लोकनाथ मरासिनी
पौष १५, स्याङ्जा
२५९४ ल्होसार पर्वको अवसरमा स्याङ्जाको रापाकोट ५ सल्यानमा आयोजित क्षेत्रिय स्तरको प्रथम थ्रिस्टार युनाइटेड कप खुल्ला पुरुष भलिबल प्रतियोगिता अनिश्चितकालका लागि स्थगित भएको छ ।
बिहिबार दरौखोला युवा परिवार अर्जुनचौपारी र कालिका युवा क्लब रापाकोट रातो विचको सेमिफाइनल खेलमा विवाद भएपछि अयोजकले अनिश्चित कालका लागि खेल स्थगित गरहेको हो ।दरौखोला र कालिका बिचको खेल १÷१ सेटको बराबरीमा रहदा तेस्रो सेटम विवाद भएको हो ।
प्रतियोगितामा पर्वतको लुखुं देउरालि युवा क्लब यस पुर्व फाइनलमा प्रवेश गरीसकेको छ ।
स्थगित भएको खेल जिल्ला खेलकुद विकास समिति स्याङ्जालाई जिम्मा दिएर वालिङ् र स्याङ्जा बजारमा सुचना प्रकासन गरेर खेलाउने जनाएको छ ।
थ्रि स्टार युनाइटेड क्लब अर्जुन चौपारी – रापाकोट र तमु ह्युल छोजधीको आयोजनामा पौष १२ गतेबाट शुरु भएको प्रतियोगिता बिहिबार समापन गर्न लागिएको थियो ।
जिल्लाको सबैभन्दा धेरै धनराशी भएको पुरुष भलिबल प्रतियोगितामा स्याङ्जा, पर्वत, गुल्मी, पाल्पा लगायतका क्लबको सहभागिता रहेको छ ।
Thursday, December 30, 2010
संविधान निर्माणका लागि जनदबाब आवश्यकः उपराष्ट्रपति झा
लोकनाथ मरासिनी
पौष १५, स्याङ्जा
उपराष्ट्रपति परमानन्द झाले तोकिएको समयमा संविधान निर्माणका लागि जनदबाब सृजना गर्न नागरिकसँग आग्रह गर्नुभएको छ
संविधान निर्माणमा जुटनुपर्ने समयमा दलहरु संविधान बनाउनमा केन्द्रित नदेखिएकोले जनदबाब आवश्यक भएको उपराष्ट्रति झाले बताउनुभएको हो । उहाँले दलहरुसँग जनताको ठुलो अपेक्षा भएको हुदा अपेक्षा अनुरुप काम गर्न आग्रह गर्नुभयो
स्याङ्जाको सदरमुकाम पुतलीबजार नगरपालिका–६ गुँडिखोला स्थित श्री १००८ चम्फागिरीको ९३ औं जन्मदीनको अवसरमा सन्यास आश्रममा पौष ८ गतेदेखि शुरु भएको श्रीमद्भागवत महापुराणको समापन समारोहलाई सम्बोधन गर्दै झाले संविधान लेखनलाई प्रथमिकता दिन राजनितिक दलहरुलाई आग्रह गर्नुभयो ।हामी जुन धर्ममा आस्था राखेपनि सबै धर्महरु नेपाल र नेपालीको प्राण भएको कुरामा जोड दिर्दै उपराष्ट्रपति झाले सनातन धर्म ऐतिहाकिस तथा पुरानो धर्म भएको बताउनुभयो ।
उपराष्ट्रपति झाले धार्मिक र संस्कृतिक परम्परालाई जोगाउन सबैको भुमिका उत्तिकै महत्वपुर्ण रहेको जिकिर गर्नुभयो । उहाँले एकसय ५० वर्ष पुरानो आश्रम विकास तथा समुन्नतको आधार भएको दावी गर्नुयो ।
श्रीमद्भागवत महापुरण समापनका अवसरमा देशका विभिन्न भागमा रहेर हिन्दुधर्म मार्फत मानव तथा समाज विकासमा महत्वपुर्ण योगदान पु¥याउने करिव एक दर्जन धार्मिक व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।

