन् । त्यसैले विवेकशीलताका आधारभूत सिद्धान्तहरु पनि परिवर्तन हुँदै जानेछन् । यदि कुनै सिद्धान्त जुन बदलिएको परिस्थितिमा सान्दर्भिक हुन छोड्छ तिनलाई नै अँगाली राख्यौं भने हामी ‍औचित्यहीन हुन्छौं ।
पौरखी नेपाली नै सच्चा नेपाली।
हाम्रा भावी सन्ततिहरु यस विश्वको संरक्षक बन्नुपर्दछ, उनीहरुले यस धरती र पर्यावरण जोगाउनुछ । एक नेपालीको सिर्जना तथा आविष्कारलाई समाज तथा कुनै पनि राजनीतिक माहोलले बाधा पुर्याउनु हुँदैन । समाज माथि व्यक्तित्वको बर्चस्व र विशिष्टता कायमै रहनुपर्छ । हामी नेपालीहरुमा फेरि अर्निको, गौतम बुद्ध जस्तै अनेकौँ महान हस्थी अगाडि आई विश्वमा नाम कमाउने काम गरुन् भन्ने चाहन्छौं ।
खुला नेपाल हुन्छ उज्यालो नेपाल।
वर्तमान अवस्थामा हामी हाम्रा दुई शक्तिशाली छिमेकीहरुसँग रणनीतिक आपसी सम्मानको नीति अबिलम्बन गर्नेछौं । हाम्रो अर्थतन्त्रलाई उनीहरुसँग खुलारुपमा नजिकिदैँ जोड्नेछौं जसले गर्दा उनीहरुको द्रुतगतिमा बढेको हामी आर्थिक विकासबाट लाभान्वित हुन सकौं । यो नै हाम्रो अल्पकालीन विदेश नितिको आधार हुनेछ । हामीले सिर्जना गर्ने आर्थिक भातृत्वले अन्तरछिमेकी राजनीतिक खिचातानीलाई एक कदम पछाडि राखनेछ।
सारांसमा हामी आम नेपाली जति बढी स्वनिर्भर हुन्छौँ त्यति नै नेताहरुको धरपकड कम रहन्छ । देशको नेत्रित्व यसै दिशामा उन्मुख भई काम गर्नेछन् । यो नै हाम्रो नेत्तित्वको प्रमुख मार्गदर्शण हुनेछ ।

Saturday, September 18, 2010

१४ र्घाईते, ५ गम्भिर : फेदिखोला वेसारेमा दुखद दुर्घटना !

स्याङजाकेा फेदिखोला गाविस वाड नं. ७ वेसारेमा शुक्रबार साँझ भएको सडक दुर्घटनामा १४ जना र्घाईते भएका छन् । र्घाईते मध्ये ५ जना गम्भिर रहेका छन् । पोखरावाट स्याङजा तर्फआइरहेको ग १ ख २९१६ नम्वरको मिनी माईक्रो वस र बिपरित दिसाबाट गैरहेको ग १ ख ३०९६ नम्वरको दुध वोकेको ट्रयाङ्कर सिर्द्धार्थ राजमार्गको परेदिखोलामा एक आपसमा ढोकिदा दुर्घटना भएको हो । 
दुर्घटनामा गम्भिर घाइते हुनेहरुमा फेदिखोला क्याम्पस रोडका सुमन क्षेत्री, छाङछाङदि ९ का किसान थापा, फेदीखोला १ का इश्वर सुवेदी, आर्रुखर्क ८ का राजेन्द्र मिजार, मुम्दीभुम्दी २ का सुमित्रा बराल रहेका छन् । 
त्यस्तै अन्य घाइतेहरुमा वाङ्सिङ् २ का शिव खत्रि, फापरथुम ५ का डिल्लीराम बराल, पुतलिबजार नगरपालिका ९ का डोलराज गिरी, लेखनाथ नगरपालिका १० कास्कीका संजिव सुवेदी र संगिता सुवेदी, पुतलिबजार नगरपालिका १ का लक्ष्मण बराल, पोखरा उपमहानगरपालिका १७ का मनमाया गुरुङ् र पुणिर्मा गुरुङ् र भाटखोला ८ का सुमन पराजुली रहेका छन् । र्घाईते मध्ये १२ जनाको पोखरा स्थित फेवा सिटि अस्पतालमा र २ जनाको चरक अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ 

