आज दिनभरी बन्द भएका स्याङ्जाका पसलहरु स्थानिय प्रशासन सँग भएको बर्ता पश्चात साँझ ५ बजेपछि खुलेका छन् । दिनभरी जिल्ला प्रशासन कार्यलय स्याङ्जामा भएको बर्तामा ३ बुधे सहमति भएपछि बजार खुल्ला भएको हो ।
दोषिलाई कारवाहि गर्ने घटनाका क्रममा भएको तोडफोडको क्षेतिपुर्ति उपल्बध गराउने तथा दोषि प्रहरीलाई एक हप्ता भित्र छानविन गरी कारबाहि गर्ने विषयमा स्थानिय प्रहरी प्रशासनले सहमति जनाएपछि बार्ता निष्कर्षमा पुगेको हो ।
जिल्ला उद्योग वाणिज्य संघ स्याङ्जाले एक विज्ञप्ती जारी गर्दै बन्द पसलहरु खोल्न सबैमा आग्रह गर्दै सहयोगका लागि धन्यावाद प्रकट गरेको छ । हिजो साँझ प्रहरीले गरेको लाठीचार्जको विरोधमा शान्ति सुरक्षाको माग गर्दै स्याङ्जाका व्यपारीहरुले पसल बन्द गरेर आज प्रदर्शनमा उत्रिएका थिए ।
स्याङ्जा दरमुकाममा बुधबार साँझ पुतलीबजार ४ बाडखोलाका कमल थापाले बजारमा भेटेका जोकोहीलाई हातपात गर्दै हिडेपछि शान्ति सुरक्षाको माग गर्दै जिल्ला प्रहरी कार्यालय स्याङ्जामा गएका व्यपारीहरुमाथि प्रहरीले बल प्रयोग गरि लाठिचार्ज र ढुंगा प्रहार गरेको भन्दै व्यापारीहरुले विरोधमा बजार बन्द गराएका थिए ।
हातपात गर्न खोज्ने थापालाई सार्वजनिक गर्न माग गर्दै बुधबार साझँ जिल्ला प्रहरी कार्यालय अगाडि पुगेका स्थानिय व्यापारीहरु जिल्ला प्रहरी कार्यालय पुग्दा प्रहरीले लाठि चार्ज गरी ५ जनालाई घाइते बनाएको हो । केही दिन यता स्याङ्जामा कुटपीट लुटपाट र चोरीका घटनामा बृद्धि हुदै गएको छ भने प्रहरीले दोषीलाई पक्राउ गरी कारवाही गर्न सकेको छैन
No comments:
Post a Comment