श्रीमद्भागवत महापुराणको समापन पुर्व उपराष्ट्रपति परमानन्द झाले श्री १००८ चम्फागिरी सन्यास आश्रमको नवनिर्मित प्रवेशद्धारको समेत उदघाटन गर्नुभएको थियो । प्रवेशद्धार आश्रममा संकलन गरिएको करिव ४ लाखको लागतमा निर्माण सम्पन्न भएको हो ।
श्रीमद्भागवत महापुराण मुल आयोजक समितिका अध्यक्ष राजु थापाको अध्यक्षतामा भएको समापन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद वली, आश्रमका स्वामी गोविन्द गिरि, कुमार राना लगायतका वक्ताहरुले बोल्नुभएको थियो ।
उपराष्ट्रपति झा जिल्ला आउँदा जनपथ र सशस्त्र सहितको सुरक्षा अंगलाई व्यापक रुपमा परिचालन गरि सुरक्षा व्यवस्था गरिएको थियो ।

पराजित नभएसम्म प्रधानमन्त्रीको उम्मेदावरी फिर्ता हुदैन: श्रेष्ठ
प्रकाश डोटेल स्याङ्जा–१५, पौष
नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं संविधानसभाका सदस्य गोपालमान श्रेष्ठले नेकपा एमाले एकीकृत नेकपा माओवादीको रणनीतिमा फसेको दावी गर्दै पार्टीका संसदीय दलका नेताको प्रधानमन्त्रीको उम्मेदावरी संसदबाट पराजित नभएसम्म कुनै पनि हालतमा फिर्ता नहुने बताएका छन् । स्याङ्जाको किचनास–९ को भोजप्रकाश उच्च माविको स्वर्ण जयन्ती उद्घाटन गर्दै नेता श्रेष्ठले आगामी २५ गतेबाट सुरु हुने हिउदे अधिवेशनले प्रधानमन्त्री चयन गर्ने विश्वास गरे । उनले भने माघको दोस्रो हप्ता देशले प्रधानमन्त्री पाउने छ ।
माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री हुदा जनतालाई शासन नभई हुकुम गर्न खोजेकाले असफल भएको भएको श्रेष्ठको जिकिर थियो । जनतासँग गरेका बाचा पुरा गर्न तर्फ लाग्न माओवदीलाई श्रेष्ठले आग्रह गरे ।
स्वर्णजन्यतीको कार्यक्रमलाई सम्बोधन गर्दै पुर्वमन्त्री समेत गरेका श्रेष्ठले माओवादी लडाकु समायोजन नभएसम्म संविधान जारी हुन नसक्ने बताए । उनले भने, माओवादीले चाहे अनुशारको एकदलिय संविधान पनि बन्न सक्दैन् ।
सोहि विद्यालयले प्रकाशन गरेको स्वर्ण वार्षिक स्मारीकाको समेत विमोचन गरेका श्रेष्ठले शान्तिको अभावमा दक्षा जनशक्ति समेत विदेशिन बाध्य भएको प्रति चिन्ता व्यक्त गरे ।
कार्यक्रममा नेपाली कांग्रेस स्याङ्जाका सभापति कमल पंगेनीले संघियताको नाममा मुलुकलाई विभाजन गर्दा देश टुक्रिने तर्फ पनि ध्यान दिनुपर्नेमा जोड दिर्दै नेपाललाई टुक्राउन विदेशी चलखेल बढेको बताए ।