Friday, September 17, 2010

(अपरिस्कृत बसिबियालो) सच्याउने जिम्मा यहाँ हरुको

by Bashu  dhungana 
ताप्लेजुंग ईलाम पाँचथर यी झापा पूर्वै मेचीमा
मोरंग सुनसरी धनकुटा र तेह्रथुम संखुवासभा कोशीमा
कोशीमा थ्यो पांच जिल्ला पहिले भोजपुर मिल्यो त्यसमा
सोलोखुम्बु खोटांग सप्तरी सिराह ओखालढुंगा अनि
जिल्ला छ हुन जान्छ सगरमाथामा यसमा उदयपुर पनि
रामेछाप दोलखा महोत्तरी तथा सिन्धुली सर्लाही जुन
जनकपुर वीचमा परेछ धनुषा सबलाई त्यै भन्दिनुस्
काठमाण्डौ रसुवा धादिंग ललितपुर र भक्तपुरै यति
अंचल बाग्मतीमा नुवाकोट पर्यो काभ्रे र सिन्धु पनि
मकवानपुर चितवन पर्सा र रौतहट बारा यी नारायणी
गोर्खा कास्की स्यांग्जा र लमजुंग तनहु मनांग गण्डकी
रुकुम रोल्पा प्युठान र सल्यान राप्तीमा दांगदेउखुरी
अर्घाखाँची रुपन्देही नवलपरासी पाल्पा र गुल्मी पनि
बुद्ध जन्मिएकै कपिलबस्तु पर्यो अंचल यो लुम्बिनी
पर्बत म्याग्दी मुस्तांग र बाग्लुंग धौलागिरी भित्रमा
दैलेख जाजरकोट बाँके र बर्दिया सुर्खेत पर्यो भेरीमा
कालिकोट मुगु हुम्ला र जुम्ला डोल्पा यी कर्णालीमा
बाजुरा र बझांग  अछाम र डोटी कैलाली यो सेतीमा
दार्चुला बैतडी डडेल्धुरा कन्चनपुर पश्चिम महाकालीमा




दुर्घटनामा घाइते

जगतभन्ज्याङ गाविसमा भएको दुर्घटनामा १ जना घाइते भएका छन् ।  वालिङको मिर्दीबाट जगतभन्ज्याङ जाँदै गरेको ग१च २९९९ नं. को महेन्द्रा जिपको छतमा बसेर यात्र गरेका सेखाम २ का ५० वषर्ीय कृष्णप्रसाद डोटेल खसेर घाइते भएका हुन् । हात र टाउकोमा चोट लागेर सख्त उनको वालिङमा उपचार भइरहेको छ ।

युवा संगठन अधिवेशन

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल भ्रातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको जिल्ला अध्यक्षमा राजकुमार गुरुङ चयन भएका छन् । सदरमुकाममा भएको भेलाले खेमबहादुर गुरुङको अध्यक्षतामा राष्ट्रिय युवा मोर्चा तथा दीपेन्द्र लामिछानेको अध्यक्षतामा प्रजातान्त्रिक विद्यार्थी संगठन पनि गठन गरेको छ ।