स्वर्णजन्यती कार्यक्रम जिल्ला शिक्षा अधिकारी टोपबहादुर श्रेष्ठ, कांग्रेस महासमिति सदस्य हिरादेवी शर्माले शिक्षा विना देश विकासको परिकल्पना गर्न नसकिने बताए ।

अनमिनको म्याद थप्नुको कुनै ओचित्य छैन्: बराल
प्रकाश डोटेल स्याङ्जा–१५, पौष
राष्ट्रिय जनमोर्चा नेपालका उपाध्यक्ष शंकर बरालले नेपालको शान्ति प्रक्रियालाई सघाउन आएको संयुक्त राष्ट्रसंघिय मिसन अनमिनलाई एकीकृत नेकपा माओवादीको चाहाना अनुशार थप म्याद थप्नुको कुनै ओचित्य नभएको बताएका छन् । राष्ट्रिय जनमोर्चा नोपालले देशव्यापी रुपमा संचालन गरेको एकमहिने राष्ट्रिय जनअभियान अन्र्तगत बुधबार जिल्ला सदरमुकाम स्याङ्जा बजारमा आयोजित जनसभालाई सम्बोधन गर्दै उपाध्यक्ष बरालले अनमिनलाई नेपालमै राखि अमेरीकी साम्राज्यबादको चाकडी गरेर माओवदीले शत्ता कब्जाको राणनिती अंख्तियार गरेको समेत आरोप लगाए ।
ठुला तिन दलको शत्ता लुलुप्ताले गर्दा अहिले नेपालमा राजाबादीहरु सलबलाएको आरोप लगाउँदै बरालले दलहरुले आफ्नो स्वार्थ नछोडेसम्म संविधान बन्न नसक्ने दावी गरे ।
कार्यक्रममा राष्ट्रिय जनमोर्चा नोपालका उपाध्यक्ष एवं सभासद रश्मिराज नेपाली, अखिल नेपाल किसान संघका केन्द्रिय सल्लाकार कृष्ण आचार्य, रत्तिम परिवारका महासचिव रेम राना, अखिल नेपाल जनजाति सम्मेलनका होमबहादुर राना लगायतले जातिय संघियताले देश ठुलो दुर्घटनामा पुग्ने बताएका थिए ।
कार्यक्रममा रत्तिम संस्कृतिक समुहले विभिन्न देश प्रति ओतप्रोत संस्कृतिक प्रस्तुतिहरु प्रस्तुत गरिएको थियो

Tuesday, December 28, 2010
स्याङ्गजा जिल्ला का सबै बिद्यालय मा इन्टरनेट पुग्ने
लोक नाथ मरासिनी
जिल्ला शिक्षा कार्यलय स्याङ्जाले यस शैक्षिक सत्र भित्र जिल्लाका प्रयत्यक विद्यालयमा इन्टरनेटको पहुच वितस्तार गर्ने लगायतका विभिन्न कार्यक्रमहरु सावर्जनिक गरेको छ । आफ्नो वार्षिक कार्यक्रम प्रबोधिकरण मार्फत जिल्लामा यस आर्थिक वर्षमा शैक्षिक क्षेत्रमा ७३ करोड ६१ लाख ५४ हजार रुपैया छुटिएको तथा अझै १० करोड थप समेत हुन सक्ने जानकारी दिएको छ । यस वार्ष जिल्लाका विभिन्न क्षेत्रहरुमा क्षेत्र गत रुपमा विज्ञान भवन निर्माण, छात्रा छात्रावासको निर्माण तथा राम्रो विद्यालय तथा कमजोर विद्यालय विच शैक्षिक गुणस्तर विद्धका उद्धेश्यले अन्तक्रिया कार्यक्रम संचालन गर्ने लगायतका नयँ कार्यक्रमहरु समेत सार्वजनिक गरेको छ । जिल्ला शिक्षा समिति स्याङ्जाका संयोजक समेत रहनुभएका स्थानिय विकास अधिकारी दिर्घनारायण पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख शिक्षा अधिकारी टोपबहादुर श्रेष्ठ, सहायक प्रमुख जिल्ला अधिकारी महोन अर्याल, विद्यालय निरिक्षक पदमराज आचर्य लगायतले बोल्नुभएको थियो ।

रापाकोटमा भलिबल प्रतियोगिता सुरु
लोकनाथ मरासिनी
पौष १२, स्याङ्जा ।
२५९४ औ तमु ल्होसार पर्वको उपलक्ष्यमा स्याङ्जाको रापाकोट ५ सल्यानमा सोमबारबाट क्षेत्रिय स्तरको प्रथम थ्रिस्टार युनाइटेड कप खुल्ला पुरुष भलिबल प्रतियोगिता शुरु भएको छ ।
प्रतियोगिताको उद्रघाटन खेलमा कालिका युवा क्लब रापाकोटले नवज्योति युवा क्लब घडेरीलई २–१ अन्तरले पराजित गदै बिजय शुरुवात गरेको छ ।
प्रतियोगिताको उद्घाटन गर्दै खेलकुद बिकास समिति स्याङ्जाका अध्यक्ष गिरमान गुरुङ्ले गाउँमा रहेका प्रतिभाको खोजि हुनु सराहनिय भएको बताए ।
कार्यक्रममा रापाकोट गाउँ बिकास समितिका सचिब खडानन्द मरासिनी, कार्यक्रमका संयोजक पानाम घले, क्लबका कोषाध्यक्ष राम प्रसाद लम्साल, रापाकोट प्रहरी चौकीका प्रहरी सहायक निरिक्षक चन्द्रमणि पौडेल लगायतले राज्यको प्रतिष्ठाको रुपमा रहेको खेलको बिकासमा सबैको चासो जानु पर्नेमा जोड दिएका थिए ।
जिल्लाको सार्वधिक धनराशिको पुरुष भलिबल प्रतियोगितामा गुल्मी, पर्वत, पाल्पा र स्याङ्जाका १५ टिमको सहभागिता रहेको छ ।
१५ गते सम्म संचालन हुने प्रतियोगितामा प्रथम हुनेले ३० हजार द्धितियले २० हजार र तृतियले १० हजार कप मेडल र प्रमाण पत्र तथा सान्तवना ५ हजार पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

रचनात्मक क्रियाशिलताको आन्दोलनमा अगाडि बढ– सुवेदी
लोकनाथ मरासिनी
पौष १२,स्याङ्जा
विद्यार्थिलाई शैक्षिक जागरण मार्फत रचनात्मक क्रियाशिलताको आन्दोलनमा अगाडि बढन नवनिर्वाचित अनेरास्ववियुका केन्द्रिय सदस्य घनश्याम सुवेदीले आग्रह गरेका छन् ।
त्रिभुवन आदर्श उच्च मावि अनेरास्ववियु स्याङ्जाले सोमबार अयोजना गरेको हाजिरिजवाफ प्रतियोगिता पश्चात अयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सुवेदीले विद्यार्थि आन्दोलनको नेतृत्व लिन अनेरास्वविय तयार रहेको दावि समेत गरे ।
कार्यक्रममा नेपाल शिक्षक युनियन स्याङ्जका अध्यक्ष मुक्ति रेग्मी, अनेरास्वविय जिल्ला कमिटिका कोषध्यक्ष नारायण प्रसाद पौडेल, प्रध्यापक खेमराज घिमिरे लगायतले विद्यार्थिहरुले बेला बेलामा अयोजना गर्ने यस्ता रचनात्मक क्रियाकलापले शैक्षिक गणस्तरमा बृद्धि गर्ने विश्वास व्यक्त गरेका थिए ।
सम्पन्न हाजिरिजवाफ प्रतियोगितामा मडि श्रेष्ठ, लक्षुमण चौधरी र शेरजंग थापको समुह प्रथम, सागर पुरी, संगिता नेपाली र लक्ष्मी अर्यालको समुह द्धतिय तथा रवि गिरी, बृद्धिसागर पराजुली र मनकुमारी नेपालीको समुह तृतिय हुन सफल भएका छन् ।