Thursday, September 16, 2010

स्याङजाका विभीन्न सहकारी संस्थाहरुवाट लाखौको चोरी

स्याङजाका विभीन्न सहकारी संस्थाहरुवाट लाखौको चोरी

By Prakash Dotel 
बुधबारराति स्याङजाका सहकारी संस्था तथा विभिन्न पसलहरुवाट लाखौको चोरी भएको छ। वालिङ र गल्याङमा रहेका २ सहकारी संस्था र पसलहरुवाट लाखौको चोरी भएको हो। स्याङजाको वालिङमा रहेको उपकार वचत तथा ऋण सहकारी संस्थावाट रु ३ लाख ८ हजार ७ सय ९१ चोरी भएको छ। संस्थामा लगाईएको ताला फोरी वैङकमा रहेको पैसा चोरी भएको उपकार वचत तथा ऋण सहकारी संस्थाले जनाएको छ।
विहान कर्मचारीले वाहिरी ढोकामा लगाएको ताला फोरिएको देखे पछि प्रहरीलाई खवर गरेका थिए । चोरले संस्थामा रहेका दुई ओटा दराज , विभिन्न घर्राहरु समेत तोड फोड गरेको संस्थाका महाप्रवन्धक गम वहादुर नेपालीले जानकारी दिए।
उता स्याङजाकै गल्याङ स्थित गल्याङ वचत तथा ऋण सहकारी संस्थावाट पनि २० हजार चोरी भएको संस्थाका प्रवन्धक ओम वहादुर थापाले जानकारी दिए।
गएराती नै गल्याङकै राजकुमार श्रेष्ठको पसलवाट सामान र नगद गरि करिव १० हजारको चोरी भएको छ। उता गल्याङ कै वस्याल पेट्रोल पम्पमा समेत सामान्य तोडफोड भएको छ। वाहिरवाटै हातहतियार सहित आएका पेशेवर चोरहरुको समुहले धेरै संस्थामा चोरी गरेको हुन सक्ने प्रहरीले आसंका गरेको छ घटनाको वारेमा अनुसन्धान भईरहेको वडा प्रहरी कार्यालयका प्रहरी निरिक्षक राजेन्द्र श्रेष्ठले जानकारी दिएका छन्।




लाखौको चोरि


 By राधा कृष्ण डुम्रे

( News In Chief Community Radio Aandhikhola 105.4 MHz)

गएराति स्याङजाका सहकारी संस्था तथा विभिन्न पसलहरुवाट लाखौको चोरि भएको छ। स्याङजा केा वालिङमा रहेको उपकार सहकारी संस्थावाट रु ३ लाख ८ हजार ७ सय९१ चोरी भएको छ यसैगरि गल्याङ स्थित गल्याङ सहकारी संस्थावाट पनि २० हजार चोरी भएको । वाहिर वाटै हातहतियार सहित आएका पेशेवर चोरहरुको समुहले धेरै संस्थामा चोरी गरेको हुन सक्ने प्रहरीले आसंका गरेको छ ।

Wednesday, September 15, 2010

पश्चिमाञ्चलमा मोबाइल फोन सेवा अवरुद्ध


By esyangja reporter 
पश्चिम नेपालको गण्डाकी, धवलागिरि र लुम्बिनी अञ्चलमा नेपाल टेलिकमको मोबाइलसेवा अवरुद्ध भएको छ ।
महेन्द्रपुरस्थित टावरमा प्राविधिक समस्या उत्पन्न भएपछि सेवा अवरुद्ध भएको हो । अवरुद्ध सेवा सञ्चालनका लागि प्राविधिक टोली खटाइएको सो क्षेत्रस्थित नेपाल टेलिकमका प्रमुख सूर्यनारायण मालाकारले बताउनुभयो ।
टावरमा गड्बडी भएपछि गण्डाकी, धवलागिरि र लुम्बिनी अञ्चलका १० लाखभन्दा बढी मोबाइल फोन प्रयोगकर्ता प्रभावित भएका छन्