विद्यालयका काक्षा ११ र १२ का गरी ६ सदनले भाग लिएको उक्त प्रतियोगिताका विजेताहरुलाई सोमबारै पुरस्कार तथा प्रमाणपत्र वितरण समेत गरीएको छ ।
त्रिभुवन आदर्श उच्च मा वि अनेरास्ववियु प्ररम्भीक कमिटिका अध्यक्ष अर्जुन सुवेदी सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको अनेरास्ववियु जिल्ला कमिटि सह सचिव गणेशराज तिमिल्सनाले संचालन तथा प्रराम्भीक कमिटिका सदस्य सनदीप पुरीले स्वागत गरेका थिए ।

Monday, December 27, 2010
विश्वकै ठूलो शिला हेर्नेको थामिएन घुइँचो
विश्वकै ठूलो शिला अवलोकन गर्न आउने पर्यटकको घुइँचो लाग्ने गरेको छ । सुन्दर मनोरम दृश्य भएको पर्वतको शालिग्राम गाविसमा पर्ने शिला अवलोकन गर्न दैनिक १ हजारको संख्यामा पर्यटक आउने गरेको स्थानीयबासी बताउँछन् ।
धौलागिरि, लुम्ब्िानी र गण्डकी तीनै अञ्चलका पर्वत, स्याङ्जा र गुल्मी जिल्लाका सिमानामा रहेको छ शिला । धार्मिक दृष्टिले पनि उत्तिकै महत्त्वको मानिने भएकाले स्वदेशी तथा विदेशी पर्यटक शालिग्राम पुग्ने गर्छन् ।
हिन्दू धर्मअनुसार शिलालाई भगवान विष्णुका रूपमा पुज्ने गरिन्छ । शालिग्ा्रामको शिला दर्शन गरेर 'भाकल' गरे मनोकामना पूरा हुने जनविश्वास छ । शिलाको पूजा गरेको र भाकल गर्नेका तस्बिर खिच्न विदेशी लालायित हुन्छन् ।
कालीगण्डकीमा मात्र पाइने शालिग्राम शिलाको अवलोकनका लागि विभिन्न जिल्लाका विद्यालयब्ााट विद्यार्थी आउने गरेका छन् । कालीगण्डकी 'ए' जलविद्युत् केन्द्र निर्माण गर्दा बनेको जलाशयमा ७ किलोमिटर लामो स्टिमर सेवा सञ्चालनमा आएपछि पर्यटक आउने क्रम बढेको स्थानीय व्यवसायी रेशमराज न्यौपानेले बताए ।
०५८ सालदेखि नेपालमै पहिलोपटक व्यासायिक रूपमा जलयातायात सञ्चालनमा आएपछि ३ जिल्लाको संगममा पर्ने सेतीवेणीबजारमा पर्यटक आउने क्रम बढेको हो । स्याङ्जाको वालिङ नगरपालिका हुँदै मिर्मीसम्म सडक पुगेकाले पर्यटकलाई सजिलो भएको छ ।
शीला हेर्न आउनेे पर्यटकबाट थोरै शुल्क लिएपनि करोडाँै आम्दानी गर्न सकिने शिला संरक्षण समितिले जनाएको छ । तर, समितिबाट अहिलेसम्म त्यस्तो प्रयास भएको छैन ।
पर्यटक बढेपछि जलाशयमा सञ्चालन हुँदै आएको १० स्टिमरलाई भ्याइनभ्याई छ । त्यस्तै सेतीवेणी बजारको व्यवसायमा लाखौँको व्यापार हुन थालेको हिमलालले बताए । सेतीवेणीमा पर्यटकका लागि आवश्यक सबैखाले सुविधा नहुँदा लामो समय बस्ने पर्यटकलाई समस्या पर्ने गरेको छ । कालीगण्डकीमा र्याफ्टिङका लागि आउने बाह्य पर्यटकको गन्तव्यसमेत बनेको छ शालिग्राम ।
हरिवोधनी एकादशी, बालाचतुर्दशी, वैशाखे संक्रान्ति, माघेसंक्रान्ति, श्रीपञ्चमीलगायतका चाडपर्वमा निकै भीड हुने पुजारी केशवराज न्यौपाने बताउँछन् ।
सरकारले चिन्न नसकेको महत्त्वपूर्ण पर्यटकीय क्षेत्रको विकासका लागि स्थानीयबासीले चासो दिनुपर्ने न्यौपानेको भनाइ छ । पर्यटन वर्ष २०११ लाई लक्षित गरेर शालिग्राममा पर्यटक ल्याउन अतिथि सत्कार गृह, पर्यटकीय होटललगायत मनोरञ्जनका साधनस्रोत उपलब्ध गराउने तयारी हुँदै छ । शिलाको विकास र प्रवर्द्धनका लागि गतवर्ष महायज्ञसमेत लगाइएको थियो । महायज्ञबाट संकलित १ करोड ३९ लाख रुपैयाँ त्यसै क्षेत्रको विकासमा खर्चिने बताइन्छ । दुर्गम क्षेत्रमा रहेको शिलाको प्रचारका लागि जिल्ला विकास समितिले सहयोग गरेपनि छिमेकी जिल्ला गुल्मी र स्याङ्जाले भने कुनै पहल नगरेको गुनासो सेतीवेणीका बासिन्दाले गरेका छन् ।
संगम स्थलमा व्यवस्थित होटलको अभाव छ । बसोबासको उचित प्रबन्ध नभएकाले विदेशी पर्यटक धेरै दिन बस्दैनन् । शालीग्राम उच्च माविका प्राचार्य अशोकसिंह पाण्डेले सेतीवेणीलाई पर्यटकीय क्षेत्र घोषणा गर्नुपर्ने बताए । तीनै जिल्लाको सदरमुकामबाट दुर्गममा पर्ने सो स्थानको संरक्षण र प्रचार-प्रसार गर्न सके लाखौँ पर्यटक भित्र्याउन सकिने उनको भनाइ छ |
स्याङ्जामा डावरको रियल जुसमा अखाद्यय बस्तु फेला
लोकनाथ मरासिनी
पौष ११, स्याङ्जा ।
नेपालका बिभिन्न भागमा डावर कम्पनीद्धारा उत्पादित रियल जुसमा अखाद्य बस्तु भेट्टिइ रहेको वेलामा स्याङ्जाको वालिङ्मा पनि लेदो भेट्टिएको छ ।
वालिङ् नगरपालिका २ भ.कुण्डेका स्थानीय ख्यामनारायण खनालले लिएर गएको एक लिटरको एक्टिभ रियल जुसमा लेदो भेएिको हो । स्थानीय खनालले आफ्नो आमा बिरामी भएका बेला साथीले किनेर ल्याएको जुस आमालाइ खुवाउने क्रममा आमाले स्वाद अर्कै भएको बताएपछि सबै जुस अर्को भाडोमा खन्याएपछि उक्त लेदो देखिएको बताउनुभयो । डावर कम्पनीले उत्पादन गरेको एक्टिभ रियल जुसमा लेदो भेएिपछि पत्रकारहरुलाइ खनालले खवर गर्नु भएको थियो ।
आक्रोसित मुन्द्रमा रहेका खनालले पत्रकारहरु सगँ बहुराष्ट्रिय कम्पनि डावर नेपालले नेपाललाइ जे गरेपनि हुन्छ भन्ने गरेकाले लापरवाही गरेको बताउनुभयो । रियल जुसमा लापरवाही गरेपछी अख्तियार आयोगले कम्पनीमा छापा मारी कारर्वाही थालीरहदा बिभिन्न जिल्लामा जुसमा अखाद्य बस्तु भेटिएपछि रियल जुसलाइ बिक्रि वितरणमा रोक लगाउन उपभोक्ताले माग गरेका छन् ।लेदो भेट्टिएको एक्टिभ रियल जुस सुगर फ्रि भएको हुनाले यो जुस बिरामीले खानेगरेको बताइएको छ ।