Tuesday, September 14, 2010

बाल दिवसमा विविध कार्यक्रम

By Prakash Dotel
हामी सवैको सरोकार, नयाँ संविधानमा सुनिश्चित बालअधिकार भन्ने मुलनाराका साथ स्याङ्जाका विभिन्न स्थानमा राष्ट्रिय बाल दिवस विविध कार्यक्रम सम्पन्न भएका छन्।
बाल दिवसका अवसरमा र्‍याली प्रदर्शन, बालस्वास्थ्य परीक्षण, खेलकुद, बक्तृत्वकला प्रतियोगितामा उत्कृष्ट प्रतियोगिलाई पुरस्कार वितरण गरिएको थियो । बालदिवसको अवसरमा आज स्याङ्जा सदरमुकामस्थित बालमन्दिरमा प्रवचन कार्यक्रम सम्पन्न भएको छ ।
प्रवचन कार्यक्रमा बक्ताहरुले अब बन्ने संविधानमा गाँस, बास, कपास लगायत बालअधिकारलाई मौलिक हकको रुपमा ग्यारेन्टी गरिनुपर्ने र नयाँ संविधान निर्माणका लागि बालकदेखि बृद्धसम्म सचेत हुनुपर्ने बताएका थिए ।
कार्यक्रमममा आफ्ना हक अधिकार सुरक्षित गर्न बालबालिका आफैंपनि सचेत हुनुपर्ने बताइएको थियो । कार्यक्रममा बालबक्ताहरुले आफ्ना अधिकारका लागि एकजुट भई संगठित हुनुपर्नेमा जोड दिएका थिए ।
बालबालिकाको क्षेत्रमा काम गर्ने सरकारी तथा गैह्रसरकारी संस्थाको सहयोग तथा नेपाल बाल संगठन स्याङ्जाको आयोजनामा कार्यक्रम सम्पन्न गरिएको हो ।
बालदिवसको अवसरमा काजीमान उच्च माध्यमिक विद्यालयकी बक्तृत्वकला प्रयिोगितामा प्रथम तथा कार्यक्रमकी प्रमुख अतिथि सुस्मिता कार्की, प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद वली, स्थानीय विकास अधिकारी दिर्घनारायण पौडेल, प्रहरी नायव उपरिक्षक उत्तमराज सुवेदी, जिल्ला शिक्षा अधिकारी टोपबहादुर श्रेष्ठ, सहितका वक्ताहरुले राज्यले बालबालिका अधिकार संरक्षणमा आवश्यक कदम चाल्न नसकेको बताएका थिए ।
सोहि अवसरमा एकिकृत नेकपा माओवादी स्याङ्जाका सचिव तारा भुषाल, नेपाली काँग्रेसका सदस्य सोमनाथ लम्साल, नेकपा एमालेकी दवी थापा शिक्षक बेदप्रसाद दोरङ्गा, महेशकमार श्रेष्ठ, राजकुमारी गुरुङ्, सहारा समुहका अच्युत पोख्रेल लगायतले बोलेका थिए ।
नेपाल बाल संगठन स्याङ्जाका सभापति दिर्घनारायण शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सचिव दिनेश अर्यालले सञ्चालन र जिल्ला बालकल्याण समिति स्याङ्जाका सदस्य खेमनारायण शर्माले स्वागत मन्तव्य राखेका थिए ।

घरमूली पञ्चमी घुम्न मन्दिर जाँदा तीनघर लुटिए

टेकनारायण भट्टराई,
स्याङ्गजा जिल्लाको रत्नपुर गाविस- ४ दिम्पा टोलमा दिनदहाडै तीन घरमा चोरी भएको छ। आईतबार दिउसो घरमूलीहरु ऋषिपञ्चमी मनाउन मन्दिरमा गएको मौका छोपेर टोलमा लुटपाट भएको प्रहरीले जनाएको छ। स्थानीय वेदनी शर्मा, महेश्वर पौडेल र युवराज आचार्यको घर फोरेर लुटेराहरुले नगद र सुन लुटेर फरार भएका स्थानीय झलकराम डेटेलले बताए।

शर्माको घरबाट एक तोलाको सुनको औठी, ५ हजार नगद लुटिएको छ। उनकै छिमेकी पौडेलको घरको कोठाको ताल्चा फोरेर दराजमा भएको एक जोडा सुनको मुन्द्रा, औंठी, चाँदीका पाउजु र ५ हजार नगद चोरी भएको प्रहरी चौकी रत्नपुरले जनाएको छ। चौकीले बताए अनुसार आचार्यको घरबाट लुटेराले २ तोलाको बेरुवा औठी र ७ हजार नगद चोरी गरेका छन्।
लुटेराहरुको स्थानीयबासी र प्रहरीले खोजी गरिरहेका छन्। एक/डेढ घण्टाको समयभित्र तिनवटै घरमा लुटेराले घरको ताल्चा फोरेर दराजमा भएको सुन र पैसा लुटेका हुन्। प्रहरीले घटनामा ५ जनाको संलग्नता रहेको आशंका गरेको छ। लुटेराले घरेलु हतियार देखाएर लुटपाट गरेका थिए। लुटपाट पछि त्रासका कारण गाउँले रातभर जाग्राम बसेका स्थानीयले बताए।