सामुदायिक बनका उपभोक्ताहरुमा लागु भएका कार्यहरु स्याङ्जामा निकै प्रभावकारी
लोकनाथ मरासिनी
पौष ११, स्याङ्जा ।
पछिल्लो समयमा सामुदायिक बनहरुमा प्रयोगमा ल्याइएको अति विपन्न परिवारका लागि विभिन्न आय अर्जन मुलक कार्यहरु स्याङ्जामा निकै प्रभावकारी देखिएका छन् । नेपाल सरकारको निति अनुसार स्याङ्जाका विभिन्न सामुदायिक बनहरुमा हाल संचालनमा आएका कबुलियती वन समुह गठन, घुम्तीकोष संचालन, बन व्यवस्थापन अनुदान तथा लघु उद्यम कार्यक्रमहरु प्रभावकरी देखिएका हुन् । ४ सय भन्दा बढि सामुदायिक बनहरु रहेको जिल्ला स्याङ्जामा विगत ३÷४ वर्षदेखि २३ ओटा सामुदायिक बनका १६० विपन्न घरधुरीका ९७० जना परीवारमा यस्तो कार्यक्रमहरु लागु भएका छन् । जसका लागि अहिले सम्म जिल्ला बन कार्यलय स्याङ्जाले ४ लाख ५० हजार रुपैया अनुदान उपल्बध गराईसकेको छ । जिल्ला बन कार्यलय स्याङ्जाकै अनुदान तथा प्रेरणाका आधारमा लघु उद्यम अन्र्तगत हलो व्यवसाय थालेका बाघको खोर सामुदायिक बन पुतलिबजार ८ सतौ स्याङ्जाका हलो व्यवसायिहरु सनतृष्ट देखिएका छन् । त्यस्तै जिल्लाको अर्काे बान्द्रे सामुदायिक बन फेदिखोला १ का उपभोक्ताहरुमा पनि लागु भएको अति विपन्न बर्गका परिवारका लागि बाख्रा वितरण तथा कबुलियति बन पनि सफल देखिएको जिल्ला बन क्षेत्र अनुगमन समितिले निष्कर्ष निकाले हो । अनुदान पाएर परम्परागत सिपलाई प्रयोग गर्दै हालो व्यवसाय सुरु गरी आम्दानि लिन सुरु गरेका व्यवासायिहरु स्थानिय स्रोत र साधानको प्रयोग गरी उपभोक्ताहरुलाई राहत दिन पाउदा खुसी देखिएका हुन् । ९५ घर धुरी रहेको र त्यहि समिति भित्र मात्रै हलो वित्रि गर्दै आएका हलो व्यवसायिहरु विष्णु विक, बेलबहादुर जि टी र डिलबहादुर विकले व्यवसायबाट सन्तुष्ट भएको बताए । गाँउकै श्रम सिप र काठको प्रयोग गरी ति व्यवसायिहरुले दिनको २ ओटा होल निर्माण गर्न सक्छन् । १ हलोको मुल्य २ सय रुपैया कायम गरी २५ रुपैया समितिलाई बुझाउदै आएको उनिहरुले जानकारी दिए । २०६६ साल फागुनमा स्थापना भएको बघको खोर सामुदायिक बन पुतलिबजार ८ सतौका उपभोत्ताहरुमा देखिएको उत्साहाले कार्यक्रम सफल देखिएको अनुगमन समितिका संयोजक जिल्ला बन अधिकृत जिवनाथ पौडेलले दाबि गर्नु भयो । यस्तै जिल्लाका अन्य सामुदायिक बनहरुमा पनि विभिन्न कार्यक्रमहरु अगाडि बढाइएको र त्यस प्रति स्थानिय उपभोक्ता सनतृष्ट रहेको जिल्ला बन कार्यलय स्याङ्जाले जनाएको छ ।

Subscribe to:
Posts (Atom)